२०७६ कार्त्तिक १ गते

समाचार

  • Home
  • समाचार

All News

सामुदायिकमा प्रवेश परीक्षा
२०७५ चैत्र २५ गते ०७:५९

सामुदायिकमा प्रवेश परीक्षा

सुनसरी  । इटहरीको सामुदायिक विद्यालय जनता नमुना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा ४ देखि ९ सम्म अध्ययन गर्न शनिबार ९ सय ६ जनाले प्रवेश परीक्षा दिएका छन् । विद्यालय सञ्चालक समितिले सोचे विपरीत प्रवेश परीक्षा दिने विद्यार्थीको चाप बढी थियो । जनता स्कुल नमुना विद्यालयका लागि छनौट भएको ...

जागिर जोगाइदिन मानव अधिकार आयोगसँग अस्थायी शिक्षकको गुहार
२०७५ चैत्र २४ गते २२:१८

जागिर जोगाइदिन मानव अधिकार आयोगसँग अस्थायी शिक्षकको गुहार

काठमाडौं । अस्थायी शिक्षकहरुले आफ्नो जागिर जोगाइदिन भन्दै मानव अधिकार आयोगसँग गुहार मागेका छन् । पुनरुत्थानवादी शक्ति नेपालको अगुवाइमा १६१ अस्थायी करार शिक्षकहरुले आइतबार आयोगमा सामुहिक हस्ताक्षर सहितको गुहारपत्र बुझाएका हुन् । अस्थायी शिक्षकहरुले सर्वोच्च अदालतमा आफूहरुको मुद्दा विचाराधीन रहेको अवस ...

आधा दर्जन विद्यालयका भवन गाईगोठमा परिणत
२०७५ चैत्र २४ गते २१:२३

आधा दर्जन विद्यालयका भवन गाईगोठमा परिणत

हुम्लाका दक्षिणी क्षेत्रमा आधा दर्जन माध्यामिक विद्यालयका भवनहरु गाईगोठमा परिणत भएका छन् । झ्याल ढोका भत्किए पछि भवन जीर्ण हुँदा विद्यालयका ती भवनहरुमा स्थानीयले गाइवस्तु  हुल्न थालेपछि गाईगोठमा परिणत भएका हुन् । साविकको जिल्ला शिक्षा कार्यालयले निर्माण गरेका भवनहरु पुराना तथा स्तरीय नबन्दा जी ...

४८ जिल्ला साक्षर भइसक्दा किन चुक्यो काठमाडौं ?
२०७५ चैत्र २४ गते २०:३२

४८ जिल्ला साक्षर भइसक्दा किन चुक्यो काठमाडौं ?

काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशलाई साक्षर बनाउने सरकारको योजना पुरा गर्ने तर्फ स्थानीय सरकारले स्वामित्व लिएर कार्य ...

पक्राउ परेको २८ घण्टापछि अस्थायी करार शिक्षक रिहा
२०७५ चैत्र २३ गते ११:४६

पक्राउ परेको २८ घण्टापछि अस्थायी करार शिक्षक रिहा

काठमाडौं । रिहा भएको १५ मिनेटमै पुनः पक्राउ परेका छुट, अस्थायी करार शिक्षकहरु २८ घण्टा पछि रिहा भएका छन् । विहिवार माइतीघरमा रिले अनशनको तयारी गरिरहेका बेला विहान १० बजे पक्राउ परेका उनीहरुलाई साझँ ५ बजे छाडेको थियो । पुनः शान्तिवाटिकामा अनशन बस्न खोज्दा उनीहरुलाई रिहा भएको १५ मिनेटमै पुन पक्रा ...

पक्राउ परेका अस्थायी शिक्षकलाई तत्काल रिहा गर्न पुनरुत्थानवादी शक्तिको माग
२०७५ चैत्र २२ गते १८:४९

पक्राउ परेका अस्थायी शिक्षकलाई तत्काल रिहा गर्न पुनरुत्थानवादी शक्तिको माग

काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालले पक्राउ परेका अस्थायी शिक्षकहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि धर्ना दिन पुगेका अस्थायी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको थियो । पार्टीका नेता शेखरजंग रायमाझीले प्रेश विज्ञप्ति जारी गर्दै पक्राउ परेका अस्थायी शि ...

प्रधानमन्त्रीलाई आफ्ना माग सुनाउन बालुवाटार पुगेका अस्थायी शिक्षकहरु पक्राउ
२०७५ चैत्र २२ गते १८:१८

प्रधानमन्त्रीलाई आफ्ना माग सुनाउन बालुवाटार पुगेका अस्थायी शिक्षकहरु पक्राउ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि धर्ना दिन पुगेका अस्थायी शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । धर्ना दिन ११ बजे बालुवाटार पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरी ट्रकमा कोचेर विभिन्न प्रहरी चौकीमा लगेको छ । पक्राउ परेकाहरु मध्ये १५ जनालाई कमलपोखरी चौकीमा, ९ जनालाई दरबारमार्ग ...

भवनको अभावमा भीरमा पढ्न बाध्य
२०७५ चैत्र २२ गते ११:०४

भवनको अभावमा भीरमा पढ्न बाध्य

विद्यालयमा रहेका भवन जीर्ण र बस्न योग्य नभएपछि नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरु खुला चउर, भीर र मञ्चमा पढ्न  बाध्य भएका छन । भएका भवन प्रयोग गर्न नसकिने तथा जिर्ण भएपछि विद्यार्थीहरुलाई खुला चउर र मञ्चमै राखेर पठन–पाठन गरिएको हो । खुला चउर र भीरमा अध्ययन गर्नुपर्दा हावाहुरी चल् ...

एसईई परीक्षामा सुरक्षाकर्मी र कर्मचारीलाई पनि मोबाइल प्रतिबन्ध
२०७५ चैत्र २२ गते १०:१७

एसईई परीक्षामा सुरक्षाकर्मी र कर्मचारीलाई पनि मोबाइल प्रतिबन्ध

जनकपुरधाम । प्रदेश २ मा शुक्रबारदेखि पुनः सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाइएको छ। विहीबार जनकपुरमा बसेको प्रदेश २ को एसईई सञ्चालन समन्वय समिति बैठकले परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो।प्रश्नपत ...

रिहा भएको पन्ध्र मिनेटमै अस्थायी शिक्षकहरु पुनः पक्राउ
२०७५ चैत्र २२ गते १०:०७

रिहा भएको पन्ध्र मिनेटमै अस्थायी शिक्षकहरु पुनः पक्राउ

काठमाडौं । रिहा भएको पन्ध्र मिनेटमै अस्थायी शिक्षकहरुलाई नेपाल प्रहरीले पुनः प्रक्राउ गरेको छ ।प्रकाउ परेका शिक्षकहरुलाई महानगरिय प्रहरी प्रभाग रानीपोखरीराखिएको जनाइएको छ । बिहिबार बिहान १० बजे पक्राउ गरेर साझँ ५ बजे  छाडेको शिक्षकहरुलाई १५ मिनेट पछि पुनः शान्तिवाटिकाबाट पक्राउ गरेको हो । बिहिव ...

पक्राउ परेका छुट अस्थायी शिक्षक रिहा
२०७५ चैत्र २१ गते १७:२८

पक्राउ परेका छुट अस्थायी शिक्षक रिहा

काठमाडौं । अनशनको तयारीका क्रममा पक्राउ परेका छुट अस्थायी करार शिक्षकहरुलाई प्रहरीले रिहा गरेको छ । रिलेअनशनकै तयारीका क्रममा बिहान १० बजे पक्राउ परेका १२ जनालाई साँझ ५ बजेतिर छाडेको हो । उनीहरुलाई निषेधित क्षेत्रमा अनशन बस्न खोजेकाले पक्राउ गरिएको र आगामी दिनमा नदोह्र्याउने शर्तको कागज गरी छाड ...

एसइइ प्रश्नपत्र आउट गरेको भन्दै पक्राउ परेका ६ जना सार्वजनिक
२०७५ चैत्र २१ गते १६:५१

एसइइ प्रश्नपत्र आउट गरेको भन्दै पक्राउ परेका ६ जना सार्वजनिक

सप्तरी । प्रदेश नम्बर २ को एसइइ प्रश्नपत्र आउट गर्नेमा प्रहरी देखि शिक्षक सम्मकै संलग्नता देखिएको छ । बिहीबार प्रहरीले एसइइ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न रहेका प्रहरी र शिक्षक सहित ६ जनालाई सार्वजनिक गरेको छ । प्रदेश २ मा प्रदेश २ को १४ र १५ गतेको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र ...

रिले अनशनको तयारीमा रहेका छुट/करार शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप, दर्जनौं पक्राउ
२०७५ चैत्र २१ गते ११:४५

रिले अनशनको तयारीमा रहेका छुट/करार शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप, दर्जनौं पक्राउ

काठमाडौं । आन्दोलनरत छुट, करार अस्थायी शिक्षकहरुलाई प्रहरीले प्रक्राउ गरेको छ । विहिवार रिलेअनशनका लागि माइतीघरमा जम्मा हुँदै गर्दा प्रहरी आएर सबैलाई पक्राउ गरेको हो । पक्राउ परेका शिक्षकहरुलाई हाल महानगरिय प्रहरी सिंहदरवार शाखा अन्तर्गत अनामनगर चौकीमा राखिएको छ । विहान १० बजे नै प्रहरीले छुट, करार ...

  अपांगता  विद्यार्थीलाई साहाराको साहरा
२०७५ चैत्र २० गते १८:२५

अपांगता विद्यार्थीलाई साहाराको साहरा

निरन्तर हुम्लाको शिक्षा सुधारमा क्रियाशिल रहँदै आएको साहारा समूहले अपांगता विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । समूहद्वारा सञ्चालित हिमाली बहिरा तथा बौद्धिक अपांगता आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ठूलो परिमाणमा स्टेशनरी सहयोग पाएका हुन् । दुर्गमका विद्यार्थीहरुको पठन–पा ...

प्रभावकारी बन्दै शिक्षण सिकाइ कुना
२०७५ चैत्र २० गते १८:००

प्रभावकारी बन्दै शिक्षण सिकाइ कुना

जिल्लामै पहिलो  पटक अघि सारिएको  शिक्षण सिकाइ कुना प्रभावकारी देखिएको छ । विद्यार्थीलाई घरमा पढ्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले स्थापना गरिएको उक्त शैक्षिक कुनावाट विद्यार्थी र अभिभावकमा सकारात्मक प्रभाव पार्दै गएको छ । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ ले गत पौषमा वडा भित्रका १५६ विद् ...

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो
२०७५ चैत्र २० गते १६:२८

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई ...

परीक्षा दिएर स्थायी हुन्छौं भन्दा नि नपाएपछि छुट/करार शिक्षक पुुनः आन्दोलित
२०७५ चैत्र १८ गते १८:०६

परीक्षा दिएर स्थायी हुन्छौं भन्दा नि नपाएपछि छुट/करार शिक्षक पुुनः आन्दोलित

काठमाडौं । स्वत्तः नभइ परीक्षा दिएर स्थायी हुन्छौं भन्ने मागसमेत सरकारले नसुने पछि छुट करार शिक्षकहरु पुनः आन्दोलित भएका छन् । एकदिन अघि नियुक्ति भएका अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षा दिन पाएपनि एकदिन ढिलो हुँदासमेत छुट करार शिक्षकहरु परीक्षाबाट बञ्चित रहँदै आएका थिए । दशौंवर्ष अस्थायी रुपमा सँगै ...

 मदिरा सेवन गर्ने शिक्षकको  एक महिनाको तलब चट् !
२०७५ चैत्र १८ गते १६:४५

मदिरा सेवन गर्ने शिक्षकको एक महिनाको तलब चट् !

शिक्षकहरुले मदिरा सेवन गरेर विद्यालय गए अब  एक महिनाको तलब जरिवाना तिर्नुपर्ने भएको छ । हुम्लाको एक गाउँ कार्य पालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र रहेका सबै विद्यालयका शिक्षकहरुले मदिरा सेवन गरे एक महिनाको तलब जरिवाना गर्ने निर्णय गरेको हो । मदिरा सेवनले समाजमा हिंसा बढाउनुका साथै काम ...

स्थगित प्रदेश २ को एसइइ चैत्र २२ देखि
२०७५ चैत्र १८ गते १४:०१

स्थगित प्रदेश २ को एसइइ चैत्र २२ देखि

काठमाडौं । लगातार प्रश्नपत्र बाहिरिएपछि अनिश्चित कालका लागि स्थगित प्रदेश २ को एसइइ परीक्षा आगामी चैत २२ गतेदेखि निरन्तर हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले स्थगित परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएको विज् ...

निभ्यो न्यायको दियो : अधिवक्ता कोषराज काफ्लेको निधन
२०७५ चैत्र १६ गते १५:१६

निभ्यो न्यायको दियो : अधिवक्ता कोषराज काफ्लेको निधन

काठमाडौं । निरन्तर उत्पीडित वर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो । विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पार ...

शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द
२०७५ चैत्र १५ गते २०:५३

शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द

काठमाडौं । सरकारले शिक्षकहरुको जिल्लान्तर सरुवा बन्द गरेको छ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत्र ११ गते सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै अर्को निर्णय नभएसम्मका लागि जिल्लान्तर सरुवा बन्द गर्न निर्देशन दिएको हो । आन्तरिक स्थायीको नतिजा प्रकाशन भइरहको र दरबन्दी मिला ...

सरकारले प्रदेश २ को एसईई परीक्षा नै स्थगित गर्यो
२०७५ चैत्र १५ गते २०:०८

सरकारले प्रदेश २ को एसईई परीक्षा नै स्थगित गर्यो

काठमाडौं । लगातार प्रश्नपत्र आउट भएपछि अन्ततः सरकारले प्रदेश २ को एसईई परीक्षा नै स्थगित गरेको छ । अन्य प्रदेशहरुमा भने परीक्षा जारी नै रहने छ । शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ म ...

एसईई : मुलुकभरका प्रश्नपत्र आजै रुजु गरिने, प्रदेश २ मा अनुसन्धान गर्न सिआइबी खटाइयो
२०७५ चैत्र १५ गते १२:४१

एसईई : मुलुकभरका प्रश्नपत्र आजै रुजु गरिने, प्रदेश २ मा अनुसन्धान गर्न सिआइबी खटाइयो

काठमाडौँ । एसईईको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक त ...

अस्थायी शिक्षकहरुसँग पुनः करार नगरिने, अन्तिम नतिजासँगै स्वतः अवकास हुने
२०७५ चैत्र १४ गते १९:२४

अस्थायी शिक्षकहरुसँग पुनः करार नगरिने, अन्तिम नतिजासँगै स्वतः अवकास हुने

भक्तपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा ऐन अनुसार नै शिक्षक सेवा आयोगको अन्तिम नतिजापछि अस्थायी शिक्षकहरु स्वत्तः अवकाश हुने जनाएको छ । विहिवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गर्दै केन्द्रले अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार कार्य गर्न निर्देश ...

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द, चैत्र २२ मा पुनः परीक्षा  हुने
२०७५ चैत्र १४ गते १८:४७

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द, चैत्र २२ मा पुनः परीक्षा हुने

काठमाडौँ । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि  प्रदेश २ मा एसइइ परीक्षा अन्तर्गत बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रदेशको परीक्षा रद्द गरेको हो । रद्द भएको परीक् ...

विद्यार्थी फेल भए शिक्षकलाई कारबाहीको व्यवस्था गर्न संसदीय समितिको सिफारिस
२०७५ चैत्र १४ गते १०:१६

विद्यार्थी फेल भए शिक्षकलाई कारबाहीको व्यवस्था गर्न संसदीय समितिको सिफारिस

काठमाडौँ  । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो ।एसईईमा ५० प्रतिशतभन्दा धेर ...

रित्ता छन् शिक्षाका महाशाखा
२०७५ चैत्र १४ गते १०:०५

रित्ता छन् शिक्षाका महाशाखा

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षाअन्तर्गत पाँच वटा महाशाखामध्ये अहिले अधिकांश रित्तो छन्। महाशाखामा सहसचिव नभएपछि शिक्षा प्रशासनसँग सम्बन्धित थुपै्र काम रोकिएका छन् ।मन्त्रालयका उच्च शिक्षा महाशाखा तत्कालीन सहसचिव देवकुमारी गुरागाईं सचिवमा बढुवा भएपछि एक महिनादेखि खाली ...

परीक्षामा अनुत्तीर्ण भएपनि अस्थायी शिक्षक तत्काल नहट्ने
२०७५ चैत्र १३ गते १७:४७

परीक्षामा अनुत्तीर्ण भएपनि अस्थायी शिक्षक तत्काल नहट्ने

भक्तपुर । परीक्षामा अनुत्तीर्ण भएपनि अस्थायी शिक्षकहरु तत्काल नहट्ने भएका छन् । सरकारले उनीहरुलाई तीन महिनाका लागि करारमा पुनः नियुक्त गर्ने भएको हो । यसअघि सरकारले ६/६ महिनामा करार गर्दै आएको थियो । यसपटक भने ३ महिना थप्न लागेको हो । शिक्षा ऐनमा आन्तरिक परीक्षाको अन्तिम नतिजा आएसँगै असफल अस्थायी शि ...

माध्यमिक तहको प्रअ हुन एमफिल अनिवार्य
२०७५ चैत्र १२ गते २३:०१

माध्यमिक तहको प्रअ हुन एमफिल अनिवार्य

काठमाडौँ । शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक तहमा विभाजन गर्नुपर्ने सुझाव प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिले दिएको छ ।उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति ...

'निजी विद्यालय रहन्छन् तर नाफा कमाउन दिइन्न' – प्रवक्ता श्रेष्ठ
२०७५ चैत्र १२ गते २२:२८

'निजी विद्यालय रहन्छन् तर नाफा कमाउन दिइन्न' – प्रवक्ता श्रेष्ठ

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले निजी विद्यालयहरुलाई अब नाफा मात्रै कमाउन नदिइने बताएका छन् । निस्वार्थ भावले निजी विद्यालय सञ्चालन गर्न पाइने भएपनि नाफा मात्रै कमाउन नपाइने श्रेष्ठले स्पष्ट पारेका हुन् । शिक्षालय मासिकद्वारा आयोजित प्याब्सनका नवनिर्वाचित&nbs ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको नतिजा  सार्वजनिक (नामावली सहित)
२०७५ चैत्र १२ गते २१:४१

पाँचै विकास क्षेत्रको माध्यमिक तहको गणित विषयको नतिजा सार्वजनिक (नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।मंगलवार  आयोगले पाँचै विका ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको नेपाली विषयको नतिजा  सार्वजनिक (नामावली सहित)
२०७५ चैत्र १२ गते २१:२८

पाँचै विकास क्षेत्रको माध्यमिक तहको नेपाली विषयको नतिजा सार्वजनिक (नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।मंगलवार  आयोगले पाँचै विका ...

चिटकै भरमा एसईई
२०७५ चैत्र १२ गते १०:५१

चिटकै भरमा एसईई

जनकपुर  । विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ । प्रदेश ...

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि
२०७५ चैत्र १२ गते १०:४७

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो  ...

पाँचै विकास क्षेत्रको माध्यमिक तहको विज्ञान विषयको नतिजा  सार्वजनिक (नामावली सहित)
२०७५ चैत्र १२ गते १०:१५

पाँचै विकास क्षेत्रको माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक (नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्तर्गत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो ।सोमबार आयोगले पाँचै विकास क्षेत ...

पश्चिम, मध्यपश्चिम र सूदुरपश्चिमाञ्चलको माध्यमिक तहको अंग्रेजी विषयको  नतिजा सार्वजनिक
२०७५ चैत्र ११ गते १८:०४

पश्चिम, मध्यपश्चिम र सूदुरपश्चिमाञ्चलको माध्यमिक तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । सोमबार आयोगले पश्चिम, मध्यपश् ...

पूर्व र मध्यमाञ्चलको माध्यमिक तहको अंग्रेजी विषयको  अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)
२०७५ चैत्र ११ गते १७:४८

पूर्व र मध्यमाञ्चलको माध्यमिक तहको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक(नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । निम्नमाध्यमिक र प्राथमिक तहको नतिजा सार्वजनिक गरिसकेको आयोगले आइतवार देखि माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । सोमबार आयोगले पूर्व र मध्यमाञ ...

एसइइमा हुम्लाबाट हालसम्म कै बढी परीक्षार्थी
२०७५ चैत्र ११ गते ०७:२७

एसइइमा हुम्लाबाट हालसम्म कै बढी परीक्षार्थी

अहिले सञ्चालनमा भइरहेको माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा हुम्ला जिल्लाबाट हालसम्मै कै बढी परीक्षार्थीहरुको सहभागीता रहेको छ । पछिल्लो समय परीक्षाको फारम भरेर परीक्षामा सहभागीता जनाउने क्रम बढेपछि जिल्ला मै पहिलो पटक यति धेरै प्रतिशत परीक्षार्थीहरुको सहभागिता रहेको हो । यस पटक जिल्लाका छ वटा परीक्ष ...

रोल्पाको जेठो क्याम्पस बन्यो आंगिक
२०७५ चैत्र ११ गते ०७:१५

रोल्पाको जेठो क्याम्पस बन्यो आंगिक

रोल्पाको जेठो क्याम्पस जलजला वहुमुखी क्याम्पसलाई मध्यपश्चिमाञ्जल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा विधिवत हस्तान्तरण गरिएको छ । क्याम्पस परिसरमा आयोजत एक कार्यक्रमका सभामुख कृष्णवहादुर महराको प्रमुख आतिथ्यतामा क्याम्पसका संचालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालले मध्यपश्चिमाञ्जल विश्वविद्यालयका ...

एसइइ परीक्षा शुरु, पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी
२०७५ चैत्र १० गते ०८:४१

एसइइ परीक्षा शुरु, पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिँदै विद्यार्थी

काठमाडौं । आजबाट यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सुरु भएको छ ।  बिहान ८ बजेदेखि शुरु भएको परीक्षाको  पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको जाँच दिइरहेका छन् । संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । ...

एसईईमा नायिकादेखि सांसदसम्म
२०७५ चैत्र १० गते ०८:००

एसईईमा नायिकादेखि सांसदसम्म

काठमाडौँ । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् । पर ...

पढ्नलाई उमेरले रोक्दैन, १७ प्रौढ महिला एसईईमा सहभागी हुँदै
२०७५ चैत्र ९ गते २२:०८

पढ्नलाई उमेरले रोक्दैन, १७ प्रौढ महिला एसईईमा सहभागी हुँदै

भक्तपुर । जनयुद्धमा सामेल हुँदा बुद्धिमाया लामालाई नेताहरूले बुर्जुवा शिक्षा पढेर काम छैन भनेको जस्तै लाग्थ्यो शुरू शुरूमा, तर पछि उनले महसुस गरिन् आखिर बुर्जुवा शिक्षा भनिए पनि नपढी केही काम रहेनछ। १२ वर्षकै उमेरमा बुबा बेपत्ता भएपछि र आमाले पनि छोडेर अन्तै गएपछि उनी लहैलहैमा माओवादी जनयुद्धमा लाग ...

घरबाटै एसइइ परीक्षा !
२०७५ चैत्र ९ गते २१:५८

घरबाटै एसइइ परीक्षा !

बैतडी । यो वर्षको एसइई परीक्षामा बैतडीकी एक जना छात्राले घरबाटै परीक्षा दिने भएकी छन् । दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाडौंकी करीश्मा बोहराले घरबाटै परीक्षा दिने भएकी हुन् ।अपाङगता भएकी करीश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करीश्मालाई परीक्षा दिने व्यवस्था मिलाईएको श ...

शिक्षामन्त्री पोखरेल डिस्चार्ज
२०७५ चैत्र ९ गते २१:४०

शिक्षामन्त्री पोखरेल डिस्चार्ज

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल तीन दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका शिक्षामन्त्री पोखरेल स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।उनको सचिवालयका विनोद न्यौपानेका अनुसार मन्त्री पोखरेललाई केही ...

एसईई भोलिदेखि, छात्रा धेरै
२०७५ चैत्र ९ गते २१:३४

एसईई भोलिदेखि, छात्रा धेरै

काठमाडौँ । आइतबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा छात्रा परीक्षार्थी बढी देखिएका छन् । मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो ।शिक्षा पक्रकार सञ्जाल ( ...

मन्त्रीका आफन्तको नियुक्ति सदर
२०७५ चैत्र ९ गते २१:३०

मन्त्रीका आफन्तको नियुक्ति सदर

विराटनगर । आफन्तले नियुक्ति पाउँदा ठिक, अरूले पाउँदा बेठिक । पूर्वाञ्चल विश्वविद्यालयमा सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनले यस्तै देखिएको छ । विश्वविद्यालयको पाँच सदस्यीय कार्यकारी परिषदमा एक वर्षदेखि दुई सदस्य मात्र छन्  । तिनै सदस्यले पोखरेलका भतिजा शैलेशमणि पोखरेललाई ग ...

ट्युसनको सहारामा एसईई
२०७५ चैत्र ९ गते ०९:१३

ट्युसनको सहारामा एसईई

ताप्लेजुङ । मिक्वाखोलाकी दावा शेर्पा साँवा माविबाट एसईईमा सामेल हुँदै छिन्। राम्रो ग्रेड ल्याउन पुसदेखि फुङलिङमा बसेर उनले अंग्रेजी, विज्ञान र गणित विषयको ट्युसन पढिन्। ‘स्कुलमा त्यति राम्रो पढाइ भएन’, उनले भनिन्, ‘स्कुलमा बिदा भइरहन्छ। सरहरू पनि नियमित आउनुहुन्न। त्यसैले बेलै ...

गाउँपालिका रनिङ शिल्ड हुने
२०७५ चैत्र ८ गते २२:०२

गाउँपालिका रनिङ शिल्ड हुने

दुर्गमको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका माध्यामिक विद्यालय स्तरीय गाउँपालिका रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले केन्द्रबाट आउने थोरै अनुदान अरु आफ्नै साधन र श्रोत परिचालन गरेर उक्त प्रतियोगिता ञ्ंचालन गर्न लागेको हो । खेल क्षेत्रको बिकास ...

१६ दिनमै पुस्तकालय भवन निर्माण
२०७५ चैत्र ८ गते २१:४८

१६ दिनमै पुस्तकालय भवन निर्माण

        हुम्लामा एक विद्यालयले १६ दिनमै पुस्तकालय भवनको निर्माण कार्य सम्पन्न गरेको छ । सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा बाल मन्दिर माविले उक्त भवनको निर्माण कार्य सम्पन्न गरेको हो । आवश्यकता र काम गर्ने इच्छा शक्तिको भए काम गर्न कुनै कठिन र धेरै समय नगाल्ने उक्त ...

एसईईमा चिट चोरे ठाउँको ठाउँ कारवाही हुने
२०७५ चैत्र ८ गते २१:३७

एसईईमा चिट चोरे ठाउँको ठाउँ कारवाही हुने

गुलरिया । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्ने र चोराउनेलाई ठाउँको ठाउँ कारवाही हुने भएको छ। चैत्र १० गते देखि सुरु हुने एसईई परीक्षालाई मर्यादित, गुणस्तरिय बनाउन बर्दियामा चिट चोर्नेलगायत यसमा सहयोग गर्नेलाई कारवाही गरिने भएको हो ।परीक्षामा चिट चोर्ने परिक्षार्थी र परीक्षा हलहरुमा सहयो ...