२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

नियमावलीले अस्थायी शिक्षकको माग पुरा नगरे महासंघले ऐन खारेजीको आन्दोलन गर्ने
२०७३ मंसिर २० गते ०२:४४

नियमावलीले अस्थायी शिक्षकको माग पुरा नगरे महासंघले ऐन खारेजीको आन्दोलन गर्ने

काठमाडौं । संशोधित शिक्षा नियमावलीले पनि अस्थायी लगायतका शिक्षकको माग पुरा नगरे नेपाल शिक्षक महासंघले ऐन खारेजीको लागि आन्दोलन गर्ने भएको छ । महासंघले अस्थायी, राहत, द्वन्द्व पीडित, नीजि विद्यालय, पूर्व प्राथमिक शिक्षा, उच्च मावि तहमा कार्यरत र दूर्गम क्षेत्रमा कार्यरत शिक्षकहरु तथा विद्यालय कर्मचार ...

डा. केसीको अनसन तोडिए लगतै काउण्टर आन्दोलन सुरु
२०७३ मंसिर १९ गते २३:४९

डा. केसीको अनसन तोडिए लगतै काउण्टर आन्दोलन सुरु

काठमाडौं ।  प्रा. डा. गोविन्द केसीको अनसन तोडिएको केही छिनमै त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा अर्को काउण्टर आन्दोलन सुरु भएको छ । आईओएम बचाउ अभियान संघर्ष समितिले चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा.जगदीशप्रसाद अग्रवाललाई हटाउन माग गर्दै तालाबन्दी गरेको छ । प्राध्यापक, च ...

प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित
२०७३ मंसिर १९ गते २३:१०

प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित

पाल्पा । ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् ।कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी यहाँ अहिले अध्ययन गर्नेहरु बढ्दैछन् । छिटो रोजगारी पाउने उद्देश्यका साथ प्राविधिक विषय पढ्न जिल्ल ...

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने
२०७३ मंसिर १९ गते २३:००

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

महेन्द्रनगर । माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्णबहादुर चन्दलाई आइतबार उनकै कार्यकक्षमा थुनेको छ। विद्यार्थी र क्याम्पसको हितमा काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीका कार्यकर्ताले क्याम्पस प्रमुखलाई बिहान आधा घण्टा कार ...

अनौपचारिक कक्षामार्फत तीन हजार बढी साक्षर
२०७३ मंसिर १९ गते २२:४५

अनौपचारिक कक्षामार्फत तीन हजार बढी साक्षर

कञ्चनपुर । अनौपचारिक कक्षामार्फत कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको जनसामुदायिक अध्ययन केन्द्रले तीन हजार बढी निरक्षरलाई साक्षर बनाएको छ । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा अनौपचारिक कक्षा सञ्चालन गरी केन्द्रले तीन वर्षको अवधिमै तीन हजार ३९४ जनालाई साक्षर बनाएको हो । ...

डा केसीको अनशन तोडियो : ‘सहमति कार्यान्वयन नहुदाँसम्म सङ्घर्ष’
२०७३ मंसिर १९ गते ०९:१७

डा केसीको अनशन तोडियो : ‘सहमति कार्यान्वयन नहुदाँसम्म सङ्घर्ष’

काठमाडौँ । सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बसेका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले  अनशन तोडेका छन् । दसौँ पटक आमरण अनशनमा बसेका उनको यो सबैभन्दा लामो अवधिको अनशन हो । उनले आफ्ना शुभेच्छु र सञ्चारकर्मीबीच भूकम्पमा परी आमा गुमाएका सिन्धुप ...

‘मन्त्रालय बीच समन्वय नहुँदा लैङ्गिक विभेद’
२०७३ मंसिर १९ गते ०६:२८

‘मन्त्रालय बीच समन्वय नहुँदा लैङ्गिक विभेद’

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रालयबीच समन्वय नहुँदा शिक्षामा लैङ्गिक विभेद देखिएको बताएका छन् । शिक्षा विभागले आयोजना गरेको ‘छात्रा शिक्षा तथा लैङ्गिक समता’को दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले लैङ्गिक समताका लागि मन्त्रालयबीच एकापसमा समन्वय ह ...

संसदीय उपसमितिले भन्यो मेडिकलमा १५ प्रतिशतलाई छात्रवृत्ति मिलाऊ
२०७३ मंसिर १८ गते २१:४२

संसदीय उपसमितिले भन्यो मेडिकलमा १५ प्रतिशतलाई छात्रवृत्ति मिलाऊ

काठमाडौं । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको स्वास्थ्य उपसमितिले स्वदेशी लगानीकर्ताले सञ्चालन गरेका मेडिकल कलेजले १५ प्रतिशत छात्रवृत्तिको नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । अहिले कलेजहरूले १० प्रतिशत विद्यार्थीलाई मात्र छात्रवृत्ति दिने गरेका छन् । उपसमितिले विदेशी ...

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला
२०७३ मंसिर १८ गते ०१:४६

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला

उदयपुर । जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराहारी कार्यकर्ता र शिक्षक सहितको टोलीले शिक्षा कार्यालय पुगेर जिशिअ ठाकुरको कार्यकक्षमा ताला ...

अस्थायी शिक्षकको समस्या समाधान हुन्छ : शिक्षामन्त्री
२०७३ मंसिर १८ गते ०१:३७

अस्थायी शिक्षकको समस्या समाधान हुन्छ : शिक्षामन्त्री

सिमरा । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरूको समस्या समाधान गर्न सरकारले कसरत गरिरहेको बताएका छन् । शिक्षण पेसामा जीवन बिताउने शिक्षकहरूलाई विगतका सरकारले उपेक्षा गरे पनि शिक्षकले अब समस्या भोग्न नपर्ने गरी नियमावलीबाट नै समाधानको गृहकार्य भइरहेको उनले बताए ।बाराका दुई नगरलाई पूर्ण साक्ष ...

शैक्षिक समस्याप्रति गम्भीर हुन मदरसा संघको आग्रह
२०७३ मंसिर १८ गते ०१:२४

शैक्षिक समस्याप्रति गम्भीर हुन मदरसा संघको आग्रह

कपिलवस्तु ।  नेपालका अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक समस्याप्रति सरकार गम्भीर हुनुपर्ने राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकुफीले अपिल गरेका छन् । रूपन्देहीको भैरहवा एयरपोर्टमा आपूर्तिमन्त्री दीपक बोहरासँग मदरसा र मुस्लिम समुदायका अन्य संवेदनशील समस्याबारे अवगत गराउँदै मदरसा संघ ...

समुदायको विश्वास गुमाएका सामुदायिक विद्यालय
२०७३ मंसिर १८ गते ००:१५

समुदायको विश्वास गुमाएका सामुदायिक विद्यालय

    सानोठिमीस्थित महेन्द्र आधारभूत विद्यालयमा ३ सय २ जना विद्यार्थी छन् । यी विद्यार्थी ३९ जिल्लाबाट राजधानी उपत्यका आएका हुन् । स्थानीय विद्यार्थी भने कोही छैनन् । काभ्रेपलाञ्चोकका सबैभन्दा बढी ३५ विद्यार्थी छन् । सिन्धुपाल्चोकका ३३ र सिन्धुलीका ३१ जना छन् । नजिकैको अर्को विद्यालय जन ...

शिक्षकको राजनीतिक अधिकार कटौती भएकामा चिन्ता
२०७३ मंसिर १७ गते २३:४६

शिक्षकको राजनीतिक अधिकार कटौती भएकामा चिन्ता

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको दुईदिने विधान अधिवेशनले शिक्षा ऐनको आठौँ संशोधनमा शिक्षकको राजनीतिक अधिकार कटौतीप्रति आपत्ति जनाएको छ । यही मङ्सिर १६ र १७ गते यहाँ सम्पन्न अधिवेशनपछि महासचिव तिलक कुँवरले जारी गरेको विज्ञप्तिमा आफ्ना सुझावानुसार बदलिँदो परिस्थिति अनुरुप शिक्षा ऐनलाई परिष्कृत र परि ...

स्नातकोत्तर प्रथम वर्ष भूगोलकोे परीक्षाफल प्रकाशित
२०७३ मंसिर १७ गते ११:०३

स्नातकोत्तर प्रथम वर्ष भूगोलकोे परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वैशाख–जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको भूगोल विषयको परीक्षाको परीक्षाफल शुक्रवार प्रकाशन गरेको छ ।परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न तथा नेपाल ...

आइओएम डिन सिंहद्वारा राजीनामा
२०७३ मंसिर १७ गते ०५:२६

आइओएम डिन सिंहद्वारा राजीनामा

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिनदेखि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले बरिष्ठताका आधारमा डीन नियुक्ति हुनुपर्ने भन्दै उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए । केसी अनशन ...

स्वास्थ्यका नियुक्तिमा नयाँ मापदण्ड
२०७३ मंसिर १६ गते २२:३४

स्वास्थ्यका नियुक्तिमा नयाँ मापदण्ड

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालय मातहतका सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी नयाँ मापदण्ड तयार पारेको छ। स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयसम्बद्ध अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद्लगायतमा नियुक्ति तथा मनोनयन पारदर्शी बनाउन मन्त्रिपरिषद् बैठकमा पेस गरेको म ...

विद्यार्थी भएतिरै स्कुल
२०७३ मंसिर १६ गते २२:१३

विद्यार्थी भएतिरै स्कुल

ताप्लेजुङ । फुरुम्बु गाविस ९ को गौरीशंकर आधारभूत विद्यालय बालबालिकाको पहुँच भएको क्षेत्रमा सारिएको छ । गाउँको बस्ती सडकको पहुँच भए क्षेत्रमा सर्न थालेपछि र विद्यार्थी संख्या घट्दा विद्यालय पनि उतै सारिएको अभिभावकले बताएका छन् ।प्रधानाध्यापक पृथ्वीनारायण गौतमका अनुसार फुरुम्बु ९ को फुकान्देनस्थित वि ...

डा. केसीसँग आज पुनः वार्ता हुने
२०७३ मंसिर १६ गते २२:०८

डा. केसीसँग आज पुनः वार्ता हुने

काठमाडौँ ।  त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच बिहीबार शिक्षा मन्त्रालयमा भइरहेको वार्ता शुक्रबार पुनः बस्ने गरी बिहीबार राति स्थगन भएको छ ।   सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान ...

एउटै विद्यालयमा ३३ विवाहित
२०७३ मंसिर १६ गते २२:०४

एउटै विद्यालयमा ३३ विवाहित

कालीकोट । रकु ४ सेरिज्युलाका १८ वर्षीय नयाँ सार्की र १६ वर्षीया सुशीला स्थानीय शंकर उमाविमा पढ्छन् । उनीहरू पतिपत्नी हुन् । कक्षा १० अध्ययनरत सार्की दम्पतीले छोरी पनि जन्माइसक्यो । १० महिने छोरी घर छाडेर विद्यालय आउँछिन् सुशीला । अनि दिउँसो उनलाई दूध खुवाउन एक छिन घर फर्किन्छिन् । एउटै विद्यालय भए ...

नियमावलीले अस्थायी शिक्षकको माग सम्बोधन गर्ने: मन्त्री पौडेल
२०७३ मंसिर १६ गते ०९:३९

नियमावलीले अस्थायी शिक्षकको माग सम्बोधन गर्ने: मन्त्री पौडेल

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा नियमावलीले अस्थायी शिक्षकको माग सम्बोधन गर्ने बताएका छन् । अस्थायी शिक्षकको समस्या अब नरहने गरी शिक्षा नियमावलीमा नयाँ व्यवस्था गरिने मन्त्री पौडेलले स्पष्ट पारेका छन् । अस्थायी शिक्षकको समस्या नियमावलीबाट गरिने प्रतिवद्धता जनाउँदै मन्त्री पौडेलले नियमा ...

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा
२०७३ मंसिर १५ गते २२:५९

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा

काठमाडौं ।  देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि ४ अर्ब रुपैयाँ विन ...

शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन
२०७३ मंसिर १५ गते २२:५७

शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन

म्याग्दी । जिल्ला शिक्षा समिति म्याग्दीले करिब चारदेखि पूर्णता पाउन सकेको छैन । शिक्षक सङ्गठन बीचको विवादका कारण शिक्षा समितिले पूर्णता नसकेको हो ।समितिले गर्ने निर्णयलाई समावेशी प्रतिनिधित्व र सहभागितामूलक बनाउन नसकिँदा समितिको कामकाज प्रभावित बनेको छ । विसं २०६९ फागुनमा पदावधि सकिएका सदस्यको ठाउँम ...

त्रिविद्वारा कार्यदल गठन
२०७३ मंसिर १५ गते २२:५४

त्रिविद्वारा कार्यदल गठन

काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालयको डिन तथा अन्य पदाधिकारीको नियुक्तिमा बारम्बार देखिएको अवरोधलाई स्थायी रूपमा समाधान गर्ने प्रयास गरिने भएको छ ।   ती पदमा नियुक्तिका विषयमा स्पष्ट आधार र मापदण्ड नहुँदा नियुक्तिलगत्तै अवरोध सिर्जना हुने गरेपछि विश्वविद्यालयले स्थायी रूपमा नै समाधान ...

द्वण्द्वपीडित शिक्षकको छानविनका लागि समिति गठन
२०७३ मंसिर १५ गते १०:४५

द्वण्द्वपीडित शिक्षकको छानविनका लागि समिति गठन

काठमाडौं  । द्वण्द्वपीडित शिक्षकको छानविन गरी पुनर्वहाली गर्न भन्दै शिक्षा मन्त्रालयले जाँचबुझ समिति गठन गरेको छ । पुनरावेदन अदालतका पूर्व न्यायाधिस गोविन्द पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको हो  । जसमा विभागका निर्देशक र महान्यायाधिवक्ताको कार्यालयका एक जना सह ...

निमावि तहको नतिजामा ढिलाई हुने
२०७३ मंसिर १५ गते १०:२०

निमावि तहको नतिजामा ढिलाई हुने

भक्तपुर । निम्न माध्यमिक तहको लिखित परीक्षाको नतिजा आउन समय लाग्ने भएको छ । शिक्षक सेवा आयोगले निमावि तहको नतिजाका लागि केहि ढिलाइहुने जनाएको छ । आयोग नियमावली निर्माणमा व्यस्त रहेको साथै भर्खरै मावि तहको अन्तर्वार्ताको नतिजा प्रकाशनमा व्यस्त रहेकाले निमाविको नतिजा आउन ढिलाई हुने आयोगले स्पष्ट पारेक ...

शिक्षाका ७३ उपसचिवलाई युवा परिषदमा जिम्मेवारी
२०७३ मंसिर १४ गते २२:५०

शिक्षाका ७३ उपसचिवलाई युवा परिषदमा जिम्मेवारी

काठमाडौं । शिक्षा मन्त्रालयका ७३ जना उपसचिवलाई राष्ट्रिय युवा परिषद्मा सारिएको छ । उनीहरुलाई परिषद्को जिल्लास्थित कार्यालयमा प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षामा रहेका उपसचिवहरूलाई काजमा परिषद्को जिल्लास्थित कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको हो । ७२ मध्ये १८ ज ...

उच्च शिक्षामा लगानीः तलबमै अर्बौं
२०७३ मंसिर १४ गते २२:२५

उच्च शिक्षामा लगानीः तलबमै अर्बौं

काठमाडौं ।  राज्यले उच्च शिक्षामा गरेको लगानीमध्ये अधिकांश शिक्षक–कर्मचारीको तलब र भत्तामा सकिने गरेको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत हुने अर्बौं लगानीको ७० प्रतिशत रकम तलब, भत्तालगायत शीर्षकमा सकिँदा विद्यार्थीको नतिजा भने खस्कँदै गएको छ ।विश्वविद्यालयलाई दिइएको रकममध्ये गुणस्तर उक ...

विद्यालयको नयाँ संरचनाबारे निजी सञ्चालकका दुई धारले अन्यौल
२०७३ मंसिर १४ गते ११:१३

विद्यालयको नयाँ संरचनाबारे निजी सञ्चालकका दुई धारले अन्यौल

प्रकाश सिलवालकाठमाडौँ । विद्यालय शिक्षाको नयाँ संरचना कार्यान्वयनका लागि प्रस्तावित शिक्षा नियमावलीबारे निजी तथा आवासीय विद्यालयका छाता संस्थाहरू दुई धारमा देखिँदा अन्यौल उत्पन्न भएको छ । शिक्षा ऐन (आठौँ संशोधन)मा उल्लेख भएअनुसार बाल शिक्षा (शिशु) देखि कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध ...

अस्थायी शिक्षक आन्दोलन: भ्रम र यथार्थ
२०७३ मंसिर १४ गते १०:२४

अस्थायी शिक्षक आन्दोलन: भ्रम र यथार्थ

रोशन क्षेत्री गाउँले काठमाडौं । अस्थायी शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । धेरैपटकको सहमति, ऐनमा व्यवस्था, सर्वोच्च अदालतको आदेश बावजुद उनीहरुले न्याय नपाएको कुरा जगजाहेर नै छ । राजनीतिक दलहरुले पनि धेरैपटक अस्थायीलाई सुविधा दिने कुरामा मोहर लगाएका छन् । केहि दिन पहिले माओवादी केन्द्रका अध्यक्ष ...

घरमै बसेर नि:शुल्क विश्वविद्यालय शिक्षा
२०७३ मंसिर १४ गते ०२:४८

घरमै बसेर नि:शुल्क विश्वविद्यालय शिक्षा

रोशन क्षेत्री गाउँले काठमाडौं ।के तपाईं घरमै बसेर विश्वका विभिन्न विश्वविद्यालयको निःशुल्क डिग्री लिन चाहनुहुन्छ ? तीन घण्टामा इन्टरनेटको पढाइ र परीक्षाले तपाईँको घरको भित्तामा विश्वका विभिन्न विश्वविद्यालयका सर्टिफिकेट झुन्ड्याउन चाहनुहुन्छ ? यसका लागि तपाईँले इन्टरनेटमा च्याटिङ होइन, ‘ ...

झण्डै आधा विद्यालय बनाउने वजेट छैन
२०७३ मंसिर १४ गते ०२:२९

झण्डै आधा विद्यालय बनाउने वजेट छैन

गफमै सीमित भूकम्प प्रभावित विद्यालय पुनर्निमार्ण रोशन क्षेत्री गाउँले / काठमाडौं काठमाडौं । तीनवर्षभित्र भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माण गरिसक्ने सरकारकोे योजनाले हावा खाने निश्चित भएको छ । भूकम्प गएको झण्डै डेढवर्ष बितिसक्दापनि एकातिर विद्यालय पुनर्निर्माण अभियानले गति लिन सकेको छैन भने अर ...

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !
२०७३ मंसिर १३ गते २३:१७

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !

काठमाडौं । विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेको वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ। सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार पारिएका छन्।प्रज्ञा प्रतिष्ठानले आफैंले प्रकाशन गरेको नेपाली ...

७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण
२०७३ मंसिर १३ गते २२:५९

७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण

काठमाडौं । मुलुकका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले हिमाल र पहाडभन्दा कुपोषणको जोखिम तराईमा बढी रहेको पनि देखाएको छ । परिषदले हिमाल, पहाड र तराईका १३ जिल्लाका किशोर–किशोरीमा ‘किशोरावस्थाको प ...

विद्यालयबाहिर रहेका बालबालिका विद्यालय भर्ना
२०७३ मंसिर १३ गते २२:४९

विद्यालयबाहिर रहेका बालबालिका विद्यालय भर्ना

रोल्पा  । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा, मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्वारा सञ्चालित एकीकृत परियोजनाअन्तर्गत रहेको शिक्षा कार्यक्रमले जिल्लामा विद्यालय बाहिर रहेका तथा बीचमै पढाइ छोडेर इँटाभट्टामा कामगरेपछि फर्किएका सात गाविसका ३५१ जना ...

तीनमहिने डिनका भरमा त्रिवि
२०७३ मंसिर १३ गते २२:३१

तीनमहिने डिनका भरमा त्रिवि

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको नीति निर्माणको तहमा मुख्य भूमिका निर्वाह गर्ने डिन पद निमित्तका भरमा सञ्चालन भइरहेको छ ।  विश्वविद्यालयमा डिन नियुक्तिमा समझदारी जुट्न नसक्दा प्रायः सबैजसो सङ्काय तथा अध्ययन संस्थानमा यतिखेर निमित्तले डिनको जिम्मेवारी पाएका छन् ।  सङ्क्रमणकालीन अव ...

लियन पदमा नझार्न अन्तरिम आदेश
२०७३ मंसिर १३ गते १०:०२

लियन पदमा नझार्न अन्तरिम आदेश

काठमाडौं । तल्लो तहमा लियन राखी माथिल्लो तहमा कार्यरत शिक्षकलाई यथास्थितिमै काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । लियन शिक्षक हटाई माथिल्लो पदमा कार्यरत शिक्षकलाई तल्लो तहमा झार्ने जिल्ला शिक्षा कार्यालयको निर्णय बिरुद्धमा प्रावि स्थायी पदमा लियन शिक्षक राखी मावि पदमा कार्यरत कार ...

डीन, डाइरेक्टर र सहायक परीक्षा प्रमुखको पदभार ग्रहण
२०७३ मंसिर १३ गते ०८:२९

डीन, डाइरेक्टर र सहायक परीक्षा प्रमुखको पदभार ग्रहण

सुर्खेत  । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नयाँ डीन, डाइरेक्टर र सहायक परीक्षा प्रमुखले पदभार ग्रहण गरेका छन् । लामो समयदेखि ति पदहरु रिक्त रहेका थिए । इन्जिनियरिङ संकायको डीनमा सहप्राध्यापक ई. ललित विक्रम राणा, अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक  डा. दिप बहादुर रावल, अन्तर्राष्ट् ...

गयल शिक्षकको तलब कटाएर पुस्तकालय
२०७३ मंसिर १३ गते ०८:२६

गयल शिक्षकको तलब कटाएर पुस्तकालय

जाजरकोट । जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ ।शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।यसको औपचारिक सुरुवात जिल्लाको ...

तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या
२०७३ मंसिर १२ गते २३:१६

तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या

पाल्पा । पाल्पाका ग्रामीण भेगका विद्यार्थीलाई दुई तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या रहेको छ । मुझुङ्ग गाविसभित्र छात्रछात्रा उमावि पढ्न अन्यत्र गाविसको विद्यालय धाउँदै आएका छन् ।कालिका माविसम्मको पढाइ हुँदै आए पनि त्यसपछि अध्ययन गर्नका लागि गाविस बाहिर नै धाउन बाध्य बनेका हुन् । यो स ...

डा केसीसँगको पहिलो वार्ता बिनानिष्कर्ष टुंगियो
२०७३ मंसिर १२ गते २१:५४

डा केसीसँगको पहिलो वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौं । सरकार र अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज बिहानदेखि भइरहेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता पुनः बस्ने गरी टुङ्गिएको जानकारी दिए । तर वार्ता कहिले बस्ने भन्नेबारे टुङ्गो लागेको छैन । अरु विषयमा सहमति नजिक रहे ...

साक्षर महिलाको उजुरी बढी
२०७३ मंसिर १२ गते २१:४०

साक्षर महिलाको उजुरी बढी

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा महिला पुनःस्र्थापना केन्द्र (ओरेक नेपाल) ले सार्वजनिक गरेको एक अध्ययनमा ‘लैङ्गिक हिंसामा परेको भन्दै उजुरी गर्ने अधिकांश शिक्षित महिला नै भएको’ पाइएको छ । ओरेक नेपालले सार्वजनिक गरेको वर्ष पुस्तक ‘अन्वेषी’ मा यस्तो तथ्य ...

शैक्षिक सुधारका निम्ति तात्यो धुस्कुन
२०७३ मंसिर १२ गते १०:१९

शैक्षिक सुधारका निम्ति तात्यो धुस्कुन

शिक्षकले चाहेमा गर्न सक्छन् अभियान अन्र्तगतको स्रोतकेन्द्र स्तरीय कार्यक्रम बाह्रविसे स्रोतकेन्दस्थित महेन्द्र प्रताप माध्यमिक विद्यालय धुस्कुनमा शनिवार सम्पन्न भएको छ । ग्रामिण महिला सिर्जनशील परिवार सिन्धुपाल्चोकको मुख्य सक्रियतामा बाह्रविसे स्रोतकेन्द्रका शिक्षकहरुको सक्रिय सहभागिता थियो । शिक्षक ...

विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु
२०७३ मंसिर १२ गते ०९:५०

विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु

काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय तहमा नेपाली भाषाको वर्णविन्याससम्बन्धी निर्णय सच्याउने प्रक्रिया सुरु भएको बताएका छन् ।शिक्षाा पत्रकार समूहले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो विगतको निर्णय सच्याएकाले त्यसलाई विद्यालय तहमा कार्यान् ...

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा
२०७३ मंसिर १२ गते ०१:३३

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा

काठमाडौं । सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव ...

एमबीबीएस शुल्क पोहोरकै
२०७३ मंसिर १२ गते ०१:२६

एमबीबीएस शुल्क पोहोरकै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । उपत्यकाबाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइनेछ । बीडीएसको शुल्क देशैभरि १७ लाख ५६ हजार ९ सय २० रुपैयाँ तोकिएको छ । मेडिकल कलेजहरूले ६२ लाख रुपैयाँसम्म लिए ...

गाविसका सबै विद्यालयमा एकैपटक छड्के
२०७३ मंसिर १२ गते ०१:१८

गाविसका सबै विद्यालयमा एकैपटक छड्के

प्यूठान ।  जिल्ला शिक्षा कार्यालयले एकै समयमा गाविसभरका सबै विद्यालयमा छड्के अनुगमन थालेको छ । जिशिअ, विद्यालय निरीक्षक, स्रोत व्यक्ति र सञ्चारकर्मीसहितको टोलीले सोमबार मरन्ठानामा सञ्चालित निजी तथा सामुदायिक विद्यालयमा अनुगमन गरे । विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएकाले अनुगमनलाई तीव्र ...

पाँच कक्षा, दुई शिक्षक
२०७३ मंसिर १२ गते ०१:१४

पाँच कक्षा, दुई शिक्षक

प्यूठान । गणेश प्रावि तिराम १ मा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । दरबन्दीका दुई शिक्षकको अवकाशपछि विद्यालयमा पठनपाठनमा समस्या भएको हो । पाँच कक्षासम्म सञ्चालन भएको विद्यालय दुई जना शिक्षकले धानेका छन् । वासुदेव अधिकारी र रामप्रसाद भट्टराईको अवकाशपछि समस्या भएको विद्यालय व्यवस्थापन समिति ...

ऋण खोजेर शिक्षकलाई तलब
२०७३ मंसिर १२ गते ०१:१०

ऋण खोजेर शिक्षकलाई तलब

बझाङ । काँडाका स्थानीय ऋण काढेरै बर्सेनि १८ शिक्षकलाई तलब खुवाउन बाध्य छन् । शिक्षक तलबकै लागि प्रतिवर्ष ३६ लाखभन्दा बढी चन्दा उठाउने गरिएको छ । काँडा १ मा विद्यालय खुलेको ५ वर्ष भयो । यस अवधिमा प्रतिघरले ३५ हजारभन्दा बढी चन्दा दिइसकेको जोधन बोहराले बताए । ‘चन्दा नदिए स्कुलले केटाकेटीको भर्ना ...

मापदण्ड मिच्ने विद्यालय भवन पाउनबाट वञ्चित
२०७३ मंसिर ११ गते ०८:५३

मापदण्ड मिच्ने विद्यालय भवन पाउनबाट वञ्चित

हेमन्त के सीजाजरकोट । विगतका वर्षहरुमा जिल्ला शिक्षा कार्यालयवाट उपलव्ध गराईएका विद्यालय व्लकहरु मापदण्ड मिच्नेलाई यो वर्ष व्लक नदिईएको कार्यालयले जनाएको  छ ।यो वर्ष वितरण गरिएका व्लकहरु लाई उपलव्धी मुलक वनाउन कार्यालयले विगतको समिक्षा गदै यस्तो गरिएको हो । जिल्लाका राजनैतिक दल,पेशाकर्मी स ...

६४ प्रतिशत विद्यार्थी श्रमिक परिवारका
२०७३ मंसिर ११ गते ००:१२

६४ प्रतिशत विद्यार्थी श्रमिक परिवारका

काठमाडौं । सरस्वती श्रेष्ठले आफ्ना तीन छोरीलाई गोठाटारको गान्धी आदर्श माविमा पढाइरहेकी छन् । तिनीहरू कक्षा १०, ९ र २ कक्षामा पढ्छन् । सरस्वतीका श्रीमान् कृष्णलाल दमको रोगले थलिएका छन् । खर्च जुटाउन उनी अरूको घर बनाउने इँटा र ढलानको मसला बोक्छिन् । ०००रौतहटकी निर्मला मुखियाले छोरालाई पशुपति मित्र माध ...