२०७६ भदौ ८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

आयोगद्वारा अस्थायी शिक्षकहरुका लागि पुनः विज्ञापन, मंसिर ३ भित्र दरखास्त दिनुपर्ने
२०७४ कार्त्तिक २२ गते ०७:४८

आयोगद्वारा अस्थायी शिक्षकहरुका लागि पुनः विज्ञापन, मंसिर ३ भित्र दरखास्त दिनुपर्ने

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुकालागि पुन: दरखास्त आह्वान छ । आयोगले यसअघि नै सामुृदायिक विद्यालयमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्न आयोगको २०७३ चैत्र १९ गते विज्ञापन गरेको भएपनि विज्ञापन अनुसारको परीक्षा संचालन नहुँदै शिक्षा ऐन, २०२८ मा नवौं संशोधन भएपछि सोही अनुसार दरखास् ...

एमबिबिएस चिट चोरीमा संलग्न चिकित्सक पक्राउ
२०७४ कार्त्तिक १९ गते २३:०९

एमबिबिएस चिट चोरीमा संलग्न चिकित्सक पक्राउ

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने थप दुईजना पक्राउ परेका छन् । प्रहरीले चिकित्सक सुशील मण्डल र कन्सलटेन्सी सञ्चालक अभय मिश्रलाई पक्राउ गरेको हो । मण्डल डिभाइसमार्फत प्रवेश परीक्षाको उत्तर तयार पार्ने व्यक्ति हुन ...

परीक्षा मूल्यांकन प्रणालीमा सुधार सम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु
२०७४ कार्त्तिक १६ गते ११:४५

परीक्षा मूल्यांकन प्रणालीमा सुधार सम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काभ्रे । परीक्षाको मूल्यांकन प्रणालीमा समयसापेक्ष सुधारका लागि भन्दै अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । बिहिवार काभ्रेको धुलिखेलमा पूर्व राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गरेका हुन् । तीनदिनसम्म चल्ने सम्मेलनमा विश्वका सात देशका ७० बढी परीक्षा बोर्डहरुको सहभागिता हुने आयोजक राष्ट्रि ...

फर्जी मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न आदेश
२०७४ कार्त्तिक १६ गते १०:२७

फर्जी मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न आदेश

काठमाडौं । सरकारी निकायको अनुमतिबिना फर्जी निरीक्षण प्रतिवेदनका आधारमा काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दिएको अस्थायी सम्बन्धन खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका नवनियुक्त न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कात्तिक ८ गते यस्तो आद ...

फर्जी मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न आदेश
२०७४ कार्त्तिक १६ गते १०:२२

फर्जी मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न आदेश

काठमाडौं । सरकारी निकायको अनुमतिबिना फर्जी निरीक्षण प्रतिवेदनका आधारमा काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दिएको अस्थायी सम्बन्धन खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका नवनियुक्त न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कात्तिक ८ गते यस्तो आद ...

शिक्षा ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
२०७४ कार्त्तिक १६ गते १०:१३

शिक्षा ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राजनीतिक भनसुन र तोक आदेशबाट अस्थायी शिक्षक भएकालाई सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने शिक्षा ऐन नवौं संशोधन संविधान र अदालतबाट प्रतिपादित नजिरसँग बाझिएको भन्दै बदरको माग राखेर बुधबार सर्वोच्च अदालतमा रिट परेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षकले माग नै नगरेको सुविधा द ...

परीक्षा मूल्यांकन प्रणालीमा सुधारका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
२०७४ कार्त्तिक १३ गते १०:१०

परीक्षा मूल्यांकन प्रणालीमा सुधारका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

भक्तपुर । परीक्षाको मूल्यांकन प्रणालीमा समयसापेक्ष सुधारका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । काभ्रेको धुलीखेलमा हुने सम्मेलनमा विश्वका सात देशका ७० बढी परीक्षा बोर्डहरुको सहभागिता हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ ...

यस्तो छ राष्ट्रपतिबाट प्रमाणीकरण भएको शिक्षा ऐन
२०७४ कार्त्तिक ८ गते ११:१४

यस्तो छ राष्ट्रपतिबाट प्रमाणीकरण भएको शिक्षा ऐन

काठमाडौं । विरोधका बीच गत सोमबार राष्ट्रपतिबाट शिक्षा ऐन नवौं संशोधन विधेयक प्रमाणीकरण भएको छ । अस्थायी शिक्षक व्यवस्थापनका लागि गरिएको संशोधन यसअघि नै व्यवस्थापिका संसदबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको थियो ।  ...

अन्ततः शिक्षा ऐन नवौं संशोधन विधयेक राष्ट्रपतिद्वारा प्रमाणीकरण
२०७४ कार्त्तिक ८ गते १०:५७

अन्ततः शिक्षा ऐन नवौं संशोधन विधयेक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ । शिक्षा ऐनलाई नवौं पटक संशोधन गर्न बनेको शिक्षा ऐन २०२८ को संशोधन विधेयक अन्ततः राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । विवादकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरेकी हुन् । प्रमाणिरकण भएसँगै शिक्षा ऐनको नवौं संशोधन कार्यान्वयनमा आएको ...

प्रतिस्पर्धाको हक खोसिएकामा विद्यार्थी संगठनको आपत्ति
२०७४ कार्त्तिक ८ गते १०:३८

प्रतिस्पर्धाको हक खोसिएकामा विद्यार्थी संगठनको आपत्ति

काठमाडौं । दस वटा विद्यार्थी संगठनले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने नागरिकको हकविपरीत आएको शिक्षा ऐन (नवौँ संशोधन) को विरोध गरेका छन् । अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको ती विद्यार्थी संगठनको संयुक्त बैठकले ६८ लाख विद्यार्थीको दक्ष शिक्षक पाउने अधिकारको हनन भएको र शिक् ...

विद्यार्थी सहरतिर, विद्यालय रित्तो
२०७४ कार्त्तिक ८ गते १०:२१

विद्यार्थी सहरतिर, विद्यालय रित्तो

लमजुङ । छिनखोला मस्र्याङ्दी गाउँपालिका–७ मा यति धेरै बासिन्दा भए पनि विद्यालय भने रित्तो छ । ३ कक्षासम्म पढाइने सिर्जना प्राविमा चालु शैक्षिक सत्रमा जम्मा चार विद्यार्थी भर्ना छन् । १ कक्षामा तीन र २ कक्षामा एक जना । कक्षा ३ खाली छ । भर्ना भएका विद्यार्थी पनि नियमित आउँदैनन् । दुई शिक्षक र एक ...

परीक्षा बोर्डको गाडीमा मन्त्रालयको हालीमुहाली
२०७४ कार्त्तिक ८ गते १०:१७

परीक्षा बोर्डको गाडीमा मन्त्रालयको हालीमुहाली

मन्त्री खुसी पार्न उनका छोरालाई चढ्न दिएको गाडी पनि फिर्ता भएन काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को गाडी शिक्षा मन्त्रालयका पदाधिकारीले लगेर हालीमुहाली गरिरहेका छन् । बोर्डका पदाधिकारीलाई भने गाडी नहुँदा सहसचिव र उपसचिवको गाडीमा सहयोग मागेर यात्रा गर्नुपर्ने बाध्यता छ । बोर्डका निमित्त अध्य ...

राष्ट्रपतिद्वारा एकैदिन १० वटा ऐन प्रमाणीकरण, शिक्षा ऐन परेन
२०७४ असोज ३० गते ००:२०

राष्ट्रपतिद्वारा एकैदिन १० वटा ऐन प्रमाणीकरण, शिक्षा ऐन परेन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार एकै दिन १० वटा ऐन प्रमाणीकरण गरेकी छन् । तर, त्यो सुचिमा शिक्षा ऐनको नवौं संशोधन विधेयक भने अटाएन । १२ असोजमा संसद्बाट पारित शिक्षा ऐन विवादास्पद बनेपछि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेकी हुन् । यसअघि पनि राष्ट्रपतिले शिक्षा बाहेकका अन्य विधेयक प ...

यस्तो छ ‘बाम गठबन्धन’को शिक्षासम्बन्धी प्रतिबद्धता
२०७४ असोज २९ गते २३:५६

यस्तो छ ‘बाम गठबन्धन’को शिक्षासम्बन्धी प्रतिबद्धता

“गुणस्तरीय शिक्षा र शैक्षिक पुर्वाधारः राष्ट्र निर्माणका आधार“ १) संविधान प्रदत्त शिक्षाको मौलिक अधिकारको कार्यान्वयन गर्न कुल बजेटको २०% शिक्षामा लगानी गर्ने व्यवस्था गरिनेछ । प्रदेश तथा स्थानीय तह स्रोत र साधन सम्पन्न नहुन्जेल सम्मका लागि शिक्षा र स्वास्थमा केन्द्रले लगानी गर्नेछ । २) ...

निजीमा २५ प्रतिशत छात्रवृत्ति अनिवार्य
२०७४ असोज २९ गते २३:३३

निजीमा २५ प्रतिशत छात्रवृत्ति अनिवार्य

काठमाडौं । निजी विद्यालयमा २५ प्रतिशत छात्रवृत्ति अनिवार्य गराउने तयारीमा सरकार जुटेको छ । शिक्षामा सबैको अधिकार सुनिश्चित गर्न शिक्षा मन्त्रालयको अनुरोधमा नेपाल कानुन आयोगले तयार गरेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ । छात्रवृत्ति कक्षा १२ सम्म प्रदान गर्नुपर्ने प्रस्ताव छ । अहिलेसम्म न ...

अब कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्ति
२०७४ असोज २६ गते ११:१९

अब कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्ति

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन जनवादी, वैज्ञानिक र प्राविधिक सीपयुक्त शिक्षाको विकासका लागि केन्द्रित हुने भएको छ । काठमाडौंमा बसेको संगठनको केन्द्रिय समितिको बैठकले बामएकताको स्वागतगर्दै शैषिक पुनसंरचना, संगठन विस्तार र शिक्षकहरुको पेशागत अधिकार प्राप्तीमा केन्द्रीत हुने निर्णय गरेको हो ...

शिक्षा मन्त्रीलाई बहिस्कार गर्ने ९ विद्यार्थी संगठनको निर्णय
२०७४ असोज २६ गते १०:५२

शिक्षा मन्त्रीलाई बहिस्कार गर्ने ९ विद्यार्थी संगठनको निर्णय

काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन प्रस्ताव गरी सार्वजनिक शिक्षा ध्वस्त पारेको भन्दै विद्यार्थी संगठनहरुले  वर्तमान शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय गरेका छन् । बुधबार बसेको नेविसंघ बाहेक नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकलेनवौं संशोधन विधेयक प्रमाणिकरण नगर् ...

बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रम बन्दै : पाठ्यक्रममा संघ, प्रदेश र स्थानीय तहको भूमिका फरक
२०७४ असोज २४ गते २२:३२

बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रम बन्दै : पाठ्यक्रममा संघ, प्रदेश र स्थानीय तहको भूमिका फरक

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय तहको पुनर्संरचना र संघीयताअनुरूपको राष्ट्रिय पाठ्यक्रमको प्रारूपको मस्यौदा तयार गरेको छ । प्रारम्भिक बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रममा एकरूपता ल्याउने तथा संघ, प्रदेश र स्थानीय तहको भूमिका तोकेर पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम प्रारूपको मस्यौदा ...

शिक्षा ऐन संशोधनको विरोध गर्ने माननीय सांसदहरुलाई खुला पत्र
२०७४ असोज ६ गते ११:३१

शिक्षा ऐन संशोधनको विरोध गर्ने माननीय सांसदहरुलाई खुला पत्र

  विष्णुमनी लामिछाने शिक्षकशान्तिउदय मावि, भरतपोखरी, कास्की २०७४ आश्विन ३ गते संसद बैठकमा शिक्षा ऐन नवौं संशोधन माथि छलफलको क्रममा तपार्इंहरुले भाग लिँदै दिनु भएको अभिव्यक्ति प्रति आश्चर्य लागि यो खुला पत्र लेख्दै छु । माननीय सांसद गगन कुमार थापा ज्यू,संसदमा भाग लिँदै तपाईले ८२ प्रतिशत सरकारी ...

अस्थायी शिक्षक स्थायी हुँदा यति कोलाहल किन ?
२०७४ असोज ५ गते २३:०३

अस्थायी शिक्षक स्थायी हुँदा यति कोलाहल किन ?

तिलक कुँवर व्यवस्थापिका संसदको यहि हसोज ३ गते बसेको बैठकले शिक्षा ऐन २०२८ को नवौं संशोधन गरेको छ । यो नवौं संशोधनको प्रस्ताव मन्त्रालयबाट प्रक्रियामा अगाडि बढाउदा देखि नै विभिन्न शंका–उपशंका र आलोचनाको घेरामा परिरह्यो । नेपाल शिक्षक महासंघले ऐन संशोधन गर्नुको साटो खोलिएको विज्ञापनलाई सम्पन्न ...

ऐन संशोधन विरुद्ध विद्यार्थी संगठन आन्दोलित, कार्यान्वयन हुनै नदिने चेतावनी
२०७४ असोज ५ गते ०५:४३

ऐन संशोधन विरुद्ध विद्यार्थी संगठन आन्दोलित, कार्यान्वयन हुनै नदिने चेतावनी

काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । संशोधन विद्यार्थी मारा भएको आरोप लगाउँदै उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहिवार रिर्पोटर्स क्लवमा पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले संशोधन तत्काल फिर्ता नलिए कडा ...

'शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्छ'–राष्ट्रपति भण्डारी
२०७४ असोज ४ गते १२:०९

'शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्छ'–राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक सुधारबाट मात्रै मुलुक समृद्ध बन्ने बताएकी छिन् । सरकारी विद्यालयहरुको स्तर सुर्धानुपर्नेमा जोड दिँदै उनले विद्यालयहरुले विद्यार्थीलाई प्रमाणपत्रसँगै सीप दिनुपर्ने बताइन् । कालिमाटी, टंकेश्वरस्थित नीलबाराही माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा ...

शिक्षा ऐनको संशोधन विधेयक संसदबाट पारित, अस्थायीले परीक्षापछिको सुविधा पाउने
२०७४ असोज ३ गते २१:२६

शिक्षा ऐनको संशोधन विधेयक संसदबाट पारित, अस्थायीले परीक्षापछिको सुविधा पाउने

काठमाडौं । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधन विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ । विधेयक पारित भएसँगै अव अस्थायी शिक्षकहरुले परीक्षा पछिको सुविधा पाउने भएका छन् । विधेयक पास भए सार्वजनिक शिक्षा ध्वस्त हुने भन्दै सत्तारुढ दलकै सांसदहरुको विरोधका बीच बहुमतका आधारमा सभा ...

अनसनकारीको ज्यान बचाउन मात्रै अस्थायी शिक्षकसँग सहमति गरिएको खुलासा
२०७४ असोज ३ गते ११:४९

अनसनकारीको ज्यान बचाउन मात्रै अस्थायी शिक्षकसँग सहमति गरिएको खुलासा

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकहरुसँग गरिएको चारबुंदे सहमतिलाई बाध्यताको उपज भएको बताएको छ । अनसनरत अस्थायी शिक्षकहरुको ज्यान बचाउनका लागि मात्रै सहमति गरिएको मन्त्रालयले खुलासा गरेको हो । शिक्षा पत्रकार समुहले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. हरि ...

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो
२०७४ असोज २ गते १२:०९

स्थगित परीक्षा सुचारु गर्न ऐन संशोधनको उपयुक्त बाटो

तिलक कुँवर २०४९ साल पहिलेदेखि २०७२ साल असोज २ गतेसम्म अस्थायी कार्यरत शिक्षकहरुको व्यवस्थापनका लागि शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ साल असार १५ गते सम्पन्न भयो । सोहि संशोधित ऐन अनुसार शिक्षक सेवा आयोगले २०४९ पुष १० अगाडि दरबन्दिमा नियुक्ति भएका अस्थायी शिक्षकले आफ्नो पदमा, २०६१ साउन २१ सम्मका श ...

ऐन संशोधन प्रक्रिया शुरु गर्नु नै शिक्षामन्त्रीको एकसय दिनको मुख्य उपलब्धि
२०७४ असोज २ गते ०९:४३

ऐन संशोधन प्रक्रिया शुरु गर्नु नै शिक्षामन्त्रीको एकसय दिनको मुख्य उपलब्धि

काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गर्नु नै मुख्य उपलब्धि मान्दै आफ्नो एकसय दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले पद सम्हालेपछि एक सय दिनमा आफुले गरेका राम्रा कामहरुको फेरिहस्त सार्वजनिक गरेका छन् । मन्त्री श्रेष ...

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु
२०७४ भदौ ३० गते ११:५७

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु

काठमाडौँ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज ...

शिक्षा ऐन आठौं संशोधनका सकारात्मक पक्षमाथि एक नजर
२०७४ भदौ २९ गते २३:४२

शिक्षा ऐन आठौं संशोधनका सकारात्मक पक्षमाथि एक नजर

तिलक कुँवर नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षक कर्मचारीहरुको बलिदानीपूर्ण संघर्षबाट शिक्षा ऐन २०२८ को आठौं संशोधन व्यवस्थापिका संसदको २०७३ जेष्ठ २२ गतेको बैठकले सर्वसम्मतिबाट पारित गरी २०७३ असार १५ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको हो । शिक्षा ऐन आठौं संशोधन नेपाली शिक्षक समुदायका प्रति ...

को सक्षम ? को असक्षम ?
२०७४ भदौ २७ गते १२:३१

को सक्षम ? को असक्षम ?

(मनोवाद) भुवन सुवेदी (रातको ११ बजेको समय ,बिस्तारामा पल्टदै गरेको अवस्था ) ओहो ..... सुतेको पनि आधा घण्टा भैसक्यो, किन निद्रा पर्दैन । दिनभरि पढाउँदा थकाइ पनि बेस्सरी लागेकै छ । पढाउन पनि थोरै परे पो हुन्छ, बिहान ६ बजे देखि पढाउन थालेको दिउँसो ४ बजेसम्म निरन्तर पढाएको पढाई गर्नुपर्ने मेरो दैनिकी नै ...

'ढुक्क हुनुहोस्, शिक्षा ऐन संशोधन प्रस्ताव पारित हुँदैन'– पूर्व शिक्षामन्त्री तुलाधर
२०७४ भदौ २६ गते ०१:४२

'ढुक्क हुनुहोस्, शिक्षा ऐन संशोधन प्रस्ताव पारित हुँदैन'– पूर्व शिक्षामन्त्री तुलाधर

काठमाडौं । पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले अस्थायी शिक्षकहरु माथि विभेद हुनेगरी ऐन संशोधन प्रस्ताव संसदबाट कुनैहालतमा पारित नहुने बताएका छन् । संशोधन प्रस्ताव अस्थायी शिक्षकको समस्या समाधान भन्दा बढी राजनीतिकरण गर्ने हेतुले आएको तुलाधरको जिकिर छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले राष्ट्रि ...

विद्यार्थी संगठनद्वारा ऐेन संशोधन प्रक्रियाको विरोध, स्थगित नगरिए आन्दोलन गर्ने
२०७४ भदौ २५ गते २३:२९

विद्यार्थी संगठनद्वारा ऐेन संशोधन प्रक्रियाको विरोध, स्थगित नगरिए आन्दोलन गर्ने

काठमाडौं । विद्यार्थी संगठनहरुले अस्थायी शिक्षकलाई परीक्षा पछिको सुविधाका लागि गरिन लागिएको ऐन संशोधनको विरोध गरेका छन् । आइतबार अखिल क्रान्तिकारीको केन्द्रिय कर्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले ऐन संशोधनको बिरोध गर्ने निर्णय गरेको हो । ऐन संशोधन प्रक्रिया तत्काल फिर्ता नगरिए आन्दोलन ...

शिक्षा दिवसका अवसरमा शिक्षा पत्रकारहरु सम्मानित
२०७४ भदौ २५ गते ११:५९

शिक्षा दिवसका अवसरमा शिक्षा पत्रकारहरु सम्मानित

भक्तपुर । राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार  शिक्षा पत्रकारहरुलाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले शिक्षा पत्रकारहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।  भक्तपुरको जिल्ला विकास समितिको सभाहलमा आयोजित सम्मान कार्यक्रममा आजक ...

शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटायो
२०७४ भदौ २५ गते ०९:४८

शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटायो

भक्तपुर । शिक्षा विभागले स्थानीय तहमा कर्मचारी खटाएको छ । स्थानीय सरकार गठन भएको ३ महिना पछि बल्ल शिक्षा विभागले ७ सय ५३ स्थानीय तह मध्ये ३ सय ९१ मा कर्मचारी खटाएको हो । यसरी खटाईएका कर्मचारीलाई नौं बुदें निर्देशन पनि दिइएको छ । गत शुक्रबारको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मलाई पदाधिकार रहेको नि ...

५५ वर्षमा १२ कक्षा पास
२०७४ भदौ २५ गते ००:२२

५५ वर्षमा १२ कक्षा पास

काठमाडौं । अध्ययन गर्न उमेर बाधक हुँदैन । इच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाइमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु (झुमा सुब्बा) । ११ वर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ वर्षमा आएर पूरा भएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को परी ...

उच्चस्तरीय शिक्षा आयोगमा निजीकै दबदबा
२०७४ भदौ २३ गते २३:४२

उच्चस्तरीय शिक्षा आयोगमा निजीकै दबदबा

काठमाडौं ।  सरकारले शिक्षासम्बन्धी नीति निर्माण र कार्यान्वयनको सुझाव दिन गठन गरेको उच्चस्तरीय शिक्षा आयोगमा निजी विद्यालयका सञ्चालकको बाहुल्य छ । शिक्षामन्त्रीको अध्यक्षता गठित ६५ सदस्यीय आयोगमा संस्थागत प्रतिनिधिसमेत गरी ७ सदस्य निजी विद्यालयका सञ्चालक नै छन् । ११ सदस्यीय कार्यदलमा पनि निजीक ...

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा तय गरिएको शिक्षा दिवसको कार्यक्रम स्थगित
२०७४ भदौ २२ गते १२:३७

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा तय गरिएको शिक्षा दिवसको कार्यक्रम स्थगित

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठानमा गर्न लागेको कार्यक्रम स्थगित गरेको छ । शिक्षा मन्त्रालयले वर्षेनी गर्दै आएको यस कार्यक्रम अन्तिम समयमा आएर रद्द गरिएको हो । तर, राष्ट्रपतिबाट दिइने विभुषण वितरणको कार्यक्रमभने  स्थगि ...

उच्च स्तरीय शिक्षा आयोग र कार्यदल गठन, को–को छन् सदस्य ?
२०७४ भदौ २२ गते ०९:५२

उच्च स्तरीय शिक्षा आयोग र कार्यदल गठन, को–को छन् सदस्य ?

काठमाडौं । शिक्षा मन्त्रालयले गत सोमबार नै गठन गरिएको उच्च स्तरीय शिक्षा आयोगको सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा अयोग गठन गरेको थियो । शिक्षा मन्त्रालयले गत मंगलबार नै आयोग गठन बारे जानकारी दि ...

क्रान्तिकारीका अध्यक्ष तामाङले सम्हाले पदभार
२०७४ भदौ २० गते २२:३७

क्रान्तिकारीका अध्यक्ष तामाङले सम्हाले पदभार

काठमाडौं । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले मंगलबार पदभार सम्हालेका छन् । क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष तामाङले मंगलबार कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले निर्णय पुस्तिका हस्तान् ...

शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन
२०७४ भदौ २० गते ००:३१

शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आयोग गठन गरेको हो । विभिन्न दलका प्रतिनिधि, शिक्षाविद्, तथा विश्वविद्यालयहरुका उपकुलपतिहरुको सदस्यतामा आयोग गठन गरिएको हो । मंगलबार मुख्य सचिवले प्रम ...

स्थानीय तहका जनप्रतिनिधिहरुले भने– 'शिक्षकलाई दशैं अघि तलब खुवाउन सकिदैन'
२०७४ भदौ १९ गते १२:३०

स्थानीय तहका जनप्रतिनिधिहरुले भने– 'शिक्षकलाई दशैं अघि तलब खुवाउन सकिदैन'

  ललितपुर । एकहप्ताभित्र स्थानीय तहमा शिक्षाका कर्मचारी नपुगे शिक्षकहरुले दशैं अघि तलव सुविधा नपाउने भएका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरुले स्थानीयतहमा एकहप्ताभित्र शिक्षाका कर्मचारी नआए शिक्षकहरुलाई तलवसुविधा उपलब्ध गराउन नसकिने बताएका हुन् । जिल्ला शिक्षाकार्यालय ललितपुरले आयोजना गरेको स्थान ...

शिक्षक महासंघको नेतृत्वमा युएण्टो नै किन ?
२०७४ भदौ १९ गते ००:१६

शिक्षक महासंघको नेतृत्वमा युएण्टो नै किन ?

शंकर अधिकारी   “नेपाल शिक्षक महासङको प्रगतिशील रुपान्तरण शैक्षिक बिकास र पेशागत सुनिश्चितता हाम्रो अभियान”   नेपालको शिक्षा पुनर्संरचना ,रुपान्तरण र संक्रमणको दोसाँधमा छ । संविधान प्रदत्त शैक्षिक अधिकार कार्यान्वयनको चरणमा आउँदा कुन वर्गले अधिकारको प्रयोग गर्ने ? रुपान्तरण र प ...

आजबाट साक्षरता दिवसको साताव्यापी कार्यक्रम शुरु
२०७४ भदौ १८ गते ००:५७

आजबाट साक्षरता दिवसको साताव्यापी कार्यक्रम शुरु

काठमाडौं । सरकारले आजबाट एकसातासम्म ३८ औं राष्ट्रिय शिक्षा दिवस एवं ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने भएको छ । अनौपचारिक शिक्षा केन्द्रले पत्रकार सम्मेलन गरेर शिक्षा दिवस तथा साक्षरता दिवसका अवसरमा एक सप्ताहसम्म कार्यक्रम गरिने जनाएको हो । पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलल ...

शिक्षा विधेयकमा ३७ संशोधन दर्ता, क-कसले गरे दर्ता ?
२०७४ भदौ १५ गते १२:५९

शिक्षा विधेयकमा ३७ संशोधन दर्ता, क-कसले गरे दर्ता ?

काठमाडौं । शिक्षा ऐनको नवौं संशोधन प्रस्तावमाथि संशोधन दर्ता गर्ने अन्तिम दिन विहिवारसम्म व्यवस्थापिका संसदमा  ३७ संशोधन दर्ता भएका छन् ।संशोधन विधेयक माथि सत्तारुढ सहित विभिन्न दलका सांसदहरुले  संशोधन दर्ता गराएका छन् । गत सोमबार बसेको व्यवस्थापिका संसदको बैठकले विधेयक माथि विचार गरियोस् ...

समयसीमाका आधारमा अस्थायी शिक्षक माथि विभेद नगर्न युएण्टोको माग
२०७४ भदौ १५ गते १२:२१

समयसीमाका आधारमा अस्थायी शिक्षक माथि विभेद नगर्न युएण्टोको माग

  काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएन्टो)ले अस्थायी शिक्षकहरु माथि विभेद नर्गन माग गरेको छ । सवैखाले अस्थायी शिक्षकहरुलाई शत्प्रतिशत दरवन्दीमा प्रतिस्पर्धा गराउन साथै, उमेरहदका कारण अवकाश भएका र द्वण्द्वपीडित शिक्षकहरुलाईसमेत सुविधा दिन युएण्टोले माग गरेको हो । बिहीबार माओवादी केन्द् ...

कक्षा १२ को नतिजा सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत  उत्तीर्ण(नतिजा सहित)
२०७४ भदौ १५ गते १०:०४

कक्षा १२ को नतिजा सार्वजनिक, ४२ दशमलव ३३ प्रतिशत उत्तीर्ण(नतिजा सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल सार्वजनिक गरेको हो ।बोर्डका अनुसार नियमित तर्फ ४२.३३ प्रतिशत साथै, आंशिकतर्फ ३५ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत बैशाख १० गते सञ्चालित परीक्षा ...

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्
२०७४ भदौ १२ गते २३:३६

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्

काठमाडौं ।  शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरू गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् । मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारील ...

यस्तो छ, संसदबाट छलफलका लागि पारित शिक्षा ऐनको नवौं संशोधन विधेयक
२०७४ भदौ १२ गते १२:१७

यस्तो छ, संसदबाट छलफलका लागि पारित शिक्षा ऐनको नवौं संशोधन विधेयक

काठमाडौं । व्यवस्थापिका संसदले शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधनको विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव सोमबार बहुमतद्धारा पारित गरेको छ ।अब विधेयक समितिमा छलफलका लागि जानेछ । समितिमा छलफल पश्चात् संसदले विधेयकलाई बहुमतले पारित गरेपछि त्यो राष्ट्रपतिकहाँ जानेछ र त्यहाँबा ...

शिक्षा ऐनको नवौं संशोधन : दुई दशकदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने
२०७४ भदौ १२ गते ११:२९

शिक्षा ऐनको नवौं संशोधन : दुई दशकदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने

काठमाडौं । दुईदशक अघिदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने भएको छ । अब अस्थायी शिक्षकहरुले मागेजस्तै परीक्षामा असफल भएपनि सुविधा पाउने भएका छन् । व्यवस्थापिका संसदले शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधनको विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव सोमबार बहुमतद्धारा पारित गरेको ...

अस्थायी शिक्षकको खुला पत्रको महासंघका महासचिव कुँवरको खुलै जवाफ
२०७४ भदौ ११ गते १२:४१

अस्थायी शिक्षकको खुला पत्रको महासंघका महासचिव कुँवरको खुलै जवाफ

मित्र भुवन सुवेदी जी, अभिवादन तपाईले अनलाइन पत्रिका एजुकेशन पाटीमा प्रकाशित गर्नु भएको खुला पत्र पढेँ । उक्त खुला पत्रमा प्रकाशित जिज्ञासा र प्रश्नहरूले मलाई नेपाल शिक्षक महासंघको तर्फबाट प्रष्ट्याउने अवसर मिल्यो र अस्थायी शिक्षकहरुको आन्दोलन मार्फत आफ्नो स्वार्थपूरा गर्न नेशि महासंघ माथि हिलो ...

यस्तो छ, शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक
२०७४ भदौ ७ गते २३:५३

यस्तो छ, शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक

काठमाडौं । व्यवस्थापिका संसदमा शिक्षा ऐन २०२८ लाई संसोधन गर्न टेबल भएपछि अस्थायी शिक्षकका लागि लिन लागिएको परीक्षा मंगलबार स्थगित भएको छ । प्रधानमन्त्री कार्यालयले परीक्षा स्थगित गर्न निर्देशन दिएपछि शिक्षक सेवा आयोगले परीक्षा आउन ४ दिन बाँकी रहँदा परीक्षा स्थगित गरेको हो ।  गत मंगलबार टे ...

image
image