२०७६ असोज २६ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षक बनेर आइन् नर्स
२०७६ साउन ३२ गते ०९:५३

शिक्षक बनेर आइन् नर्स

काठमाडौं। विद्यालयमा को को हुन्छन् रु विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारी । अब प्रदेश ३ का १३ जिल्लाका विद्यालयहरूमा पुगियो भने एकजना ‘नर्स’ लाई पनि पढाउँदै गरेको भेटिए अचम्म नमाने हुन्छ । उनले विद्यार्थीको प्राथमिक उपचार मात्रै गर्दिनन्, स्वास्थ्यका शिक्षक अनुपस्थित भएका दिन सरसफाइ ...

विश्वविद्यालयमा पार्टीको खल्तीबाट पदाधिकारी छान्ने प्रवृत्तिको विरोध
२०७६ साउन ३१ गते २३:४३

विश्वविद्यालयमा पार्टीको खल्तीबाट पदाधिकारी छान्ने प्रवृत्तिको विरोध

काठमाडौँ । विश्वविद्यालयहरुमा पार्टीको खल्तीबाट पदाधिकारी छान्ने प्रवृत्तिको सरोकारवालाहरुले विरोध गरेका छन् । योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्नुपर्नेमा उनीहरुको जोड थियो । शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको अन्तक्र्रिय ...

महासंघ र मन्त्रालयबिच वार्ताः इसिडि, राहत  र कर्मचारीको स्थायी प्रक्रियामा महांघको अडान
२०७६ साउन ३१ गते १८:४९

महासंघ र मन्त्रालयबिच वार्ताः इसिडि, राहत र कर्मचारीको स्थायी प्रक्रियामा महांघको अडान

  काठमाडौं । राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लग्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको छ । गत मंगलवार महासंघले शिक्षक कर्मचारीको माग पुरा गर्न भन ...

काठमाडौंमा रहेको क्याम्पसमै चौरमा पढ्न बाध्य छन् विद्यार्थी
२०७६ साउन ३१ गते १७:०७

काठमाडौंमा रहेको क्याम्पसमै चौरमा पढ्न बाध्य छन् विद्यार्थी

काठमाडौँ । २०७२ को भूकम्पले धेरै शिक्षालयमा क्षति पुर्‍यायो । बिस्तारै केही संरचना बने । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ताहाचलस्थित महेन्द्ररत्न शिक्षा क्याम्पसका ६ वटा भवन भने पुनर्निर्माण नहुँदा चौरमै कक्षा चलाउनुपरेको छ । उच्च शिक्षा अध्ययन गर्नेहरूले खुला चौरमै शोधकार्य परामर्श, विष ...

‘म शिक्षामन्त्री भएको भए नैतिकताको आधारमा राजीनामा दिइसक्थे’
२०७६ साउन ३१ गते १६:३७

‘म शिक्षामन्त्री भएको भए नैतिकताको आधारमा राजीनामा दिइसक्थे’

काठमाडौं । पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले आफैले बनाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसक्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नैतिकताको आधरमा राजीनामा दिनुपर्ने बताएका छन् । शिक्षापत्रकार समूहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा तुलाधरले भने– ‘म ...

भारतीय कलेज सम्बन्धन छल्दै, विद्यार्थी ठग्दै
२०७६ साउन ३१ गते ०९:३४

भारतीय कलेज सम्बन्धन छल्दै, विद्यार्थी ठग्दै

धनुषा । जनकपुरमा भारतीय युनिभर्सिटीको सम्बधनमा खोलिएको प्राविधिक क्याम्पसले विद्यार्थी ठगिरहेको खुलेको छ । जनकपुरको नमुना बस्तीमा भारत, अरुणाचल प्रदेशस्थित अरुणाचल युनिभर्सिटीबाट ४ वर्षअघि अध्ययनका लागि युनिभर्सिटीमा विद्यार्थी सिफारिस गर्न पाउने पत्र देखाएर जनकपुरमा विद्यार्थी भर्ना लिएर कक्षा ...

चिनियाँ भाषा सिक्ने बढ्दै
२०७६ साउन ३१ गते ०९:३१

चिनियाँ भाषा सिक्ने बढ्दै

काठमाडौँ । नेपालमा चिनियाँ भाषा पढ्नेको संख्या बढ्न थालेको छ । त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा औपचारिक पढाइ हुँदै आएको चिनियाँ भाषा पछिल्लो समय विद्यालय तहमा समेत पठनपाठन हुन थालेको छ । केही विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत राखेर अनौपचारिक रूपमा पढाउन थालेका हुन् । नेपाल र चीनबीच सम्ब ...

विश्वविद्यालयमा राजनीतिक नियुक्ति नगर
२०७६ साउन ३१ गते ०९:१९

विश्वविद्यालयमा राजनीतिक नियुक्ति नगर

काठमाडौं  । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारलगायतका उच्च पदाधिकारीको नियुक्ति हुन लागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयमा उच्च पदाधिकारी नियुक्ति योग्यता कार्यक्षमता र इमान्दारी छविका आधारमा नभई राजनीतिक आस्था र संलग् ...

विद्यालयका कर्मचारीको मृत्यु भएपछि मनकामना माविमा तालाबन्दी
२०७६ साउन ३१ गते ०९:१५

विद्यालयका कर्मचारीको मृत्यु भएपछि मनकामना माविमा तालाबन्दी

गोरखा । गोरखा नगरपालिका ९ र १० का स्थानीयबासीले मनकामना बहिरा माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन्। विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्यामा विद्यालयको संलग्नता रहेको आरोप लगाउँदै बिहीबार तालाबन्दी गरिएको मृतकका आफन्त सुवास घिमिरेले जानकारी दिए।‘करिब पाँच सय जनाको समूहमा आएका स्था ...

घुसको रकम सहित प्रअ र विव्यस अध्यक्ष पक्राउ
२०७६ साउन ३१ गते ०९:१२

घुसको रकम सहित प्रअ र विव्यस अध्यक्ष पक्राउ

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ ।  उनीहरुलाई ६५ हजार घुस रकमसहित  पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही वि ...

रिलायन्स पब्लिकको ‘नमूना राष्ट्रसंघीय महासभा’मा  विभिन्न  मुद्दामा देशहरुबीच चर्काचर्की
२०७६ साउन ३० गते २२:४६

रिलायन्स पब्लिकको ‘नमूना राष्ट्रसंघीय महासभा’मा विभिन्न मुद्दामा देशहरुबीच चर्काचर्की

  काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा २०१९ । हरेकले छातिमा आ–आफ्नो देशको परिचयपत्र टाँसेका छन् । देशको प्रतिनिधित्व गरेका सहभागीहरुले आफ्नो देशमा भएको मानव अधिकार, स्वास्थ्य, पर्यावरण, सहश्राब्दी विकास लक्ष्यमा भएको प्रगति, बेरोजगारी, आर्थिक प्रगतिको अवस्थाका बारेमा चर्काचर्की बहस गरिर ...

एसइई पुनर्योगको नतिजा सार्वजनिक, ८६३ जनाको नतिजा सच्चियो
२०७६ साउन ३० गते १९:५८

एसइई पुनर्योगको नतिजा सार्वजनिक, ८६३ जनाको नतिजा सच्चियो

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । पनिकाले यसअघि एसइई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेद ...

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन
२०७६ साउन ३० गते ०८:५८

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौँ  । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछ ...

विद्यार्थीको 'सुसाइड' नोटमा नाम उल्लेख भएका शिक्षक ५ लाख धरौटीमा रिहा
२०७६ साउन ३० गते ०८:५३

विद्यार्थीको 'सुसाइड' नोटमा नाम उल्लेख भएका शिक्षक ५ लाख धरौटीमा रिहा

कञ्चनपुर ।  महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत छात्र सुरज लेखकले आफ्नो सुसाइड नोटमा शिक्षक हरिलाल जोशीको नाम उल्लेख गरेका थिए । सुसाइड नोटमा शिक्षक जोशीको नाम उल्लेख भएपछि परिवारले उनको नाममा आत्महत्या दुरुत्साहनअर्न्तगत मुद्दा दायर गरेका थिए ।जिल्ला प्रहरी कार्यालयले मुद्दा ...

बालविवाह रोक्न र बालिका शिक्षा बढाउन ‘छोरी पेवा बचत’ कार्यक्रम
२०७६ साउन ३० गते ०८:५०

बालविवाह रोक्न र बालिका शिक्षा बढाउन ‘छोरी पेवा बचत’ कार्यक्रम

म्याग्दी  । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविवाह न्यूनीकरण र बालिकाको शिक्षामा पहुँच बढाउन ‘छोरी पेवा बचत कार्यक्रम’ सुरु गरेको छ । मौवाफाँटस्थित गाउँपालिकाको कार्यालयमा बसेको कार्यपालिका बैठकले ‘रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालन कार्यविधि’ पारित गर्दै २२ साउनदेखि ज ...

सिटिइभिटी र चक्रवर्ती कलेजको विवाद  : परीक्षा रोकिएपछि ३० विद्यार्थी अन्योलमा
२०७६ साउन ३० गते ०८:४५

सिटिइभिटी र चक्रवर्ती कलेजको विवाद : परीक्षा रोकिएपछि ३० विद्यार्थी अन्योलमा

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र भक्तपुरको राधेराधेस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमीबीचको विवादका कारण नर्सिङका ३० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । पाटन उच्च अदालतको फैसला र पटक–पटकको आदेशसमेत कार्यान्वयन नगरी सिटिइभिटीले परीक्षामा रोकेपछि विद् ...

विश्वविद्यालय सभा बालुवाटारमै, तर कुलपति अर्थात् प्रधानमन्त्री ओली आफैँ अनुपस्थित
२०७६ साउन ३० गते ०८:४१

विश्वविद्यालय सभा बालुवाटारमै, तर कुलपति अर्थात् प्रधानमन्त्री ओली आफैँ अनुपस्थित

काठमाडौं । कुलपतिका हैसियतमा आफैँले समय तोकेर बालुवाटारमै बोलाएको दुई विश्वविद्यालयको सभामा समेत प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् । मंगलबार कृषि तथा वनविज्ञान र बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा बालुवाटारमा बसेको थियो । उपत्यकाबाहिर स्थापना भएका यी दुवै विश्वविद्यालयको सभाको अध्यक्षता सह ...

‘अब महानगरका सबै सामुदायिक विद्यालयमा एकैखाले रंगरोगन’
२०७६ साउन ३० गते ०८:३६

‘अब महानगरका सबै सामुदायिक विद्यालयमा एकैखाले रंगरोगन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकैखाले रंगरोगन गर्ने योजना अघि सारेको बताएका छन् । काठमाडौं महानगरपालिकाभित्र पदस्थापन भएका माध्यामिक विद्यालय स्थायी शिक्षकको सपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै मेयर शाक् ...

छात्रा बेहोस भएपछि विद्यालय बन्द
२०७६ साउन ३० गते ०८:३२

छात्रा बेहोस भएपछि विद्यालय बन्द

गुलरिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकाको खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालयका छात्रा एक्‍कासी रुन, कराउन तथा बेहोस् हुन थालेपछि विद्यालयका शिक्षक चिन्तित भएका छन्। छात्राहरुमा रुने, कराउने र बेहोस हुने समस्या देखिएपछि विद्यालय बन्द भएको छ।विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत छा ...

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबन्डा भए जुनसुकै समय आन्दोलनः डा.केसी
२०७६ साउन ३० गते ०८:२९

विश्वविद्यालयको नियुक्तिमा दलीय भागबन्डा भए जुनसुकै समय आन्दोलनः डा.केसी

काठमाडौँ  । प्राध्यापक डा.गोविन्द केसीले विभिन्न विश्वविद्यालयको नियुक्तिमा पहिले जस्तै दलीय भागबन्डा भए जस्तो सुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै डाक्टर केसीले उक्त चेतावनी दिएका हुन् । लामो समयदेखि विश्वविद्यालय लगायत सार्वजनिक  ...

कक्षा छ, शिक्षक छैनन्
२०७६ साउन ३० गते ०८:२७

कक्षा छ, शिक्षक छैनन्

मुगु । छायानाथरारा नगरपालिका २, स्थित बालमन्दिर आधारभूत विद्यालयमा ब्रेललिपिमार्फत पठनपाठन नहुँदा दृष्टिविहीन विद्यार्थीलाई सास्ती भएको छ । ब्रेललिपिमार्फत पठनपाठन गराउने शिक्षकको व्यवस्था छैन । जसले पठनपाठन पनि प्रभावित भएको छ ।कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा दृष्टिविहीन विद्यार्थीका ...

भोलिदेखि लगातार ३ दिन सार्वजनिक बिदा
२०७६ साउन २९ गते २१:०९

भोलिदेखि लगातार ३ दिन सार्वजनिक बिदा

काठमाडौं । यसपटक महिनाकाे अन्तिममा लगातार ३ दिन विदा परेकाे छ ।भाेलि साउन ३० गते जनै पूर्णिमा तथा रक्षा बन्धन हाे । त्यसैगरी साउन ३१ गते शुक्रबार गाइजात्रा पर्व हाे । त्यसपछि महिनाकाे अन्तिम दिन यसपटक शनिवार परेकाे छ । भाेलि बिहीबार जनै पूर्णिमासँगै रक्षाबन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस पनि परे ...

सचिवसँग कार्यसम्पादन सम्झौता गर्दै शिक्षामन्त्रीले भने, प्रक्रियाका रुपमा मात्रै नबुझियोस्
२०७६ साउन २९ गते १४:५८

सचिवसँग कार्यसम्पादन सम्झौता गर्दै शिक्षामन्त्रीले भने, प्रक्रियाका रुपमा मात्रै नबुझियोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयका सचिवसँग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र विज्ञान प्रविधि सचिव कृष्णराज विसीसँग कार्यसम्पादन  सम्झौता गरेका हुन् ।  यस ...

माछा मार्न थापेको जालमा परि गयो शिक्षकसहित २ जनाको ज्यान
२०७६ साउन २९ गते १२:२३

माछा मार्न थापेको जालमा परि गयो शिक्षकसहित २ जनाको ज्यान

स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलामा माछा मार्न थापेको जालमा परि मानिसकै ज्यान गएको छ । माछा मार्न थापेको जालमा परि २ जनाको ज्यान गएको हो । ज्यान जानेमा चापाकोट-५ का ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेरहेको प्रहरीले जनाएको छ । मृतक द्वय माछा मार्न खोलामा गएका तर जालमा बेरिएर दुबैको ज् ...

बालविवाह गर्नेलाई विद्यालयमा प्रतिबन्ध
२०७६ साउन २९ गते १२:१७

बालविवाह गर्नेलाई विद्यालयमा प्रतिबन्ध

सल्यान । बालविवाह गर्नेलाई जिल्लाको एक स्कुलमा प्रतिबन्ध लगाइएको छ। कम उमेरमै बिवाह गर्ने बढेपछि बालविवाह गर्नेलाई निषेध गरिएको हो। शिद्दकुमाख गाउँपालिकामा रहेको निराजन मावि ढोरचौरले विद्यालयमा अध्ययनरत बालबालिकाले बालबिवाह गरेमा विद्यालयमा पढ्न नपाइने गरी रोक लगाएको हो।विद्यालयले बालविवाह सम्ब ...

स्थानीय पाठ्यक्रमको प्रभाव सकारात्मक
२०७६ साउन २९ गते १२:१३

स्थानीय पाठ्यक्रमको प्रभाव सकारात्मक

भक्तपुर । जेन्युइन सेकेण्डरी स्कुल भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छात्र नुर कवाँले कुनै बेला भक्तपुरको प्रख्यात स्थानीय खेलका बारेमा सुनेका थिएनन्।  तर कवाँले अहिले त्यो खेलको नाम मात्रै होइन खेल नै खेल्न जान्ने भइसकेको छन्।  भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेपछि कवाँले नाम ...

राहत, इसिडि शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्न  शिक्षक महासंघको २४ घण्टे अल्टिमेटम
२०७६ साउन २९ गते ००:१०

राहत, इसिडि शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्न शिक्षक महासंघको २४ घण्टे अल्टिमेटम

नेपाल शिक्षक महासंघले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका समस्या सम्झौता बमोजिम समाधान गर्न शिक्षा मन्त्रालयलाई २४ घण्टे अल्टिमेटम दिएको छ । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई अल्टिमेटम पत्र बुझाउँदै शिक्षक महासंघले राहत, द्वन्द्वपीडित, इसिडि शिक्षकलगायत विद्यालयकर ...

एलएलएम प्रवेश परीक्षामा दोहोर्याएर नतिजा, चलखेलको आशंकामा डिन कार्यालयमा तालाबन्दी
२०७६ साउन २८ गते २२:५३

एलएलएम प्रवेश परीक्षामा दोहोर्याएर नतिजा, चलखेलको आशंकामा डिन कार्यालयमा तालाबन्दी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानुन संकायले सार्वजनिक  गरेको एलएलएम प्रवेश परीक्षाको नतिजामा चलखेलल भएकको भन्दै विद्यार्थीहरुले डिन कार्यालयमा तालाबन्दी गरिरदिएका छन् । डिन कार्यालयले नतिजा दोहोर्याएर प्रकाशिशत गरेपछि विद्यार्थीहरूले मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा रहेक ...

सामुदायिक स्कुलमा प्रमाणपत्रको २ हजार
२०७६ साउन २८ गते २०:४३

सामुदायिक स्कुलमा प्रमाणपत्रको २ हजार

धनुषा  । जनकपुरस्थित सकल भवन कन्या माविका विद्यार्थी आँचल साहलाई प्रमाणपत्रका लागि विद्यालयले २ हजार रुपैयाँको बिल थमायो । उनका अभिभावकले जनकपुरधाम उपमहानगरपालिकामा प्रमाणपत्रको पैसा असुलेको गुनासो गरे । ‘हामी रिक्सा चलाएर परिवार पालिरहेका छौं । पैसा लाग्दैन भनेर छोरीलाई सरकारी विद्यालयमा ...

सांसद बस्नेतको सरकारलाई प्रश्न, विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक दिनु पर्दैन ?
२०७६ साउन २८ गते २०:११

सांसद बस्नेतको सरकारलाई प्रश्न, विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक दिनु पर्दैन ?

काठमाडौं । विद्यालयमा कार्यत पियन, पाले, लेखापालको तलबको सम्बन्धमा संसदमा कुरा उठेको छ । पूर्वमन्त्री समेत रहेका सल्यानका सांसद टेकबहादुर बस्नेतले विद्यालय कर्मचारीको न्यून तलब सुविधा बारे संसदमा कुरा उठाएका हुन् । सरकारले उद्योग र कम्पनीहरुलाई कार्यरत कामदारलाई न्यूनतम पारिश्रमिक दिन अनिवार्य गरेपन ...

विद्यालयका कर्मचारी मृत फेला
२०७६ साउन २८ गते १६:१८

विद्यालयका कर्मचारी मृत फेला

गोरखा । गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यमिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक ...

६७२ उपप्राध्यापक नियुक्ति गर्न तय गरिएको परीक्षा अचानक स्थगित
२०७६ साउन २८ गते १६:०९

६७२ उपप्राध्यापक नियुक्ति गर्न तय गरिएको परीक्षा अचानक स्थगित

काठमाडौं । ६ सय ७२ जना उपप्राध्यापक नियुक्त गर्न तय गरिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले फेरि स्थगित गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले एक सूचना जारी गर्दै परीक्षाको तयारी नपुगेका कारण उपप्राध्यापक पदको परीक्षा स्थगित गरिएको जानकारी दिएको छ । तर, पटक पटक परीक्षा स्थगित भएपछि यसलाई मान्छेहरुले ...

जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय
२०७६ साउन २८ गते ११:०४

जुम्लामा नेकपा र कांग्रेसले फुटाए विद्यालय

जुम्ला । विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन् । हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भ ...

शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दे सर्वोच्चमा मुद्दा
२०७६ साउन २८ गते ११:००

शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दे सर्वोच्चमा मुद्दा

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । मुद्दाको पेशी भोलि बुधबार १० बजेका लागि तोकिएको छ ।  शिक्षक सेवा आयोगले खुला ...

शैक्षिक गुणस्तर सुधारका लागि  जुटे  स्थानीय सरकार,  १९ बुँदे घोषणा पत्र जारी
२०७६ साउन २८ गते १०:५४

शैक्षिक गुणस्तर सुधारका लागि जुटे स्थानीय सरकार, १९ बुँदे घोषणा पत्र जारी

चितवन । चितवनको शैक्षिक गुणस्तर सुधारको लागि जिल्लाका सात स्थानीय तह एकजुट भएका छन । रत्ननगर नगरपालिकाले आयोजना गरेको शिक्षाको व्यवहारिक तथा कानुनी पक्षमा देखिएका चुनौति र सामधान विषयक अन्तक्रिया कार्यक्रम पछि सात स्थानीय तहले शिक्षाको सुधारको लागि एकजुट हुने निर्णय गरेका हुन । शिक्षाको गुणस्त ...

घुुससहित शिक्षक पक्राउ
२०७६ साउन २८ गते १०:३८

घुुससहित शिक्षक पक्राउ

दाङ । दाङका एक शिक्षक घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियारको टोलीले सोमबार घोराहीस्थित माध्यामिक बिद्यालय रझेनाका शिक्षक गणेश केसीलाई नियन्त्रणमा लिएको हो।अख्तियार अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले शिक्षक केसीलाई १० हजार रकम घुस सहित पक्राउ गरेको जनाएको छ। डिप्लोमा ई ...

गणित र अंग्रेजीमा विद्यार्थी कमजोर
२०७६ साउन २८ गते १०:२७

गणित र अंग्रेजीमा विद्यार्थी कमजोर

काठमाडौँ । विद्यालय तहको परीक्षामा सबभन्दा बढी विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा कमजोर देखिएका छन् । कक्षा १० (एसईई) र कक्षा १२ को नतिजामा ती विषयमा धेरै विद्यार्थीले कम ग्रेड प्राप्त गरेका छन् । एसईई परीक्षामा गणितमा सीभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या उच्च रहेको परीक् ...

पुनर्निर्माण नहुँदा चौरमै प्राज्ञिक कक्षा
२०७६ साउन २८ गते १०:२१

पुनर्निर्माण नहुँदा चौरमै प्राज्ञिक कक्षा

काठमाडौँ । २०७२ को भूकम्पले क्षति पुगेका धेरै शिक्षालयमा नयाँ संरचना बनेका छन् । तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ताहाचलस्थित महेन्द्ररत्न शिक्षा क्याम्पसका ६ वटा भवन पुनर्निर्माण नहुँदा शिक्षकले चौरमै बसेर विद्यार्थीको शोधकार्य परामर्श, विषयगत अभ्यासजस्ता प्राज्ञिक कार्य गर्न/गराउँदै आएका ...

गाउँपालिका र विद्यालय एउटै भवनमा
२०७६ साउन २८ गते १०:१४

गाउँपालिका र विद्यालय एउटै भवनमा

पाँचथर । आठ कोठा भएको एक तले भवन । माथिल्लो तलाको चार कोठामा गाउँपालिका कार्यालय त्यसको ठिक तल विद्यालयका कक्षा कोठा । माथिल्लो तलमा दैनिक सेवाग्राहीको घुइँचो हुन्छ । सभाहलमा कुनै न कुनै बैठक, सेमिनार, गोष्ठी र कार्यक्रम सञ्चालन भइरहेको हुन्छ । त्यस ठिक तल शिक्षकहरु खचाखच भरिएका कोठामा अध्यापन गराइर ...

शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउँदै
२०७६ साउन २७ गते २१:४९

शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपत्यकास्तरिय संयुक्त जिल्ला परिषद्मा बोल्दै मन्त्री पोखरेलले अबको केही समयमै नयाँ शिक्षा नीति आउने ...

 पराजुली र संग्रौलालाई एजुकेशन जर्नालिष्ट अवार्ड
२०७६ साउन २७ गते १८:३५

पराजुली र संग्रौलालाई एजुकेशन जर्नालिष्ट अवार्ड

काठमाडौ । पन्ध्रौ वाइ वाइ नेशनल अवार्ड अन्तर्गतको एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला पुरस्कृत भएका छन् । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सोमबार भएको एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्न पुष्पकमल ...

सत्येन्द्र नाथ बोस, जसले १०० पुर्णाङ्कमा ११० अंक ल्याए
२०७६ साउन २७ गते १६:३७

सत्येन्द्र नाथ बोस, जसले १०० पुर्णाङ्कमा ११० अंक ल्याए

एजेन्सी ।  भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए । बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो । प्रारम्भिक शिक्षा घर नजिकैको स्कुलमा लिएपछि उनलाई हिन्दु स ...

प्रअ हुन तीब्र प्रतिस्पर्धा चलेपछि महिनौदेखि शिक्षकले तलबै पाएनन्
२०७६ साउन २७ गते १६:२७

प्रअ हुन तीब्र प्रतिस्पर्धा चलेपछि महिनौदेखि शिक्षकले तलबै पाएनन्

पाल्पा । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभा ...

एमबिएसको प्रश्नपत्र आउट गर्ने ५ जना पक्राउ
२०७६ साउन २७ गते १६:११

एमबिएसको प्रश्नपत्र आउट गर्ने ५ जना पक्राउ

जनकपुर । जनकपुरमा एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका ...

त्रिविका महंगा कोर्समा पनि छात्रवृत्ति अनिवार्य, नेविसंघको पहल
२०७६ साउन २७ गते ०९:५९

त्रिविका महंगा कोर्समा पनि छात्रवृत्ति अनिवार्य, नेविसंघको पहल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिवि अन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागु गराउने भएको छ ।नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसंग भएको वार्तापश्चात त्रिविले आंगिक तथा सम्बन्धन ...

बालविवाह रोक्न ‘बालकचहरी’
२०७६ साउन २७ गते ०९:५५

बालविवाह रोक्न ‘बालकचहरी’

पर्वत । सञ्चारसँगै सामाजिक सञ्जालको बढ्दो उपयोगले बालविवाहको दर झन् बढ्दै गएकोप्रति सरोकारवालाले चिन्ता जनाएका छन् । मोदी गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा बढ्दो बालविवाह रोक्न अपनाउनुपर्ने सावधानिबारे धेरैले बहस गरे । गाउँपालिकाको चारवटा वडाभित्रका पाँच विद्यालयका बालबालिका सहभागी भए । वि ...

एउटा शिक्षकका भरमा विद्यालय
२०७६ साउन २७ गते ०९:५२

एउटा शिक्षकका भरमा विद्यालय

बेझाड । तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ । यहाँ छ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।विद्यालयमा महीनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ । अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ । चालू शैक्षिक सत्रमा छ विद्यार्थी विद्यालय ...

युवा सबल बन्न शिक्षामा रूपान्तरण जरुरी
२०७६ साउन २७ गते ०९:४७

युवा सबल बन्न शिक्षामा रूपान्तरण जरुरी

काठमाडौँ । नेपालमा वर्षौंदेखि शिक्षा प्रणाली उपयुक्त भएन भन्ने आवाज उठिरहेको सन्दर्भमा यो विषयलाई विश्वव्यापीरूपमै उठाइएको छ । युवालाई सबल बनाउन शिक्षामा रूपान्तरणको अनुभूत गरी २० औँ अन्तर्राष्ट्रिय युवा दिवसको नारा तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्ष युवा दिवसको नारा शिक्षामा रूपान्तरण तय ग ...

पेचिलो भयो शिक्षक दरबन्दी
२०७६ साउन २७ गते ०९:१६

पेचिलो भयो शिक्षक दरबन्दी

काठमाडौँ  । काठमाडौँको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर एक जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनुपात ७.५ः१ छ ।  संस्कृत माविसँगै रहेको दरबार हाइस्कुलको पनि स्थिति उही छ । त्यस माव ...

स्वास्थ्य शिक्षण संस्था मापदण्डविपरीत
२०७६ साउन २७ गते ०९:०६

स्वास्थ्य शिक्षण संस्था मापदण्डविपरीत

काठमाडौँ  । राजधानीमा सञ्चालित केही स्वास्थ्य शिक्षण संस्थाले मापदण्ड मिचेको भेटिएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले शिक्षण संस्थामा गरेको निरीक्षणले ती संस्था मापदण्डविपरीत चलेको देखिएका हुन् । परिषद्ले बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजमा निरिक्षण गर्दा डेन्टल ल्याब विद्यार्थी संख्या र पूर ...