२०७६ मंसिर २९ गते

समाचार

  • Home
  • समाचार

All News

जिल्ला शिक्षा कार्यालयको वैकल्पिक संरचना तयार पारिँदै
२०७४ फागुन ८ गते ०९:०५

जिल्ला शिक्षा कार्यालयको वैकल्पिक संरचना तयार पारिँदै

काठमाडौं ।  आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय खारेज हुने भएपछि सोही कार्यालयबाट हुँदै आएका काम गर्न शिक्षा मन्त्रालयले चार विकल्पसहितको संरचना तयार पारेको छ । शिक्षामा देखिएका अन्योल हटाउन स्थानीय तहले गर्ने २३ वटाबाहेकका काम गर्न शिक्षा मन्त्रालयले विभिन्न विकल्प तयार पारेको हो । समन्वय ...

आन्तरिक परीक्षाको बिरुद्ध अस्थायी शिक्षक नै आन्दोलित, परीक्षा अन्योलमा
२०७४ फागुन ७ गते १९:३५

आन्तरिक परीक्षाको बिरुद्ध अस्थायी शिक्षक नै आन्दोलित, परीक्षा अन्योलमा

काठमाडौं । अस्थायी शिक्षकहरु नै आन्दोलनमा उत्रिपछि शिक्षक सेवा आयोगले आगामी चैत २३ गते निर्धारण गरेको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा नहुने सम्भावना बढेको छ । अस्थायी शिक्षकहरुको एउटा समूह परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलनमा उत्रिएपछि परीक्षा अन्यौलमा परेको हो ।  सबै अस्थायी शिक्षकहरुल ...

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित
२०७४ फागुन ७ गते १७:२२

युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा  उपाध्यक्ष तर्फ ऋषिराम चापागाई(चितवन),   नानुमाया पराज ...

समग्र पाठ्यक्रम फेर्ने तयारी
२०७४ फागुन ७ गते ११:०३

समग्र पाठ्यक्रम फेर्ने तयारी

केन्द्रले कक्षा १–३ को पाठ्यक्रम एकीकृत गर्ने, ९ र १० को पूर्णाङ्क घटाउने र ११ र १२ को पूर्णाङ्क बढाउनेगरी मस्यौदा तयार पारेको छ । केन्द्रले गठन गरेको विज्ञ समूहको कार्यदलले विकल्पसहितको पाठ्यक्रम प्रारूप तयार पारेको हो । सानो कक्षामा विषयगत पढाइ नगरी आंशिक रूपमा एकीकृत गर्नेगरी प्रारूप मस्यौद ...

सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तीव्र
२०७४ फागुन ७ गते १०:४५

सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तीव्र

म्याग्दी । पूर्वाधार निर्माणले तिव्रता पाएसँगै म्याग्दीका सामुदायिक विद्यालयको वातावरण फेरिँदै गएको छ । पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा वार्षिक करोडौं लगानी भइरहेको छ । शिक्षा कार्यालयले चालू आर्थिक वर्षमा मात्र म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका ...

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत
२०७४ फागुन ७ गते १०:४१

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ । विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि ...

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष
२०७४ फागुन ७ गते १०:२८

चार दशकदेखि निरन्तर विव्यस अध्यक्ष

बागलुङ  । जिल्लाको निसीखोला–२ स्थित रत्नराज्य माविमा चार दशकयता थुप्रै विद्यार्थी फेरिए । शिक्षकको पनि एउटा पुस्तै फेरिइसक्यो । तर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने ४३ वर्षदेखि एकै व्यक्ति छन् । अभिभावक नै हरेकपटक उनैलाई निर्विरोध अध्यक्ष चुन्छन् । २०३१ सालमा पहिलोचोटि अध्यक्ष बने ...

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’
२०७४ फागुन ६ गते ०७:४१

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’

काठमाडौं । शिक्षा मन्त्रालयका सचिव मधु प्रसाद रेग्मीले मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि सार्वजनिक शिक्षा भद्रगोल भएको बताएका छन्। शिक्षा पत्रकार समूहको बार्षिकोत्सवको अवसरमा शनिबार अनामनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जबसम्म सावर्जनिक शिक्षा व्यवस्थित हुन्न तबसम्म ...

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक
२०७४ फागुन ६ गते ०७:३३

विस्मृतिले थलिँदै लेखक–प्राध्यापक

काठमाडौँ । प्राज्ञिक र साहित्यिक सत्संगमा देखा परिरहने लेखक डा.बानिरा गिरी झन्डै ६ महिनायता बानेश्वरको आफ्नै घरमा ‘गृहबन्दी’ झैं बनेकी छन् । नारी लेखन र हस्ताक्षरमा सशक्त नाम बनाएकी गिरीमा एकाएक कामकुरा भुल्दै जाने लक्षण (एप्रेक्सिया) देखा परेपछि उनी घरेलु रेखदेखमा कोठैभित्र बसिरहन ...

शिक्षा मन्त्रालयले महान्यायाधिवक्तालाई सोध्यो– ४३ जनालाई कुन कानुनले कारबाही गर्ने ?
२०७४ फागुन ६ गते ०७:२६

शिक्षा मन्त्रालयले महान्यायाधिवक्तालाई सोध्यो– ४३ जनालाई कुन कानुनले कारबाही गर्ने ?

काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगद्वारा पदअनकूल आचरण नगरेको र अनियमितता गरेको आरोपमा कारबाही सिफारिस गरिएका ४३ जनालाई कुन कानुनअनुसार कारबाही गर्ने भन्दै शिक्षा मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको छ । महान्यायाधिवक्ताको रायका आधारमा मात्रै कारबाहीको प्रक्रिया अघ ...

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट
२०७४ फागुन ६ गते ०७:१७

स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट

गोरखा  । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक् ...

शिक्षा पत्रकार समुहको अध्यक्षमा सुब्बा
२०७४ फागुन ५ गते २२:२७

शिक्षा पत्रकार समुहको अध्यक्षमा सुब्बा

काठमाडौं । शिक्षा पत्रकारहरुको साझा मञ्च शिक्षा पत्रकार समूहको अध्यक्षमा शिक्षक मासिक पत्रिकामा कार्यरत रोश्ना सुब्बा निर्वाचित भएकी छिन् । समूहको शनिवार सम्पन्न १८ औं अधिवेशनले सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समूहले पहिलोपटक महिला अध्यक्ष पाएको हो । अधिवेशनबाट सम ...

आकर्षण बन्दै बालमैत्री पढाइ
२०७४ फागुन ५ गते ०९:४७

आकर्षण बन्दै बालमैत्री पढाइ

प्युठान । कक्षाकोठामा थरीथरीका सामग्री। हस्तकलामार्फत बनाइएका सामग्रीले कक्षाकोठा सजिएका छन्। यिनै कलात्मक सामग्रीले साना नानीहरूको मन तानेको छ। जसका कारण साना बालबालिका कक्षामै भुल्ने गर्छन्। बाहिर निस्कन मान्दैनन्। कक्षाकोठामा नाच्छन्, गाउँछन्, रमाउँछन्। शिक्षिकाले उनीहरूलाई सघाउँछिन्। जनता प्राथम ...

स्कुल जाँदै गर्दा बलात्कृत
२०७४ फागुन ५ गते ०९:३५

स्कुल जाँदै गर्दा बलात्कृत

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मौरीफाँटा (खल्ला) मा विद्यालय जाँदै गरेकी एक किशोरी बिहीबार बीच बाटामै बलात्कृत भएकी छन् । बिहान ९ बजे कृष्ण माध्यमिक विद्यालयमा जाँदै गरेकी ८ कक्षा अध्ययनरत मौरीफाँटाकी १३ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । उनको घरबाट विद्यालय जाने बाटामा नवदुर्गा सा ...

त्रिविमा आफन्त भर्ती गर्न परीक्षा नै रद्द
२०७४ फागुन ५ गते ०९:३३

त्रिविमा आफन्त भर्ती गर्न परीक्षा नै रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पदाधिकारीका आफन्त उत्तीर्ण नहुने देखेपछि करारमा कम्प्युटर अपरेटर नियुक्ति गर्न लिइसकेको परीक्षासहित विज्ञापन नै रद्द गरेको छ । आफन्तलाई जागिर खुवाउनै उक्त परीक्षा लिने जिम्मेवारी सम्बन्धित डिन कार्यालयलाई दिइएको छ । त्रिवि कार्यकारी परिषदको पुस ४ को बैठकले ड ...

‘नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्छ’–प्रचण्ड
२०७४ फागुन ४ गते २२:२२

‘नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्छ’–प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले शिक्षक कर्मचारीहरुका सबै समस्या समाधान गर्ने बताएका छन् । नयाँ वामपन्थी सरकारप्रति जनताको अपेक्षा बढी रहेकाले सवै सुधार गर्न नसकेपनि सुधारको शुरुवात शिक्षा क्षेत्रबाटै गरिने उनले स्पष्ट पारे । एकीकृत अखिल नेपाल शिक्षक ...

झोलासँगै बोरा र चटाइ लिएर स्कुल जान्छन् विद्यार्थी
२०७४ फागुन ४ गते ०९:०८

झोलासँगै बोरा र चटाइ लिएर स्कुल जान्छन् विद्यार्थी

वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका १ कन्चनपुरटोलमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विधार्थीहरु खुल्ला सडकमै बसेर पढ्न बाध्य छन्। कक्षा १ देखि ५ सम्म्को पठनपाठन हुने उक्त विद्यालयको भवनमा दुईवटा मात्र कोठा भएका कारण अधिकांश विधार्थीहरु विद्यालय अगाडिको खुल्ला सडकमै बसेर पढ्न ब ...

दर्जन विद्यालयका संस्थापक वृद्धाश्रममा
२०७४ फागुन ४ गते ०९:००

दर्जन विद्यालयका संस्थापक वृद्धाश्रममा

बेंसीसहर । टेकनारायण घिमिरे (७७) उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउने अगुवामध्ये एक हुन्। कैयौं वर्षसम्म उनको काम दूरदराजमा विद्यालय स्थापना गर्ने र बालबालिका विद्यालय ल्याएर अध्यापन गराउने थियो। लमजुङको मस्र्याङ्दी गाउँपालिका-६ बाहुनडाँडा लामपाटाका घिमिरेले त्यस क्षेत्रमा यसैगरी १२ विद्यालय ...

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’
२०७४ फागुन ४ गते ०८:५३

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’

रोल्पा । त्रिबेणी २ नुवागाउँ बेरमखोलाका १३ बर्षीय बर्तमान विकले विद्यालय छोडेको २ बर्ष भयो। ४ कक्षा पढेर स्कुल जान छोडेका उनीसंग विद्यालय छोड्नुको कारण छैन्। घर परिवारको शैक्षिक माहोलका कारण उनले बिद्यालय छोडे। सोही गाउँका १२ बर्षीय भुपेन्द्र बिकले पनि विद्यालय छोडेको धेरै भयो। ...

स्कुल नखुल्दै पुगे पाठयपुस्तक
२०७४ फागुन ४ गते ०८:४५

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

जुम्ला । बर्षेनी पाठ्यपुस्तकको अभाव खेप्दै आएको जुम्लामा यस बर्ष भने नयाँ शैक्षिक सत्र सुरु पाठयपुस्तक पुगि सकेका छन्। सदरमुकामस्थित पुस्तक पसलमा पाठयपुस्तक पुगिसकेको पुस्तक जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ। दुर्गम क्षेत्रमा पाठयपुस्तक समयमै नपुगेको गुनासो गर्दै आएका विद्यालयलाई समयमै पाठयप ...

दरबार हाइस्कुलको नक्सामै विवाद
२०७४ फागुन ४ गते ०८:३६

दरबार हाइस्कुलको नक्सामै विवाद

काठमाडौँ । रानीपोखरीस्थित दरबार हाइस्कुलको पुनर्निर्माण गर्न चीन सरकारले ठेकेदारसमेत नियुक्त गरिसकेको छ । तर उसले बनाएको नक्सा सम्पदा जोगाउने तरिकाको नभएको भन्दै नक्सा पासमै विवाद भएको छ । नक्सा पास गर्न बसेको जुरीका सदस्यले सम्पदा मासिने गरी स्कुलको डिजाइन गरेको भन्दै अनुमति दिएको छैन । नक्सा ...

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने
२०७४ फागुन ३ गते २२:३२

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अन्ततः अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको छ । परीक्षा आगामी चैत २३ गते शुक्रवार हुने भएको छ । आयोगले शिक्षा ऐनको नवौं संशोधन अनुसार परिमार्जित विज्ञापनका लागि परीक्षाको मिति तय गरेको हो । आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गरेपनि स्थगित हु ...

मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु
२०७४ फागुन ३ गते १०:४६

मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु

ठिनी । मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा दुई महिना विद्यालय बन्द भएर फागुनदेखि नयाँ शैक्षिक शत्र सुरु हुने गर्छ । मुस्ताङको उपल्लो भागका केही विद्यालयमा भने घुम्तीसत्र र नयाँ शैक्षिकसत्र पनि चलाउने गरिएको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिक ...

मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब
२०७४ फागुन ३ गते १०:३७

मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब

काठमाडौं । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो । सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार ...

विद्यार्थी हत्याको आरोपमा प्रअ राेकाया पक्राऊ
२०७४ फागुन ३ गते १०:३२

विद्यार्थी हत्याको आरोपमा प्रअ राेकाया पक्राऊ

  मृतक सिचुडोमा लामा   हुम्ला । एसइई परीक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या अाराेपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन । हुम्ला महावौद्ध विद्यालयमा एसईइको तयारीका लागि ट्युस ...

‘साढे २६ करोड विद्यालय बाहिर’
२०७४ फागुन ३ गते १०:२६

‘साढे २६ करोड विद्यालय बाहिर’

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्वका २६ करोड ४० लाख बालबालिका अझै विद्यालयबाहिर रहेको जनाएको छ । युनेस्कोले भर्खरै सार्वजनिक गरेको विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदन २०१७/१८ मा शिक्षा साझा विषय भएकाले सबैले जिम्मेवार ढंगले दिगो बनाउनुप ...

बहिरा स्कुलमा ४६ जिल्लाका विद्यार्थी
२०७४ फागुन ३ गते १०:०८

बहिरा स्कुलमा ४६ जिल्लाका विद्यार्थी

पोखरा । सञ्चालनमा आएको तीन दशक पुग्दा लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा यतिबेला पढ्न आउने विद्यार्थी ४६ जिल्लाबाट २ सय ४० जना पुगेका छन् । ११ र १२ कक्षासम्म बहिरा विद्यार्थी पढाउने मुलुककै यो पहिलो विद्यालय पनि हो । विद्यालयका अनुसार यहाँ पढ्न पठाउन सम्बद्ध अभिभावकको चासो बढेकाले ...

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने
२०७४ फागुन २ गते २२:२५

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने भएको छ । संगठनले बुधवार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यम ...

अनुमतिविना विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि
२०७४ फागुन २ गते १०:०९

अनुमतिविना विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि

काठमाडौँ । अनुमतिबेगर विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि नै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले विद्यालयस्तरमा गरेको विश्वव्यापी सर्वेक्षणले ३० दिन विद्यालय खुल्दा औषतमा तीन जनामा एक जना विद्यार्थी अनुमतिविना अनुपस्थित हुने देखाएको छ । ३३ वटा देशमा गर ...

 त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल
२०७४ फागुन २ गते ०९:३८

त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले असफल भएको छ । तत्कालीन नैकाप गाविस ५ मा त्रिविमातहत रहेको १ सय २५ रोपनी जग्गा संस्थाको नाममा सुरक्षित नगर्दा जोखिममा परेको थियो । सर्वोच्चल ...

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था
२०७४ फागुन २ गते ०९:२१

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघसंस्था सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो दशकमा करिब १३ वटा यस्ता संघसंस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालको शैक्षिक अस्तित्वमै खतरा उत्पन्न गराएको छ । स्रोतका अनुसार त्रिविको जग्गामा दर्जनभन्दा बढ ...

जाँदाजाँदै सम्बन्धनको खेलमा शिक्षामन्त्री
२०७४ फागुन २ गते ०८:५८

जाँदाजाँदै सम्बन्धनको खेलमा शिक्षामन्त्री

काठमाडौँ । शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ ।   मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी ...

अनिवार्य शिक्षासम्बन्धी कानुनको तयारी
२०७४ फागुन १ गते १७:४६

अनिवार्य शिक्षासम्बन्धी कानुनको तयारी

काठमाडौं । अब नेपालमा पनि आधारभूत तह कक्षा (१–८) मा बालबालिका नपठाउने अभिभावकलाई सुविधाबाट वञ्चित गर्ने गरी कानुन बन्दै छ । नेपालमा शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विद्यालयमा बालबालिकालाई विद्यालय नपठाएमा स्थानीय तहबाट प्राप्त गर्ने सबै सुविधा रोक्ने प्रस्ताव गरेको छ । ...

अधुरै रह्यो 'बलिराम सर'को स्थायी भएर पेन्सन पाउने इच्छा
२०७४ फागुन १ गते १७:२४

अधुरै रह्यो 'बलिराम सर'को स्थायी भएर पेन्सन पाउने इच्छा

नवलपरासी । स्थायी नियुक्ति लिएर पेन्सन खाने बलिराम सरको इच्छा अधुरै रहने भएको छ । कावासोती–१६, डण्डा, टाँडी स्थित दीपेन्द्र आधारभूत विद्यालय नवलपुमा लामोसमय देखि विद्यालय कर्मचारी(पियन)का रुपमा कार्यरत उनको ५९ वर्षको उमेरमा मंगलवार बिहान निधन भएको छ । उनको मंगलबारै अन्टेष्टि गरिएको प ...

कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम
२०७४ फागुन १ गते १६:०२

कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम

काठमाडौं । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको छ। शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो। ...

अब शिक्षक आन्दोलन ‘कर्तव्यमुखी’ बन्ने
२०७४ फागुन १ गते १५:५१

अब शिक्षक आन्दोलन ‘कर्तव्यमुखी’ बन्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले लामो समयदेखि अधिकारमुखी बन्दै आएको शिक्षक आन्दोलनलाई अब ‘कर्तव्यमुखी’ बनाउने भएको छ । संगठनले कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर ‘नेतागिरी’ गर्ने शिक्षकलाई कार्बाही गर्ने निर्णय गर ...

झन् केन्द्रीकृत बन्दै त्रिवि
२०७४ फागुन १ गते १०:५२

झन् केन्द्रीकृत बन्दै त्रिवि

काठमाडौँ  ।मुलुक संघीय संरचनामा गइरहेका बेला जेठो त्रिभुवन विश्वविद्यालय भने झन् केन्द्रीकृत बन्ने प्रयासमा छ । सरकारले प्रदेशलक्षित गरी विश्वविद्यालयलाई स्वीकृति दिए पनि त्रिवि भने आफूअन्तर्गतका देशभरका कुनै पनि क्याम्पसको स्वामित्व नयाँ विश्वविद्यालयलाई हस्तान्तरण गर्न तयार छैन । सरकारले हालसम्म ...

क्रान्तिकारीद्वारा देउवा नेतृत्वको सरकारलाई १ रुपैयाँ चन्दा संकलन
२०७४ माघ २९ गते २३:०८

क्रान्तिकारीद्वारा देउवा नेतृत्वको सरकारलाई १ रुपैयाँ चन्दा संकलन

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार प्रति ब्यङ्ग्य स्वरुप माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १ रुपैयाँ संकलन अभियान शुरु गरेको छ। कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै क्रान्तिकारीले उपत्यका लगायत देशका सबै प्रमुख शहरहरुमा १ रुपैयाँका दरल ...

रसुवा अब साक्षर जिल्ला
२०७४ माघ २९ गते २३:०१

रसुवा अब साक्षर जिल्ला

रसुवा । रसुवालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई देशको ४३ औं साक्षर जिल्ला घोषणा गरिएको हो । २०६७ मा गरिएको घरधुरी सर्वक्षणमा जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका १४ हजार आठ सय ८७ जना रहेका थिए। त्यही स ...

भाषा विवाद चर्केको चर्कै
२०७४ माघ २९ गते २२:५१

भाषा विवाद चर्केको चर्कै

जनकपुर । सप्तरीदेखि पर्सा बीचको आठ जिल्ला समाहित प्रदेशनम्बर दुई अचेल भाषा विवादको कारण चर्चामा छ । मिथिलानगरी जनकपुरधाममा माघ २१ गते सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा संघीय समाजवादी फोरम नेपालका नेता मोहम्द लालबाबू राउत तथा राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेपछि भाषा व ...

विद्यार्थीद्वारा क्याम्पसमा आगजनी
२०७४ माघ २९ गते २२:४६

विद्यार्थीद्वारा क्याम्पसमा आगजनी

सिरहा । नियमित पठनपाठन र व्यवस्थापन नभएको भन्दै मिर्चैया नगरपालिका–५ स्थित ब्रम्हचारी दामोदरानन्द क्याम्पसका विद्यार्थीहरुले क्याम्पसमा आगजनी गरेका छन् । क्याम्पसको शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधार तथा नियमित पठनपठनको मागसहित गत माघ २४ गतेदेखि आन्दोलन गरिरहेका विद्यार्थीहरुले आफ्नो माग सु ...

बाग्लुङमा ५०० शिक्षक अपुग
२०७४ माघ २९ गते २२:४०

बाग्लुङमा ५०० शिक्षक अपुग

बागलुङ । सबै सामुदायिक विद्यालयका कक्षा नियमित सञ्चालन हुनका लागि यहाँ पाँच सयजनाको संख्यामा शिक्षक अभाव भएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयहरूमा न्यूनतम ३ जना, कक्षा ६ देखि ८ कक्षा चल्नेमा ४ र ८ देखि १० कक्षा पढाइ हुनेमा कम्तीमा ५ जनाका दरले शिक्षक दरबन्दी पुर्‍याउन उक्त संख्या ...

शिक्षा बजेट न्यूनतम १३.५ प्रतिशत हुनुपर्ने
२०७४ माघ २९ गते १०:४६

शिक्षा बजेट न्यूनतम १३.५ प्रतिशत हुनुपर्ने

काठमाडौं । शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वृद्धिमा असर परेको भन्दै विज्ञहरूले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्याउन सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ९.९ प्रतिशतमात्र बजेट विनियोजन गरिएको छ । पछिल्ला केही वर्षमा कुल बजेटको आकार बढे पनि शिक्षा क्षेत्रमा भने सोही अन ...

एकै घरमा तीन अपांग, विद्यालय अपांगमैत्री नहुँदा पढाइ अधुरै
२०७४ माघ २९ गते १०:३६

एकै घरमा तीन अपांग, विद्यालय अपांगमैत्री नहुँदा पढाइ अधुरै

बैतडी । दशरथचन्द नगरपालिका –२ देहीमाण्डौंका २१ वर्षीया हीरा बोहराको पढ्ने रहर अधुरै छ । ६ वर्षमा अपांगताको शिकार भएकी बोहरालाई अहिले खाना खान पनि आमाकै साहारा चाहिन्छ । उनले भनिन् ‘मेरो पढ्ने ठूलो रहर थियो । नजिकै विद्यालय भएपनि ह्विलचेयर लैजाने बाटो नभएपछि पढाइ नै ब्रेक भयो । सडकबाट पा ...

इस्मा गाउँपालिका महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा
२०७४ माघ २९ गते १०:२५

इस्मा गाउँपालिका महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा

गुल्मी । जिल्लाको दुर्गम क्षेत्रमा रहेको इस्मा गाउँपालिका महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा भएको छ। सुरक्षित महिनावारीका लागि आवश्यक पर्ने सबै सूचकहरु पूरा गरेपछि आइतबार गाउँपालिकामा विशेष समारोह गरी घोषणा गरिएको हो। पालिकाभित्र रहेका सबै विद्यालयहरु, व्यवस्थापन समिति, जनप्रतिनि ...

उत्कृष्ट सामुदायिक विद्यालयमा विश्व निकेतन र कालिका
२०७४ माघ २८ गते १६:३२

उत्कृष्ट सामुदायिक विद्यालयमा विश्व निकेतन र कालिका

काठमाडौँ  । शिक्षा मन्त्रालयले यसवर्षको उत्कृष्ट विद्यालयलाई प्रदान गर्ने पुरस्कार आइतबार वितरण गरेको छ । ३५ हजार विद्यालयमध्येबाट सामुदायिक र निजी गरी २० वटा विद्यालयलाई नतिजाको आधारमा उत्कृष्ट पुरस्कार प्रदान गरेको हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा १२ को नतिजाको आधारमा सामुदायिकतर्फ काठम ...

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर
२०७४ माघ २८ गते ०८:५९

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर

काठमाडौं  । विराटनगरस्थित नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा ०६९ असार ७ र ८ मा नेपाल मेडिकल काउन्सिलको टोली अनुगमन गर्न पुग्यो । टोलीले अस्पतालमा ९ सय बेड भएको प्रतिवेदन बुझाउँदै १५० विद्यार्थी पढाउन अनुमति दिन सिफारिस गर्‍यो। सोही वर्षको माघ १९ मा डा. विमलकुमार सिन्हा संयोजकत्वको टोली ...

संघीयतामा शिक्षा : जिल्ला र क्षेत्रको जिम्मा कसलाई ?
२०७४ माघ २८ गते ०८:०४

संघीयतामा शिक्षा : जिल्ला र क्षेत्रको जिम्मा कसलाई ?

काठमाडौँ । एक महिनापछि विषयगत कार्यालय हट्ने भएपछि शिक्षा मन्त्रालय मातहतका कार्यालयले गर्दै आएका काम अब कसले गर्ने भन्ने अन्योल उत्पन्न भएको छ । सरकारले जारी गरेको कार्यकारी आदेशले २८ चैतदेखि ७५ वटै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा कार्यालय हटदैछन् । शिक्षा विभाग र अन्य केन्द्रीय कार ...

कारागारबाटै एसइई परीक्षाको तयारीमा१९ कैदी
२०७४ माघ २७ गते ११:३९

कारागारबाटै एसइई परीक्षाको तयारीमा१९ कैदी

ललितपुर । औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताउनुभयो । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले सम ...

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो
२०७४ माघ २७ गते १०:२२

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

बैतडी ।  नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो ...