२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

कम्युनिष्ट सरकार अस्थायी शिक्षकका लागि प्रतिगामी, आफूहरुको बदनाम गराएको आरोप
२०७५ माघ २२ गते १०:४१

कम्युनिष्ट सरकार अस्थायी शिक्षकका लागि प्रतिगामी, आफूहरुको बदनाम गराएको आरोप

काठमाडौं । कम्युनिष्ट सरकार आफुहरुका लागि प्रतिगामी रहेको अस्थायी शिक्षकहरुले आरोप लगाएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै अस्थायी शिक्षकहरुले आफुहरु उत्पीडित वर्ग भएपनि कम्युनिष्ट सरकारले सहयोग गर्ने भन्दा उल्टै रोजीरोटी खोस्ने काम गरेको आरोप लगाएका हुन् । पूर्वराजा ज्ञानेन्द्र समेतले अस्थायी ...

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री
२०७५ माघ २२ गते ०९:५५

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

सर्लाही  । सर्लाही हरिपुरका एक युवकले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने दलित बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । हाल बेलायतमा रहेका सर्लाहीको हरिपुर नगरपालिका–८ का सृजन थापाले आफ्नो २२औं जन्मदिनका अवसरमा आफ्ना हजुरबुबामार्फत हरिपुर–२ मा रहेको जनकल्याण प् ...

अबको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम
२०७५ माघ २२ गते ०९:४७

अबको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो।नेपाल भाषा, दिगो विकास, वाताव ...

पढाउँदै कार्यालय सहयोगी
२०७५ माघ २२ गते ०९:४३

पढाउँदै कार्यालय सहयोगी

सल्यान । शारदा नगरपालिका–६, खत्रीपोखरीका भीमबहादुर बुढाथोकी स्थानीय लक्ष्मी प्राविका कार्यालय सहयोगी हुन् । उनी १० वर्षदेखि शिक्षकका रूपमा सेवा दिइरहेका छन् । विद्यालयमा शिक्षक अभाव भएपछि पढाउनुपरेको उनको भनाइ छ । उनी बिहान सबैभन्दा पहिले विद्यालय पुग्छन् । कक्षाकोठा, कार्यालय र विद्यालय ...

११ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक
२०७५ माघ २२ गते ०९:२८

११ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठीमीले पौष महिनामा सञ्चालन भएको कक्षा ११ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी हुन पाउने १ लाख ४१ हजार ८२५ विद्यार्थीमध्ये १ लाख ३१ हजार ९८८ ले परीक्षामा सहभागी भएका थिए । जसमा १६ जानको परीक्षा रद्द भएको र ७ जनाको नतिजा स्थगि ...

ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी
२०७५ माघ २१ गते २०:३६

ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

मोरङ । जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयकी शिक्षिका दुर्गावती राजवंशी सोमबार १० बजेर ५ मिनेटमा विद्यालय पुगिन् । मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले उनलाई सोधे, ‘मिस तपाईंको घडीमा कति बज्यो ?’ घडी हेरेर शिक्षिकाले जवाफ फर्काइन्,&lsqu ...

शिक्षक महासंघ खारेजीको मुद्दामा  आइतवार पुनः बहस हुँदै
२०७५ माघ २१ गते १०:४३

शिक्षक महासंघ खारेजीको मुद्दामा आइतवार पुनः बहस हुँदै

काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा सर्वोच्च अदालतमा आज आइतवार पुनः बहस हुने भएको छ । दिपेश कार्की समेतका शिक्षकहरुले नेपाल शिक्षक महासंघ खारेज गर्न भन्दै २०७१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा आइतवार पुनः हुने भएको हो ।  शिक्षकहरु राज्यकोषबाट तलवभक्ता प ...

६५ प्रतिशतको रोजाइ अस्ट्रेलिया
२०७५ माघ २१ गते १०:३२

६५ प्रतिशतको रोजाइ अस्ट्रेलिया

उच्चशिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थी बर्सेनि बढिरहेका छन्। स्तरीय शिक्षाको खोजीमा बिदेसिने विद्यार्थी बढेसँगै मुलुकबाट वार्षिक रूपमा ठूलो धनराशि बाहिरिने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार पछिल्लो ६ महिनामा मात्र वैदेशिक शिक्षाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीक ...

माझीबस्तीमा कम्प्युटर सिक्न होडबाजी
२०७५ माघ २१ गते १०:२२

माझीबस्तीमा कम्प्युटर सिक्न होडबाजी

खोटाङ ।  दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने मञ्जु माझी विद्यालयमा कम्प्युटर टाइप सिकिरहेकी छिन्। विद्यालयकै कक्षा ८ का विद्यार्थी रामबहादुर माझी, कक्षा ७ कि छात्रा रचना माझी, सरस्वती राई, अभिशेष राई र विवस भुजेल पनि मञ्जुसँग ...

गण्डकी मेडिकल कलेजमा मनपरी शुल्क
२०७५ माघ २१ गते १०:१६

गण्डकी मेडिकल कलेजमा मनपरी शुल्क

पोखरा  । गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थी प्रशासनले अवैधानिक रुपमा मनपरी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। प्रशासनले अवैध रुपमा लिएको शुल्क फिर्ता लिनुपर्ने मागसहित उनीहरु केही दिनयता निरन्तर धर्ना र प्रदर्शनमा उत्रिएका छन्। आइतबार उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका ...

सामुदायिकको गुणस्तर खस्कँदो
२०७५ माघ २१ गते १०:०७

सामुदायिकको गुणस्तर खस्कँदो

उदयपुर । जिल्लाका सामुदायिक विद्यालयको गुणस्तर दिनानुदिन खस्किरहेको छ । १२ विद्यार्थीलाई ४ शिक्षक हुँदा पनि कटारी क्षेत्रका विद्यालयमा शिक्षण सिकाइ प्रभावकारी नभएको विद्यालय निरीक्षक कुमार पोखरेलले बताए । शिक्षण सिकाइ प्रभावकारी नहुँदा उपलब्धि सन्तोषजनक हुन सकेको छैन । कटारी नगरपालिका क्षेत्रका ...

नेपाल संस्कृत विश्वविद्यालय : ३ महिनादेखि आर्थिक कारोबार ठप्प
२०७५ माघ २१ गते १०:०१

नेपाल संस्कृत विश्वविद्यालय : ३ महिनादेखि आर्थिक कारोबार ठप्प

दाङ । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को सभा बस्न नसक्दा ३ महिनादेखि आर्थिक कारोबार ठप्प भएको छ । प्राध्यापक र कर्मचारीले मंसिरदेखि तलब पाउन सकेका छैनन् । बजेट नहुँदा अन्य आर्थिक कारोबार पनि हुन पाएका छैनन् । विश्वविद्यालय ऐनअनुसार वार्षिक दुईपटक सभा बस्नुपर्छ । गत भदौमा हुनुपर्ने बजेटसभा ...

विद्यार्थीसँग चर्को सम्बन्धन शुल्क
२०७५ माघ २१ गते ०९:५१

विद्यार्थीसँग चर्को सम्बन्धन शुल्क

काठमाडौँ  । पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन शुल्कका नाममा विद्यार्थीहरूसँग चर्को रकम असुल्न सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिएको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले स्नातक तथा स्नातकोत्तरका विद्यार्थीसँग परीक्षा शुल्कसहित सम्बन्धन शुल्क पनि लिन सम्बन्धन प्राप्त क्याम्पसह ...

शिक्षा  पत्रकारिता सम्बन्धमा एकदिने अभिमुखीकरण सम्पन्न
२०७५ माघ १९ गते २२:१४

शिक्षा पत्रकारिता सम्बन्धमा एकदिने अभिमुखीकरण सम्पन्न

काठमाडौं । शिक्षा क्षेत्रमा क्रियाशिल पत्रकारहरुका लागि एक दिने शिक्षा पत्रकारिता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । शिक्षा पत्रकार समूहले विभिन्न सञ्चार माध्यममा शिक्षा वीटमा कामगर्ने पत्रकारहरुका लागि शनिवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वरिष्ठ पत्रकार राजन शर्माले शिक्षा ...

किताब बोक्ने काँधमा दाउराको भारी
२०७५ माघ १९ गते २०:३२

किताब बोक्ने काँधमा दाउराको भारी

रोल्पा । तल बजारमा रहेको सुर्योदय माविमा पढाई चल्दै थियो। सँगैका साथि कक्षा कोठामा पढ्दै थिए। तर अभावमा जीवन चलाउने केही विद्यार्थीहरु भने डोकोमा दाउरा बोकेर उकालो चढ्दै थिए। विपन्नताका कारण घरायसी समस्याले कामकाज धान्नका लागि आजपनि विद्यार्थीहरु कक्षा कोठामा अनियमित हुने गर्दछन्। प्रजातन्त्र, ...

बाल विकासका शिक्षकहरुको माग, अन्य शिक्षक सरह सुविधा देऊ
२०७५ माघ १९ गते २०:०१

बाल विकासका शिक्षकहरुको माग, अन्य शिक्षक सरह सुविधा देऊ

प्रारम्भिक बालविकास केन्द्रका बाल विकासका शिक्षकहरुले सरकारले आफुहरुलाई उचित सेवा सुविधाको व्यवस्था गर्न माग गरेका छन्  । प्रदेश संसदहरुको बाल विकास केन्द्र ककस समितिका सदस्यहरु र बाल विकासका शिक्षकहरुले  अन्तर्क्रियामा अन्य शिक्षक सरह सुविधा दिन  माग गरेका हुन् । हाल प्रारम्भिक बालवि ...

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास गर्नुपर्छ
२०७५ माघ १८ गते २३:१८

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास गर्नुपर्छ

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताएकी छन् । नेपालमा बुद्धिजम, हिन्दुइजम, पर्वातरोहण सम्बन्धि विभिन्न कोर्सका लागि विदेशी विद्यार्थी ल्याउन सकिनेमा उनको जोड थियो । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल(फेक ...

गुणस्तरीय इञ्जिनियरिङ शिक्षामा जोड
२०७५ माघ १८ गते २१:४१

गुणस्तरीय इञ्जिनियरिङ शिक्षामा जोड

ललितपुर । नेपाल इञ्जिनियरिङ शिक्षा गुणस्तरीय हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपालको इञ्जिनियरिङ शिक्षालाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउनुपर्ने उनीहरुको जोड छ । नेपाल इञ्जिनियरिङ कलेज सेन्टर फर पोष्ट ग्रायजुएट स्टडिज ललितपुरले शुक्रबार ललितपुरमा गरेको माष्टर्स तहमा भर्ना वि ...

रत्नराज्य माविले पायो नयाँ भवन, विद्यार्थीहरु हर्षित
२०७५ माघ १८ गते २१:१५

रत्नराज्य माविले पायो नयाँ भवन, विद्यार्थीहरु हर्षित

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले भवन क्षतिग्रस्त भएको रत्नराज्य माध्यमिक विद्यालय काठमाडौंले नयाँ भवन पाएको छ । भूकम्प प्रभावित भवनको स्थानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौं(शिक्षा)ले विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेको हो । यही माघ ...

अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन पूर्वराजालाई आह्वान
२०७५ माघ १८ गते ०९:२३

अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन पूर्वराजालाई आह्वान

काठमाडौं । अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन भन्दै पुनरुत्थानवादी शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई आह्वान गरेको छ । माघ १७ गते बिहिवार भद्रकालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी पार्टीले पूर्वराजालाई लोकतन्त्रले खोसेको अस्थायी शिक्षकको  न्याय दिलाइदिन आग्रह गरेको हो । २०६१ म्ंसिर १५ मा ५० प् ...

केन्द्र सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश र स्थानीय तहको शिक्षा अन्यौलमा
२०७५ माघ १८ गते ०८:३९

केन्द्र सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश र स्थानीय तहको शिक्षा अन्यौलमा

संघीय सरकारले शिक्षा ऐन बनाउन नसक्दा प्रदेश र स्थानीय तहको शिक्षा ऐन ल्याउने विषय अन्यौलमा परेको छ । जसको प्रत्यक्ष प्रभाव प्रदेश र स्थानीय तहको शिक्षा क्षेत्रमा परेको छ ।  नयाँ संरचना अनुसार संघीय शिक्षा ऐन नबनेकाले प्रदेश र संघमा पनि यो ऐन बन्न नसक्दा अन्यौलता सृजना भएको हो । कर्णाली प्रदेशका ...

स्कुल पुग्न र घर फर्किन ८ घण्टा
२०७५ माघ १८ गते ०८:०४

स्कुल पुग्न र घर फर्किन ८ घण्टा

अर्घाखाँची । सुन्दर बलाल ६ वर्षका भए। शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन्। उनी अक्षर चिन्दै छन्। तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन। हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ। पुग्न चार घण्टा। फर्किन चार घण्टा। त्यो पनि जंगलको बाटो, एक्ल ...

राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित
२०७५ माघ १७ गते १९:०९

राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका बीच विधेयक पारित गरेको हो । कांग्रेसको अवरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैठकमा राखेको राष्ट्रिय चिकित्सा शिक्षा विधेय ...

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी
२०७५ माघ १७ गते ०९:३२

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी

रोल्पा । रोल्पा नगरपालिका माडीचौर पहाडको ठाउँ भए पनि समथर छ । बाक्लो बस्ती रहेको यो गाउँ सदरमुकाम लिवाङपछिको सुगम गाउँ मानिन्छ । माडीचौरमै जन्मे हुर्केका वर्षमान पुन अहिले ऊर्जामन्त्री छन् भने उनकी पत्नी ओनसरी घर्ती पटक पटकका सरकारमा मन्त्री र एक कार्यकाल सभामुख पनि बनिन्। वर्षमान कै बहिनी मनक ...

भाषा आयोगमा ‘योग्यता लत्याएर नियुक्ति’
२०७५ माघ १७ गते ०९:२६

भाषा आयोगमा ‘योग्यता लत्याएर नियुक्ति’

काठमाडौँ  । सरकारले भाषा आयोगमा योग्यतै नपुगेकालाई सदस्य नियुक्त गरेको भाषाशास्त्रीले आरोप लगाएका छन् । उनीहरूले शिक्षा मन्त्रालयकी अवकाशप्राप्त उपसचिव तथा लेखक उषा हमालको नियुक्तिप्रति आपत्ति जनाएका हुन् । अन्य सदस्यसमेत विभिन्न क्याम्पसमा कार्यरत नेपाली र अंग्रेजी विषयका शिक्षकलाई नियुक्त गर ...

अस्थायी शिक्षकको जागिर गए लोकतन्त्र नै धरापमा पर्छ- अधिवक्ता काफ्ले
२०७५ माघ १६ गते ०९:५६

अस्थायी शिक्षकको जागिर गए लोकतन्त्र नै धरापमा पर्छ- अधिवक्ता काफ्ले

काठमाडौं । अधिवक्ता कोषराज काफ्लेले अस्थायी शिक्षकको जागिर गए लोकतन्त्र नै धरापमा पर्ने बताएका छन् । लामो समय देखि अस्थायी शिक्षकका पक्षमा कानूनी लडाइ लड्दै आएका अधिवक्ता काफ्लेले अस्थायी शिक्षकको जागिर गए मुलुकबाट लोकतन्त्र पनि सँगै जाने दावी गरेका हुन् । पुनरुत्थानवादी शक्तिसमूह निकट अधिवक्ता काफ् ...

के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?
२०७५ माघ १५ गते ११:०२

के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?

शिक्षक शब्द अंग्रेजी टिचर शब्दको नेपाली अनुवाद जस्तै प्रतीत हुन्छ । अर्थात्, यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ । नेपालमा शिक्षकका लागि गुरू  शब्दको प्रयोग प्राचीननकालदेखि हुँदै आएको पाइन्छ । गुरू शब्दको शाब्दिक अर्थ हुन्छ ...

सीटीईभीटी टिकाउने स्वार्थ
२०७५ माघ १५ गते ०८:२३

सीटीईभीटी टिकाउने स्वार्थ

काठमाडौँ । अनशनरत डा. गोविन्द केसीसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई टिकाइराख्ने प्रावधान राखिएको छ । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको सिफारिसलाई समेत उल्लंघन गरेर सीटीईभीटीलाई कायमै राख्न ...

८ हजार अस्थायी शिक्षकको जागिर जाँदा शिक्षक महासंघ किन चुप ?
२०७५ माघ १३ गते २२:०४

८ हजार अस्थायी शिक्षकको जागिर जाँदा शिक्षक महासंघ किन चुप ?

काठमाडौं । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले अहिले ८ हजार बढी अस्थायी शिक्षकहरु परीक्षामा फेल हुँदा समेत शिक्षक महासंघले कुनै विरोध नजनाउनु सकारात्मक भएको बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्राडा कोइरालाले शिक्षक महासंघका नेतृत्वलाई हामीले गरेका रहेनछौं भन्ने ...

शौचालयमा छैन पानी
२०७५ माघ १३ गते ०९:२६

शौचालयमा छैन पानी

बाँके । स्कुलमा हाफ छुट्टीको घण्टी बज्नेबित्तिकै रोशनी थारू शौचालय पुगिन् । त्यहाँको रित्तो बाल्टी टिपेर छिमेकीको घरनजिकै गाडिएको हयान्डपम्प तान्न थालिन् । पानीले भरिएको बाल्टी उचाल्न सकिनन् । अनि, साथीको सहारामा बाल्टी बोकेर शौचालय पसिन् । उनी पढ्ने राप्तीपारि फत्तेपुर गुलरीस्थित नेपाल राष्ट्र ...

प्रारम्भिक बालविकास रणनीति : वडा–वडामा शिशु केन्द्र
२०७५ माघ १३ गते ०९:२४

प्रारम्भिक बालविकास रणनीति : वडा–वडामा शिशु केन्द्र

काठमाडौँ । स्थानीय सरकारको मातहतमा प्रत्येक वडामा शिशु स्याहार केन्द्र स्थापना गर्न राष्ट्रिय योजना आयोगले प्रस्ताव अघि बढाएको छ । प्रारम्भिक बालविकास रणनीति (२०१९–२०३०) निर्माणको क्रममा आयोगले गर्भदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी केन्द्र सञ्चालन गर्ने अवधारणा ल्याएको हो । ...

‘डिग्री किसान’ को पीएचडी गर्ने धोको
२०७५ माघ १३ गते ०९:१९

‘डिग्री किसान’ को पीएचडी गर्ने धोको

  झापा । भीम किसान आफ्नो समुदायका एक्ला ‘डिग्री होल्डर’ हुन् । यो समुदायमा शिक्षाको पहुँच ज्यादै कम छ । एसईई पास गर्ने पाउन मुस्किल छ । भीमले अभावै अभावबीच पनि उच्च शिक्षा हासिल गरे । तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयवबाट भाषा विज्ञानमा स्नातकोत्तर गरेका भीमको अब त्यही विषयमा ...

३ वर्ष चलेको ३ सय शय्याको अस्पताल भए मात्रै मेडिकल कलेज
२०७५ माघ १३ गते ०९:१७

३ वर्ष चलेको ३ सय शय्याको अस्पताल भए मात्रै मेडिकल कलेज

काठमाडौँ । मेडिकल कलेज सञ्चालन गर्न ३ वर्ष चलेको ३ सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने प्रावधान ल्याइएको छ । विधेयकले अस्पतालको मापदण्ड पूरा नगरी मेडिकल कलेज खोल्ने विगतको अभ्यासलाई रोकेको हो । सरकार र केसीबीच विधेयकमा २२ वटा बुँदा संशोधन गर्ने सम्झौता थियो । संशोधनमा कानुनबमोजिम स्वीकृति लिई अस्पताल ...

खुट्टाकै भर
२०७५ माघ १३ गते ०९:१४

खुट्टाकै भर

रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१० की २७ वर्षीया देवीकला कठायत हिँडडुल गर्न र बोल्न सक्दिनन् । दुवै हातले सघाउँदैनन् । कानले सुने पनि पनि बोली फुटदैन । हिँड्डुल गर्न नसक्ने उनी सुनेकै भरमा खुट्टाले काम गर्छिन् । खुट्टाले लेखेर आफ्नो चाहना बताउँछिन् । आफ्ना भावना व्यक्त गर्ने माध्यम खुट्ट ...

चिकित्सा शिक्षा विधेयकको व्यवस्था : ७५ प्रतिशतसम्म छात्रवृत्ति, नसक्नेलाई ऋण
२०७५ माघ १३ गते ०९:१०

चिकित्सा शिक्षा विधेयकको व्यवस्था : ७५ प्रतिशतसम्म छात्रवृत्ति, नसक्नेलाई ऋण

काठमाडौँ ।  सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । संघीय संसद्को प्रतिनिधिसभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ ।यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा. गोविन्द केसीसँगको सम्झौताअनुसार सरकारले थप ग ...

विद्यार्थीले बनाए खेर जाने वस्तुबाट सामान
२०७५ माघ १२ गते १९:३२

विद्यार्थीले बनाए खेर जाने वस्तुबाट सामान

काठमाडौं । भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएका सामानहरुबाट उपयोगी नयाँं सामान बनाएका छन् । एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका कक्षा १ देखि ९ सम्मका सयौं विद्यार्थीले यस्तो सामान बनाएका हुन् । शुक्रबार भएको बेष्ट फ्रम वेष्ट (खेर गएको सामानबाट बनाइएको उत्कृष्ट सामग्री) वृहत प्रदर्शन ...

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !
२०७५ माघ १२ गते १८:५४

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !

काठमाडौँ ।  शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उहाँ अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ् ...

विद्यार्थीलाई दुना–टपरी कक्षा
२०७५ माघ १२ गते १८:५०

विद्यार्थीलाई दुना–टपरी कक्षा

धनकुटा । धनकुटा–७ स्थित हाम्रो बहुमुखी पाठशालामा शुक्रबार दिउँसो ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विद्यार्थीले घेरिएकी थिइन्। लक्ष्मीमाया टपरी गाँस्ने तरिका सिकाउँदै थिइन्। विद्यार्थीहरू उनले सिकाएजस्तै टपरी गाँस्न खोज्दै थिए।सबैका नजर उनको हातमा थियो। यो उमेरमा पनि उनले जोस, जाँगरका साथ वि ...

स्थायी शिक्षक अस्थायीको परीक्षामा
२०७५ माघ ११ गते ०७:५५

स्थायी शिक्षक अस्थायीको परीक्षामा

  काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा।तत्कालीन निमावि (आधारभूत) तहमा स्थायी पदमा कार्यरत मुलुकभरका ५३ ...

अस्थायी शिक्षकलाई फेल भएकाले नहटाइएको विद्यालयको दाबी, अदालतको आदेश बदलियो
२०७५ माघ १० गते ०९:५०

अस्थायी शिक्षकलाई फेल भएकाले नहटाइएको विद्यालयको दाबी, अदालतको आदेश बदलियो

काठमाडौं । विद्यालयले परीक्षामा असफल भएका कारण अस्थायी शिक्षकलाई विस्थापित नगरेको स्पष्ट पारेपछि उच्च अदालतको यस अघिको अल्पकालीन अन्तरिम आदेश बदलिएको छ । यसअघि परीक्षामा असफल भएकै कारण विस्थापित भएको भन्दै मुद्दा परेपछि अदालतले विस्थापित नगरी यथावत काममा नै लगाउन आदेश दिएको थियो । महेन्द्र राष्ट्रि ...

७७ जिल्लामा शिक्षा कार्यालय पुन:स्थापना
२०७५ माघ १० गते ०९:१५

७७ जिल्लामा शिक्षा कार्यालय पुन:स्थापना

काठमाडौँ  । सरकारले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर कामकाज अघि बढाउन सर्कुलर गरेको छ । इकाईलाई जिल्ला प्रशासन मातहतबाट हटाउने मन्त्रिपरिषदको निर्णयपछि शिक्षा मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरेको हो । गत वैशाखमा साविक जिल् ...

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या
२०७५ माघ १० गते ०९:०६

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या

ओखलढुंगा । ओखलढुंगामा हिमपात भएको छ। बुधबार बिहानैदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाँडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगा लगायतका माथिल्लो क्षेत्रमा हिमपात भएको छ।हिमपात भएसँगै बडेको चिसोका कारण स्थानीय ...

अखिल क्रान्तिकारीका सचिवलाई कुट्ने एकजना पक्राउ
२०७५ माघ १० गते ०९:०४

अखिल क्रान्तिकारीका सचिवलाई कुट्ने एकजना पक्राउ

काठमाडौँ । पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनालमाथि कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। नेकपाको कार्यालय (तत्कालिन माओवादीको केन्द्रीय कार्यालय) पेरिसडाँडाबाट फर्कने क्रममा सोमबार तीनकुनेमा आक्रमण गर्ने सङ्ग्राम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङलाई महानगर ...

विद्यालय भवन बनाउँदा भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा
२०७५ माघ १० गते ०९:००

विद्यालय भवन बनाउँदा भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा

काठमाडौँ । विद्यालय भवन निर्माण र छात्रवृति वितरणमा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा चलाएको छ । अख्तियारले चारजनाविरुद्ध साढे नौ लाख बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा चलाएको हो । सप्तरीको साविक त्रिलोक गाविस-४ स्थित राष्ट्रिय ...

छोरी जन्मे १ लाख बिमा
२०७५ माघ १० गते ०८:५६

छोरी जन्मे १ लाख बिमा

जनकपुरधाम । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिए ...

सुन्तला बेचेर पढाइ खर्च
२०७५ माघ ९ गते १७:५६

सुन्तला बेचेर पढाइ खर्च

रोल्पा नगरपालिका १० धवाङकी १० वर्षीया लक्ष्मी घर्ती विद्यालय नखुलेको दिन सधैँजसो बिहानै डोकोमा सुन्तला बोकेर लिवाङ जान्छिन् । डोकाभरि सुन्तला बोकेर घरबाट लिबाङ आउन उनलाई २ घण्टा समय लाग्छ । दिनभरी चिसो भुईमा बसेर ग्राहकको प्रतिक्षामा हुन्छिन् ।  कहिले सवै सुन्तला बेचेर फर्कन्छिन् त कहिले बचेको ...

परीक्षामा असफल अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतको आदेश
२०७५ माघ ९ गते १०:०६

परीक्षामा असफल अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतको आदेश

काठमाडौं । परीक्षामा सहभागी भई असफल भएका अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले माघ ४ गते तत्कालका लागि अस्थायी शिक्षकलाई सेवाबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतका न्यायधीश नरेन्द्रकुमार सिवाकोटीको एकल इजलाशले अन्तरिम आदेश जारी गरेको हो । ...

बीचमै छुट्छ पढाइ
२०७५ माघ ७ गते १९:०४

बीचमै छुट्छ पढाइ

सिन्धुपाल्चोक । जुगल गाउँपालिका ३ तेम्बाथानका दुई छात्र र एक छात्राले गत वर्ष ५ कक्षा पास गरे । उनीहरू थप पढ्न चाहन्थे । तर भौगोलिक विकटताका कारण पढाइ छाड्नुपर्‍यो– पासाङ शेर्पा, सार्की शेर्पा र साङ्बु शेर्पाले । गाउँको तेम्बाथान आधारभूत विद्यालयमा पाँच कक्षासम्म मात्र पढाइ हुन्छ । पंगरपु ...

त्रिविमा स्ववियु चुनावको तयारी छलफल
२०७५ माघ ७ गते १९:००

त्रिविमा स्ववियु चुनावको तयारी छलफल

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले आउँदो फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव तयारी सम्बन्धी छलफल सुरु गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार विभिन्न संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख र उपत्यका भित्रका आंगिक क्याम्पसका प्रमुखला ...

विद्यालयमा पानी बोक्न कर्मचारी
२०७५ माघ ७ गते १८:५५

विद्यालयमा पानी बोक्न कर्मचारी

पाँचथर  । विद्यार्थीलाई पिउने पानीको समस्या भएपछि तुम्बेवा गाउँपालिकामा रहेको सरस्वती आधारभूत विद्यालयले पानी ल्याउन एक जना कर्मचारी नियुक्त गरेको छ ।विद्यालयमा दैनिक तीन गाग्री पानी बोकेर ल्याउने शर्तमा स्थानीय चन्द्रकुमारी तामाङलाई मासिक ३ हजार तलब दिने गरी नियुक्त गरेको हो ।कक्षा ८ सम्म पढाइ ...