२०७६ चैत्र २० गते

समाचार

  • Home
  • समाचार

All News

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल
२०७६ फागुन १२ गते १८:४९

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल

खोटाङ । वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण मावि द्धन्द्धमा फसेको छ। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईबीचको आन्तरिक विवादको असर विद्यालयमा परेको हो । द्धन्द्धका कार ...

स्वयंसेवक शिक्षकः शिक्षामा फेरी कार्यकर्ता पोस्ने मेलो
२०७६ फागुन ११ गते २०:१३

स्वयंसेवक शिक्षकः शिक्षामा फेरी कार्यकर्ता पोस्ने मेलो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका शिक्षक विद्यार्थी अनुपात धेरै भएका, प्रचलित कानून तथा मापदण्ड बमोजिम अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता विषय शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ ।मन्त्रालयले कार्यविधि नै बनाएर स्वयंस ...

परीक्षा बोर्डदेखि उच्च शिक्षा परिषद्सम्म कर्मचारी हाबी हुने गरी ऐन बनाइँदै
२०७६ फागुन ११ गते १६:३७

परीक्षा बोर्डदेखि उच्च शिक्षा परिषद्सम्म कर्मचारी हाबी हुने गरी ऐन बनाइँदै

काठमाडौं । विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म नै शिक्षा मन्त्रालयका कर्मचारी हाबी हुने गरी ऐनको मस्यौदा बनाइएको छ । शिक्षा मन्त्रालयलले संघीय शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डको अहिलेको व्यवस्था परिवर्तन गरी शिक्षाका उच्च तहका कर्मचारीले नै सञ्चालन गर्ने गरी मस्यौदा तयार गरेको हो । उच्च शिक्षा ऐन ...

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय
२०७६ फागुन ११ गते १६:३४

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय

काठमाडौं । देशको शैक्षिक गुणस्तर खस्किएको आलोचना भइरहेका वेला शिक्षा मन्त्रालयले भने मिहिनेतविनै विद्यार्थीले सर्टिफिकेट पाउनेगरी पाठ्यक्रमको संरचना तयार पारेको छ । कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक)मा छुट्टाछुट्टै पास हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० ल्याउनेले ...

घोषणामै सीमित डिजिटल विद्यालय
२०७६ फागुन ११ गते १०:२०

घोषणामै सीमित डिजिटल विद्यालय

कालिकोट । तामझामसहित एक वर्षअघि डिजिटल विद्यालय घोषणा गरिएका २ विद्यालय घोषणामै सीमित भएका छन्। नमुनाका रूपमा कालिकोटका २ स्कुललाई ०७५ असोज १ गते डिजिटल विद्यालय घोषणा गरिएको थियो। तर अहिलेसम्म पनि यी स्कुलमा सामान्य डिजिटल सेवा विस्तार नहुँदा घोषणामा मात्र सीमित भएका हुन्।रास्कोट नगरपालिकाको ब ...

विपन्नलाई निःशुल्क आवासीय स्कुल
२०७६ फागुन ११ गते १०:१८

विपन्नलाई निःशुल्क आवासीय स्कुल

काठमाडौं । सरकारले विपन्न, अभिभावकविहीन, अपांगता भएका तथा दुर्गम क्षेत्रका बालबालिकालाई पढाउन सुविधासहित आवासीय विद्यालय खोल्ने भएको छ। आवासीय विद्यालयमा यी सबै समूहका बालबालिकालाई निःशुल्क शिक्षा दिने सरकारी तयारी छ।मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार ...

दरबार स्कुल भवन हस्तान्तरणमा ढिलाइ
२०७६ फागुन ११ गते १०:१०

दरबार स्कुल भवन हस्तान्तरणमा ढिलाइ

काठमाडौं । चीनमा फैलिएको कोरोनाभाइरसका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ। स्कुल पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली अनुगमन गर्न आउन ढिलाइ हुँदा हस्तान्तरणमा विलम्ब भएको हो। चीनको वुहानबाट फैलिएको कोरोनाभाइर ...

रावाबेंसीमा विद्यार्थीलाई दिवा खाजा
२०७६ फागुन ११ गते १०:०८

रावाबेंसीमा विद्यार्थीलाई दिवा खाजा

खोटाङ । रावाबेंसी गाउँपालिकाले विद्यालयमा आधारित दिवा खाजा कार्यक्रम लागु गरेको छ। विद्यार्थी संख्या बढाउन र टिकाइराख्न गाउँपालिकाले वार्षिक विकास कार्यक्रमअन्तर्गत दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।पुस १ गतेदेखि गाउँपालिकाका २८ वटै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको गाउँपालिक ...

३९ हजार शिक्षक दरबन्दी अभाव
२०७६ फागुन ११ गते १०:०४

३९ हजार शिक्षक दरबन्दी अभाव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा अपुग शिक्षक दरबन्दी चैतभित्र व्यवस्था गरिने बताएका छन्। जनविकास माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सव कार्यक्रममा उनले धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको जानकारी गराउँदै चैतभित्र परिपूर् ...

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री
२०७६ फागुन १० गते २२:०७

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने बताएका छन् ।फाइल तस्बिर ।काठमाडौंमा शनिबार एक कार्यक्रममा बोल्दै पोखरेलले हाल रिक्त रहेका ३९ हजार शिक्षक एक महिनाभित्रै नियुक्त गर्ने जनाएका हुन् ।उनका अनुसार रिक्त ...

अंग्रेजी, गणित र विज्ञान पढाउन स्वयंसेवक
२०७६ फागुन १० गते २१:५१

अंग्रेजी, गणित र विज्ञान पढाउन स्वयंसेवक

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारका विषय अध्यापन गराउन स्वयंसेवक शिक्षक खटाउने भएको छ । यी विषयका शिक्षक नभएका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउन लागिएको हो । मन्त्रालयले गठन गरेको कार्यदलको सर्वेक्षणअनुसार मुलुकभरका तीन हजार वि ...

हुम्लाका अझै दुई  गाउँपालिकामा प्राविधिक विषयको अध्ययन हुन सकेन
२०७६ फागुन १० गते २१:३२

हुम्लाका अझै दुई गाउँपालिकामा प्राविधिक विषयको अध्ययन हुन सकेन

हुम्ला  । हुम्लाका सात मध्ये दुई  गाउँपालिकामा अझै पनि प्राविधिक धारको पठन–पाठन हुन सकेको छैन । प्राविधिक विषय अध्ययनका लागि गाउँपालिकाले आवश्यक पहल गर्न नसकेको कारण उक्त विषयको अध्ययन हुन नसकेको हो । सरकारको लक्ष्य देशका सबै स्थानीय तहमा प्राविधिक धारको विषय अध्ययन गराउने भएपनि हुम् ...

मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर
२०७६ फागुन १० गते २०:३६

मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर

गौर । रौतहटको एक मुसहर बस्तीका सबै बालबालिका विद्यालयबाहिर छन्। नाम लेखाए पनि विभिन्न कारणले उनीहरू पढ्न जाने गरेका छैनन्। रौतहटको कटहरीया नगरपालिका ९ स्थित तरहरी खोला किनारमा बस्दै आएका करिब एक सय ५० जना मुसहर बालबालिका विद्यालय जाँदैनन्। उक्त बस्तीमा ६५ परिवार मुसहरको बसोबास छ।भर्ना अभियानको ...

डीपीआरमै अल्झिए आवासीय विद्यालय
२०७६ फागुन १० गते २०:३४

डीपीआरमै अल्झिए आवासीय विद्यालय

सुर्खेत । कर्णालीमा आवासीय विद्यालय स्थापनाको योजना अलपत्र परेको छ। प्रदेश सरकारले दुर्गममा आवासीय विद्यालय स्थापना गर्ने घोषणा गरेको थियो। तर दुई वर्ष बित्दा पनि यो योजना कार्यान्वयन हुन सकेको छैन। भौगोलिक विकटताका कारण बालबालिका विद्यालयको पहुँचमा छैनन्।घरदेखि विद्यालय टाढा भएका कारण अधिकांश ...

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग
२०७६ फागुन १० गते २०:३१

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

काठमाडाैँ । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्त र यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् ।  सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको ...

कर्णाली तरेर आउने ५५ विद्यार्थीलाई 'लाइफ ज्याकेट'
२०७६ फागुन १० गते २०:२७

कर्णाली तरेर आउने ५५ विद्यार्थीलाई 'लाइफ ज्याकेट'

सुर्खेत  । कैलालीको मोहन्याल गाउँपालिका–३ मलेखाका कवीराम नेपाली सुर्खेतको चौकुने गाउँपालिकाको जगन्नाथ माविमा ११ कक्षामा अध्ययनरत छन्। घरबाट विद्यालय आउँदा बीचमा कर्णाली नदी पर्छ। उनी दैनिक कर्णाली नदीमा जोखिमपूर्ण यात्रा गर्छन् ।‘कैलालीको मलेखा र राँगासँग चौकुनेको विजौरा जोड्न कर्णा ...

सुधार हुँदै सामुदायिक विद्यालय
२०७६ फागुन १० गते २०:२४

सुधार हुँदै सामुदायिक विद्यालय

अछाम । कमलबजार नगरपालिका–३ का रतन नेपालीका छोराछोरी गाउँमै रहेको भ्वानी आधारभूत विद्यालयमा पढ्छन् । विगतमा उनी छोराछोरीको पढाइ कस्तो भइरहेको छ वास्ता गर्थेनन् । अहिले उनी नियमित विद्यालय जान्छन् । बच्चाहरूको सिकाइ अवस्थाबारे जानकारी लिन्छन् ।‘विद्यालय पठाएर मात्रै जिम्मेवारी पूरा नह ...

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ
२०७६ फागुन १० गते २०:२१

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ

रौतहट । ‘नबुझेको सोध्दा मैले के गल्ती गरेँ ? गल्ती गरिहाले पनि माफ दिनुपर्नेमा उल्टै अपराधीलाई जस्तै कुटपिट गरे ।’ यति भन्दै गर्दा चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरको आँखा रसायो । आफूलाई शिक्षा दिने गुरुको हातबाट बुधबा ...

विद्यार्थीको शंकास्पद मृत्यु
२०७६ फागुन १० गते २०:१९

विद्यार्थीको शंकास्पद मृत्यु

सर्लाही । सर्लाहीको नवलपुरस्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुलका एक विद्यार्थीले आत्महत्या गरेका छन् । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय अमन चौधरी सोमबार निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको फेला परेका हुन् । परिवारले शिक्षकको यातना खेप्न नसकेर छोराले आत्महत्या गरेको आरोप लगाएका छन् । ...

संखुवासभा साक्षर घोषणा
२०७६ फागुन १० गते २०:१५

संखुवासभा साक्षर घोषणा

संखुवासभा । संखुवासभालाई ५३ औं साक्षर जिल्ला घोषणा गरिएको छ । विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शुक्रबार खाँदबारीमा आयोजित एक कार्यक्रममा ५३ औं साक्षर जिल्लाको रुपमा घोषणा गरे । यो जिल्लामा ९५ दशमलव ६३ प्रतिशत साक्षर छन्। उनले आगामी २ वर्षभित्र देशलाई साक्षर राष्ट्रको रुपमा ...

दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव !
२०७६ फागुन १० गते २०:१२

दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव !

काठमाडौँ । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस् ...

शिक्षा विभागीय प्रमुख हुन तँछाडमछाड
२०७६ फागुन ७ गते १९:२८

शिक्षा विभागीय प्रमुख हुन तँछाडमछाड

काठमाडौं । स्थानीय तहको शिक्षा विभाग प्रमुखमा १३ जना उपसचिवले सहमति पाएका छन्। देशकै पहिलो काठमाडौं महानगरपालिकाको तीन महिनादेखि रिक्त विभागीय प्रमुख हुन तँछाडमछाड देखिएको छ।यहाँसम्म कि आफूनिकटका कर्मचारीलाई शिक्षा विभाग प्रमुख बनाइदिन मन्त्रीदेखि विभिन्न राजनीतिक दलका उपल्लो नेताले महानगरपालिका मेय ...

विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र
२०७६ फागुन ७ गते १८:४५

विद्यालयको जमिन कब्जा प्रकरण, खाली गराउन प्रशासनको पत्र

सुर्खेत । १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्युरीखेतको १० बिघा जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पञ्चपुरी नगरपालिका र इलाका प्रहरी कार्यालय बाबियाचौरलाई निर्देशन दिएको छ । आफूले प्रयोग गर्दै आइरहेको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित स ...

कबुलियतनामा गराएर बढी शुल्क असुल्दै नोबेल
२०७६ फागुन ७ गते १८:४२

कबुलियतनामा गराएर बढी शुल्क असुल्दै नोबेल

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको धम्कीपछि अभिभावकहरू सञ्चालकलाई साढे ७ लाख रुपैयाँ अतिरिक्त शुल्क बुझाउन बाध्य भएका छन् । सुरुमा २९ लाख अतिरिक्त शुल्क मागेको कलेजले शिक्षण शुल्कबाहेक कम्तीमा ७ लाख ५८ हजार रुपैयाँ लिन अभिभावकसँग एकपक्षीय कबुलियतनामा गराएको हो ।थप शुल्क नबुझाए विद्यार ...

खातामै अड्कियो १० करोड
२०७६ फागुन ७ गते १८:३८

खातामै अड्कियो १० करोड

वीरेन्द्रनगर  । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको चालु आर्थिक वर्षको कुल बजेटमध्ये १० करोड रुपैयाँ खातामै अड्किएको छ । मूल खातामा साधारणतर्फको ७ करोड र पुँजीगततर्फ ३ करोड बजेट अड्किँदा विश्वविद्यालय तथा आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाउन सकेका छैनन् । दुई महिनादेखि विश्वविद्यालयलका उप ...

शिक्षा सेवाबाट प्रशासनमा लैजाने विवाद
२०७६ फागुन ७ गते १८:२९

शिक्षा सेवाबाट प्रशासनमा लैजाने विवाद

काठमाडौँ  । शिक्षा समूहका कर्मचारीलाई निजामती सेवाको प्रशासन सेवामा समावेश गर्ने विषयमा विवाद उत्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै शिक्षा सेवाका कर्मचारीलाई प्रशासन समूहमा समावेश गर्न पत्राचार गरेपछि राज्यव्यवस्था तथा सुशासन समितिमा विवाद उत्पन्न ...

 पढाइ शुरु भएपनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तक पाएनन्
२०७६ फागुन ६ गते २१:४९

पढाइ शुरु भएपनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

शैक्षिक सत्र शुरु भएपनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् ।पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय  एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । ...

विद्यार्थीका लागि हस्तलेखन तालिम
२०७६ फागुन ६ गते २१:३६

विद्यार्थीका लागि हस्तलेखन तालिम

रोल्पाको एक विद्यालयले विद्यार्थीहरुको हस्तलेखन सुधारका लागि १ हप्ते तालिमको आयोजना गरेको  छ ।  सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माविले सो विद्यालयका १ हजार बढी विद्यार्थीका लागि उक्त तालिम आयोजना गरेको हो । विद्यार्थीको हस्तलेखन सुधारका लागि तालिम आयोजना गरिएको विद्यालयले जनाएको छ । हस ...

घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटी अन्त्य गरौं : शिक्षामन्त्री
२०७६ फागुन ६ गते २१:१०

घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटी अन्त्य गरौं : शिक्षामन्त्री

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्वजनिक विद्यालयहरुमा सिकाइ केन्द्रित क्रान्ति आवश्यक रहेको बताएका छन् । घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।सरकारले ०७६ देखि ०८५ साललाई सार्वजनिक शिक्षाको सुदृढीकरण वर्षको रुपमा मनाउन ...

यसवर्षको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार अनमोललाई
२०७६ फागुन ६ गते २०:४२

यसवर्षको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार अनमोललाई

काठमाडौं । यसवर्षको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार रुपन्देहीस्थित कान्तिपुर दैनिकका समाचारदाता अमृता अनमोललाई प्रदान गरिएको छ । शिक्षा पत्रकार समूहले हरेक दुईवर्षमा प्रदान गर्ने पुरस्कार यसवर्ष अनमोललाई प्रदान गरिएको हो ।समूहको २० औं साधरण सभा तथा १० औं अधिवेशनको अवसरमा सोमबार शिक् ...

नीलबाराही माविकी प्रअ नेपाल सम्मानित
२०७६ फागुन ६ गते १९:५२

नीलबाराही माविकी प्रअ नेपाल सम्मानित

काठमाडौं । सार्वजनिक विद्यालयको सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै काठमाडौं कालिमाटी स्थित नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका पौडेल नेपाल सम्मानित भएकी छन् ।शिक्षा पत्रकार समूहले आफ्नो २० औं साधरण सभा एवं १० औं अधिवेशनको अवसरमा प्रअ नेपाललाई सम्मान गरेको हो ।प्रअ नेपालले ...

भवन निर्माण र छात्रवृत्तिको रकम झ्वाम पार्ने विव्यस अध्यक्ष विरुद्द मुद्दा
२०७६ फागुन ६ गते १८:३४

भवन निर्माण र छात्रवृत्तिको रकम झ्वाम पार्ने विव्यस अध्यक्ष विरुद्द मुद्दा

काठमाडौं । भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहरा विरुद्ध विशेष अदालतमा मुद्दा ...

स्ववियु चुनाव अनिश्चितकालका लागि सर्‍यो
२०७६ फागुन ६ गते १७:५३

स्ववियु चुनाव अनिश्चितकालका लागि सर्‍यो

काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित कालका लागि सारेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै तुनावको मिति अनिश्चित कालका लागि  सारेको हो ।त्रिविका विद्या ...

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचारका चार मुद्दा
२०७६ फागुन ६ गते १७:३३

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचारका चार मुद्दा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाने माध्यमिक विद्यालय, सिरानचोक १ गोरखाका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचारका चारमुद्दा दायर गरेको छ ।  साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना ३ लाख ५० ...

अब्बल सामुदायिक विद्यालय
२०७६ फागुन ६ गते ०९:३०

अब्बल सामुदायिक विद्यालय

सुर्खेत । अधिकांश सरकारी विद्यालयमा पढाउने शिक्षकहरु आफ्ना नानी–बाबुहरुलाई ‘गुणस्तरीय शिक्षाका लागि’ भन्दै निजी शिक्षण संस्थामा पठाउँछन्। आफैले पढाइराखेको शिक्षाप्रति उनीहरुको भरोसा हुँदैन्। त्यसैको देखासिकी समुदायले पनि गर्छ। ऋण गरेरै भए पनि आफ्ना नानी–बाबुहरुलाई बोर्डि ...

गण्डकी पहिलो प्रदेश विश्वविद्यालय
२०७६ फागुन ६ गते ०९:२६

गण्डकी पहिलो प्रदेश विश्वविद्यालय

काठमाडौं । देश संघीय संरचनामा गएसँगै मुलुकले प्रदेश विश्वविद्यालय पाएको छ। गण्डकी प्रदेशले ऐन पारित गरेरै प्रदेशस्तरीय गण्डकी विश्वविद्यालय स्थापना गरेको छ। प्रदेशको सामाजिक विकासमन्त्रीको संयोजनमा बनेको समितिले अध्ययन गरी बुझाएको गण्डकी प्रदेश विश्वविद्यालय व्यवस्थापन, सञ्चालन गर्न विश्वविद्या ...

पढ्दै, सिक्दै, कमाउँदै
२०७६ फागुन ६ गते ०९:२३

पढ्दै, सिक्दै, कमाउँदै

सुर्खेत । बर्दियाका कमल लामिछाने सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माविमा आइएस्सी–एजी दोस्रो वर्षका विद्यार्थी हुन्। उनी कक्षा–कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा उतार्छन्। ‘कक्षा–कोठामा सैद्धा ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित
२०७६ फागुन ६ गते ००:१७

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित

काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् । समूहको दशौं अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्ष पदमा मात्रै भएको निर्वाचनमा अधिकारीले २२ र पण्डितले ६ मत प्राप्त गरेका थिए । अधिकारी कृष्णसार एफ ...

'शिक्षक सरुवा-बढुवामा नेता नगुहारौं'
२०७६ फागुन ४ गते २३:४०

'शिक्षक सरुवा-बढुवामा नेता नगुहारौं'

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गरेका छन् । उनले आइतबार बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै शिक्षक सुर ...

६० क्याम्पसलाई १४ करोड अनुदान
२०७६ फागुन ४ गते २३:३६

६० क्याम्पसलाई १४ करोड अनुदान

दाङ । प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणका साथै स्तरउन्नती गर्न चालु आर्थिक वर्षमा १४ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले प्रदेश ५ मा रहेका सामुदायिक क्याम्पसका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश अन्र्तगतका विभिन्न जिल्लामा ६० क्याम्पसका लागि यो र ...

नमूना छनोट भएका विद्यालयहरुलाई केन्द्रको जरुरी सूचना
२०७६ फागुन ४ गते २१:४५

नमूना छनोट भएका विद्यालयहरुलाई केन्द्रको जरुरी सूचना

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका नमूना विद्यालय छनोट भइ अनुदान पाएका विद्यालयहरुलाई जरुरी सूचना जारी गरेको छ । ...

हेर्नुहोस् शिक्षा मन्त्रालयको दुई वर्षे उपलब्धि
२०७६ फागुन ४ गते १०:२८

हेर्नुहोस् शिक्षा मन्त्रालयको दुई वर्षे उपलब्धि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस सरकार गठन भएपछिका आफ्ना उपलब्धि सार्वजनिक गरेको छ । सरकारले संसदमा आफ्ना उपलब्धिहरु सार्वजनिक गरेसँगै शिक्षा मन्त्रालयले पनि सरकार गठनपछिका उपलब्धिहरु सार्वजनिक गरेको हो । मन्त्रालयले छ पृष्ठ लामाे उपलब्धि सार्वजनिक गरेकाे हाे । मन्त्रालयले जारी ...

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी
२०७६ फागुन ३ गते २२:०२

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी

काठमाडाैँ । नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ।विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिर ...

उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै
२०७६ फागुन ३ गते २१:५८

उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै

काठमाडौं । मुलुकमा पहिलोपटक उपकुलपति नरहने व्यवस्था सहितको विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ ।उपकुलपति नरहने गरी 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय' खुल्न लागेको हो । यो विश्वविद्यालय हाल सञ्चालनमा रहेका ...

संघीय ऐनसँगै विद्यालय कर्मचारी र इसिडि शिक्षकको सुविधा बढ्छ– प्रधानमन्त्री
२०७६ फागुन ३ गते १४:२९

संघीय ऐनसँगै विद्यालय कर्मचारी र इसिडि शिक्षकको सुविधा बढ्छ– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय शिक्षा ऐन जारी भएसँगै विद्यालय कर्मचारी र इसिडि शिक्षकहरुले कानूनबमोजिमको न्यूनतम सुविधा पाउने बताएका छन् ।सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा शनिवार प्रधानमन्त्री ओलीले नयाँ आउने ऐनले विद्यालय कर्मचारी र इसिडि शिक्षकको सुविधालाई मापदण्ड अनुरुप बन ...

'विद्यालय कर्मचारी र इसिडि शिक्षकले न्यूनतम सुविधा कहिले पाउँछन् प्रधानमन्त्रीज्यू ?'
२०७६ फागुन ३ गते १३:३१

'विद्यालय कर्मचारी र इसिडि शिक्षकले न्यूनतम सुविधा कहिले पाउँछन् प्रधानमन्त्रीज्यू ?'

काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षमा सरकारले हासिल गरेको उपलब्धिको फेरिहस्त सुनाउदै गर्दा एकजना सांसदले विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास(इसिडि)मा कार्यरत शिक्षकहरुको सुविधा बारे बोलेका छन् । तेह्रथुमका नेकपाका सांसद भवानी प्रसाद खापुङले सामुदायिक विदालयमा कार्य ...

२ वर्षमा सरकारको उपलब्धिः भर्नादर शतप्रतिशत नजिक, विद्यालय छाड्ने दर २.६ प्रतिशतमा झर्योे
२०७६ फागुन ३ गते १२:२१

२ वर्षमा सरकारको उपलब्धिः भर्नादर शतप्रतिशत नजिक, विद्यालय छाड्ने दर २.६ प्रतिशतमा झर्योे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयमा विद्यार्थी खुद भर्नादर शतप्रतिशत नजिक पुग्नु र  विद्यालय छाड्ने दर २ दशमलव ६ प्रतिशतमा झर्नु सरकारको उपलब्धि भएको बताएका छन् ।प्रतिनिधि सभामा शनिवार सरकारका २ वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमनत्री ओलीले संयुक्त राष्ट्रसंघ बालकोष ...

अब शिक्षकले दुई सय पूर्णाङकको परीक्षा लेख्नै पर्ने
२०७६ फागुन ३ गते १०:४४

अब शिक्षकले दुई सय पूर्णाङकको परीक्षा लेख्नै पर्ने

काठमाडौं । खुल्ला प्रतिस्पर्धाबाट सरकारी विद्यालयको शिक्षक बन्न चाहनेले दुई सय पूर्णांकको परीक्षा दिनुपर्ने भएको छ। यस्ता विद्यालयका लागि शिक्षक छानेर सिफारिस गर्ने निकाय शिक्षक सेवा आयोगले परीक्षाको पाठ्यक्रम संशोधन गरेको छ।यसअघि एक सय पूर्णांकमात्रै रहेको पाठ्यक्रमलाई दुई सय पूर्णांक बनाइएको ...

आंगिक कलेज प्रदेशमातहत ल्याउन एकीकृत ऐन
२०७६ फागुन ३ गते १०:४२

आंगिक कलेज प्रदेशमातहत ल्याउन एकीकृत ऐन

काठमाडौं । सरकारले विश्वविद्यालयहरूकारणसहित उच्चशिक्षा व्यवस्थापन विधेयक ल्याउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा मन्त्रालयले देश संघीय संरचनामा गएकाले विश्वविद्यालयहरू पनि संघीय संरचनाअनुसार केन्द्रीय र प्रादेशिक विश्वविद्यालयहरूमा वर्गीकरण ...

स्वर्ण जयन्तीमा शिक्षकलाई सम्मान
२०७६ फागुन ३ गते १०:३८

स्वर्ण जयन्तीमा शिक्षकलाई सम्मान

गुलरिया । बर्दियाको गुराँस माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ। सो अवसरमा विद्यालयले उत्कृष्ट शिक्षकको रूपमा सोही विद्यालयका शिक्षक प्रकाश शर्मा अधिकारीलाई सम्मान गरेको छ। उनी यसअघि पनि नेपाल सरकार र स्थानीय तहबाट उत्कृष्ट शिक्षकको रूपमा सम्मानित भएका थिए।स्थापनाको ५०औं वर्ष पुगेको सो अव ...