२०७६ भदौ ९ गते

समाचार

  • Home
  • समाचार

All News

चिकित्सा शिक्षा विधेयक छलफलमा
२०७३ असोज ९ गते २३:४९

चिकित्सा शिक्षा विधेयक छलफलमा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोधबीच व्यवस्थापिका संसद्ले आइतबार ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ लाई छलफलका लागि बहुमतले स्वीकृत गरेको  छ ।शिक्षामन्त्री धनीराम पौडेलले संसद्मा राखेको उक्त विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावलाई स ...

भएजति शिक्षक पार्टीका पिछलग्गू
२०७३ असोज ९ गते ०८:२८

भएजति शिक्षक पार्टीका पिछलग्गू

डेढ लाख सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र त्यसमध्ये करिब १७ हजार शिक्षक नेता–कार्यकर्ता -बाबुराम विश्वकर्मा स्कुल बिदाको मौकामा २५ भदौमा दोलखाको सदरमुकाम चरिकोटमा सरकारी विद्यालयका शिक्षकहरूको एउटा अनौठो जमघट भयो । राजनीतिक दलसम्बद्ध ६ वटा शिक्षक भ्रातृ संगठनले सरकारी विद्य ...

बांकी चार क्षेत्रको सामाजिक विषयको नतिजा प्रकाशित
२०७३ असोज ९ गते ०८:०९

बांकी चार क्षेत्रको सामाजिक विषयको नतिजा प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले सामाजिक विषयकोे नतिजा सार्वजनिक गरेको छ । आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्नेक्रममा आइतवार चार विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा लागि यहाँ क्लिक गर्नुहोस् । नतिजा अनुसार पूर्वाञ्चलबाट लिखित परीक्षामा सहभागि एक हजार ६ ...

सबै क्षेत्रको नेपाली, सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको लिखित नतिजा
२०७३ असोज ८ गते १४:२२

सबै क्षेत्रको नेपाली, सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको लिखित नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले ३ विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्थायी शिक्षकको लिखित परीक्षाको तेस्रो चरणको नतिजा  सार्वजनिक गर्नेक्रममा शनिबार पाँचै विकास क्षेत्रको नेपाली र सुदुरपश्चिमको सामाजिक र पश्चिमाञ्चलको शिक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा लागि यहाँ क्लिक गर्नुहोस् । नति ...

विद्यालय कर्मचारीको स्थायी प्रक्रिया छिट्टै थाल्ने तयारी
२०७३ असोज ७ गते ००:२९

विद्यालय कर्मचारीको स्थायी प्रक्रिया छिट्टै थाल्ने तयारी

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं सरकारले छिट्टै देशभरका विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया सुरु गर्ने भएको छ । शिक्षा नियमावली यही असोजभित्रै आए आगामी कार्तिक महिनादेखि उनीहरुको स्थायी प्रक्रिया सुरु गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । विगतका शिक्षा ऐनमा विद्यालय कर्मचारीसम्बन्धी व् ...

मावितह स्थायी शिक्षकको पहिलो चरणकोे नतिजा प्रकाशित
२०७३ असोज ७ गते ००:२०

मावितह स्थायी शिक्षकको पहिलो चरणकोे नतिजा प्रकाशित

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा सञ्चालन गरेको माध्यमिक तहको स्थायी शिक्षकको केहि विषयकोे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विहिबार पाँचै विकास क्षेत्रको विज्ञान र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक गरेको हो । अन्य विजषयको नतिजापनि क्रमशः प्रकाशित गर्दै जाने आयोगले जनाए ...

अस्थायी शिक्षक व्यवस्थापन पेचिलो बन्दै : विभागले सुधा¥यो निर्देशन
२०७३ असोज ३ गते ०१:४१

अस्थायी शिक्षक व्यवस्थापन पेचिलो बन्दै : विभागले सुधा¥यो निर्देशन

काठमाडौं । नेपाल शिक्षक महासंघ नै बिरोधमा उत्रिएपछि अन्ततः शिक्षा विभागले अस्थायी शिक्षकहरुलाई रोजाई फारम बुझाउन दिएको निर्देशन सुधार गरेको छ । विभागले सो निर्देशन व्यवस्थापन प्रकृया अन्तर्गत नभएर सामान्य विवरण संकलनका लागि मात्रै भएको स्पष्ट पारेको हो । विभागले अस्थायी शिक्षकहरुलाई सुविधा लिने कि प ...

फारम भराउने निर्णय फिर्ता लिन महासंघको ४८ घण्टे अल्टिमेटम
२०७३ असोज २ गते १२:५५

फारम भराउने निर्णय फिर्ता लिन महासंघको ४८ घण्टे अल्टिमेटम

काठमाडौं । शिक्षक महासंघले अस्थायी शिक्षकलाई रोजाई फारम भराउने निर्णय फिर्ता लिन शिक्षा मन्त्रालयललाई ४८ घण्टे अल्टिमेटम दिएको छ । आइतबार शिक्षा सचिव र शिक्षा विभागका महानिर्देशकलाई भेटेर महासंघले असोज ४ गतेसम्ममा निर्णय फिर्ता नलिए ५ गते देखि आन्दोलन गर्ने जनाएको हो । फारम भराउन नरोकिय असोज ५ देखि ...

पाठ्यपुस्तकविनै प्राविधिक शिक्षा
२०७३ असोज २ गते ०८:३९

पाठ्यपुस्तकविनै प्राविधिक शिक्षा

शिक्षक सन्दर्भ–सामग्री पनि ६० विषयमध्ये १० वटाको मात्रै रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं सरकारले २०७० सालमा कक्षा ९ बाट विद्यालय तहमा प्राविधिक शिक्षाको पढाइ सुरु गरेको भएपनि अझैसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरु पाठ्यपुस्तकविनै पढ्न बाध्य छन् । परीक ...

अस्थायी शिक्षकलाई रोजाइ  फारम भराउने निर्णयले महासंघ आश्चर्यमा
२०७३ असोज १ गते १०:११

अस्थायी शिक्षकलाई रोजाइ फारम भराउने निर्णयले महासंघ आश्चर्यमा

काठमाडौं । शिक्षा विभागले अस्थायी शिक्षकलाई असोज १० गते भित्र रोजाई फारम भर्न दिएको निर्देशनले नेपाल शिक्षक महासंघले आश्चर्य व्यक्त गरेको छ । विभागले असोज १० गते भित्र अस्थायी शिक्षकहरुलाई परीक्षा दिएर स्थायी हुने कि सुविधा लिएर विदा हुने हो स्पष्ट पार्न निर्देशन दिएको थियो । शिक्षक महासंघले विभागले ...

अस्थायी शिक्षकले रोजाई फारम भराउनै नदिने
२०७३ असोज १ गते ०९:०६

अस्थायी शिक्षकले रोजाई फारम भराउनै नदिने

काठमाडौं । अस्थायी शिक्षकहरुले सुविधा लिने कि परीक्षा दिने भनेर शिक्षा विभागले भराउन लागेको फारम भराउन नदिने भएका छन् । उनीहरुले जिल्ला जिल्लाबाट फारम भराउने प्रकृया अवरोध गर्ने भएका हुन् । ऐनमा शिक्षक सेवा आयोगले मात्रै फारम भराउन पाउने व्यवस्था भएकोमा विभागले भराउन लागेको भन्दै अस्थायी शिक्षकहरुले ...

बजेटमा शिक्षा क्षेत्रको हिस्सा घट्दै
२०७३ असोज १ गते ०५:२५

बजेटमा शिक्षा क्षेत्रको हिस्सा घट्दै

काठमाडौं ।  विकासोन्मुख र अति कम विकसित मुलुकले शिक्षा क्षेत्रमा बजेट बर्सेनि बढाउनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा भने क्रमशः घट्दो क्रममा छ । विगत ७ वर्षमा शिक्षा क्षेत्रको बजेट अंकमा बर्सेनि वृद्धि हुँदै गएको देखिए पनि कुल बजेटमा यसको हिस्सा भने घट्दै गइरहेको छ ।शिक्षा क्षेत्रमा भए ...

बालबालिकाको पाठ्यपुस्तक वयस्कलाई
२०७३ असोज १ गते ०४:४६

बालबालिकाको पाठ्यपुस्तक वयस्कलाई

‘बालबालिका र वयस्कका अपेक्षा फरक हुन्छन्, त्यसअनुसार पाठ्यपुस्तक तयार भएका छैनन्’ काठमाडौं । आस्था महिला विद्यालयकी ६३ वर्षीया मिट्ठु खनाल १० कक्षामा पढिरहेकी छन्। स्वास्थ्य शारीरिक शिक्षामा हाइजम्प, लङजम्प, भलिबल, बास्केट बललगायत खेल खेलाएर पढाउनुपर्ने पाठ छ। तर खनाललाई खेल्न त परै जाओस ...

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्न असोज १० सम्मको म्याद
२०७३ भदौ ३१ गते १०:०२

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्न असोज १० सम्मको म्याद

भक्तपुर । शिक्षा विभागले अस्थायी शिक्षकहरुलाई असोज १० गतेभित्र सुविधा वा परीक्षा के रोज्ने हो स्पष्ट पार्न निर्देशन दिएको छ । विभागले भाद्र २९ गते निर्णय गरी अस्थायी शिक्षकलाई दुई विकल्पमध्येबाट एक रोजाउने गरी मातहतका निकायलाई निर्देशन दिएको हो । अब अस्थायी शिक्षकहरुले असोज १० भित्र परीक्षा दिएर स्थ ...

विद्यालय व्यवस्थापन समिति खारेज : तलब दिनै समस्या
२०७३ भदौ ३१ गते ०९:००

विद्यालय व्यवस्थापन समिति खारेज : तलब दिनै समस्या

काठमाडौं । शिक्षा ऐन, २०२८ को आठौं संशोधनले विद्यालय व्यवस्थापन समिति खारेज गरेपछि देशभरिका ३४ हजार सामुदायिक विद्यालयका शिक्षकलाई तलब पाउन समस्या भएको छ । विद्यालय व्यवस्थापन समिति नहुँदा सामुदायिक विद्यालयमा कार्यरत साढे २ लाख शिक्षक साउनदेखिको तलब र दसैं खर्चसमेत नपाउने समस्यामा छन् । शिक्षा ऐनअन ...

भाषा बिगार्नेको हात अस्वीकार
२०७३ भदौ ३० गते २३:०८

भाषा बिगार्नेको हात अस्वीकार

काठमाडौं । नेपाली वाङ्मय प्रतिष्ठानले बिहीबार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती । साहित्य क्षेत्रमा योगदान पुर्‍याउने एक व्यक्तिलाई प्रदान गर्दै आएको पुरस्कार लगातार पाँच वर्षदेखि प्रदान हुन सकेको थ ...

भागबन्डामै चल्छ त्रिवि
२०७३ भदौ ३० गते २२:५६

भागबन्डामै चल्छ त्रिवि

काठमाडौं ।  'सर, तल्लो निकायमा भागबन्डा गर्नुभन्दा राम्रो हामी सबैलाई लगेर खाल्डोमा हाल्दिनुस्,'त्रिभुवन विश्वविद्यालयकर्मचारी महाशाखाकाउपप्रशासक विष्णु अर्यालले केही दिनअगाडि उपकुलपति तीर्थराज खनियासमक्ष आक्रोश पोखे,'उपकुलपतिदेखि डिन,कार्यकारी निर्देशक हुँदै अब महाशाखा प्रमुखमा समेत भागबन्डा ...

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका
२०७३ भदौ ३० गते २२:२०

गलत गतिविधि न्यून गर्न विद्यालयमा उजुरी पेटिका

काठमाडौँ ।  विद्यालय तहमा हुने लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, बुलिङ्ग तथा अन्य गलत गतिविधिलाई न्यून गर्न विद्यालयमा उजुरी पेटिका राख्नैपर्ने नयाँ नियम बनाइएको छ ।  नियम बनाइए पनि अझै कतिपय विद्यालय यसबारेमा अनभिज्ञ नै छन् । विभागको लैङ्गिक समविकास शाखाका उपनिर्देशक वसन्त कोइरालाले ७५ वटै ...

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी
२०७३ भदौ ३० गते २२:१६

पूर्वाञ्चल विश्वविद्यालयद्वारा विराटनगरमा शिक्षण अस्पताल संचालन गर्ने तयारी

विराटनगर ।  ‘एक प्रदेश एक मेडिकल कलेज’ को  सरकारको नीति अनुसार पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरेको छ ।कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरेर गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको हो ।  ...

मकवानपूर  बन्यो ३० औं पूर्ण साक्षर जिल्ला
२०७३ भदौ ३० गते १०:४१

मकवानपूर बन्यो ३० औं पूर्ण साक्षर जिल्ला

मकवानपूर । मकवानपूर मुलुककै ३० औं पूर्ण साक्षर जिल्ला घोषणा भएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका ९९ प्रतिशत नागरिकलाई साक्षर बनाएपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । ‘साक्षर मकवानपुर हाम्रो गौरव, साक्षर बनी गरौँ पौरख’ भन्ने मूल नाराकासाथ बिहीबार एक समारोहबीच शिक्ष ...

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय
२०७३ भदौ ३० गते ०८:३३

विद्यार्थी सधैं कुखुरा बन्नुपर्ने एउटा विद्यालय

सुजीतकुमार झा/जनकपुरधाम यो दृश्य धनुषा जिल्लाको एउटा सामुदायिक विद्यालयको हो । विद्यार्थीलाई एविसिडि नआउँदा यस्तो दण्ड दिइएको छ । धनुषा जिल्लाको लगमा पूर्वारी टोलस्थित श्री वासुदेव दास राष्ट्रिय प्राथमिक विद्यालयमा प्रत्येक दिन यस्तो दण्ड दिने गरिन्छ । बालबालिकालाई कहिले मुर्गा (कुखुरा) बनाउने, कहि ...

शिक्षकलाई गाउँनिकाला !
२०७३ भदौ २९ गते २३:१९

शिक्षकलाई गाउँनिकाला !

३ सय ६८ जनाले हस्ताक्षर गरेर सामाजिक बहिष्कारको निर्णय उदयपुर । स्थानीयलाई 'वास्ता नगरेको' भन्दै बेल्टारबसाहा नगरपालिका ५ माडिवासका एक शिक्षकलाई 'सामाजिक बहिस्कार' गरिएको छ। बहिस्कार मात्रै होइन, सिंहदेवी माविका शिक्षक देवराज खड्कालाई गाउँनिकालासमेत गर्ने निर्णय गरिएको छ।शिक्षक भएर पनि गाउँलेसँग पटक ...

माध्यमिक तहको नतिजा असोज पहिलो साता
२०७३ भदौ २९ गते १०:२७

माध्यमिक तहको नतिजा असोज पहिलो साता

काठमाडौं । माध्यमिक तहको लिखित परीक्षाको नतिजा असोज पहिलो साता आउने भएको छ । कपी परीक्षणको काम अन्तिम चरणमा पुगेकाले असोज पहिलो साता नतिजा प्रकाशित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले असोज पहिलो साता भित्र मावि तहको शिक्षक परीक्षाको नतिजा प्रकाशित गरिने बता ...

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई
२०७३ भदौ २९ गते ०१:३१

अष्ट्रेलियाको प्रतिष्ठित पुरस्कार नेपाली युवालाई

अष्ट्रेलिया । अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले पाएका छन् । मंगलबार अष्ट्रेलियाली सरकारको शिक्षा विभागले पुरस्कारको घोषणा गरेको हो । विभागले गरेको घोषणा अनुसार रसुवा घर भई क्विन्सल्याण्डको सनसाईनकोष्टमा अध्यापन गराइरहेका रत्न पौड्यालले यस पुरस्का ...

 'विश्व शिक्षामा कहाँ छौं हामी ?'
२०७३ भदौ २८ गते ०५:४३

'विश्व शिक्षामा कहाँ छौं हामी ?'

विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय व ...

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने
२०७३ भदौ २८ गते ०३:२५

चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने

काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीको चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र म ...

झन्–झन् चर्कँदै अस्थायी शिक्षकको मुद्दा
२०७३ भदौ २८ गते ०३:१४

झन्–झन् चर्कँदै अस्थायी शिक्षकको मुद्दा

काठमाडौं–सरकार संशोधित शिक्षा ऐन अनुसार अस्थायी शिक्षक व्यवस्थापनको तयारीमा व्यस्त छ । उता, अस्थायी शिक्षकहरु भने वर्तमान ऐनले अन्याय गरेको भन्दै सडक संघर्ष चर्काइरहेका छन् । शिक्षा मन्त्रालय यही ऐन अनुसार अस्थायी शिक्षकका लागि परीक्षा र सुिवधाको दिने तयारी गरिरहेको छ भने अस्थायी शिक्षक वर्तमा ...

कलेज पढाउन छाडेर कृषिमा
२०७३ भदौ २८ गते ०२:२७

कलेज पढाउन छाडेर कृषिमा

धनकुटा । स्नातकोत्तर पास गरेका अधिकांश युवाको रोजाइ जागिर नै हो । उनीहरू जागिरका लागि विभिन्न निकायमा प्रतिस्पर्धा गर्छन्, सफल भए जागिर खान्छन्, नभए विदेश जान्छन् । धनकुटाको बुढीमोरङ गाविसका एक युवाले भने स्नातकोत्तर पास गरेपछि सरकारी जागिर रोजे न त कुनै विदेशी मुलुक नै । डिग्रीको प्रमाणपत्र कोठामा ...

कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमित तर्फ ४८ प्रतिशत उत्तीर्ण
२०७३ भदौ २७ गते ११:३७

कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमित तर्फ ४८ प्रतिशत उत्तीर्ण

काठमाडौं । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा  प्रकाशित गरेको छ । नतिजा अनुसार  नियमिततर्फ ४८ दशमलव १७ र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा १२ को  नतिजामा गतवर्षभन्दा ८ दशमलब १८ प्रतिशतले ...

उपत्यकाव्यापी चित्रकला प्रतियोगिता हुने
२०७३ भदौ २७ गते ०४:५५

उपत्यकाव्यापी चित्रकला प्रतियोगिता हुने

काठमाडौँ । उपत्यका व्यापी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । मण्डिखाटार स्थित नेशनल आइडियल बोर्डिङ हाई स्कुल (निब्स) को आयोजनामा प्रतियोगिता हुने भएको हो । बालबालिकाहरुको चित्रकला मार्फत आफ्ना मनका भावनाकोे प्रस्तुती तथा प्रतिभा प्रस्फुटन होस् भन्ने उदेश्यको साथ यही भाद्र ३१ गत ...

विद्यार्थी जडीबुटी खोज्न गएपछि विद्यालय बन्द
२०७३ भदौ २६ गते २३:४९

विद्यार्थी जडीबुटी खोज्न गएपछि विद्यालय बन्द

सिमकोट  । जडीबुटी संकलन गर्ने समय सुरु भएपछि विद्यालय नै वन्द गरेर विद्यार्थी र शिक्षक जडीवुटी संकलनका लागि घरवाट दुई दिन पैदल हिडेर लाग्ने च्वुँवा खोला वनको लडेखोला र कालापानीमा गएका छन । यसरी विद्यालय र्नै वन्द गरेर जडीबुटी संकलन गर्न जानेमा ठेहे गाविसको चाङ्गला प्राथमिक विद्यालयका शिक्षक र व ...

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’
२०७३ भदौ २६ गते २३:०८

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

काठमाडौं । मुलकको सर्वाङ्गीण विकासका लागि वैज्ञानिक अनुसन्धान तथा खोजलाई प्राथमिकतामा राख्नुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । ‘विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्छ,’ नेपाल फोरम अफ साइन्स जर ...

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने
२०७३ भदौ २६ गते ०८:२६

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने

काठमाडौं । अन्ततः देशभरका विद्यालय ब्यवस्थापन समिति खारेज हुने भएका छन् । सर्वोच्च अदालतले तत्काल विद्यालय ब्यवस्थापन समिति विघटन नगर्न दिएको आदेश निरन्तरता दिन नपर्ने भन्दै खारेज गरेको छ । सर्वोच्चका न्यायधिशद्धय गोविन्द कुमार उपाध्याय र शारदा प्रसाद घिमिरेको इजालशले यस अघिको अल्पकालीन अन्तरि ...

सरकारले विद्यालयको पुनर्निर्माण अझै सुरु गरेन
२०७३ भदौ २५ गते २२:२२

सरकारले विद्यालयको पुनर्निर्माण अझै सुरु गरेन

काठमाडौं । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पूरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउन निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बारेर कोठा बारियो । ...

'शिक्षा नियमावली बन्न ढिलाई हुँदा वाधा'
२०७३ भदौ २५ गते ०१:१०

'शिक्षा नियमावली बन्न ढिलाई हुँदा वाधा'

काठमाडौं । शिक्षा ऐन को आठौं संशोधन कार्यान्वयनका लागि आवश्यक नियमावली बन्न ढिलाई हुँदा शैक्षिक व्यवस्थापनमा समस्या देखिएको अधिकारीहरुले बताएका छन्।सम्बन्धित निकायहरुलाई आवश्यक निर्देशन दिने जस्ता कामका निम्ति अविलम्ब नियमावलीको खाँचो पर्नेमा उनीहरुले जोड दिएका छन्। उपलब्धिलामो समयपछि व्यवस्थापिका ...

भाषा आयोगले कार्यतालिका बनाउने
२०७३ भदौ २५ गते ०१:०६

भाषा आयोगले कार्यतालिका बनाउने

काठमाडौँ । नवगठित भाषा आयोगका अध्यक्षले छिट्टै एउटा कार्यतालिका बनाई भाषासम्बन्धी कामहरु अगाडि बढाउने बताएका छन्।सरकारद्वारा विहिबार गठित आयोगले सरकारी कामकाजको भाषाको मान्यता पाउनका निम्ति पूरा गर्नुपर्ने आधारहरुको निर्धारण गरी पाँच वर्षभित्र सरकारलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ। उद्देश्यसंस्कृति ...

भाषा विवाद सर्वोच्च पुग्यो
२०७३ भदौ २५ गते ००:३६

भाषा विवाद सर्वोच्च पुग्यो

काठमाडौँ । नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र लगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल ९स्वागत नेपा ...

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीद्वारा डीनलाई पत्र
२०७३ भदौ २५ गते ००:३०

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीद्वारा डीनलाई पत्र

काठमाडौं । विवादास्पद र भ्रष्ट पृष्ठभूमिका केही व्यक्तिले आफ्नो संस्थाको सम्बन्धित बोर्डको निर्णय प्रतिकुल एकाध घण्टा घुमेर आफ्नो निहीत स्वार्थ हेरेर साँठगाँठपूर्वक दिएको त्यस्तो प्रतिवेदनलाई कुनै पनि रुपमा मान्यता दिनु यस संस्थाको मर्यादा र गरिमामाथि अक्षम्य प्रहार ठहरिन्छ प्रा.डा.गोविन्द कोसीले चि ...

शिक्षा ऐन खारेज गर्न माग गर्दै अस्थायी शिक्षकको प्रदर्शन
२०७३ भदौ २४ गते ०६:४५

शिक्षा ऐन खारेज गर्न माग गर्दै अस्थायी शिक्षकको प्रदर्शन

काठमाडौं । शिक्षा ऐन खारेज गर्न माग गर्दै अस्थायी शिक्षकहरुले प्रदर्शन गरेका छन् । वर्तमान ऐनले अस्थायी शिक्षकको समस्या समाधान नगर्ने भन्दै अस्थायी शिक्षकहरुले ऐन खारेजीको माग गरेका हुन् । अस्थायी शिक्षकहरुले शुक्रबार ऐेनको खारेजीको माग गर्दै राजधानीमा विरोध ¥याली गरेका छन् । शान्तिवाटीकाबाट शुर ...

विभागको महानिर्देशकमा पौडेल
२०७३ भदौ २४ गते ०५:१०

विभागको महानिर्देशकमा पौडेल

काठमाडौं । लामो समयदेखि खाली रहेको शिक्षा विभागले अन्ततः महानिर्देशक पाएको छ । विभागका महानिर्देशकमा बाबुराम पौडेलको सरुवा भएको छ । यसअघि पाठ्यक्रम विकास केन्द्रमा कार्यकारी निर्देशक रहेका पौडेललाई शिक्षा मन्त्रालयले विभागमा सरुवा गरेको हो । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट ६ जना सह–सचिवहरुको ...

डा. लवदेव अवस्थीको नेतृत्वमा भाषा आयोग गठन
२०७३ भदौ २३ गते २३:०१

डा. लवदेव अवस्थीको नेतृत्वमा भाषा आयोग गठन

काठमाडौं । सरकारले डा. लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मध्य क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख क्षेत्रीय प्रशासक डा.लवदेव अवस्थीलाई आयोगका अध्यक्षमा नियुक्त गरेको हो । अवस्थी नेपाल सरकारका सचिव हुन् ।संविधानले भाषा आयोगको परिकल्पना गरेको छ । को ...

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै
२०७३ भदौ २३ गते २२:४३

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् ।मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना ...

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय
२०७३ भदौ २३ गते १०:४०

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय

काठमाडौं । सातै प्रदेशमा कम्तिमा एक एकवटा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने भएको छ । यसै वर्ष प्रत्येक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने सरकारको योजना रहेको छ । सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गर्ने सरकारले योजना सार्वजनिक गरेको छ । प् ...

अक्षम शिक्षक, ध्वस्त शिक्षा
२०७३ भदौ २३ गते ०२:५६

अक्षम शिक्षक, ध्वस्त शिक्षा

  बाबुराम विश्वकर्मा काठमाडौं । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ३२ वर्षदेखि पढाइरहेका उपप्राध्यापक देवनारायण यादव स्नातक तहका धेरै विद्यार्थीलाई अंग्रेजीमा ‘ ब्याचलर’ लेख्न नआउने अनुभव सुनाउँछन् । भन्छन्, “चिट चोरेकै भरमा स्नातक तहसम्म पुगेका विद्यार्थीले अंग् ...

सामुदायिक विद्यालयको पढाइ हुन सक्छ उत्कृष्ट
२०७३ भदौ २३ गते ०२:४०

सामुदायिक विद्यालयको पढाइ हुन सक्छ उत्कृष्ट

काठमाडौं । आज ३७ औं शिक्षा दिवस। यस वर्षको नारा छ– समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी। नारा यस्तो भए पनि शिक्षामा राज्यले गर्ने लगानी बर्सेनि घट्दो छ। विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेकामा बर्सेनि घट्दै गएर योपल्ट करिब ११ प्रतिशतमा झरेको छ। यो वर्ष श ...

उत्कृष्ट सामुदायिक विद्यालय- चुस्त व्यवस्थापन, समर्पित शिक्षक
२०७३ भदौ २३ गते ०२:३४

उत्कृष्ट सामुदायिक विद्यालय- चुस्त व्यवस्थापन, समर्पित शिक्षक

पोखरा । मेहनत गर्‍यो भने सामुदायिक स्कुल पनि नमुना बन्न सक्छ भन्ने हेर्न यहाँको शीतलादेवी मावि आए हुन्छ। शिक्षा दिवसका अवसरमा मन्त्रालयले बिहीबार यसलाई देशकै उत्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार दिँदैछ । ‘बालमैत्री शिक्षण, निरन्तर मूल्यांकन र स्थानीयको सहयोगले स्कुल सफल भएको हो,’ प ...

नेपाली युवक भन्छन्- न्यूटनको चालसम्बन्धी तेस्रो नियममा त्रुटी
२०७३ भदौ २२ गते १२:२८

नेपाली युवक भन्छन्- न्यूटनको चालसम्बन्धी तेस्रो नियममा त्रुटी

काठमाडौं । नेपाली युवक राजकुमार थापाले न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको दावी गर्दै उक्त नियमलाई सच्याउनुपर्ने बताएका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले हरेक अवस्थामा बराबर र विपरित प्रतिक्रिया नहुने घटनाहरु पनि ब्रम्हाण्डमा भइरहेकाले न्युटनको चालसम्बन्ध ...

गोरखाका जिशिअ सुवेदीलाई  निजामति सेवा पुरस्कार
२०७३ भदौ २२ गते ०६:०५

गोरखाका जिशिअ सुवेदीलाई निजामति सेवा पुरस्कार

काठमाडौ । गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी निजामति सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । निजामति कर्मचारी दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई पुरस्कृत गरेका हुन् । त्यस्तै, अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत ग ...

पुस्तकालय छन्, पाठक शुन्य
२०७३ भदौ २२ गते ०५:२५

पुस्तकालय छन्, पाठक शुन्य

पाँचथर । सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न थालेको पाठकको चाप अहिले शून्य प्रायः जस्तै बन्न थालेको हो । व्यवस्थापक मङ्गल बेघाका अनुसार पाँच ...

सुवेदी पश्चिमाञ्चलकै उत्कृष्ट शिक्षक
२०७३ भदौ २१ गते ११:२१

सुवेदी पश्चिमाञ्चलकै उत्कृष्ट शिक्षक

काठमाडौं । गणेश माध्यमिक विद्यालय बाग्लुङका प्रधानाध्यापक  चुडामणी सुवेदी पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट शिक्षक घोषित भएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेबी भण्डारीले पी.पी. प्रसाई ‘पश्मिाञ्चलकै उत्कृष्ट शिक्षक २०७३’ बाट सुवेदी ...

image
image