२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

कक्षा ११ को नतिजा - प्रयोगात्मकमा ए प्लस, सैद्धान्तिकमा डी
२०७४ माघ २१ गते ०८:२१

कक्षा ११ को नतिजा - प्रयोगात्मकमा ए प्लस, सैद्धान्तिकमा डी

काठमाडौँ  । विद्यालयहरूले प्रयोगात्मकमा विद्यार्थीको सिकाई क्षमताभन्दा बढी अंक दिने गरेको पाइएको छ । सैद्धान्तिकमा विषयमा न्यून ग्रेड ल्याउने विद्यार्थीले समेत प्रयोगात्मकमा उच्च ग्रेड दिने गरेको पाइएको छ । यस्तो अवस्था निजी र सामुदायिक दुवै विद्यालयमा देखिएको हो । राष्ट्रिय परीक्षा बोर्डले के ...

छाउपडिको विषयलाई पाठ्यक्रममा समावेश गर्न सुझाव
२०७४ माघ २० गते ०९:४९

छाउपडिको विषयलाई पाठ्यक्रममा समावेश गर्न सुझाव

दैलेख । दैलेख जिल्लामा जटिल समस्याको रुपमा लिइएको छाउपडि प्रर्था अन्त्यका लागि छाउपडि विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न एक कार्यक्रममा सहभागिले सुझाव दिएका छन् । शुक्रवार दैलेख सदरमुकाममा संचारकर्मीहरु संग यौन तथा प्रजनन् स्वास्थ्य र बाल अधिकारका सवालमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागि ...

अब १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक
२०७४ माघ २० गते ०९:४०

अब १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ। साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ। ...

विद्यार्थीले उडाए ‘ड्रोन’
२०७४ माघ २० गते ०९:३६

विद्यार्थीले उडाए ‘ड्रोन’

काठमाडौं । काठमाडौंको एक विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थीले मानवरहित विमान (ड्रोन) बनाएका छन् । काडाँघारीस्थित अक्षरा स्कुलमा पढ्ने १३ वर्षीय केल्बिन संग्रौलाले सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत बनाएको ड्रोन उडाएका हुन् । उनले यो ड्रोन तीन महिना लगाएर बनाएको जानकारी दिए । उनले बनाएको ड्रोनले दु ...

स्नातकोत्तर दोसो वर्षको अंग्रेजी(आंशिक) को नतिजा सार्वजनिक
२०७४ माघ २० गते ०९:३२

स्नातकोत्तर दोसो वर्षको अंग्रेजी(आंशिक) को नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । पनिकाले २०७४ साल कात्तिकरमंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । उक्त प ...

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने
२०७४ माघ १९ गते २०:४३

माघ २५ भित्र थप कागजात नबुझाए २०१ अस्थायी शिक्षकले परीक्षा दिन नपाउने

भक्तपुर । अस्थायी शिक्षकको परीक्षामा सहभागी हुन आवेदन दिएका २०१ अस्थायी शिक्षकहरुको आवश्यक कागजात अपुग पाइएको छ । आगामी माघ २५ भित्र आवश्यक कागजात नबुझाए उनीहरुलाई परीक्षाबाट बञ्चित गरिने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले शुक्रवार एक सूचना प्रकाशित गर्दै परीक्षाका लागि दरखास्त दिएका मध्ये २०१ जना ...

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा
२०७४ माघ १९ गते १९:०६

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, परीक्षा चैत २४ मा

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार माध्यमिक तहको अस्थायी अध्यापन अनुमति पत्रको लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । परीक्षाका लागि आगामी २० गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने तथा दोब्बर दस्तुर तिरेर फागुन २७ गतेसम्म ...

तीन महिनादेखि शिक्षकले तलब पाएनन्
२०७४ माघ १९ गते १०:५०

तीन महिनादेखि शिक्षकले तलब पाएनन्

बैतडी । नगरपालिकासँग बजेट अपुग भएपछि बैतडीको दशरथचन्द नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुले तीन महिना देखि तलब पाएका छैनन् । नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकहरुले तलव नपाएका हुन । उनीहरु तलब समयमै उपलब्ध गराईदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझ ...

बालबालिकाको रोजाइ बाल क्लब
२०७४ माघ १९ गते १०:३७

बालबालिकाको रोजाइ बाल क्लब

धादिङ  । कक्षा ९ मा पढ्दै गरेका गोरक्ष हमाल धुनीबेसीमा नगरस्तरीय बाल क्लबका अध्यक्ष हुन् । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आएका उनी क्लबमा बस्न पाउँदा खुसी छन् । पढाइलाई निरन्तरता दिँदै आएका उनको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउ ...

विद्यालयमै दालभात !
२०७४ माघ १९ गते १०:२४

विद्यालयमै दालभात !

जाजरकोट । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा सञ्चालन गरिरहेको शिक्षाका लागि खाद्य परियोजनाअन्तर्गत अबदेखि विद्यार्थीलाई दिवा खाजास्वरूप दालभात खुवाउन थालिएको छ। यसअघि उनीहरूलाई दिवा खाजाका रूपमा हलुवा खुवाउने गरिएको थियो । २०५७ सालदे ...

चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने
२०७४ माघ १९ गते १०:२०

चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

विराटनगर  । विराटनगर महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि नगरका चार वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । ती विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट र प्राविधिक शिक्षाको पढाइ हुनेछ ।  पहिलो चरणमा आउँदो शैक्षिक सत्रद ...

उच्चस्तरीय  शिक्षा आयोगको म्याद थप्न आग्रह
२०७४ माघ १९ गते १०:१६

उच्चस्तरीय शिक्षा आयोगको म्याद थप्न आग्रह

काठमाडौं । पाँच महिनाअघि गठन भएको उच्च शिक्षा आयोगले चार महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार बसेको आयोगको बैठकले तल्लो तहसम्म पुगेर सुधारका लागि सुझाब संकलन गर्नुपर्ने भएकाले म्याद थप्नुपर्ने निर्णय गरेको हो । आयोगका सदस्यसचिव तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्स ...

प्रधानन्यायधिश अनुपस्थित भएपछि संशोधित शिक्षा ऐन खारेजीको मुद्दाको बहस स्थगित
२०७४ माघ १८ गते २२:३७

प्रधानन्यायधिश अनुपस्थित भएपछि संशोधित शिक्षा ऐन खारेजीको मुद्दाको बहस स्थगित

काठमाडौं । शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दाको माघ १७ गतकोे बहस स्थगित भएको छ । प्रधानन्यायधिश गोपाल प्रसाद पराजुली उपत्यका बाहिर रहेकाले बहस स्थगित भएको हो । संवैधानिक इजलाशमा प्रधानन्यायधिश अनिवार्य उपस्थित हुनुपर्ने भएपनि उनी जिल्ल ...

बालबालिकालाई विद्यालय नपठाए सरकारी सेवा सुविधा बन्द
२०७४ माघ १८ गते १६:५९

बालबालिकालाई विद्यालय नपठाए सरकारी सेवा सुविधा बन्द

बुटवल । तिलोत्तमा नगरपालिकाले ५ वर्ष पुरा भएका वालवालिकालाई अनिवार्य रुपमा आधारभूत शिक्षाका लागि विद्यालय पठाउनु पर्ने नपठाए स्थानिय तहवाट उपलब्ध गराउने सवै सेवा सुविधावाट त्यस्ता अभिभावकलाई बञ्चित गराउने गरि शिक्षा नियमावली २०७४ पारित गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाले स्थानिय तहको कानुन निर्म ...

कक्षा ९ र १० को पूर्णांक घट्ने, ११ र १२ को बढ्ने
२०७४ माघ १८ गते ११:०३

कक्षा ९ र १० को पूर्णांक घट्ने, ११ र १२ को बढ्ने

काठमाडौं । कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तहमा समायोजन गरेपछि शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारूप मस्यौदा तयार पारेको छ । केन्द्रले कक्षा १–३ को पाठ्यक्रम एकीकृत गर्ने, ९ र १० को पूर्णांक घटाउने र ११ र १२ को पूर्णांक बढाउने गरी मस्यौदा त ...

यसै वर्षदेखि खुला विश्वविद्यालयको पढाइ
२०७४ माघ १८ गते ०९:०४

यसै वर्षदेखि खुला विश्वविद्यालयको पढाइ

काठमाडौं । कानुन बनेको डेढ वर्षपछि मुलुकमा पहिलो पटक खुला विश्वविद्यालयमार्फत पठनपाठन सुरु हुन लागेको छ। खुला विश्वविद्यालयमा आठ महिनाअघि मात्रै उपकुलपति तथा कुलसचिव (रजिस्ट्रार) नियुक्त भएका थिए। विश्वविद्यालयको सोमबार र मंगलबार दुई दिनसम्म बसेको प्राज्ञिक परिषद्ले विश्वविद्यालयमा पढाइ हुने सं ...

छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान
२०७४ माघ १८ गते ०८:४९

छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान

अछाम । छाउपडी प्रथा अन्त्यका लागि संयुक्त विद्यार्थी संगठनका केन्द्रीय नेताहरू जागरण अभियान लिएर अछाम पुगेका छन्। प्रदेश नम्बर ६ र ७ मा व्याप्त छाउपडी प्रथाका कारण महिलाले अकालमै ज्यान गुमाउनु परिरहेकोप्रति चिन्ता व्यक्त गर्दै जनचेतना जगाउन जागरण अभियान लिएर अछाम आएको संयुक्त विद्यार्थी स ...

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी
२०७४ माघ १८ गते ०८:४५

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

दोलखा । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल्न सुरु गरे, भाँडामा पानी बसाले, चिनी, चियापत्त ...

फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए
२०७४ माघ १७ गते २२:३६

फुल्चोकीमा हिउँ हेर्न जाँदा हराएका बालक एक हप्तापछि सकुशल भेटिए

ललितपुर । फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक जाेन तामाङ भेटिएका छन् । उनी फुल्चोकी जंगलबाट सकुशल भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए। सिलवालका अनुसार आफन्तले खोजी गर्ने क्रममा ति बालक भेटिएका हुन्। 'म बच्चा भेटि ...

शिक्षक काजमा मन्त्रालयको मनोमानी
२०७४ माघ १७ गते २१:४७

शिक्षक काजमा मन्त्रालयको मनोमानी

रोशन क्षेत्री 'गाउँले' काठमाडौं ।  शिक्षा मन्त्रालयले शिक्षकहरुको काजको सम्बन्धमा मनलाग्दी गर्ने गरेको पाइएको छ । मन्त्रालयले केही पहुँचवाला शिक्षकहरुलाई निरन्तर कानूनविपरीत काज स्वीकृति दिने तर केही शिक्षकहरुले कानूनतः पाएको काज पनि खोस्ने गरेको देखिन्छ । शिक्षा मन्त्रालयले यस अघि शिक्षक युनि ...

विद्यालय क्षेत्र विकास कार्यक्रमको अनुगमन केन्द्रले गर्ने
२०७४ माघ १७ गते ११:१९

विद्यालय क्षेत्र विकास कार्यक्रमको अनुगमन केन्द्रले गर्ने

काठमाडौं ।  शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमा गए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन गरिएको ११ खर्ब रुपैयाँभन्दा बढीको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) कार्यसम्पादनको अनुगमन केन्द्रीय तहले नै गर्ने भएको छ । कार्यसम्पादनका आधारमा बर्सेनि विकास साझेदारद्वारा ...

अख्तियारमा दाङका एक सय ६ मुद्दा : शिक्षा क्षेत्रमा सबै भन्दा बढी मुद्दा
२०७४ माघ १७ गते ११:०५

अख्तियारमा दाङका एक सय ६ मुद्दा : शिक्षा क्षेत्रमा सबै भन्दा बढी मुद्दा

घोराही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका एक सय ६ वटा भष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले जनाएको छ। विशेष अनुसन्धानमा केही दिनदेखि दाङमै रहेको अख्तियारको टोलीले यस्तो जानकारी दिएको हो। आयोगका क्षेत्रीय प्रमुख ईश्वर कार्कीले कोहलपुरको क्षेत्राधिकारमा ...

संशोधित शिक्षा ऐन खारेजीको मुद्दामा संवैधानिक इजलाशमा आज पुन: बहस हुँदै
२०७४ माघ १६ गते २०:२९

संशोधित शिक्षा ऐन खारेजीको मुद्दामा संवैधानिक इजलाशमा आज पुन: बहस हुँदै

काठमाडौं । शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दामा माघ १७ गते दोस्रोपटक बहस हुने भएको छ । यसअघि पौष १४ गते पनि संवैधानिक इजलाशमा बहस भएको थियो । त्यसबला इजलाशले प्रमाण पेश गर्न आदेश दिएको थियो । अस्थायी शिक्षकहरुको तर्फबाट बहस गरेका अधिवक ...

नियुक्ति स्थायी, पेन्सन खोइ ?
२०७४ माघ १६ गते १४:१०

नियुक्ति स्थायी, पेन्सन खोइ ?

अदालतभन्दा शिक्षा मन्त्रालय ठूलो हो ? रोशन क्षेत्री 'गाउँले' काठमाडौं । कपाल र दाह्री हिमाल झैँ सेतै फुलेका छन् । हिँड्डुल गर्न लौरोको सहारा छ । आँखाले पनि ठम्याउन मुस्किल पर्न थालेको छ । उमेरले ६ दशक नाघेको धेरै भइसक्यो । तर, जागिरबाट अवकाश छैन । स्थायी नियुक्ति र सरकारी जागिरबाट उहाँले ६० वर्ष कटे ...

अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री
२०७४ माघ १६ गते १२:०३

अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री

काठमाडौं ।  नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएको हो । खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञि ...

११ हजार ४५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन्
२०७४ माघ १६ गते १०:५१

११ हजार ४५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं ।  हरेक वर्ष सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकको संख्या उच्च देखिने गरेको छ । देशभरका सामुदायिक विद्यालयका करिब ८० हजार ६ सय ४६ शिक्षकमध्ये ११ हजार ४५५ ले सम्पत्ति विवरण बुझाएका छैनन् ।राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकको संख्या सबैभन्दा धेरै छ ।&nb ...

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो
२०७४ माघ १६ गते १०:२३

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो

चितवन । मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेसस्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी १० वर्षका हुँदा कक्षा १ मा भर्ना भएका थिए । तीन कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ छुट्यो । कक्षा ४ मा पढ्दा किताब किन्नुपथ्र्याे । ‘किताब किन्ने पैसा नहुँदा पढ्न ...

झमेलै झमेला
२०७४ माघ १६ गते १०:१९

झमेलै झमेला

काठमाडौं ।  स्थानीय सरकार सञ्चालन ऐनमा चैत २८ गतेभित्र देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने उल्लेख गरिएको छ। तर, कसरी खारेज गर्ने त ? भन्ने विषयमा कुनै कानुन बनेको छैन। ऐनले जारी गरेको २३ वटा कामबाहेक सम्पूर्ण काम जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको छ। विशेष गरी विद्यालय क्षेत्र विकास का ...

आठ कक्षमा दुई विद्यार्थी
२०७४ माघ १५ गते २२:५२

आठ कक्षमा दुई विद्यार्थी

बाँके । तीन जना विद्यार्थी । त्यसमा पनि एकजना स्कूल आउन छोडेको धेरै भइसक्यो । बचे दुई जना । शिक्षक आउँछन्, दुई जनालाई पढाएर जान्छन् । २०२८ सालमा स्थापना भएको नेपालगञ्ज–१५, जमुनाहाको हनुमान आधारभूत विद्यालयको कक्षा ८ को दृश्य हो, यो । कक्षामा दुई छात्रा र एक छात्र छन् । छात्र अन्नु साहु स्कूल ...

संगठनमा आवद्ध शिक्षकले छोराछोरीलाई निजी स्कुलमा नपढाउने
२०७४ माघ १५ गते २२:३८

संगठनमा आवद्ध शिक्षकले छोराछोरीलाई निजी स्कुलमा नपढाउने

सिन्धुली । एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध शिक्षकले आफ्ना छोराछोरीलाई नीजी विद्यालयमा नपढाउने घोषणा गरेका छन् । सिन्धुलीमाडीका सोमबार पत्रकार सम्मेलन गर्दै पाँचौं सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि आफ्ना छोराछोरीलाई सरकारी ...

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि
२०७४ माघ १५ गते १२:४८

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि

काठमाडौँ । प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो । यसअघि अनुसन्धान नटुंगिएका ...

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी
२०७४ माघ १४ गते ०८:०१

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

काठमाडौं  । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ। मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफूनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो। ‘नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका ...

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता
२०७४ माघ १४ गते ०७:५३

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

काठमाडौं  । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन्। फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हरा ...

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु
२०७४ माघ १४ गते ०७:४४

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन ...

गणितीय उपकरणलाई चुनौती दिने युवा
२०७४ माघ १३ गते २२:०९

गणितीय उपकरणलाई चुनौती दिने युवा

कालिकोट । जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन् । गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौति दिएका हुन् । गणित विषयका ऐकिक नियम, साधारण ...

पिएचडीहोल्डर आधा विदेशमै, किन फर्कंदैनन् नेपाल ?
२०७४ माघ १३ गते २१:५८

पिएचडीहोल्डर आधा विदेशमै, किन फर्कंदैनन् नेपाल ?

करिब ३५ सय नेपालीले विद्यावारिधि गरेका छन् । तर, सबैको विज्ञता देश सेवामा प्रयोग हुन सकेको छैन । आधाभन्दा धेरै पिएचडीहोल्डर विदेश भासिएका छन् । शिक्षा मन्त्रालयको आकलनअनुसार हरेक वर्ष ८० देखि सय नेपालीले विदेशका विश्वविद्यालयबाट पिएचडी गर्छन् । त्यसको ७० प्रतिशत पनि नेपाल फर्कंदैनन् । स्वदेश फर्किएक ...

कोरिया र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता
२०७४ माघ १३ गते २१:४४

कोरिया र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ  । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुपवि) मा ‘विशेष शिक्षा’ पठनपाठन हुने भएको छ। त्यसनिम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले सहयोग गर्ने भएको छ। विशेष आवश्यकता शिक्षा सञ्चालनका निम्ति शुक्रबार काठमाडौंमा सुदूरपश्चिमाञ्चलकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र छ ...

बढी शुल्क माग गरिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित
२०७४ माघ १३ गते २१:३७

बढी शुल्क माग गरिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

पोखरा  । सरकारले तोकेको भन्दा बढी शुल्क माग गरिएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजमा नयाँ भई अध्ययनको तयारीमा रहेका विद्यार्थीले  विरोध जनाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट शुल्क तिर्ने गरी नाम निकालेका २८ जना विद्यार्थीले तोकिएको भन्दा बढी शुल्क माग गरिएपछि विरोध जनाएका हुन् । ...

सुनसरीमा एकसय ५५ साक्षरता कक्षा
२०७४ माघ १२ गते १०:३८

सुनसरीमा एकसय ५५ साक्षरता कक्षा

इनरुवा । सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजन ...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहमै शैक्षिक नीति
२०७४ माघ १२ गते १०:२४

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहमै शैक्षिक नीति

कालिकोट । जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहहरुले शैक्षिक नीति बनाउन थालेका छन । पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिका ३० प्रतिशत लगानी गर्ने शिक्षा ...

मातृभाषा सिक्दै बेलायती राजदूत
२०७४ माघ १२ गते १०:१८

मातृभाषा सिक्दै बेलायती राजदूत

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रिचार्ड सि मोरिस मंगलबार राजधानीमा मैथिली भाषा सिक्दै थिए । बृटिस काउन्सिल र भाषा आयोगले संयुक्त रूपमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा प्रणालीमा भाषा माध्यम विषयक सम्मेलनमा उपस्थित विभिन्न जातजाति तथा समुदायका विद्यार्थीको स्टलमध्ये मैथिली भाषाको स्टल ...

स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक
२०७४ माघ १२ गते १०:१४

स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष र कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र स ...

ई–पाटीबाट गुणस्तरीय सिकाइ
२०७४ माघ १२ गते १०:०५

ई–पाटीबाट गुणस्तरीय सिकाइ

  नेपालगन्ज  । राप्ती सोनारी गाउँपालिका ८ महादेवपुरी, वालापुरस्थित जनशक्ति आधारभूत विद्यालयको पठनपाठन पछिल्ला वर्षमा गुणस्तरीय बन्दै गएको छ । परम्परागत विधिबाट पठनपाठन हुने विद्यालयमा ई–पाटी सञ्चालनपछि विद्यार्थीको पाठ्यक्रमअनुसार ज्ञान र सीपमा गुणस्तरीयता बढेको हो । कक्षाकोठामा ६ घन ...

सर्वोच्चको विद्यालय कर्मचारीको मुद्दाको बहस सर्यो, बुधवार पालो नै आएन
२०७४ माघ ११ गते २२:१२

सर्वोच्चको विद्यालय कर्मचारीको मुद्दाको बहस सर्यो, बुधवार पालो नै आएन

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश बमोजिम विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियामा गरेको ढिलाई बिरुद्धको मुद्दाको बहस सरेको छ ।बुधवार बहस हुने भनिएपनि सर्वोच्चमा सो दिन मुद्दाको पालो नै आएन । अब अर्को नयाँ बहसको मिति तय हुने अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए । सरकारले विद्यालय कर्मचारीहरु ...

तीन लाख अनियमितता गर्ने प्रधानाध्यापकमाथि छानबिन
२०७४ माघ ११ गते १८:४३

तीन लाख अनियमितता गर्ने प्रधानाध्यापकमाथि छानबिन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख २२ हजार २ सय चालिस रुपैयाँ सतहत्तर पैंसा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकमाथि छानविन सुरु गरेको छ। विद्यालयको भवन र शौचालय निर्माणमा अनियमिता गरेको आरोपमा सुनसरी बर्जु गाउँपालिका ५ स्थित श्री महेन्द्र आधारभूत विद्यालयका तत्कालिन प्रधानाध्याप ...

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक
२०७४ माघ ११ गते १२:३४

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक

काठमाडौं ।  वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र रोजगारीलाई सँगसँगै बढाउनुपर्ने बाध्यता र सकेसम्म पढाइको अवधिमा कमाइएको धेरथोर रकम स्वदेश पनि पढाउनुपर्ने दबाबका कारण विद्यार्थीहरू यी सबै समस्यालाई सहज रूपमा पार ग ...

मनोमानी शुल्क लिने कलेजमाथि छानबिन
२०७४ माघ ११ गते १२:२५

मनोमानी शुल्क लिने कलेजमाथि छानबिन

काठमाडौं । निजी मेडिकल कलेजहरूले एमबीबीएसका विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुलेको पाइएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन गर्ने भएको छ। त्रिविले अनुगमन निर्देशनालयका प्रमुख विश्व खनालको नेतृत्वमा छानबिन एवं अनुगमन टोली गठन गरेको छ । योग्यता (मेरिट) सूचीका एमबीबीएस विद्यार्थीले त्रिविका उपकु ...

नमुना बन्यो बोटेमाझी लक्षित विद्यालय
२०७४ माघ ११ गते १२:१३

नमुना बन्यो बोटेमाझी लक्षित विद्यालय

पाल्पा । कालीगण्डकी नदीको नजिक बसोबास गर्ने बोटेमाझीलाई लक्षित गरी खोलेको राधाकृष्ण प्रावि ‘नमुना’ बनेको छ । यहाँ सबै कक्षामा भुइँको बसाइ छ । बालमैत्री पुस्तकालय छ । सफा, चिरिच्याट्ट परेको कक्षामा बसौंबसौं लाग्छ । विद्यार्थी पनि सफा सुग्घर छन् । पहिले विद्यार्थी बस्न र आउन मान्दैनथ ...

ठगिए विद्यार्थी
२०७४ माघ ११ गते १२:०७

ठगिए विद्यार्थी

रुकुम (पश्चिम) ।  मुसिकोट नगरपालिका–१२ की टीका ओली कृषि जेटीए पढ्न सदरमुकाममा सञ्चालित सारांशी टेक्निकल कलेजको शाखामा भर्ना भइन् । १८ महिने भनिएको उक्त कोर्सका लागि उनले ४० हजार नगदसमेत बुझाइन्  । भर्ना भएको ५ महिनापछि थाहा भयो, उनलाई पढाइँदै गरको कोर्स कृषि जेटीए थिएन । उनका भाइ नव ...

अब्बललाई अवसर, कमजोर वञ्चित
२०७४ माघ ११ गते ११:५७

अब्बललाई अवसर, कमजोर वञ्चित

-कक्षा ११ का डेढ लाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित-सी ग्रेडभन्दा माथि ल्याउने विद्यार्थीले मौका परीक्षा दिनुपर्दैन -एउटा विषयको परीक्षामा अनुपस्थित हुनेले पनि मौका पाउने    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब ...