२०७६ मंसिर २ गते

समाचार

  • Home
  • समाचार

All News

बालकक्षा शिक्षकको तलब ‘दोब्बर’
२०७६ कार्त्तिक ३१ गते १२:१०

बालकक्षा शिक्षकको तलब ‘दोब्बर’

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उनीहरूले मासिक ६ हजार रुपैयाँ मात्र पाउँदै आएकामा हालै सार्वजनिक राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्रारम्भिक बालकक्षामा अध्यापन गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई श्रम ऐनले तोकबमोजिम न्यूनतम पारिश्रमिक ...

विद्यालय ४११, शिक्षक दरबन्दी १७२
२०७६ कार्त्तिक ३१ गते १२:०४

विद्यालय ४११, शिक्षक दरबन्दी १७२

काठमाडौँ  । अपांगता भएका बालबालिका मात्रै पढाउने विद्यालय मुलुकभरमा ३४ वटा छन् । अरू कक्षा सञ्चालनसँगै अपांगताका छुट्टै कक्षा ३ सय ८० विद्यालयमा छन् । यी सबैका लागि सरकारले नियुक्ति दिएका शिक्षक भने १ सय ७२ जना मात्रै छन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको विशेष शिक्षा परिषद्अन्तर्गत नियुक्ति ...

शिक्षामा बजेट वृद्धि गर्ने योजना
२०७६ कार्त्तिक २९ गते ११:०४

शिक्षामा बजेट वृद्धि गर्ने योजना

काठमाडौँ । ओरालो लागेको शिक्षाको बजेटलाई वृद्धि गर्ने महìवाकाङ्क्षी योजना तयार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय प्रारूप सन् २०२०–२०३० (२०७६–२०८७) स्वीकृत गरेको छ । सो प्रारूपमा अन्तिम वर्ष अर्थात् आगामी २०८७ सम्ममा शिक्षामा कुल बजेटको २० प ...

परीक्षामा फेल भएको भन्दै शिक्षकले कुट्दा १४ वर्षीया छात्रा घाइते
२०७६ कार्त्तिक २९ गते १०:४८

परीक्षामा फेल भएको भन्दै शिक्षकले कुट्दा १४ वर्षीया छात्रा घाइते

विराटनगर । विराटनगरमा एक निजी स्कुलका शिक्षकले सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि निर्घात कुटपिट गरेका छन् ।  विराटनगर महानगरपालिका ४ राजवंशी चोकमा रहेमा अर्पण स्कुल शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत बूढीगंगा गाउँपालिका २ टंकीसिनवारी घर भएकी रोश्नी भण्डारीलाई पाइपले कुट ...

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा
२०७६ कार्त्तिक २९ गते १०:४५

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन्। मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा यस्तो व्यवस्था गरिएको छ।यसअघि शिक्षकलाई बढुवाको व्यवस्था थिएन। यो व्यवस्था कार्यान्वयनमा आएपछि तल्लो तहमा कार्यरत शिक्षक कार्य सम्पादनक ...

शिक्षक सधैं अनियमित
२०७६ कार्त्तिक २९ गते १०:४१

शिक्षक सधैं अनियमित

मुगु । मंगलबार बिहान १० बजेसम्म विद्यालयका सबै ढोका बन्द थिए। विद्यार्थीहरू विद्यालयको खेलमैदानमा खेल्दै थिए। करिब ११ बजेपछि मात्रै बालविकास कक्षाकी सहजकर्ता मायादेवि भट्ट हतार–हतार विद्यालयभित्र प्रवेश गरिन्। र विद्यालयका सबै कक्षाकोठा खोलिन्।यो दृश्य हो, सोरु गाउँपालिका—६ जिमा गाउ ...

बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएन !
२०७६ कार्त्तिक २७ गते ०९:३०

बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएन !

बैतडी । आधारभूत तहको विद्यालय व्यवस्था गर्ने जिम्मा वडा कार्यालयको हो । वडा कार्यालयको सचिव बुवा र दुई छोरा मध्ये एक स्कुलको हेड मास्टर र अर्का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ तर, सोही वडाका विद्यार्थीले शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि पढ्ने किताब पाएका छैनन् ।यो दुर्दशा बैतडीको सिगा ...

अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने
२०७६ कार्त्तिक २७ गते ०९:२८

अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने

बझाङ ।  बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन ।संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशु ...

मेडिकल कलेजलाई कारबाही गरिँदै
२०७६ कार्त्तिक २७ गते ०९:२५

मेडिकल कलेजलाई कारबाही गरिँदै

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ । गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर ...

स्कुल जानु छ खाली खुट्टा
२०७६ कार्त्तिक २७ गते ०९:१३

स्कुल जानु छ खाली खुट्टा

बाँके । २१ कात्तिक २ बजे। बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए। टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे।थोरै अलकत्रा छर्केर कालो ...

जाडो छल्न उपल्लो मुस्ताङका स्कुल बेसी झरे
२०७६ कार्त्तिक २७ गते ०९:११

जाडो छल्न उपल्लो मुस्ताङका स्कुल बेसी झरे

जोमसोम । समुन्द्री सतहदेखि करिव ५ हजार मिटरको उचाइमा अवस्थित उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् ।हिउँदसँगै उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेकाले जाडो छल्न यी सामुदायिक तथा गुम्बा स्कुल बेसी झर्न बाध्य भएका हुन् ।उपल्लो मुस्ताङको उत्तरी लोमान्था ...

एउटै कोठामा पाँचवटा कक्षा
२०७६ कार्त्तिक २५ गते १०:३१

एउटै कोठामा पाँचवटा कक्षा

सल्यान । एउटा कोठामा कतिवटा कक्षा हुन्छन् ? पूर्वाधारको अवस्थाअनुसार उत्तर फरक फरक आउन सक्छ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका कक्षा सञ्चालनमा छ । यहाँ १७ वर्षदेखि रहेको सुस्तश्रवण स्रोत कक्षालाई यसरी चलाउने गरिएको हो । एउटा कोठामा कतिवटा कक्षा हुन्छ ...

विद्यालय र शिक्षक मिलानमा समस्या
२०७६ कार्त्तिक २५ गते १०:१५

विद्यालय र शिक्षक मिलानमा समस्या

रोल्पा । नगरभित्रको शैक्षिक अवस्था सुधार्न रोल्पा नगरपालिकाको शिक्षा समितिले विद्यालय गाभ्ने, विषयगत शिक्षकको दरबन्दी मिलान गर्ने र विद्यार्थीको संख्याअनुसार शिक्षकको दरबन्दी कायम गर्ने प्रक्रिया अघि सारेको छ । तर, कार्यकर्ताकै दबाबले जनप्रतिनिधिले त्यो नीति कार्यान्वयनमा चासो देखाएनन् । त्यसले ...

संघीय शिक्षा बन्ने बाटो खुल्यो
२०७६ कार्त्तिक २५ गते ०९:५६

संघीय शिक्षा बन्ने बाटो खुल्यो

काठमाडौँ । संघीय शिक्षा ऐन जारी नहुँदा स्थानीय तहले आफैं ऐन बनाएका छन् । संघले ढिलाइ गरेपछि प्रदेश र स्थानीय तहले आफूलाई अनुकूल हुने गरी कानुन बनाएका हुन् । शिक्षा मन्त्रालयले ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ बिहीबार जारी गरेको छ भने ऐन बन्न संसद्को हिउँदे अधिवेशन कुर्नुपर्ने जनाएको छ  ...

ठडियो नमूना विद्यालयको भवन
२०७६ कार्त्तिक २२ गते २१:२९

ठडियो नमूना विद्यालयको भवन

  ठोकर्पा । ठोकर्पामा बाघभैरव माविको अत्याधुनिक भवन ठडिएको छ। भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन बनेको हो।सरकारद्धारा नमूना घोषित विद्यालय भएकाले यो विद्यालय अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको व्यवस्थापन समितिका अध ...

शिक्षा मन्त्रालयद्वारा राष्ट्रिय शिक्षा नीति पारित भएको दाबी, हेर्नुहोस् मुख्य बुंदाहरु
२०७६ कार्त्तिक २२ गते २१:०७

शिक्षा मन्त्रालयद्वारा राष्ट्रिय शिक्षा नीति पारित भएको दाबी, हेर्नुहोस् मुख्य बुंदाहरु

  सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले  पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले ...

नयाँ भवनले भुलायो बारपाकका विद्यार्थीको भूकम्पको पीडा
२०७६ कार्त्तिक २० गते १०:३०

नयाँ भवनले भुलायो बारपाकका विद्यार्थीको भूकम्पको पीडा

४ वर्ष देखि अस्थायी टहरामा पढ्दै आएका माइकोट मावि बारपाक सुलीकोट–ताकुकोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ५ करोड लागतको १७ कोठे नयाँ भवन विद्यालयलाई हस्तान ...

नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदबहाली
२०७६ कार्त्तिक २० गते ०८:४९

नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदबहाली

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उनले पदबहाली गरेका हुन् ।प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आईतबार उनलाई उपकुलपतिमा नियुक्ति गरेका थिए । सोमबार नियुक्ति पत्र बुझेर उनले पदभार ग ...

विव्यस अध्यक्ष बन्न स्नातक अनिवार्य
२०७६ कार्त्तिक १९ गते ०९:५२

विव्यस अध्यक्ष बन्न स्नातक अनिवार्य

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता तोकेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावलीमा माध्यमिक तहको विद्यालय सञ्चालक समिति अध्यक्ष बन्नका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समिति ...

त्रिवि उपकुलपतिमा बाँस्कोटा नियुक्त मेडिकल काउन्सिलमा कोइराला
२०७६ कार्त्तिक १९ गते ०९:४६

त्रिवि उपकुलपतिमा बाँस्कोटा नियुक्त मेडिकल काउन्सिलमा कोइराला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा र नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गरेका हुन् । ‘बाँस्कोटालाई उपकुलपति नियुक्त गर्ने ...

मेडिकल विद्यार्थीको चेतावनी– परीक्षा नसारे बहिष्कार
२०७६ कार्त्तिक १९ गते ०९:४४

मेडिकल विद्यार्थीको चेतावनी– परीक्षा नसारे बहिष्कार

काठमाडौँ । अतिरिक्त शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी दिएका छन् । त्रिविअन्तर्गतका कलेजमा अध्ययनरत उनीहरूले आन्दोलनका क्रममा पठनपाठन प्रभावित भएको भन्दै परीक्षा सार्नुपर्ने माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालय ...

पाठ्यपुस्तकमा बेल विवाहदेखि वाग्मती सभ्यतासम्म
२०७६ कार्त्तिक १९ गते ०९:४०

पाठ्यपुस्तकमा बेल विवाहदेखि वाग्मती सभ्यतासम्म

काठमाडौँ । तल उल्लेखित गीत काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई तयार गरेको पुस्तकमा राखिएको छ । गीतमा नगरपालिकाको जातजाति, भाषा, सम्पदा, पर्यटकीयस्थल, जात्रा पर्व, धर्मलगायतलाई समेटिएको छ । जातजाति अनेकौं छन्, अनेकौं छन् भाषा,गोकर्णेश्वर क्षेत्र हाम्रो मनमुटु स ...

उपमहानगरको आफ्नै कलेज
२०७६ कार्त्तिक १७ गते १२:०१

उपमहानगरको आफ्नै कलेज

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर कलेज सञ्चालन गर्ने तयारी गरेको हो।अटो मोबाइल इन्जिनियरिङ र होटल म्यानेजमेन्टमा तीन वर्षे डिप्लोमा तहको कोर्स पढाउने गरी उपमहानगर ...

१५ लाख छात्रालाई निःशुल्क स्यानिटरी प्याड
२०७६ कार्त्तिक १७ गते ११:२५

१५ लाख छात्रालाई निःशुल्क स्यानिटरी प्याड

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको हो । कक्षा ६ देखि १२ सम्मका छात्रालाई आगामी मंसिरदेखि प्याड उपलब्ध गराइने शिक्षा मन्त्रालयले जनाए ...

सातै प्रदेशमा ‘फरक’ विद्यालय
२०७६ कार्त्तिक १७ गते ११:२१

सातै प्रदेशमा ‘फरक’ विद्यालय

काठमाडौँ । अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन् । नमुना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको मनकामना बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय, सुर्खेतको सिद्ध बहिरा विद्यालय र ...

उपकुलपतिमा ७० भन्दा बढीको आवेदन
२०७६ कार्त्तिक १६ गते १२:१७

उपकुलपतिमा ७० भन्दा बढीको आवेदन

काठमाडौं  । ६ विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्तिका लागि आवेदन दिने म्याद सकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक ७ मा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्यको आवेदन मागेको थियो । शुक्रबार म्याद सकिएलगत्तै उपकुलपतिको नाम सिफारिस समिति बैठकले आवेदन रुजु गर्ने निर्णय गरे ...

वनकरिया बालबालिका शिक्षाको पहुँचमा
२०७६ कार्त्तिक १५ गते १२:३२

वनकरिया बालबालिका शिक्षाको पहुँचमा

हेटौंडा  । एक दशकअघिसम्म वनकरिया बस्तीबाट स्कुल पढ्न जानेको संख्या दुई जना मात्र थियो । बाँकी बालबालिका जंगलमा कन्दमूल खोज्ने, खोलामा दिनभर माछा मार्ने र गोठाला जाने गर्थे । तर, अहिले स्थिति फेरिएको छ । वनकरिया बस्तीमा पढ्ने उमेरका सबै बालबालिका स्कुल जान थालेका छन् । लोपोन्मुख जाति वनकरियाको ब ...

सामुदायिकमा प्राविधिक शिक्षा
२०७६ कार्त्तिक १५ गते १२:२१

सामुदायिकमा प्राविधिक शिक्षा

बुटवल ।  प्राविधिक शिक्षामा आकर्षण बढेपछि निजी विद्यालय छाडेर सामुदायिकमा अध्ययन गर्नेको संख्या बढ्दै गएको छ । बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुन्छ ।गुल्मीको शान्तिपुरकी सुस्मिता पुन अहिले यहीँ सिभिल इन्जिनियरिङ पढ्दै छिन् । नर्सरीदेखि ...

मेडिकल कलेजविरुद्ध सरकारको तयारी : रकम नफर्काए मुद्दा, भर्ना नलिए खारेजी
२०७६ कार्त्तिक १५ गते ११:३१

मेडिकल कलेजविरुद्ध सरकारको तयारी : रकम नफर्काए मुद्दा, भर्ना नलिए खारेजी

काठमाडौँ । अतिरिक्त शुल्क फिर्ता गराउन विद्यार्थीको आन्दोलन झन् चर्किएपछि सरकारले मेडिकल कलेजविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने भएको छ । तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने कलेज सञ्चालकलाई जिल्ला प्रशासनमार्फत ठगी मुद्दामा कारबाही गर्न लागिएको हो । कलेजहरूले बढाइएको शुल्क कम भएको जिकिर गर्दै ...

शिक्षालाई सीपमूलक बनाऔं : उपराष्ट्रपति
२०७६ कार्त्तिक १५ गते ११:२५

शिक्षालाई सीपमूलक बनाऔं : उपराष्ट्रपति

सिन्धुपाल्चोक । उपराष्ट्रपति नन्दकिशोर पुनले शिक्षालाई वैज्ञानिक बनाउनेतर्फ सरकारले जोड दिनुपर्ने बताएका छन् । चौतारा साँगाचोकगढी १२ साँगाचोक बजारस्थित जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटनका क्रममा बिहीबार उनले शैक्षिक समृद्धिका लागि व्यावसायिक, प्राविधिक र सीपयुक्त शिक्षा आवश्यक भएको उल्ले ...

  स्थानीय सरकारले शिक्षक नियुक्ति गर्न नपाउनु,  संविधान विपरितको हर्कत
२०७६ कार्त्तिक १४ गते १२:४०

स्थानीय सरकारले शिक्षक नियुक्ति गर्न नपाउनु, संविधान विपरितको हर्कत

स्थानीय तहहरूले अब सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्न नपाउने भएका छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई शिक्षक नियुक्तिमा रोक लगाएको हो । मन्त्रालयले असोज २९ गते ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेर शिक्षक नियुक्ति नगर्न÷नगराउन निर्देशन दिएको हो । ...

मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क
२०७६ कार्त्तिक १४ गते ११:२६

मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क

काठमाडौँ  । सरकारले तोकेको समयसीमा सकिँदा पनि निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीसहित गत असोज ६ गते बसेको बैठकले एक महिनाभित्र रकम फिर्ता गर्न ...

विद्यालय भवनमा गाउँपालिका
२०७६ कार्त्तिक १४ गते ११:२१

विद्यालय भवनमा गाउँपालिका

खोटाङ । केपिलासगढी गाउँपालिकाले विद्यालयको भवनबाट कामकाज गरिरहेको छ । आफ्नो भवन नभएपछि पृथ्वी माविको भवनबाट कामकाज गरिरहेको हो । आफ्नो भवन नभएकाले विद्यालयको भवनबाट कामकाज गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । राईका अनुसार उपाध्यक्षको कार्यकक्ष, सभाहल, वडा नं ४ को वडा कार्य ...

प्रविधिमैत्री कक्षा सञ्चालनका लागि साँस्कृतिक कार्यक्रम
२०७६ कार्त्तिक ११ गते १३:०८

प्रविधिमैत्री कक्षा सञ्चालनका लागि साँस्कृतिक कार्यक्रम

खोटाङ । खोटाङमा नमूना विद्यालयको परिचय बनाएको ज्योती माबिले विद्युतीय कक्षा सञ्चालन एवं विद्यालय साजसज्जा व्यवस्थापनका लागि तिहारको अवसर पारेर साँस्कृतिक अभियान सुरु गरेको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबिले शैक्षिक विकासमा प्रयोगात्मक विद्युतीय कक्षा तथा साज ...

खेल्दै–पढ्दै बालबालिका
२०७६ कार्त्तिक ११ गते १२:२८

खेल्दै–पढ्दै बालबालिका

लमजुङ । एक हुल बालबालिका साढे ९ बजे नै स्कुल आउँछन्  । पालैपालो गरी पिङ, सिलिमिली, चाकचुली, घुमाउने खेल्छन्  ।जव घण्टीले १० बजाउँछ, बालबालिका लाइनमा बस्न जान्छन् । प्रार्थना गर्छन् । कोठाभित्र पसेपछि पढाइ सुरु हुन्छ । दिउँसो खाजा छुट्टी हुन्छ । खाजा खान्छन् र एकछिन पालैपालो खेलेपछि कक्षाकोठाभित ...

चिकित्सा शिक्षाको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन चर्किंदै
२०७६ कार्त्तिक ११ गते १२:१६

चिकित्सा शिक्षाको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन चर्किंदै

काठमाडौँ ।  चिकित्सा शिक्षाको अतिरिक्त शुल्कविरुद्ध पोखराको गण्डकी मेडिकल कलेजबाट सुरु भएको विद्यार्थी आन्दोलन चितवन मेडिकल कलेज हुँदै वीरगन्जको नेसनल मेडिकल कलेजसम्म फैलिएको छ । १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुल्ने नेसनलमा बिहीबारदेखि विद्यार्थीले प्रदर्शन थालेका हुन् । त्रिवि र काठमाडौं ...

मनाङमा पर्वतारोहण विद्यालय बन्दै
२०७६ कार्त्तिक ११ गते १२:११

मनाङमा पर्वतारोहण विद्यालय बन्दै

काठमाडौँ । मनाङमा अत्याधुनिक माउन्टेनियरिङ स्कुल बन्ने भएको छ । सगरमाथा आरोही दक्षिण कोरियाली नागरिकले आफ्नो नाममा स्थापना गरेको अम होङ गिल हुमन फाउन्डेसनले पर्वतारोहण विद्यालय बनाउन लागेको हो । विद्यालय बनाउन नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) र फाउन्डेशनबीच समझदारी भइसकेको छ । ‘एमओयु ...

ऐन मिचेर आवेदन माग
२०७६ कार्त्तिक ९ गते ११:३८

ऐन मिचेर आवेदन माग

काठमाडौँ । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचनामा ७५ प ...

शिक्षा क्षेत्रमा बेथिति : स्थानीय तहका आ–आफ्नै निर्णय
२०७६ कार्त्तिक ९ गते ११:२४

शिक्षा क्षेत्रमा बेथिति : स्थानीय तहका आ–आफ्नै निर्णय

सर्लाही । जिल्लाका स्थानीय तहले शिक्षा क्षेत्रमा आफुखुशी निर्णय गर्न थालेका छन् । माध्यमिकस्तर सम्मको अधिकार स्थानीय तहमा आएको भन्दै उनीहरूले यस्ता निर्णय गरेका हुन् । सर्लाहीका केही स्थानीय तहले विद्यालयलाई दसैंदेखि तिहारसम्म एक महिना लामो बिदा दिएका छन् । उनीहरूले यती लामो बिदा दिँदा पनि संघ र प्र ...

शिक्षक नियुक्तिमा भ्रष्टाचार, प्रअसहित ५ जनाविरुद्ध मुद्दा
२०७६ कार्त्तिक ८ गते १०:४७

शिक्षक नियुक्तिमा भ्रष्टाचार, प्रअसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज महानगरपालिका(३१ बेहवा प्रसौनी पर्साका प्रधानाध्यापक सचिन्द्रकुमार कापर सहित ५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १ लाख घुस लिएको भन्दै उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ...

उपकुलपति बन्न आवेदन माग
२०७६ कार्त्तिक ८ गते ०९:५१

उपकुलपति बन्न आवेदन माग

काठमाडौं । मुलुकका सातवटा विश्वविद्यालय भदौ ७ गतेदेखि उपकुलपतिविहीन छन्। चारवटा विश्वविद्यायमा उपकुलुक्ति गर्न एक महिनाअघि छनोट कमिटी गठन गरिए पनि भागबन्डा मिलाउन नसकेका कारण उपयुक्त उपकुलपतिको नाम सिफारिस गर्न छनोट कमिटी असफल बनिरहेको छ। समितिले उपकुलपति छनोट गर्न असफल भएपछि शिक्षा, विज्ञान तथ ...

चिटिक्क स्कुल, जंकफुड निषेध
२०७६ कार्त्तिक ८ गते ०९:४३

चिटिक्क स्कुल, जंकफुड निषेध

अर्घाखाँची । कक्षाकोठा र बाहिर प्लास्टिक तथा फोहर देखे टिपेर डस्बिनमा राख्नुपर्ने नियमलाई चुत्रावेशीको जनज्योति मावि बाल क्लबकी स्वेच्छा भुसालले कडाइका साथ पालना गराएकी छन् । पढाइसँगै स्कुलमा सरसफाइमा उनले अगुवाइ गरेकी हुन् । स्कुल प्रांगणभित्र कतै प्लास्टिकका थैला, फोहर देखिँदैन । स्कुलमा पढ्न जाँद ...

प्रधानमन्त्रीको सचिवालयमा विश्वविद्यालय सभा
२०७६ कार्त्तिक ८ गते ०९:३७

प्रधानमन्त्रीको सचिवालयमा विश्वविद्यालय सभा

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७२ औं बैठक बिहीबार प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को शैक्षिक कार्यक्रम र बजेट पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न ...

बार्दली भत्केर ४५ विद्यार्थी घाइते : ‘विद्यालय सञ्चालक र प्रिन्सिपलको लापरबाही’
२०७६ कार्त्तिक ८ गते ०९:२५

बार्दली भत्केर ४५ विद्यार्थी घाइते : ‘विद्यालय सञ्चालक र प्रिन्सिपलको लापरबाही’

काठमाडौं । विद्यालय प्रांगण छिर्नेबित्तिकै देब्रेतिर आमनेसामने एकतले दुई टहरा छन् । दाहिनेपट्टि अर्को टहरा छ, दुईतले । तिनको बीचमा सानो खेलमैदान छ, तर खेल्नका लागि उपयुक्त लाग्दैन । दाहिनेपट्टिको टहरोको भर्‍याङैदेखि बार्दली खसेको छ । माथिल्लो तलामा प्रिफ्याबको गारो लगाइएको टहराको तल्लो तलामा ब्ल ...

पूर्वाञ्चलमा बेथिति : कामु उपकुलपति कार्यकक्षबाहिरै
२०७६ कार्त्तिक ४ गते ०९:४२

पूर्वाञ्चलमा बेथिति : कामु उपकुलपति कार्यकक्षबाहिरै

  विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा घनश्यामलाल दासको कार्यकाल भदौ ६ गते सकियो । उनको ठाउँमा नियुक्त भए प्राडा विजुकुमार थपलिया । विश्वविद्यालयको कायममुकायम उपकुलपतिका रूपमा नियुक्ति पाए पनि उनी अझै आफ्नो कार्यकक्षमा छिर्न पाएका छैनन् । दासकै कार्यकालमा उपकुलपति र रजिस्ट्रार ...

चाडबाडमा तलवभक्ता नपाएपछि शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी
२०७६ कार्त्तिक ३ गते १९:१८

चाडबाडमा तलवभक्ता नपाएपछि शिक्षकहरुले गरे नगरपालिकामा तालाबन्दी

धनुषा । चाडवाडको मुखमा तलव नपाएको भन्दै शिक्षकहरुले सबैला नगरपालिकामा तालाबन्दी गरिदिएका छन् । विगत पाँच महिनादेखि तलब नपाएका सबैला नगरका शिक्षकहरुले दशैँ, दिपावली तथा छठ जस्तो समयमा पनि तलब निकासा नगरेको भन्दै तलब निकासाका लागि तीन दिने अल्टिमेटमसहित नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । तर त्यसला ...

शिक्षक आयोगले सच्यायो नतिजा
२०७६ कार्त्तिक ३ गते १८:५६

शिक्षक आयोगले सच्यायो नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले खुला तर्फको प्राथमिक तहको नतिजा सच्याएको छ । आयोगले दैलेख जिल्लाको विज्ञापन नम्बर १०८ को प्राथमिक तह अपाङ्गता समूहको नतिजा सच्याएको हो । माग संख्या २ मात्र भएको उक्त विज्ञापनमा भदौ २८ को निर्णय अनुसारको सूचनामा भूलवश रोल नम्बर ६५१००८५९ का झलकबहादुर शाहीको नाम प्रकाशन हुन ...

ठगिने क्रम रोक्न अनलाइनबाटै नो–अब्जेक्सन
२०७६ कार्त्तिक २ गते २१:१३

ठगिने क्रम रोक्न अनलाइनबाटै नो–अब्जेक्सन

काठमाडौं । विदेशमा उच्चशिक्षा प्राप्त गर्न जान चाहने विद्यार्थीका लागि सरकारले अनलाइनबाट नो–अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले तीन साताअघि सचिवस्तरीय निर्णयबाट विद्यार्थीलाई एनओसी सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्य ...

त्रिविको प्रमाणपत्रमा भेटिएका तीन गलत स्पेलिङ
२०७६ कार्त्तिक २ गते २०:५९

त्रिविको प्रमाणपत्रमा भेटिएका तीन गलत स्पेलिङ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले दिएको प्रमाणपत्रमा त्रुटि भेटिएको छ। पनिकाले दिएको गरेको स्नातक तह अन्तर्गत कानुन संकायको प्रमाणपत्रमा त्रुटि देखिएको हो।प्रमाणपत्रमा ‘प्रोभिजनल’ शब्दकोगलत स्पेलिङ गलत रहेको भेटिएको छ।‘पी आर ओ भी आई एस आई ओ एन ...

विद्यार्थी अभावमा विद्यालय समायोजन
२०७६ कार्त्तिक २ गते २०:५१

विद्यार्थी अभावमा विद्यालय समायोजन

टीकापुर । कैलालीको जानकी गाउँपालिका १ तोरैयापुरमा रहेको जगन्नाथ प्राथमिक विद्यालय अर्को विद्यालयसंँग समायोजन गरिएको छ । अति न्युन संख्यामा विद्यार्थी भएकाले विद्यालय समायोजन गरिएको हो । यो वर्ष जगन्नाथ प्राविमा २० विद्यार्थी मात्र भर्ना भएपछि विद्यालय मर्ज गर्नु परेको जानकी गाउँपालिकाका अध्यक्ष ...