२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

रूपन्देही निरन्तर उत्कृष्ट
२०७४ चैत्र ९ गते ०८:००

रूपन्देही निरन्तर उत्कृष्ट

बुटवल  । ०५६ सालमा रूपन्देहीका विद्यार्थी मनोज बोहोरा एसएलसी परीक्षामा नेपाल प्रथम बने। न्यु होराइजनका विद्यार्थी मनोज नै लुम्बिनी क्षेत्रकै पहिलो बोर्ड फस्ट हुन्। सम्भवत : पश्चिमाञ्चल विकास क्षेत्रमा तेस्रो बोर्ड फस्ट विद्यार्थी।मनोजले एसएसली टप गरेको १८ वर्ष पुग्यो। त्यसयता रूपन्देहीले विद्य ...

हाँस्दै, खेल्दै, सिक्दै
२०७४ चैत्र ९ गते ०७:४९

हाँस्दै, खेल्दै, सिक्दै

काठमाडौं ।  रिस्ता अधिकारी अहिले ५ वर्षकी भइन्। उनी बालाजु डाँडागाउँस्थित हिम रस्मी स्कुलमा एलकेजीमा पढ्छीन्। उमेरले सानै भए पनि उनी निकै बुझकी र अनुशाशित छिन्। रिस्ता आफ्नी आमाबाबालाई धेरै माया गर्छिन्। घरमा बसेको बेलामा आमालाई घरको काम पनि सघाउनुपर्छ भन्ने उनलाई लाग्छ। अरु काम मात्रै नभई कहि ...

एसईई अंग्रेजी प्रश्नपत्रमा त्रुटि
२०७४ चैत्र ९ गते ०७:३९

एसईई अंग्रेजी प्रश्नपत्रमा त्रुटि

लमजुङ  । यसवर्षको एसईई परीक्षाको पहिलो दिन बिहीबारका लागि परीक्षार्थीलाई बाँडिएको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटि भेटिएको छ । बेंसीसहरस्थित भूपू सैनिक आवासीय माविका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष विनोद गुरुङले प्रश्नपत्रमा त्रुटि भेटेपछि शिक्षा कार्यालयका उपजिल्ला शिक्षा अध ...

चैत २३ को परीक्षा तोकीएकै समयमा गर्न युएण्टोको माग
२०७४ चैत्र ८ गते २३:०६

चैत २३ को परीक्षा तोकीएकै समयमा गर्न युएण्टोको माग

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले अस्थायी शिक्षकहरुको परीक्षा चैत २३ मै गर्न सरकारसँग माग गरेको छ । संगठनले शिक्षा ऐनले व्यवस्था गरे बमोजिम ७५ प्रतिशत दरवन्दीमा कानूनीरुपले नै आन्तरिक प्रतिस्पर्धा हुनेगरी तोकिएकै समयमा परीक्षा गर्न माग गरेको हो । संगठनका अध्यक्ष शंकर अधिकारीले विध ...

 नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र सञ्चालन हुँदै
२०७४ चैत्र ८ गते १३:३८

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र सञ्चालन हुँदै

काठमाडौँ । तपाईंको अंग्रेजी कमजोर छ ? चिन्ता नलिनुस् ‘न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’ (एनएलआइसीसी)ले नेपालमा पहिलो पटक आउँदो सातादेखि अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रको सञ्चालन गर्ने भएको छ। काठमाडौंमा 'युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी यु टि एस इन्सर्च 'को सं ...

निजीका प्रतिस्पर्धी सामुदायिक विद्यालय
२०७४ चैत्र ८ गते ११:४३

निजीका प्रतिस्पर्धी सामुदायिक विद्यालय

काठमाडौं । बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन्। यस विद्यालयमा हरेक वर्ष भर्ना हुन जम्मा भएका विद्यार्थीको भीडले कुनै नाम चलेका निजी विद्यालयको झल्को मेटाइदिन्छ। नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा दैनिक ४४ वटा कक्षामा पढाइ हुन्छ। नर्सरी ...

आजदेखि एसईई परीक्षा शुरु, झण्डै पाँचलाखले परीक्षा दिँदै
२०७४ चैत्र ८ गते ०९:३९

आजदेखि एसईई परीक्षा शुरु, झण्डै पाँचलाखले परीक्षा दिँदै

काठमाडौँ । आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षाको पहिलो दिन बिहीबार विद्यार्थीले बिहान ८ बजे देखि अनिवार्य अंग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा दिइरहेका छन् । परीक्षामा ७७ वटै जिल्लाका ९ हजार ९ सय ८८ विद्यालयका ४ लाख ८५ हजार ५ सय ८६ विद ...

शिक्षा मन्त्रालयले शिक्षक विज्ञापनका सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ पठाउँदै
२०७४ चैत्र ७ गते २२:२६

शिक्षा मन्त्रालयले शिक्षक विज्ञापनका सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ पठाउँदै

काठमाडौं । शिक्षा मन्त्रालयले २०६६ माघ २४ को फैसला अनुसार किन विज्ञापन नगरी ऐन संशोधन गर्नु परेको हो भन्ने सर्वोच्च अदालतको कारण देखाउ आदेशको लिखित जवाफ विहिवार पठाउने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले अस्थायी शिक्षकहरुलाई २०६६ को सर्वोच्चको आदेश अनुसार व्यवस्थापन नगरी किन ऐनको नवौं संशोधन ...

शिक्षक संघका अध्यक्ष पौडेललाई एकजना शिक्षकको २० प्रश्न
२०७४ चैत्र ७ गते २०:१८

शिक्षक संघका अध्यक्ष पौडेललाई एकजना शिक्षकको २० प्रश्न

दीपकचन्द्र ओझा सर्वप्रथम त नेपाल शिक्षक संघको संघीय कार्यसमतिको अध्यक्ष जस्तो गरिमामय पदमा राजेन्द्रराज पौडेलज्यू निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिन चाहन्छु । नेपाल शिक्षक संघ नेपाली कांग्रेसको सुभेच्छुक तथा शिक्षकहरुको पेशागत संस्था हो । विभिन्न गुट उपगुटमा ...

शिक्षक लाइसेन्स परीक्षा अब विषयगत रूपमा
२०७४ चैत्र ७ गते ०७:४७

शिक्षक लाइसेन्स परीक्षा अब विषयगत रूपमा

काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्र (लाइसेन्स) को आगामी परीक्षा विषयगत रूपमा लिने गरी तयारी अघि बढाएको छ ।   निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकले उक्त परीक्षा उत्तीर्ण गरेर विषयगत रूपमा लाइसेन्स पाउनेछन् । त्यसैका आधारमा उनीहरूले अध्यापन गराउन पाउनेछन् । आयोगका प्रशासकीय अधिकृत ...

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता
२०७४ चैत्र ७ गते ०७:२८

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

काठमाडौं । विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्र ...

जहाँ ७७ जिल्लाकै विद्यार्थी पढ्छन्
२०७४ चैत्र ७ गते ०७:२२

जहाँ ७७ जिल्लाकै विद्यार्थी पढ्छन्

काठमाडौं । काठमाडौंमा एउटा यस्तो विद्यालय छ, जहाँ ७७ जिल्लाका विद्यार्थी पढ्छन् । काठमाडौंका धनाढ्यदेखि सामान्य किसानका छोराछोरीसम्मले अध्ययन गर्ने विद्यालय हो, काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित बूढानीलकण्ठ माध्यमिक विद्यालय । यो विद्यालयमा तत्कालीन युवराज दीपेन्द्र शाहले पनि पढेका थिए। देशकै न ...

बढ्यो स्ववियु चुनावको रौनक
२०७४ चैत्र ७ गते ०७:१७

बढ्यो स्ववियु चुनावको रौनक

  लेखनाथ । पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन चुनावको सरगर्मी ह्वात्तै बढेको छ । चैत २१ का लागि तोकिएको चुनाव पहिलोपल्ट हुन लागेकाले पनि विद्यार्थीहरू उत्साही छन् । विद्यार्थी संगठनका तुल, ब्यानर र झन्डाले क्याम्पस रंगीचंगी देखिएको छ । बिहानको चियादेखि ...

विद्यालय भर्नामा विकृति : कक्षा १ मै ‘फेल’ गराउने कस्तो पद्धति ?
२०७४ चैत्र ६ गते २२:५५

विद्यालय भर्नामा विकृति : कक्षा १ मै ‘फेल’ गराउने कस्तो पद्धति ?

काठमाडौँ  । नयाँ शैक्षिक सत्र सुरु हुन महिना दिन बाँकी छ । तर, यतिखेरै अभिभावकहरू ‘राम्रो स्कुल’ खोज्दै आफ्ना छोरा/छोरीलाई भर्ना गराउन व्यस्त छन् । जाँच लिएरै भर्ना गर्ने भनेपछि अभिभावकले हप्तौदेखि नानीहरुलाई यी स्कुलका लागि जाँचको पूर्वतयारी गराएका छन् । तर, आफूले चाहेको विद्यालयम ...

चैत २३ को परीक्षा स्थगित गर्न नेपाली सेनाको सहयोग मागिने
२०७४ चैत्र ६ गते २२:१८

चैत २३ को परीक्षा स्थगित गर्न नेपाली सेनाको सहयोग मागिने

काठमाडौं । अस्थायी शिक्षकहरुले चैत २३ गतेको परीक्षा स्थगित गर्न नेपाली सेनासँग सहयोग माग्ने भएका छन् । सरकारले २०६६ माघ २४ को सर्वोच्च अदालतको फैसला बमोजिम विज्ञापन नगरेर अस्थायी शिक्षकहरु माथि अन्याय गरेको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि नेपाली सेनाको गुहार माग्ने भएका हुन् । अस्थायी शिक्षक ...

जिल्ला शिक्षा कार्यालय तत्काल खारेज नहुने
२०७४ चैत्र ५ गते २२:०२

जिल्ला शिक्षा कार्यालय तत्काल खारेज नहुने

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । आगामी चैत्र २८ गतेपछि जिल्ला शिक्षा खारेज हुने भनिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जिल्ला शिक्षा कार्यालय खारेज नगरिने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले चैत्र २८ मै जिल्ला शिक्षा क ...

सवा लाख युवालाई सीप दिन ६ अर्बको कार्यक्रम
२०७४ चैत्र ५ गते १२:१०

सवा लाख युवालाई सीप दिन ६ अर्बको कार्यक्रम

काठमाडौं ।  शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट दोस्रो)ले एक लाख १५ हजार युवालाई सीपयुक्त जनशक्ति तयार पार्ने भएको छ । नतिजा र भौचरमा आधारित तालिम दिएर सीपयुक्त जनशक्ति तयार पार्ने कार्यक्रम सुरु गरेको हो । इभेन्ट परियोजनाका निर्देशक टेकनारायण पाण ...

‘अदालतको आदेश बाहेक अन्य कुनै कारणले परीक्षा रोकिन्न’
२०७४ चैत्र ५ गते ११:०८

‘अदालतको आदेश बाहेक अन्य कुनै कारणले परीक्षा रोकिन्न’

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा सञ्चालनमा बाधा हुने गरी कतैबाट अवरोध नभएको जनाएको छ । परीक्षा निर्धारित समयमै हुनेसमेत आयोगले स्पष्ट पारेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिया परीक्षा नै स्थगित हुनेगरी कतैबाट समस्या नआएको भन्दै सानातिना अवरोधहरु छिचोल्दै परीक्षा न ...

३७ वर्षसम्म स्थायी तर पाएनन् पेन्सन
२०७४ चैत्र ५ गते १०:४३

३७ वर्षसम्म स्थायी तर पाएनन् पेन्सन

  रोशन क्षेत्री गाउँले /काठमाडौं आदर्श मावि परासी, नवलपरासीका लेखापाल चन्द्रभुषण उपाध्यायले २०३५ सालमा तत्कालीन जिल्ला शिक्षा आयोग उत्तीर्ण गरी स्थायी नियुक्ति लिनुभयो । २०३५ सालमा विद्यालयमा नियुक्त हुनुभएको उहाँले २०३७ असार ७ गते जिल्ला शिक्षा आयोगमा नाम निकाल्न सफल हुनुभयो । पछि उहाँलाई तत् ...

१० पढ्दै, छाड्दै
२०७४ चैत्र ५ गते १०:१७

१० पढ्दै, छाड्दै

काठमाडौँ । सरकारले दुई वर्षदेखि कक्षा १० मा अनुत्तीर्ण हुने प्रणाली खारेज गरेर ग्रेडिङबाट नतिजा सार्वजनिक गर्न सुरु गर्‍यो । शिक्षामन्त्रीदेखि कर्मचारीसम्मले यो प्रणालीमा कोही पनि फेल नहुने हल्ला चलाए । परीक्षा दिएका सबैले पढ्न पाउने प्रचार गर्न पनि भ्याए । तर, त्यसयता विद्यार्थी र शिक्षक ...

एसईईमा ४ लाख ८५ हजार परीक्षार्थी
२०७४ चैत्र ५ गते १०:०९

एसईईमा ४ लाख ८५ हजार परीक्षार्थी

काठमाडौँ । चैत ८ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नयाँ पाठ्यक्रममा आधारित यो पहिलो परीक्षा हो । बोर्डका अनुसार ७७ वटै जिल्लामा सञ्चालन हुने परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुनेछन् । एक हजार ९ सय ५६ परीक्षा ...

शिक्षक संघको अध्यक्षमा पौडेल निर्वाचित
२०७४ चैत्र ४ गते १४:१०

शिक्षक संघको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं । नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र राज पौडेल निर्वाचित भएका छन् । पौडेलले अध्यक्षमा केशव निरौलालाई पराजित गरेका हुन् । संघको आठौं महाधिवेशनमा पौडेल र निरौला समुह बनाएर प्रतिस्पर्धा गरेका थिए । पौडेल समुहका अधिकांश विजयी भएका हुन् । पौडेलले ३२४ मत ल्याउदा निरौलाले २५६ मत मात्रै पा ...

शिक्षक संघको प्रारम्भिक मतपरिणाममा पौडेल समुह अगाडी
२०७४ चैत्र ४ गते १०:१३

शिक्षक संघको प्रारम्भिक मतपरिणाममा पौडेल समुह अगाडी

काठमाडौं । नेपाल शिक्षक संघको आठौं संघीय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा अध्यक्ष पदका उम्मेदवार राजेन्द्रराज पौडेल समुह अगाडी देखिएको छ । शनिवार भएको निर्वाचनमा कुल मतदाता ६१० रहेकोमा ५८८ मत खसेको थियो ।     ६५ मत ...

निमित्तको भरमा आयुर्वेद क्याम्पस
२०७४ चैत्र ४ गते ०८:३२

निमित्तको भरमा आयुर्वेद क्याम्पस

 काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस ९ महिनादेखि निमित्त प्रमुखमा सञ्चालन भइरहेको छ । निमित्तको जिम्मेवारी छोटो अवधिका लागि दिइने चलन छ । तर ९ महिनादेखि निमित्तका भरमा चल्दै आएको यो क्याम्पसमा फेरि तीन महिनाका लागि निमित्तकै जिम्मेवारी थप गरिएको छ। योग्यता र कार्यक्षमताका आधारमा वरिष्ठल ...

विद्यालयले उठाएको परीक्षा शुल्क मेयरको निर्देशनपछि फिर्ता
२०७४ चैत्र ४ गते ०८:३०

विद्यालयले उठाएको परीक्षा शुल्क मेयरको निर्देशनपछि फिर्ता

रौतहट। रौतहटको ईशनाथ नगरपालिकाका विद्यालयले विद्यार्थीबाट उठाएको परीक्षा शुल्क फिर्ता गरेका छन्। नगर प्रमुख सन्तोष मेहताले नगरको कक्षा १ देखि १० सम्मका सम्पूर्ण छात्रछात्राको परीक्षासम्बन्धी व्यवस्था नगरपालिकाले व्यहोर्ने बताएपनि केही विद्यालयले आफूखुसी विद्यार्थीबाट परीक्षा शुल्कको नाममा रकम असुल ग ...

बदलिँदै पाठ्यक्रम : कक्षा १ र ११ को पुस्तक यसै वर्ष फेरिने
२०७४ चैत्र ४ गते ०८:१४

बदलिँदै पाठ्यक्रम : कक्षा १ र ११ को पुस्तक यसै वर्ष फेरिने

काठमाडौँ  । कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएपछि संघीय संरचनाअनुकूल हुने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम बनाउन लागिएको हो ।   ‘संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने गरी विद्यालय तहको नयाँ पाठ्यक्रम ...

शिक्षक संघको निर्वाचनमा चार प्रदेशको मतपरिणाम यस्तो छ
२०७४ चैत्र ४ गते ०७:५४

शिक्षक संघको निर्वाचनमा चार प्रदेशको मतपरिणाम यस्तो छ

काठमाडौं । नेपाल शिक्षक संघको आठौं संघीय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार संघको अध्यक्षमा केशव निरौला र राजेन्द्र राज पौडेलका बीच तिव्र प्रतिस्पर्धा देखिएको छ । शनिवार भएको निर्वाचनमा कुल मतदाता ६१० रहेकोमा ५८८ मत खसेको थियो । प्र ...

शिक्षक संघको निर्वाचनमा ९७ प्रतिशत मत खस्यो
२०७४ चैत्र ३ गते २१:२२

शिक्षक संघको निर्वाचनमा ९७ प्रतिशत मत खस्यो

काठमाडौं । नेपाल शिक्षक संघको आठौं संघीय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ । संघको अध्यक्षमा केशव निरौला र राजेन्द्र राज पौडेलका बीच प्रतिस्पर्धा भइरहेको छ । कुल मतदाता ६१० रहेकोमा ५८८ मत खसेको निर्वाचन कमिटिले जनाएको छ ।केहीबेरमा मतगणना शुरु हुनेछ । नेपाल शिक्षक ...

शिक्षक संघमा भड्किलो प्रचारप्रसारका बीच मतदान शुरु, को होला अध्यक्ष ?
२०७४ चैत्र ३ गते १६:२५

शिक्षक संघमा भड्किलो प्रचारप्रसारका बीच मतदान शुरु, को होला अध्यक्ष ?

काठमाडौं । नेपाल शिक्षक संघको आठौं महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान शुरु भएको छ । दिउँसो ४ बजे देखि मतदान  शुरु भएको हो । हाल मतदान जारी रहेको छ । मतदान सम्पन्न भएर आजै मतगणना शुरु हुने र मध्यरासम्ममा नतिजा आइसक्ने शिक्षक संघले जनाएको छ । मतदानमा कुल ५८५ मतदाताहरु सहभागी हुने संघले जनाएक ...

शिक्षक संघको अध्यक्षमा निरौला र पौडेलको उम्मेदवारी, कसको पल्ला भारी ?
२०७४ चैत्र ३ गते १२:११

शिक्षक संघको अध्यक्षमा निरौला र पौडेलको उम्मेदवारी, कसको पल्ला भारी ?

काठमाडौं । नेपाल शिक्षक महासंघको आठौं महाधिवेशनमा अध्यक्षका लागि गुटगत प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसको सुभेच्छिुक संगठन रहेको शिक्षक संघमा सभापति शेरबहादुर देउवाको गुटबाट निवर्तमान अध्यक्ष केशव निरौला र रामचन्द्र पौडेलको गुटबाट निवर्तमान महासचिव राजेन्द्रराज पौडेलले अध्यक्षमा उम्मेदवारी ...

परीक्षा शुल्क नगरपालिकाले तिर्ने
२०७४ चैत्र ३ गते ०९:२०

परीक्षा शुल्क नगरपालिकाले तिर्ने

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रमा रहेका निजी विद्यालयले कक्षा ८ को परीक्षा शुल्कबापत विद्यार्थीबाट लिँदै आएको शुल्क व्यहोर्ने भएको छ। चैत ८ गतेदेखि कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षा सञ्चालन हुँदै छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी २३ वटा अधिकार स्थानी ...

सरकारी र निजी स्कुलमा एउटै पोसाक
२०७४ चैत्र ३ गते ०९:११

सरकारी र निजी स्कुलमा एउटै पोसाक

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका भित्रमा रहेका सम्पूर्ण सरकारी तथा निजी स्कुलमा अध्ययनरत विद्यार्थीले एकै प्रकारको पोसाक लगाउने भएका छन् । आउने शैक्षिक सत्रदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर भरतबहादुर केसीका अनुसार सरोकारवालासँग समेत छलफल ...

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
२०७४ चैत्र २ गते २२:३७

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण

काठमाडौं  । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले पदभारग्रहण गरेका छन् । राष्ट्रपतिसँग सपथ लिएसँगै पार्टी कार्यालय पुगी सहिदहरुको शालिकमा माल्यार्णपण गरि उनी साँझ साढे सात बजेतिर मन्त्रालय पुगेका थिए । मन्त्रालयमा विज्ञान तथा प्रविधिका सचिव डा. सञ्जय शर्मा र शिक्षा सचिव मधुप्रस ...

शिक्षक संघको महाधिवेशन शुरु, नेतृत्वमा गुटगत प्रतिस्पर्धा
२०७४ चैत्र २ गते १०:३६

शिक्षक संघको महाधिवेशन शुरु, नेतृत्वमा गुटगत प्रतिस्पर्धा

काठमाडौं । नेपाल शिक्षक संघको आठौं संघीय महाधिवेशन बिहिवार देखि काठमाडौंमा सुरु भएको छ । संघका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायले राष्ट्रिय सभार्गहमा आयोजित भव्यसमारोहका बीच महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनको उद्घाटन गर्दै उपाध्यायले शिक्षकहरु अब गुरु बन्नुपर्ने बताए । विद्यार्थीह ...

मन्त्री नहुँदा शिक्षा मन्त्रालय अस्तव्यस्त
२०७४ चैत्र २ गते ०९:५५

मन्त्री नहुँदा शिक्षा मन्त्रालय अस्तव्यस्त

काठमाडौं ।‘मन्त्री वा उच्च राजनीतिक नेतृत्वको सिफारिसबिना काम लिएर आउने सेवाग्राही त १० प्रतिशत पनि रहेनछन्’, विभागीय मन्त्री नपाउँदा सुनसान शिक्षा मन्त्रालयका एक सहसचिव भन्दै थिए, ‘हामीलाई कामको चाप त घटेको छ नै, महत्वपूर्ण काम गर्ने बेलामा मन्त्री नहुँदा धेरै काम अड्किएका छन्।&r ...

शुक्रबार त्रिविका क्याम्पसमा बिदा
२०७४ चैत्र २ गते ०९:५०

शुक्रबार त्रिविका क्याम्पसमा बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्दप्रसाद शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ। उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो। विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव विहीबार काठमाडौँ ल्याई ...

साइकल पाएपछि छात्रा बढे
२०७४ चैत्र २ गते ०९:३३

साइकल पाएपछि छात्रा बढे

रौतहट । गरुडा नगरपालिका–५, लक्ष्मीपुरस्थित माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने प्रतीमा कुमारीले साइकल पाएपछि अन्य छात्रा पनि विद्यालयमा नियमित पढ्न आउन थालेको बताइन् । ‘समयको बचत भएको छ र बचेको समय घरमा गृहकार्यमा लगाउन सजिलो भएको छ’, साइकल पाएकी उनी भन्छिन् । मौलापुर नगरपालि ...

सर्वोच्च अदालतले भन्यो– ‘विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया तत्काल शुरु गर’
२०७४ चैत्र १ गते २२:१७

सर्वोच्च अदालतले भन्यो– ‘विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया तत्काल शुरु गर’

काठमाडौं । सर्वोच्च अदालतले विद्यालयका कर्मचारीहरुलाई तत्काल सुविधा दिन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ । सर्वोच्चले बुधवार यसअघि अदालतले गरेको फैसला सदर गर्दै तत्काल स्थायी प्रक्रिया शुरु गर्न आदेश जारी गरेको हो । देवी मावि छम्पी ललितपुरका पियन हरिप्रसाद सापकोटाले सर्वोच्च अदालतले पटक&n ...

‘शिक्षकहरुबीच लोकप्रिय भएपनि दलीय गुटमा नहुँदा अन्यायमा परेँ’
२०७४ चैत्र १ गते १०:३३

‘शिक्षकहरुबीच लोकप्रिय भएपनि दलीय गुटमा नहुँदा अन्यायमा परेँ’

  विष्णुदेवि पाण्डेमहिला उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवारनेपाल शिक्षक संघ काठमाडौं । शिक्षकहरुबीच लोकप्रिय हुँदा हुँदै पनि दलिय गुटमा नुहँदा आफु माथि अन्याय भएको नेपाल शिक्षक संघकी महिला उपाध्यक्ष विष्णुदेवि पाण्डेले बताएकी छन् । २०५३ देखि शिक्षक संघको केन्द्रिय राजनीतिमा भिजेकी उनलाई यसपटक शि ...

स्कुल धाउँदै प्रकाशनगृह
२०७४ चैत्र १ गते ०९:३४

स्कुल धाउँदै प्रकाशनगृह

पोखरा । नयाँ शैक्षिक सत्र सुरु हुन अझै एक महिना बाँकी छ । पाठयपुस्तक प्रकाशनगृहका प्रतिनिधि आफ्नो पुस्तक लगाइदिन आग्रह गर्दै विभिन्न स्कुल पुग्ने क्रम बढेको छ ।  यसरी हिंड्ने प्रतिनिधिले स्रोतव्यक्ति, नीजि तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई प्रभावमा पार्न आर्थिक प्रलोभनसमेत दिने गरे ...

'गुटमुक्त, अनुसन्धान र प्रविधिमुखी  शिक्षकसंघ निर्माणका लागि मेरो उम्मेदवारी'
२०७४ फागुन ३० गते २०:४१

'गुटमुक्त, अनुसन्धान र प्रविधिमुखी शिक्षकसंघ निर्माणका लागि मेरो उम्मेदवारी'

नेपाल शिक्षक संघको ८ औं संघीय महाधिवेशन भोलि ११ बजे राष्ट्रिय सभागृहमा ११ बजे उद्घाटन हुँदैछ । संघको महाधिवेशनमा विभिन्न नेताहरुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । हामी क्रमिकरुपमा अध्यक्षका उम्मेदवारहरुका आगामी कार्ययोजना प्रस्तुत गर्दै जानेछौं ।सं     किशोरदत्त बरालअध्यक्षका उम्मेदवारनेपाल श ...

अब स्थानीय तहले शिक्षकलाई कार्बाही  पनि गर्न पाउने
२०७४ फागुन ३० गते १८:३८

अब स्थानीय तहले शिक्षकलाई कार्बाही पनि गर्न पाउने

काठमाडौँ । स्थानीय तहहरुले कर्तव्य पुरा नगर्ने शिक्षकहरुलाई कार्बाही गर्न पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहले कर्तव्य पुरा नगर्ने शिक्षकहरुलाई कार्बाही गर्न सक्ने बताएका हुन् । अब शिक्षक कर्मचारीहरु स्थानीय तह प्रति नै उत्तरदायी हुनेभएक ...

चैत्र २३ को परीक्षा स्थगित नगरिए परीक्षा केन्द्र नै कव्जा हुने
२०७४ फागुन ३० गते १७:५३

चैत्र २३ को परीक्षा स्थगित नगरिए परीक्षा केन्द्र नै कव्जा हुने

काठमाडौं । अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगले चैत २३ को परीक्षा स्थगित नगरे परीक्षा केन्द्र नै कव्जा गर्ने चेतावनी दिएका छन् । उनीहरुले परीक्षा केन्द्र नै कव्जा गरेर भएपनि परीक्षा हुन नदिने जनाएका हुन् । अस्थायी शिक्षक संघर्ष समिति, छुट, करार तथा अस्थायी शिक्षक संघर्ष समितिले तत्काल परीक्षा खार ...

पाठयपुस्तक अघिअघि, शिक्षक पछिपछि
२०७४ फागुन ३० गते १७:०९

पाठयपुस्तक अघिअघि, शिक्षक पछिपछि

लमजुङ । हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र चामे र नासों गाउँपालिकामा फागुन १ बाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु भएको एक सातापछि मात्रै विद्यार्थीले पाठ्यपुस्तक पाए । केहीले दुइ सातापछि पाए । एउटै जिल्ला भएपनि माथिल्लो क्षेत्र नेस्याङ र नारफू गाउँपालिकामा भने चैत १ बाट नयाँ शैक्षि ...

शिक्षा नियमावली पारित
२०७४ फागुन ३० गते १६:५९

शिक्षा नियमावली पारित

खोटाङ । केपिलासगढी गाउँपालिकाले शिक्षा नियमावली पारित गरेको छ । शिक्षाको गुणस्तरलाई ध्यानमा राखेर आगामी शैक्षिक सत्रबाटै लागू हुने गरी उक्त नियमावली पारित गरेको हो । केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईका अनुसार नियमावलीमा सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोरा–छोरीलाई सामुदायिक ...

ग्रेड बढाउन सबै विषयमा प्राक्टिकल
२०७४ फागुन ३० गते १०:२५

ग्रेड बढाउन सबै विषयमा प्राक्टिकल

  काठमाडौं । आउँदो चैत ८ गतेदेखि सुरु हुने कक्षा १० माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागिता जनाउने सबै विद्यार्थीले यस वर्षदेखि गणितबाहेक सबै अनिवार्य विषयमा प्राक्टिकल दिनुपर्ने भएको छ ।पाठ्यक्रम विकास केन्द्रका अनुसार यो वर्ष कक्षा १० को सबै विषय परिवर्तन भएको छ । सो अनुसार २५ नम्बरको प् ...

छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने
२०७४ फागुन ३० गते ०९:३४

छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने

काठमाडौं । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रादेशिक शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । समृद्ध प्रदेश शिक्षा सुधार बिना सम्भव नभएको भन्दै उनले शिक्षामा रुपान्तरणका लागि छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने बताएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको  ३ नम्बर प्रदेश ...

शिक्षा सुधार्ने १० खर्बको योजना संकटमा
२०७४ फागुन २९ गते ०८:२१

शिक्षा सुधार्ने १० खर्बको योजना संकटमा

काठमाडौं । विद्यालय शिक्षाको गुणात्मक विकासका लागि शिक्षा मन्त्रालयले अघि सारेको महत्वाकांक्षी कार्यक्रम विद्यालय क्षेत्र सुधार योजना (एसएसडीपी) समस्यामा परेको छ। विश्व बैंक, एसियाली विकास बैंक, नर्वेलगायत विदेशी विकास साझेदार निकाय र सरकारको संयुक्त लगानीमा ल्याइएको सातबर्से योजना कार्यान्वयन ...

बिकेन विश्वभाषा क्याम्पसको शिक्षा
२०७४ फागुन २९ गते ०८:१५

बिकेन विश्वभाषा क्याम्पसको शिक्षा

काठमाडौँ  । विश्वमा बोलिने लोकप्रिय भाषाहरू पठनपाठन हुने देशको एक मात्र विश्वभाषा क्याम्पस परम्परा मात्र धानिरहेको छ । पाठ्यक्रम समयानुकूल परिमार्जन हुन नसक्दा क्याम्पसको यो अवस्था आएको हो । यहाँ अंग्रेजी, चिनियाँ, जापानी, कोरियन, फ्रेन्च, स्पेनिस, अरबी, इटालियन, जर्मन र डच भाषामा पढाइ हुन्छ । तीमध् ...

शिक्षा मन्त्रालयमा तीन सचिव, नौ महाशाखा, ४० शाखा प्रस्ताव
२०७४ फागुन २९ गते ०८:०५

शिक्षा मन्त्रालयमा तीन सचिव, नौ महाशाखा, ४० शाखा प्रस्ताव

काठमाडौं ।  तीनवटा मन्त्रालय गाभिएपछि शिक्षा मन्त्रालयको नयाँ सांगठनिक संरचनाको प्रस्ताव तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयमा तीन सचिव र नौवटा महाशाखा रहने सांगठनिक प्रस्ताव तयार भएको हो अहिले समायोजन भएका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुल मन्त्रालय छु ...