२०७६ मंसिर २२ गते

समाचार

  • Home
  • समाचार

All News

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, अधिकांश बेरोजगार
२०७३ माघ १५ गते ००:५७

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, अधिकांश बेरोजगार

काठमाडौ। नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन् । उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नर्सका विद ...

भर्नाबिनै स्ववियु निर्वाचन तालिका
२०७३ माघ १५ गते ००:४१

भर्नाबिनै स्ववियु निर्वाचन तालिका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १४ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेपनि केन्द्रीय क्याम्पसमा नयाँ विद्यार्थी भर्ना नखोलेकोमा विद्यार्थी संगठनहरुले भने आपत्ति जनाएका छन् ।सेमेष्टर प्रणालीको बार्षिक ...

संकटमा शून्य उच्च मावि
२०७३ माघ १५ गते ००:२९

संकटमा शून्य उच्च मावि

काठमाडौं । कक्षा ११ र १२ सञ्चालनको अनुमति, अनुगमन गर्ने र परीक्षा लिने निकाय भक्तपुरको सानोठिमीस्थित उच्च माध्यमिक शिक्षा परिषद् अहिले कतै भेटिँदैन । परिषद्को भवनमा त अहिले राष्ट्रिय परीक्षा बोर्डको साइनबोर्ड झुन्ड्याइएको छ । ६ महिनाअघि भएको शिक्षा ऐनको आठौँ संशोधनले उच्च माध्यमिक शिक्षा ऐन र त्यस ...

समुदायमा विद्यालय अलपत्र
२०७३ माघ १४ गते ००:५९

समुदायमा विद्यालय अलपत्र

काठमाडौं । नौ वर्षअघि विश्व बैंकको २ अर्ब रुपैयाँ आर्थिक सहयोगमा समुदायमा विद्यालय हस्तान्तरण गर्न सरकारले ल्याएको कार्यक्रम अलपत्र परेको छ। सरकारले आर्थिक वर्ष २०६४/६५ मा विश्व बैंकको दबाबमा समुदायमा हस्तान्तरण हुने सरकारी विद्यालय व्यस्थापनका लागि प्रतितह (तत्कालीन प्रावि, निमावि र मावि) एक लाख रु ...

दरबार हाईस्कुल पुनर्निर्माण हुने
२०७३ माघ १४ गते ००:४३

दरबार हाईस्कुल पुनर्निर्माण हुने

काठमाडौं । मुलुककै जेठो विद्यालय दरबार हाईस्कुल दुई महिनाभित्र पुनर्निर्माण हुने भएको छ। सो विद्यालय चीन सरकारको करिब १ अर्ब रुपियाँ लागतमा निर्माण हुने भएको हो। चिनियाँ टोलीले विद्यालयको बारेमा विस्तृत अध्ययन सम्पन्न गरिसकेको छ। २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको सो विद्यालय निर्मा ...

विद्यालयमा अब विदेशी गीत प्रतिबन्ध
२०७३ माघ १४ गते ००:३७

विद्यालयमा अब विदेशी गीत प्रतिबन्ध

काठमाडौं । सरकारले विद्यालयमा आयोजना हुने वार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रमलगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुत गरे कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि दिएको निर्देशन पालना नभएपछि विभागले पुनः ...

स्ववियु चुनाव 'फागुन १४ मै'
२०७३ माघ १४ गते ००:२९

स्ववियु चुनाव 'फागुन १४ मै'

काठमाडौं । नौ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्यसनिम्ति प्रमुख राजनीतिक दलनिकट विद्यार्थी संघरसंगठनहरू एकमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले निर्वाचन तालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । त्रिवि रेक्टर प्रा। सुधा त ...

सुर्खेतमै पढेर ‘डिप्लोम्याट’
२०७३ माघ १४ गते ००:२२

सुर्खेतमै पढेर ‘डिप्लोम्याट’

सुर्खेत । अर्घाखाँचीको मैदानका दिलीप भट्टराई भारतको युनिर्भसिटी अफ पुनेमा सिभिक्स एन्ड पोलिटिकल साइन्समा स्नातक पढ्दै थिए । कूटनीतिज्ञ बन्ने लक्ष्य राखेका उनले बीचमै पढाइ छाडे र नेपाल फर्किए । फर्किनुको कारण थियो– मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को केन्द्रीय क्याम्पस, सुर्खेतमा अन्तर्राष ...

राम्रा प्रधानाध्यापक बन्ने कि बनाउने ?
२०७३ माघ १३ गते ०७:३६

राम्रा प्रधानाध्यापक बन्ने कि बनाउने ?

राम्रा प्रधानाध्यापक बन्ने कि बनाउने ? यो प्रश्न अब ज्वलन्त हुनेछ । किनकी, अब यो जिम्मेवारीमा रहेका व्यक्ति आफ्नो विवेकले मात्र नभई कानुनतः योग्य र सक्षम बन्न अनिवार्य हुनेछ । प्रस्तावित शिक्षा नियमावली अनुसार अब खुला प्रतिस्पर्धाका आधारमा योग्यता पुगेको उम्मेदवारले गरेको प्रस्तावलाई हेरेर प्रधानाध् ...

विद्यालय व्यवस्थापनमा राजनीति
२०७३ माघ १३ गते ०१:१८

विद्यालय व्यवस्थापनमा राजनीति

बैतडी । बैतडीको उत्तरी क्षेत्रमा पर्ने रुद्रेश्वर गाविसमा चमेलिया नदीको छेउमै दुर्गा मावि सिमार छ । रुद्रेश्वर, कोटपेटरा, मठैराजसहित दार्चुलाको सीमावर्ती शिखर गाविसका विद्यार्थी पनि उक्त विद्यालयमा पढ्न आउँछन् । तर पछिल्लो दुई वर्षयता विद्यालय जाने बेला विद्यार्थीलाई पढाइ हुने हो कि होइन भन्ने चिन् ...

शिक्षकको यातनाले छात्रा बेहोस
२०७३ माघ १३ गते ०१:००

शिक्षकको यातनाले छात्रा बेहोस

पाल्पा । गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएकी छिन् । भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। शिक्षक चिरञ्जीवी बास्तोलाले विदामा दिएको गृहकार्य नगरेको भन्दै एक घण्टासम्म कुखु ...

स्कुल चलाउन महायज्ञ
२०७३ माघ १३ गते ००:५७

स्कुल चलाउन महायज्ञ

नवलपरासी । जिल्लाका अधिकांश विद्यालयले शैक्षिक तथा भौतिक विकासका लागि भन्दै धनधान्याञ्चल महायज्ञ गर्दै आएका छन् । उच्च शिक्षा संञ्चालन, विद्यालयको भौतिक संरचना निमार्णका लागि भन्दै यज्ञ गरेका हुन् । हरेक वर्ष जिल्लामा ५ देखि ८ वटासम्म महायज्ञ भएका छन् । जिल्लाको पशुपति साङवेद आवासीय संस्कृत विद्यालय ...

स्ववियु चुनाव : १ महिना बाँकी, चहलपहल शून्य
२०७३ माघ १३ गते ००:५२

स्ववियु चुनाव : १ महिना बाँकी, चहलपहल शून्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेअनुसार स्ववियु निर्वाचन हुने दिन आउन १ महिना मात्र बाँकी रहँदा पनि मुख्य सरोकारवाला विद्यार्थी संगठनहरूको चहलपहल देखिँदैन । अधिकांश विद्यार्थी राजनीतिक केन्द्रका रूपमा चिनिने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस परिसरमा विद्यार्थीको राजनीतिक गतिविधि श ...

प्रयोगात्मक सामग्रीबाट पढाइ
२०७३ माघ १३ गते ००:४८

प्रयोगात्मक सामग्रीबाट पढाइ

कैलाली । सामुदायिक विद्यालयका शिक्षकले मन लगाएर नपढाउने आरोप लाग्दै आएको बेला कैलाली मुनुवा गाविसस्थित मोती मावि मोतीनगरका विज्ञान शिक्षक सुनिल थापाले भने आफैंले प्रयोगात्मक सामग्री बनाएर पढाउँदै आएका छन् । यी सामग्री उनले दुई वर्ष अघिदेखि आफैं निर्माण गर्दै आएका हुन् । विभिन्न सामग्रीका माध्यमबाट ...

विद्यालय समायोजन गर्दा विद्यालय कर्मचारी पनि समायोजन गर्न माग गर्दै शिक्षा विभागमा निवेदन
२०७३ माघ १२ गते ०७:११

विद्यालय समायोजन गर्दा विद्यालय कर्मचारी पनि समायोजन गर्न माग गर्दै शिक्षा विभागमा निवेदन

काठमाडौं । सरकारले विद्यालय समायोजन गर्दा विद्यालय कर्मचारीको पनि समायोजन गर्न माग गर्दै शिक्षा विभागमा निवेदन दर्ता गरिएको छ । पुनरुत्थान पार्टीनेपालको अगुवाईमा चितवनका ६ जना विद्यालय कर्मचारीहरुले आफुहरुलाई पनि समायोजन गर्न भन्दै निवेदन दर्ता गराएका हुन् । सरकारले विद्यालय समायोजन गर्दा शिक्षकको ...

अस्थायी शिक्षकका लागि विज्ञापन गर्ने तयारीे : यस्तो छ कार्ययोजना
२०७३ माघ १२ गते ०५:१३

अस्थायी शिक्षकका लागि विज्ञापन गर्ने तयारीे : यस्तो छ कार्ययोजना

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापन प्रकृया तत्काल सुरु गर्ने तयारी गरेको छ । अस्थायी शिक्षक आन्दोलन समितिले संशोधित ऐन अनुसार नै व्यवस्थापन हुन तयार रहेको निर्णय गरेसँगै मन्त्रालय पनि यस प्रकृयालाई छिटो टुंग्याउन लागि परेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थ ...

नयाँ प्रमूख आएपछि जिशिकाको समस्या समाधान
२०७३ माघ ११ गते २२:४६

नयाँ प्रमूख आएपछि जिशिकाको समस्या समाधान

उदयपुर । तीन महिनादेखि तनावग्रस्त बन्दै आएको जिल्ला शिक्षा कार्यालय उदयपुरले नयाँ निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी पाएपछि जिल्ला शिक्षा कार्यालय र जिल्लाका सम्पूर्ण शिक्षक सङ्घसङ्गठनको समस्या समाधान भएको छ ।जिल्ला शिक्षा अधिकारी दिलीप ठाकुरले जिल्ला शिक्षा कार्यालयमा भ्रष्टाचार गरेको आरोपसहित ती ...

त्रिवि कर्मचारी चुनाव फागुनमा
२०७३ माघ ११ गते २२:३८

त्रिवि कर्मचारी चुनाव फागुनमा

  काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको ११ औं निर्वाचन आगामी फागुन ५ गते हुने भएको छ । निर्वाचनमा देशभरका आंगिक क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालयमा गरी ६७ वटा मतदान केन्द्र रहने त्रिवि सूचना विभागले विज्ञप्तिमार्फत जनाएको छ । २१ सदस्यीय ...

विद्यालय व्यवस्थापन गठनमा दलीय गठबन्धन
२०७३ माघ ११ गते २२:२६

विद्यालय व्यवस्थापन गठनमा दलीय गठबन्धन

सिन्धुपाल्चोक । जिल्लावासीले प्रत्यक्ष रूपमा मतदान गर्न नपाएको झन्डै चार वर्ष हुन लागिसकेको छ । जिल्लामा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन प्रक्रिया यसअघि पनि निर्वाचन विधिबाटै भएको थियो । गत ५ भदौमा बालशिक्षा माध्यमिक विद्यालयले विव्यस गठन प्रक्रिया सुरु गरे पनि दलीय सहमति हुन नसकेपछि विव्यस ...

प्याब्सन अध्यक्षकै विद्यालयमा नियमविपरीत विदेशी नागरिक प्रिन्सिपल
२०७३ माघ ११ गते ०८:१३

प्याब्सन अध्यक्षकै विद्यालयमा नियमविपरीत विदेशी नागरिक प्रिन्सिपल

  -प्रकाश सिलवाल काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष प्रमुख रहेको विद्यालयमै नियमविपरीत विदेशी नागरिकलाई प्रिन्सिपलको जिम्मेवारी दिएको पाइएको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले तीन दशकअघि खोलेकोे डिल्लीबजारस्थित सूर्योदय आवासीय माध्यामिक विद्यालय, प्याब् ...

शिक्षकले अब मासिक रुपमा तलब पाउने
२०७३ माघ ११ गते ०४:३०

शिक्षकले अब मासिक रुपमा तलब पाउने

काठमाडौ । शिक्षकहरुले अब मासिक रुपमै तलब भत्ता बुझ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले शिक्षकलाई मासिक रुपमा तलब उपलव्ध गराउन शिक्षा विभागलाई निर्देशन हो । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाइरहेका थिए । शिक्षक महासंघ लगायत विभिन्न शिक्षकका संघसंगठनहरुले विगत देखिनै शिक्षकलाई मासिक रुपमा तलब उपलव ...

ट्युसन र कोचिङमा विद्यार्थीको आकर्षण
२०७३ माघ ११ गते ०३:२०

ट्युसन र कोचिङमा विद्यार्थीको आकर्षण

कञ्चनपुर । महेन्द्रनगरको मर्निङ ग्लोरी उच्चमाविमा अध्ययनरत अमृता कलौनी सोमबार स्कुल छुट्टी हुनेबित्तिकै नजिकैको ट्युसन सेन्टर पुगिन्। विद्यालयमा राम्रै पढाइ भए पनि अन्य साथी ट्युसन गएकाले उनलाई पनि जान मन लाग्यो। साथीहरू सबैजसो ट्युसन पढेकाले आफू पनि आएको उनले बताइन्। ‘स्कुलमा पढाइ त राम्रै छ, ...

संशोधन प्रस्ताव कानुन मन्त्रालयमा :  नियमावली एकहप्ताभित्रै आउने निश्चित
२०७३ माघ १० गते २२:३२

संशोधन प्रस्ताव कानुन मन्त्रालयमा : नियमावली एकहप्ताभित्रै आउने निश्चित

काठमाडौं । शिक्षा नियमावली एकहप्ताभित्रै आउने निश्चित भएको छ । शिक्षा मन्त्रालयले नियमावली संशोधनका लागि तयार मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको छ । नियमावलीमा अर्थमन्त्रालयले राय सहितको सहमति प्रदान गरेपछि शिक्षा मन्त्रालयले दुइदिन आन्तरिक छलफल गरी मस्यौदा कानुन मन्त्रालयमा पठाएको हो । श ...

  ठूली दिदीहरुले जोडिदिएको बहिनीहरुको शिक्षा
२०७३ माघ १० गते २१:५४

ठूली दिदीहरुले जोडिदिएको बहिनीहरुको शिक्षा

सुर्खेत ।  १४ वर्षकी पूर्णिमा विकलाई कक्षा ७ मा पढ्दै गर्दा अभिभावकले उनको विवाह गरिदिए । विवाह गरेपछि उनी विद्यालय जान छोडिन् । घरकै कुचोमा सिमित भइन् । यस्तो बेला उनी जस्तै छोरीहरुका लागि एउटा अभियानमुखी कार्यक्रम सञ्जीवनी नै बन्यो । त्यो हो, बहिनी शिक्षाका लागि दिदी कार्यक्रम । यसमा आबद्ध दि ...

वाह ! यस्तो पो स्कुल
२०७३ माघ १० गते २१:५३

वाह ! यस्तो पो स्कुल

खोटाङ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर । समयले यसरी कोल्टे फेर्‍यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल । डेढ सय विद्यार्थ ...

शिक्षक महासंघको विधानको टुंगो लाग्यो : महाधिवेशन आगामी जेठ २६ र २७ मा
२०७३ माघ १० गते ०८:५१

शिक्षक महासंघको विधानको टुंगो लाग्यो : महाधिवेशन आगामी जेठ २६ र २७ मा

काठमाडौं ।  नेपाल शिक्षक महासंघको विधानले बल्ल पूर्णता पाएको छ । सोमबार बसेको महासंघको आवद्ध संगठनका अध्यक्ष र सचिवालयस्तरीय बैठकले विधानको टुंगो लगाएको हो । महासंघले गत मंसिर १६ र १७ मा विधान अधिवेशन गरेको भएपनि त्यसले विधानको टुंगो लगाउन सकेको थिएन । अधिवेशनले महासंघका आवद्ध संगठनहरुका अध्यक् ...

नमूना माध्यमिक विद्यालय बनाउन छनोट प्रक्रिया शुरू
२०७३ माघ ९ गते २३:३४

नमूना माध्यमिक विद्यालय बनाउन छनोट प्रक्रिया शुरू

काठमाडौं । शिक्षा विभागले नेपालमा रहेको २ सय ४० ओटा निर्वाचन क्षेत्रमा नमूना माध्यमिक विद्यालय बनाउन छनोट प्रक्रिया शुरू गरेको छ । नेपालमा नमूना विद्यालयको विकास र सञ्चालनको आवश्यकता भएकाले विभागले विद्यालय क्षेत्र विकास कार्यक्रममार्फत नमूना माध्यमिक विद्यालय बनाउन छनोट प्रक्रिया अघि बढाएको हो ।सन ...

प्राविधिक शिक्षामा चरम लापरबाही
२०७३ माघ ९ गते २३:२४

प्राविधिक शिक्षामा चरम लापरबाही

  कञ्चनपुर । डेढ वर्षअघि प्राविधिक शिक्षाअन्तर्गत वेल्डिङ इलेक्ट्रिसियन पढ्न थालेका भीमदत्त नगरपालिका २ महोलियाका पुष्पराज भट्ट अहिले अन्योलमा छन् । उनी अहिलेसम्म परीक्षा हुने मिति तथा परीक्षा फारमको समेत कुनै टुंगो नलागेपछि चिन्तित भएका हुन् । ५० हजार शुल्क तिरे पनि भनेअनुसार पढाइ नहुँदा ...

विद्यार्थी सफल कसरी हुने ?
२०७३ माघ ९ गते २३:१२

विद्यार्थी सफल कसरी हुने ?

डा.नम्रता पाण्डे महान् दार्शनिक अरस्तु भन्छन्, 'प्राकृतिक रूपमै सबै मानिस ज्ञानआर्जन गर्न चाहन्छ ।' ओशो भन्छन्, 'जबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी हुन कहलाउँदैनौं ।' उनी अगाडि भन्छन्, 'तिमी किताब लिएर आफूलाई व्यस् ...

ग्रेडबराबरको रकम नपाएको भन्दै सर्वोच्चमा मुद्दा
२०७३ माघ ९ गते १०:०८

ग्रेडबराबरको रकम नपाएको भन्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । प्राविधिक ग्रेडबराबरको रकम नपाएको भन्दै स्रोतव्यक्ति तथा शिक्षकले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । तालिम र योग्यता हुँदा हुँदै खाइपाइ आएको  प्राविधिक ग्रेडबराबरको रकम विगत एक वर्षदेखि नपाएको भन्दै उनीहरुले मुद्दा दायर दायर गरेका हुन् । सुनसरीका दुईजना स्रोतव् ...

अस्थायी शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो
२०७३ माघ ८ गते २१:२७

अस्थायी शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

काठमाडौं ।  शिक्षा ऐन आएको सात महिनापछि शिक्षक सेवा आयोगले अस्थायी शिक्षक अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन गरेको छ । आयोगले उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई अस्थायी अध्यापन अनुमति प्रदान गर्नका लागि आवदेन माग गरेको  हो । संशोधित शिक्षा ऐनमा  साविक उच्च माध्यमिक विद्य ...

घट्दै बालिकाहरू :    भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढ्दो
२०७३ माघ ८ गते २१:१२

घट्दै बालिकाहरू : भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढ्दो

काठमाडौं । भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि मुलुकमा पछिल्लो समय बालिकाको जन्मदर घट्दै गएको पाइएको छ । मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले लिंग पहिचान गरेको पाइए ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ । कारबाहीको व्यवस्था भए पनि लिंग पहिचान गरी भ्रूण हत्या गर्ने क् ...

अछाममा ४१.८५ प्रतिशत महिला निरक्षर
२०७३ माघ ८ गते २०:२२

अछाममा ४१.८५ प्रतिशत महिला निरक्षर

अछाम । पूर्ण साक्षर जिल्ला बनाउने तयारीमा जुटेको यहाँको जिल्ला शिक्षा कार्यालयले गरेको सर्वेक्षणमा २९ प्रतिशत नागरिक निरक्षर रहेको पाइएको छ । जसमध्ये महिला ४१.८५ प्रतिशत अर्थात ३२ हजार ५ सय २२ निरक्षर छन् । यो १५ देखि ६० वर्षसम्मका महिलाको तथ्यांक हो । प्रत्येक घरमा पुगी गरिएको सर्वेक्षणमा उक्त ...

सूक्तिसिन्धुका सय वर्ष
२०७३ माघ ८ गते २०:०१

सूक्तिसिन्धुका सय वर्ष

आऊ प्रिय! नगर बेर भनी मलाईराखेर काखबीच हात दुवै समाईती लाल ओठ मुखनेर पुर्‍याउनुभोलौ भन्न सक्तिनँ म ता पछि कुन्नि के भो ? पछि जरुर केही भो! यो त्यही कविताको अंश हो, जुन कविताका कारणबाट आजभन्दा सय वर्षअघि नेपाली साहित्यको इतिहासमा एउटा ठूलो हाहाकार मच्चियो। त्यसबेला प्रथम विश्वयुद्धमा जान लाग ...

सडकमा नि:शुल्क ट्युसन
२०७३ माघ ८ गते १९:५७

सडकमा नि:शुल्क ट्युसन

इटहरी । आफूले एसएलसीभन्दा बढी पढ्न पाएनन् । पढ्ने चाहना नभएर होइन, आर्थिक अवस्थाले दिएन । पैसा नभएर पढ्न नपाउँदाको पीडा कस्तो हुन्छ चन्द्र भण्डारीलाई राम्रोसँग थाहा छ । आफूले जस्तै पीडा अरूले भोग्नु नपरोस् भन्ने सोचले उनलाई घचघच्यायो । निम्न आय भएका परिवारका केटाकेटीलाई उनले खुला स्थानमै ट्युसन पढाउ ...

शिक्षण छाडेर जुत्ता बनाउँदै
२०७३ माघ ६ गते २३:०६

शिक्षण छाडेर जुत्ता बनाउँदै

नवलपरासी । पहिले रजहरकी उषा तामाङलाई घरधन्दा सकेपछि विद्यालय जाने हतार हुन्थ्यो । अहिले उनको दैनिकी फेरिएको छ । बिहान घरायसी काम सकेपछि उनलाई जुत्ता बनाउन भ्याइनभ्याइ हुन्छ । घरनजिकको विद्यालयमा पढाउने उनलाई स्वरोजगार बन्न मन लाग्यो । त्यही उद्देश्यले ढाका र मखमलको जुत्ता बनाउने तालिम लिएर अहिले आफै ...

जारी भयो समावेशी शिक्षा नीति
२०७३ माघ ६ गते २२:५०

जारी भयो समावेशी शिक्षा नीति

काठमाडौं । शिक्षा मन्त्रालयले ‘अपांगता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३’ पारित गरेको छ । विशेष शिक्षा नीति, २०५३ खारेज गरी नयाँ नीति जारी गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले बताएका छन् । विशेष शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०६० चाहिँ यथावत् छ ।‘नेपालल ...

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक
२०७३ माघ ६ गते २२:४८

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक

काठमाडौं । शैक्षिक गुणस्तर वृद्धिका अनेक प्रयत्न सफल नभएपछि शिक्षा मन्त्रालय प्रधानाध्यापकलाई जवाफदेही बनाउने निष्कर्षमा पुगेको छ । खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट हुने र सम्झौताअनुरूप नतिजा दिन नसके हटाउने व्यवस्था गर्न लागिएको हो । त्यसका लागि प्रधानाध्यापकको छुट्टै दरबन्दी रहनेछ ।‘न ...

एक शिक्षक, ८३ विद्यार्थी
२०७३ माघ ६ गते २२:३०

एक शिक्षक, ८३ विद्यार्थी

काठमाडौं । नुवाकोटको रानीपौवास्थित भवानी माविमा प्रारम्भिक बालविकासदेखि १२ कक्षा सम्म ८ सय ८३ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा १४ जना शिक्षक दरबन्दी छ। आधारभूत तहमा १० र मावि तहमा ४ शिक्षक छन्। मावि तहमा अनिवार्य र ऐच्छिक गरी ८ विषय पढाइ हुन्छ। चार शिक्षकले मावि तहका तीन सय ३७ विद्यार्थीलाई प ...

दलीय अखडा बन्दै विद्यालय
२०७३ माघ ६ गते २२:२५

दलीय अखडा बन्दै विद्यालय

दाङ । दाङ रामपुरस्थित गंगा उच्च माविले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई लक्षित गर्दै १ पुसमा सात सय ५९ अभिभावकको नामावली प्रकाशन गर्‍यो। उक्त संख्याप्रति असन्तुष्टि जनाउँदै पुस ११ गते विद्यालयमा एउटा पत्र पुग्यो। प्रकाशित अभिभावक सूची अधुरो रहेको भन्दै लेखिएको उक्त पत्र एमाले रामपुर गा ...

'अभिभावकसँग शुल्क असुली बाध्यता'
२०७३ माघ ६ गते २२:२०

'अभिभावकसँग शुल्क असुली बाध्यता'

दाङ ।  घोराही– ३ स्थित रात्रि प्रावि 'क्वाडी'ले शैक्षिक गुणस्तर बढाउन भन्दै ०६७ देखि निजी विद्यालयकै ढाँचामा पठनपाठन सुरु गर्‍यो। निजी विद्यालयजस्तै नर्सरी, युकेजी, केजी हुँदै कक्षा वर्गीकरण गरेको यो विद्यालयले अंग्रेजी माध्यमबाटै पठनपाठन सञ्चालन गर्‍यो। अंग्रेजी माध्यमबाट पठनपाठन ...

विद्यार्थी र शिक्षकको छुट्टाछुट्टै आन्दोलन
२०७३ माघ ६ गते २२:११

विद्यार्थी र शिक्षकको छुट्टाछुट्टै आन्दोलन

रोल्पा । जलजला बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकले छुट्टाछुट्टै आन्दोलन गर्दै आएका छन् । क्याम्पसमा विभिन्न समस्याले पठनपाठन प्रभावकारी हुन नसकेको भन्दै सातादेखि शिक्षक विद्यार्थी आन्दोलित भएका हुन् । विद्यार्थीले निर्माणाधीन क्याम्पस भवन अलपत्र भएको भन्दै अघिल्लो साता आन्दोलन सुरु गरेका थिए । ...

विद्यालय पुनर्निर्माणमा ढिलाइ
२०७३ माघ ५ गते २३:०२

विद्यालय पुनर्निर्माणमा ढिलाइ

काठमाडौं । भूकम्पमा भत्किएका विद्यालय पुनर्निर्माणमा शिक्षा मन्त्रालय र आयोजना कार्यान्वयन इकाइबीच समन्वय नहुँदा समस्या भएको छ । भवन निर्माणमा ढिलाइ हुँदा भूकम्पपीडित बालबालिकाको पढाइ पनि प्रभावित भएको छ ।विद्यालय भवन तीन वर्षभित्र बनाइसक्ने योजना छ । तर, अहिलेसम्म कति भवन बने भन्ने विवरण शिक्षा मन ...

उदाहरणीय बन्दै सामुदायिक
२०७३ माघ ५ गते २२:५१

उदाहरणीय बन्दै सामुदायिक

डोटी । पुरानो विद्यालय भवनको पश्चिमतर्फबाट महेश ओझाले बिहान ९ बजे सिटी फुके । खेलमैदानमा भलिबल, चुंगी, टिफ्फा खेलिरहेका छात्रावासका विद्यार्थी त्यसपछि कुदेर भान्साघरअघि भेला भए ।दाल, भात र तरकारीका ठूला भाँडा गणित, विज्ञान र अंग्रेजीका शिक्षकले सम्हालेर बसेका छन् । हातमा थाल र कचौरा बोकेका विद्यार् ...

उपकुलपति अझै छानिएन
२०७३ माघ ५ गते २१:५२

उपकुलपति अझै छानिएन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (९केयू) उपकुलपतिविहीन भएको बुधबार ३८ दिन भयो । उपकुलपति सिफारिस समितिले विश्वविद्यालय ऐनविपरीत पाँच जनाको नाम सिफारिस गरेको पनि दुई साता भइसक्यो । यति लामो समयसम्म केयू कहिल्यै उपकुलपतिविहीन भएको थिएन । रामकण्ठ माकाजुको चारवर्षे कार्यकाल मंसिर २६ मा सकिनुअघि नै नया ...

सामुदायिक स्कुल अब्बल
२०७३ माघ ५ गते २१:४६

सामुदायिक स्कुल अब्बल

बारा । बाराको निजगढ ८ स्थित गौरीशंकर उच्च माविमा तीन वर्षअघि १ हजार ५ सय विद्यार्थी थिए । अहिले २ हजार पुगेका छन् । चापका कारण विद्यालयले यस वर्ष दुई दिन मात्र भर्ना खुलायो । दुई दिनमा कुल विद्यार्थीको ३० प्रतिशत वीरगन्ज, धनुषा, रौतहट, सर्लाही र जिल्लाकै दक्षिणी भेगबाट भर्ना हुन आए । बाँकी निजगढ आस ...

दलका सदस्य शिक्षकलाई अवकाश दिने व्यवस्था हटाउन महासंघको माग
२०७३ माघ ५ गते ०७:३९

दलका सदस्य शिक्षकलाई अवकाश दिने व्यवस्था हटाउन महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले राजनीतिक दलको सदस्यलाई वदिने व्यवस्था नियमावलीको मस्यौदाबाट हटाउन माग गरेको छ । महासंघले बुधवार शिक्षा मन्त्री धनीराम पौडेललाई आक्रोसपत्र बुझाउँदै सो व्यवस्था नहटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको विधान अधिवेशन र ३,४ र ५ गते बसेको सचिवालय बैठकले गरेको निर्ण ...

नियमावलीमा अर्थ मन्त्रालयको 'ग्रिन सिग्नल' : माघभित्रै नियमावली आउने
२०७३ माघ ५ गते ००:५१

नियमावलीमा अर्थ मन्त्रालयको 'ग्रिन सिग्नल' : माघभित्रै नियमावली आउने

  काठमाडौं । अर्थमन्त्रालयले आफ्नो रायसहित शिक्षा नियमावलीमा सहमति दिएको छ । मन्त्रालयले केहि विषय संशोधन गर्ने राय सहित मंगलवार नियमावलीमा सहमति प्रदान गरेको हो । अर्थ मन्त्रालयले नियमावलीमा समावेश प्रधानाध्यापक, विद्यालय कर्मचारी र प्रारम्भिक वाल विकासका लाथि थप दरवन्दी सिर्जना गर्न पर्याप्त ...

सरकारले तोक्यो बालबालिकाको खेलौनामा हुनुपर्ने धातु तथा रसायनको मापदण्ड
२०७३ माघ ४ गते २३:१०

सरकारले तोक्यो बालबालिकाको खेलौनामा हुनुपर्ने धातु तथा रसायनको मापदण्ड

काठमाडौं । सरकारले बालबालिकाले प्रयोग गर्ने खेलौनामा हुने गह्रौं धातु लिड लगायतका अन्य रसायनिक पदार्थको मापदण्ड तोकेको छ । मापदण्ड अनुसार नभएका खेलौनाहरु मुलुक भित्र आयात, भण्डारण, विक्री वितरण, उत्पादन मात्र नभई प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको उक्त प्रतिबन्ध १८१ दिन पछि लागु हुने ...

किताब छाप्नै बाँकी
२०७३ माघ ४ गते २२:५८

किताब छाप्नै बाँकी

काठमाडौं । सत्तरी जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन ८७ दिन (चैत अन्तिमसम्म) बाँकी छ । आउँदो शैक्षिक सत्रमा पढ्ने कक्षा १ देखि १० सम्मका ५७ लाख ५७ हजार ७ सय ४४ जना विद्यार्थीका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक चाहिन्छ । यीमध्ये १ करोड २१ लाख थान पाठ्यपुस्तक अझै छाप्न बाँकी छ । मन ...

image
image
image