२०७६ भदौ २ गते

समाचार

  • Home
  • समाचार

All News

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’
२०७४ फागुन ४ गते ०८:५३

विद्यालय पठाउन ‘बैकल्पिक कक्षा’

रोल्पा । त्रिबेणी २ नुवागाउँ बेरमखोलाका १३ बर्षीय बर्तमान विकले विद्यालय छोडेको २ बर्ष भयो। ४ कक्षा पढेर स्कुल जान छोडेका उनीसंग विद्यालय छोड्नुको कारण छैन्। घर परिवारको शैक्षिक माहोलका कारण उनले बिद्यालय छोडे। सोही गाउँका १२ बर्षीय भुपेन्द्र बिकले पनि विद्यालय छोडेको धेरै भयो। ...

स्कुल नखुल्दै पुगे पाठयपुस्तक
२०७४ फागुन ४ गते ०८:४५

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

जुम्ला । बर्षेनी पाठ्यपुस्तकको अभाव खेप्दै आएको जुम्लामा यस बर्ष भने नयाँ शैक्षिक सत्र सुरु पाठयपुस्तक पुगि सकेका छन्। सदरमुकामस्थित पुस्तक पसलमा पाठयपुस्तक पुगिसकेको पुस्तक जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ। दुर्गम क्षेत्रमा पाठयपुस्तक समयमै नपुगेको गुनासो गर्दै आएका विद्यालयलाई समयमै पाठयप ...

दरबार हाइस्कुलको नक्सामै विवाद
२०७४ फागुन ४ गते ०८:३६

दरबार हाइस्कुलको नक्सामै विवाद

काठमाडौँ । रानीपोखरीस्थित दरबार हाइस्कुलको पुनर्निर्माण गर्न चीन सरकारले ठेकेदारसमेत नियुक्त गरिसकेको छ । तर उसले बनाएको नक्सा सम्पदा जोगाउने तरिकाको नभएको भन्दै नक्सा पासमै विवाद भएको छ । नक्सा पास गर्न बसेको जुरीका सदस्यले सम्पदा मासिने गरी स्कुलको डिजाइन गरेको भन्दै अनुमति दिएको छैन । नक्सा ...

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने
२०७४ फागुन ३ गते २२:३२

अन्ततः अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तोकियो, परीक्षा चैत २३ मा हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अन्ततः अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको छ । परीक्षा आगामी चैत २३ गते शुक्रवार हुने भएको छ । आयोगले शिक्षा ऐनको नवौं संशोधन अनुसार परिमार्जित विज्ञापनका लागि परीक्षाको मिति तय गरेको हो । आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गरेपनि स्थगित हु ...

मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु
२०७४ फागुन ३ गते १०:४६

मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु

ठिनी । मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरु भएको छ । यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघमा दुई महिना विद्यालय बन्द भएर फागुनदेखि नयाँ शैक्षिक शत्र सुरु हुने गर्छ । मुस्ताङको उपल्लो भागका केही विद्यालयमा भने घुम्तीसत्र र नयाँ शैक्षिकसत्र पनि चलाउने गरिएको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिक ...

मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब
२०७४ फागुन ३ गते १०:३७

मेडिकल शिक्षाका लागि बाहिरियो २२ अर्ब

काठमाडौं । मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो । सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार ...

विद्यार्थी हत्याको आरोपमा प्रअ राेकाया पक्राऊ
२०७४ फागुन ३ गते १०:३२

विद्यार्थी हत्याको आरोपमा प्रअ राेकाया पक्राऊ

  मृतक सिचुडोमा लामा   हुम्ला । एसइई परीक्षाको तयारी गर्दै आएकी १७ वर्षीय सिचुडोमा लामाको हत्या अाराेपमा प्रधानाध्यापक धनलाल रोकायालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे हुम्ला जाने क्रममा सुर्खेतका विमान स्थलबाट पक्राउ परेका हुन । हुम्ला महावौद्ध विद्यालयमा एसईइको तयारीका लागि ट्युस ...

‘साढे २६ करोड विद्यालय बाहिर’
२०७४ फागुन ३ गते १०:२६

‘साढे २६ करोड विद्यालय बाहिर’

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्वका २६ करोड ४० लाख बालबालिका अझै विद्यालयबाहिर रहेको जनाएको छ । युनेस्कोले भर्खरै सार्वजनिक गरेको विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदन २०१७/१८ मा शिक्षा साझा विषय भएकाले सबैले जिम्मेवार ढंगले दिगो बनाउनुप ...

बहिरा स्कुलमा ४६ जिल्लाका विद्यार्थी
२०७४ फागुन ३ गते १०:०८

बहिरा स्कुलमा ४६ जिल्लाका विद्यार्थी

पोखरा । सञ्चालनमा आएको तीन दशक पुग्दा लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा यतिबेला पढ्न आउने विद्यार्थी ४६ जिल्लाबाट २ सय ४० जना पुगेका छन् । ११ र १२ कक्षासम्म बहिरा विद्यार्थी पढाउने मुलुककै यो पहिलो विद्यालय पनि हो । विद्यालयका अनुसार यहाँ पढ्न पठाउन सम्बद्ध अभिभावकको चासो बढेकाले ...

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने
२०७४ फागुन २ गते २२:२५

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने भएको छ । संगठनले बुधवार पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यम ...

अनुमतिविना विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि
२०७४ फागुन २ गते १०:०९

अनुमतिविना विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि

काठमाडौँ । अनुमतिबेगर विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि नै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले विद्यालयस्तरमा गरेको विश्वव्यापी सर्वेक्षणले ३० दिन विद्यालय खुल्दा औषतमा तीन जनामा एक जना विद्यार्थी अनुमतिविना अनुपस्थित हुने देखाएको छ । ३३ वटा देशमा गर ...

 त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल
२०७४ फागुन २ गते ०९:३८

त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले असफल भएको छ । तत्कालीन नैकाप गाविस ५ मा त्रिविमातहत रहेको १ सय २५ रोपनी जग्गा संस्थाको नाममा सुरक्षित नगर्दा जोखिममा परेको थियो । सर्वोच्चल ...

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था
२०७४ फागुन २ गते ०९:२१

त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघसंस्था सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो दशकमा करिब १३ वटा यस्ता संघसंस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालको शैक्षिक अस्तित्वमै खतरा उत्पन्न गराएको छ । स्रोतका अनुसार त्रिविको जग्गामा दर्जनभन्दा बढ ...

जाँदाजाँदै सम्बन्धनको खेलमा शिक्षामन्त्री
२०७४ फागुन २ गते ०८:५८

जाँदाजाँदै सम्बन्धनको खेलमा शिक्षामन्त्री

काठमाडौँ । शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ ।   मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी ...

अनिवार्य शिक्षासम्बन्धी कानुनको तयारी
२०७४ फागुन १ गते १७:४६

अनिवार्य शिक्षासम्बन्धी कानुनको तयारी

काठमाडौं । अब नेपालमा पनि आधारभूत तह कक्षा (१–८) मा बालबालिका नपठाउने अभिभावकलाई सुविधाबाट वञ्चित गर्ने गरी कानुन बन्दै छ । नेपालमा शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विद्यालयमा बालबालिकालाई विद्यालय नपठाएमा स्थानीय तहबाट प्राप्त गर्ने सबै सुविधा रोक्ने प्रस्ताव गरेको छ । ...

अधुरै रह्यो 'बलिराम सर'को स्थायी भएर पेन्सन पाउने इच्छा
२०७४ फागुन १ गते १७:२४

अधुरै रह्यो 'बलिराम सर'को स्थायी भएर पेन्सन पाउने इच्छा

नवलपरासी । स्थायी नियुक्ति लिएर पेन्सन खाने बलिराम सरको इच्छा अधुरै रहने भएको छ । कावासोती–१६, डण्डा, टाँडी स्थित दीपेन्द्र आधारभूत विद्यालय नवलपुमा लामोसमय देखि विद्यालय कर्मचारी(पियन)का रुपमा कार्यरत उनको ५९ वर्षको उमेरमा मंगलवार बिहान निधन भएको छ । उनको मंगलबारै अन्टेष्टि गरिएको प ...

कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम
२०७४ फागुन १ गते १६:०२

कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम

काठमाडौं । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको छ। शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो। ...

अब शिक्षक आन्दोलन ‘कर्तव्यमुखी’ बन्ने
२०७४ फागुन १ गते १५:५१

अब शिक्षक आन्दोलन ‘कर्तव्यमुखी’ बन्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले लामो समयदेखि अधिकारमुखी बन्दै आएको शिक्षक आन्दोलनलाई अब ‘कर्तव्यमुखी’ बनाउने भएको छ । संगठनले कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर ‘नेतागिरी’ गर्ने शिक्षकलाई कार्बाही गर्ने निर्णय गर ...

झन् केन्द्रीकृत बन्दै त्रिवि
२०७४ फागुन १ गते १०:५२

झन् केन्द्रीकृत बन्दै त्रिवि

काठमाडौँ  ।मुलुक संघीय संरचनामा गइरहेका बेला जेठो त्रिभुवन विश्वविद्यालय भने झन् केन्द्रीकृत बन्ने प्रयासमा छ । सरकारले प्रदेशलक्षित गरी विश्वविद्यालयलाई स्वीकृति दिए पनि त्रिवि भने आफूअन्तर्गतका देशभरका कुनै पनि क्याम्पसको स्वामित्व नयाँ विश्वविद्यालयलाई हस्तान्तरण गर्न तयार छैन । सरकारले हालसम्म ...

क्रान्तिकारीद्वारा देउवा नेतृत्वको सरकारलाई १ रुपैयाँ चन्दा संकलन
२०७४ माघ २९ गते २३:०८

क्रान्तिकारीद्वारा देउवा नेतृत्वको सरकारलाई १ रुपैयाँ चन्दा संकलन

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार प्रति ब्यङ्ग्य स्वरुप माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १ रुपैयाँ संकलन अभियान शुरु गरेको छ। कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै क्रान्तिकारीले उपत्यका लगायत देशका सबै प्रमुख शहरहरुमा १ रुपैयाँका दरल ...

रसुवा अब साक्षर जिल्ला
२०७४ माघ २९ गते २३:०१

रसुवा अब साक्षर जिल्ला

रसुवा । रसुवालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई देशको ४३ औं साक्षर जिल्ला घोषणा गरिएको हो । २०६७ मा गरिएको घरधुरी सर्वक्षणमा जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका १४ हजार आठ सय ८७ जना रहेका थिए। त्यही स ...

भाषा विवाद चर्केको चर्कै
२०७४ माघ २९ गते २२:५१

भाषा विवाद चर्केको चर्कै

जनकपुर । सप्तरीदेखि पर्सा बीचको आठ जिल्ला समाहित प्रदेशनम्बर दुई अचेल भाषा विवादको कारण चर्चामा छ । मिथिलानगरी जनकपुरधाममा माघ २१ गते सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा संघीय समाजवादी फोरम नेपालका नेता मोहम्द लालबाबू राउत तथा राष्ट्रिय जनता पार्टीका जीतेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेपछि भाषा व ...

विद्यार्थीद्वारा क्याम्पसमा आगजनी
२०७४ माघ २९ गते २२:४६

विद्यार्थीद्वारा क्याम्पसमा आगजनी

सिरहा । नियमित पठनपाठन र व्यवस्थापन नभएको भन्दै मिर्चैया नगरपालिका–५ स्थित ब्रम्हचारी दामोदरानन्द क्याम्पसका विद्यार्थीहरुले क्याम्पसमा आगजनी गरेका छन् । क्याम्पसको शैक्षिक, आर्थिक र व्यवस्थापकीय सुधार तथा नियमित पठनपठनको मागसहित गत माघ २४ गतेदेखि आन्दोलन गरिरहेका विद्यार्थीहरुले आफ्नो माग सु ...

बाग्लुङमा ५०० शिक्षक अपुग
२०७४ माघ २९ गते २२:४०

बाग्लुङमा ५०० शिक्षक अपुग

बागलुङ । सबै सामुदायिक विद्यालयका कक्षा नियमित सञ्चालन हुनका लागि यहाँ पाँच सयजनाको संख्यामा शिक्षक अभाव भएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयहरूमा न्यूनतम ३ जना, कक्षा ६ देखि ८ कक्षा चल्नेमा ४ र ८ देखि १० कक्षा पढाइ हुनेमा कम्तीमा ५ जनाका दरले शिक्षक दरबन्दी पुर्‍याउन उक्त संख्या ...

शिक्षा बजेट न्यूनतम १३.५ प्रतिशत हुनुपर्ने
२०७४ माघ २९ गते १०:४६

शिक्षा बजेट न्यूनतम १३.५ प्रतिशत हुनुपर्ने

काठमाडौं । शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वृद्धिमा असर परेको भन्दै विज्ञहरूले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्याउन सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ९.९ प्रतिशतमात्र बजेट विनियोजन गरिएको छ । पछिल्ला केही वर्षमा कुल बजेटको आकार बढे पनि शिक्षा क्षेत्रमा भने सोही अन ...

एकै घरमा तीन अपांग, विद्यालय अपांगमैत्री नहुँदा पढाइ अधुरै
२०७४ माघ २९ गते १०:३६

एकै घरमा तीन अपांग, विद्यालय अपांगमैत्री नहुँदा पढाइ अधुरै

बैतडी । दशरथचन्द नगरपालिका –२ देहीमाण्डौंका २१ वर्षीया हीरा बोहराको पढ्ने रहर अधुरै छ । ६ वर्षमा अपांगताको शिकार भएकी बोहरालाई अहिले खाना खान पनि आमाकै साहारा चाहिन्छ । उनले भनिन् ‘मेरो पढ्ने ठूलो रहर थियो । नजिकै विद्यालय भएपनि ह्विलचेयर लैजाने बाटो नभएपछि पढाइ नै ब्रेक भयो । सडकबाट पा ...

इस्मा गाउँपालिका महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा
२०७४ माघ २९ गते १०:२५

इस्मा गाउँपालिका महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा

गुल्मी । जिल्लाको दुर्गम क्षेत्रमा रहेको इस्मा गाउँपालिका महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय घोषणा भएको छ। सुरक्षित महिनावारीका लागि आवश्यक पर्ने सबै सूचकहरु पूरा गरेपछि आइतबार गाउँपालिकामा विशेष समारोह गरी घोषणा गरिएको हो। पालिकाभित्र रहेका सबै विद्यालयहरु, व्यवस्थापन समिति, जनप्रतिनि ...

उत्कृष्ट सामुदायिक विद्यालयमा विश्व निकेतन र कालिका
२०७४ माघ २८ गते १६:३२

उत्कृष्ट सामुदायिक विद्यालयमा विश्व निकेतन र कालिका

काठमाडौँ  । शिक्षा मन्त्रालयले यसवर्षको उत्कृष्ट विद्यालयलाई प्रदान गर्ने पुरस्कार आइतबार वितरण गरेको छ । ३५ हजार विद्यालयमध्येबाट सामुदायिक र निजी गरी २० वटा विद्यालयलाई नतिजाको आधारमा उत्कृष्ट पुरस्कार प्रदान गरेको हो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा १२ को नतिजाको आधारमा सामुदायिकतर्फ काठम ...

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर
२०७४ माघ २८ गते ०८:५९

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर

काठमाडौं  । विराटनगरस्थित नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा ०६९ असार ७ र ८ मा नेपाल मेडिकल काउन्सिलको टोली अनुगमन गर्न पुग्यो । टोलीले अस्पतालमा ९ सय बेड भएको प्रतिवेदन बुझाउँदै १५० विद्यार्थी पढाउन अनुमति दिन सिफारिस गर्‍यो। सोही वर्षको माघ १९ मा डा. विमलकुमार सिन्हा संयोजकत्वको टोली ...

संघीयतामा शिक्षा : जिल्ला र क्षेत्रको जिम्मा कसलाई ?
२०७४ माघ २८ गते ०८:०४

संघीयतामा शिक्षा : जिल्ला र क्षेत्रको जिम्मा कसलाई ?

काठमाडौँ । एक महिनापछि विषयगत कार्यालय हट्ने भएपछि शिक्षा मन्त्रालय मातहतका कार्यालयले गर्दै आएका काम अब कसले गर्ने भन्ने अन्योल उत्पन्न भएको छ । सरकारले जारी गरेको कार्यकारी आदेशले २८ चैतदेखि ७५ वटै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा कार्यालय हटदैछन् । शिक्षा विभाग र अन्य केन्द्रीय कार ...

कारागारबाटै एसइई परीक्षाको तयारीमा१९ कैदी
२०७४ माघ २७ गते ११:३९

कारागारबाटै एसइई परीक्षाको तयारीमा१९ कैदी

ललितपुर । औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताउनुभयो । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले सम ...

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो
२०७४ माघ २७ गते १०:२२

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

बैतडी ।  नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो ...

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग
२०७४ माघ २६ गते २०:३८

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख वासुदेव थापाले ...

शिक्षा संकायतर्फको स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक
२०७४ माघ २६ गते १९:३०

शिक्षा संकायतर्फको स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले गत असाररसाउनमा सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको हो । पनिकाका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश ग ...

वन्यजन्तुस्वास्थ्य पाठयक्रममै
२०७४ माघ २६ गते १०:४७

वन्यजन्तुस्वास्थ्य पाठयक्रममै

भरतपुर  । वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी दक्ष प्राविधिक जनशक्ति तयार गरिने भएको छ । यसै साता चितवनमा सम्पन्न ‘बाघ, एसियाली गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्याशाला’ ले त्यस्तो संकल्प गरेको हो । कार्यशालाले युव ...

शिक्षाराज्यमन्त्री र सिपी मैनाली घरेलु हतियार सहितका स्थानियको कब्जामा
२०७४ माघ २६ गते १०:३२

शिक्षाराज्यमन्त्री र सिपी मैनाली घरेलु हतियार सहितका स्थानियको कब्जामा

काठमाडौं । नागढुंगा–नौबिसे सडक विस्तार कार्य ढिलाई गरेको भन्दै स्थानियले शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र नेकपा मालेका महासचिव सिपी मैनालीलाई कब्जामा लिएका छन । बाटो विस्तार कार्य छिटो नगरींदा धुवाँ धुलोले सताएको भन्दै उनिहरुले कब्जामा लिएको बताएका हुन । काठमाडौं उपत्यकाको प्रमुख नाका नाग ...

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी
२०७४ माघ २६ गते १०:२५

विद्यार्थीले गर्छन् शिक्षकको हाजिरी

सन्धिखर्क । अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरू समयमा विद्यालय जान थालेका छन्। शिक्षकहरू १० बजेभन्दा ढिला र ४ बजेभन्दा अघि हिँड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यलयले विद्यार्थीलाई नै जिम्मा दिएर शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो। शिक्षकको हाजिरी विद्यार्थीले ग ...

चर्को शुल्कमा कडाइ गर्न सुझाव
२०७४ माघ २६ गते १०:१०

चर्को शुल्कमा कडाइ गर्न सुझाव

काठमाडौँ । निजी विद्यालय सञ्चालकले अभिभावकसँग चर्को शुल्क असुलेर नाफा लिइरहेको भन्दै त्यसमा कडाइ गर्न उच्चस्तरीय कार्यदलले सुझाव दिएको छ । सरकारद्वारा गठित कार्यदलले निजी लगानीकर्तालाई व्यवसायका रूपमा शिक्षामा लगानी गर्न अनुमति दिनु नै नीतिगत भूल भएको ठहर गरेको छ । उच्चस्तरीय शिक्षा आयोगले गठन ...

अन्यौलमै शिक्षक विज्ञापन : अस्थायी शिक्षकहरुलाई न स्थायीत्व न त सुविधा
२०७४ माघ २५ गते २१:४१

अन्यौलमै शिक्षक विज्ञापन : अस्थायी शिक्षकहरुलाई न स्थायीत्व न त सुविधा

रोशन क्षेत्री गाउँले/काठमाडौं अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न भनेर दुईपटक शिक्षा ऐन संशोधन भएपनि यस प्रक्रियाले अझै पूर्णता पाउन सकेको छैन । परीक्षा दिन चाहने अस्थायी शिक्षकहरुले न परीक्षा दिएर स्थायी हुन पाएका छन् न त सुविधा लिएर विदा नै । उनीहरुलार्ई व्यवस्थापन गर्न भनेर पटक–पटक ऐन संश ...

स्वत्तः स्थायी हुने सपना नदेख्न अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी
२०७४ माघ २५ गते २०:५०

स्वत्तः स्थायी हुने सपना नदेख्न अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी

भक्तपुर । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकहरुलाई स्वत्तः स्थायी हुने सपना नदेख्न चेतावनी दिएका छन् ।अस्थायी शिक्षकलाई प्रतिष्पर्धाबाटै स्थायी प्रक्रियामा लगिने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले प्रतिस्पर्धामा असफल हुने अस्थायी शिक्षकहरु स्थायी बन्नै नसक्ने बताए । शिक ...

शिक्षाका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती
२०७४ माघ २५ गते १०:३५

शिक्षाका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं । सरकारले उच्च शिक्षामा लगानी बढाउन नसक्दा नेपाललाई सन् २०२२ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तोरन्नती गर्ने तथा २०३० सम्म मध्यम आय भएको मुलुकमा पुर्याउने लक्ष्य हासिल गर्न चुनौती देखिएको छ । सरकारले उच्च शिक्षाको विकास र गुणस्तर सुधारका लागि छुट्याइएको विगत २ वर्षको बजेटले लक् ...

मेडिकल शिक्षामा अनियमितता  - के–के गरे नीलमणिले ?
२०७४ माघ २५ गते १०:०३

मेडिकल शिक्षामा अनियमितता - के–के गरे नीलमणिले ?

काठमाडौँ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार नीलमणि उपाध्यायमाथि पदको दुरुपयोग गरी सम्बन्धन तथा सिट निर्धारणमा चलखेल र अनियमितता भएको ठहर गरेको छ । पहिलो कार्यकाल विवादास्पद हुँदाहुँदै दोस्रोपटक काउन्सिलको रजिस्ट्रार बनेका उपाध्यायमाथि भ्रष्टाचारमा समेत छानबिन ग ...

सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : ‘अस्थायी शिक्षकले नयाँसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’
२०७४ माघ २४ गते २१:३२

सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : ‘अस्थायी शिक्षकले नयाँसँग प्रतिस्पर्धा गर्न सक्दैनन्’

काठमाडौँ । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकले नयाँ जनशक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएको छ । राजनीतिक भनसुन र तोक आदेशबाट अस्थायी शिक्षक भएकालाई सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने शिक्षा ऐन आठौं, नवौं संशोधन संविधान र अदालतबाट प् ...

विद्यालयको चरम लापरबाहीले विद्यार्थी परीक्षा दिन बन्चित
२०७४ माघ २४ गते २१:२०

विद्यालयको चरम लापरबाहीले विद्यार्थी परीक्षा दिन बन्चित

सिन्धुली । विद्यालयको चरम लापरबाहीका कारण सिन्धुलीको दुधौली नगरपालिका –६ स्थित श्री मावि लदाभीरका सात विद्यार्थी कक्षा १२ को परीक्षा दिनबाट बन्चित हुने भएका छन् । स्मृती लामा, सम्झना सुनुवार लगायत सात विद्यार्थीले राष्ट्रिय परीक्षा वोर्डको परीक्षा दिन नपाउने भएका हुन् । उनीहरुले विद्यालय ...

सरकारलाई तीन विद्यार्थी संगठनको ६ दिने अल्टिमेटम
२०७४ माघ २४ गते २१:१०

सरकारलाई तीन विद्यार्थी संगठनको ६ दिने अल्टिमेटम

काठमाडौं । प्रमुख तीन विद्यार्थी संगठनहरुले शिक्षा क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेविसंघले संयुक्त विज्ञप्ति निकालेर सरकारी मापदण्ड र निर्देशन विपरित मेडिकल शिक्षामा भएको मनपरीतन्त्र र चर्को शुल्क असुलीलाई रोकी कार ...

अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई
२०७४ माघ २४ गते २०:५०

अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले अर्को महिनादेखि पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको बुधबार बसेको पहिलो सभाले विभिन्न संकायको ६८ वटा कार्यक्रम सञ्चालन गर्न स्वीकृति गरेपछि कक्षा सुरु गर्ने बाटो खुलेको हो । विश्वविद्यालयका उपकुलपति प्रा.लेखनाथ न्यौपानेका अनुसार मार्चदेखि एजुकेशनल स्टडी ...

एसईई तयारीमा चिसो बाधक
२०७४ माघ २४ गते १०:५४

एसईई तयारीमा चिसो बाधक

दुनै  । बर्सेनि हिउँ पर्ने र अत्यधिक जाडो हुने भएकाले डोल्पामा कक्षा १० का विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा तयारीमा समस्या हुने गरेको छ। हिमपातपछि चिसो धेरै बढेकाले तयारीमा बाधा पुगेको जनप्र्रभा माध्यमिक विद्यालयकी छात्रा रञ्जना केसीले बताइन् । जिल्लाका आधा दर्जनजति माविका विद्यार्थीले एस ...

केयुलाई कोरियाको एक अर्ब रुपैयाँभन्दा बढी सहयोग
२०७४ माघ २४ गते १०:४३

केयुलाई कोरियाको एक अर्ब रुपैयाँभन्दा बढी सहयोग

बनेपा। काठमाडौं विश्वविद्यालय(केयु)को ‘क्याम्पस टु कम्युनिटी’ अवधारणालाई सहयोग पु¥याउन कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले अर्थ मन्त्रालयमार्फत एक अर्ब रुपैयाँभन्दा बढी (१० मिलियन अमेरिकी डलर) उपलब्ध गराउने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा अर्थसचिव शंकरप्रसाद अधिकारी र नेप ...

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’
२०७४ माघ २४ गते १०:३९

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

बाँके । नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्यय ...

७ वटा माविमा इ–हाजिरीको व्यवस्था
२०७४ माघ २४ गते १०:३७

७ वटा माविमा इ–हाजिरीको व्यवस्था

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले ७ वटा माविमा इ–हाजिरीको व्यवस्था गरेको छ । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठनपाठन प्रभावकारी बनाउन गाउँपालिकाले गाउँपालिकाभित्रका माविमा इ–हाजिरीको व्यवस्था गरेको हो। खस्कँदो शैक्षिक गुणस्तर उकास्न गाउँपालिकाले विश्वज्योती मावि लामीडाँ ...

image
image