२०७६ माघ ३ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने अदालतको फैसला
२०७६ असोज ७ गते १७:२३

शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । मंगलवार न्यायधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो ।भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ ...

स्थानीयतहको दादागिरि बिरुद्ध शिक्षक महासंघले दबावमुलक अभियान सञ्चालन गर्ने
२०७६ असोज ७ गते १५:२९

स्थानीयतहको दादागिरि बिरुद्ध शिक्षक महासंघले दबावमुलक अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान  तथा कार्यहरु अघि बढ ...

कक्षा ११ को नतिजा प्रकाशित
२०७६ असोज ७ गते १०:०३

कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल  प्रकाशित गरेको छ । गत जेठमा  भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो । देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभा ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो
२०७६ असोज ६ गते १९:३९

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

काठमाडौं ।  नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् पूर्ण रुपमा सुखद हुन सकेन । विभिन्न शिक्षक संगठनहरु मिलेर बनेको महासंघको पहिलो परिषद्को उद्घाटन शत्र महासंघको प्रमुख घटक नेपाल शिक्षक संघले बहिष्कार गर्यो । शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको परिषद्मा संघको बहिष्कारले ...

प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक
२०७६ असोज ६ गते ०९:५०

प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र  सार्वजनिक गरेको छ । आज र भोलिमा निमावि र मावि तहको  परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए । उनका अनुसार धेरै परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवे ...

सामुदायिक विद्यालयमा अझैपनि एसएलसी फेल शिक्षक !
२०७६ असोज ६ गते ०८:४२

सामुदायिक विद्यालयमा अझैपनि एसएलसी फेल शिक्षक !

काठमाडौं । अझैपनि एसएलसी अनुत्तीर्ण शिक्षकहरुले सामुदायिक विद्यालयमा पढाइरहेको पाइएको छ । गत साउन १ गते देखि लागु भएको शिक्षकहरुको नयाँ तलवमानमा २ विषयमा  र सो भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुको तलवमान सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको कार्यक्रम कार ...

जावलाखेल घोषणापत्र जारी गर्दै शिक्षक महासंघको राष्ट्रिय परिषद सम्पन्न
२०७६ असोज ५ गते २२:२०

जावलाखेल घोषणापत्र जारी गर्दै शिक्षक महासंघको राष्ट्रिय परिषद सम्पन्न

काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ । शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय  परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए । उद्घाटन सत ...

अन्ततः सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा
२०७६ असोज ५ गते २०:३७

अन्ततः सुत्केरी बिदा नदिने प्रअ प्रहरी नियन्त्रणमा

काठमाडौँ । असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिने प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षिका अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको १५ दिनमा प्रअ केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए । कहाँ र कुन समयमा ...

शिक्षक लाइसेन्स खारेजी मुद्दाको फैसला पाँचौ पटक सर्यो
२०७६ असोज ५ गते १७:४९

शिक्षक लाइसेन्स खारेजी मुद्दाको फैसला पाँचौ पटक सर्यो

काठमाडौं । बहस सकिएर फैसला मात्रै सुनाउन बाँकी शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी पाँचौ पटक सरेको छ ।  आज असोज ५ गते हुने भनिएको फैसला पालो नपाएपछि असोज ७ गतेलाई सरेको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५  र अहिले असोज  ७ गरी ५ पटक सरिसके ...

एसइइ २०७७ को रजिष्ट्रेशन फारम खुल्यो, कार्तिक मसान्तसम्म भर्न सकिने
२०७६ असोज ५ गते १०:३०

एसइइ २०७७ को रजिष्ट्रेशन फारम खुल्यो, कार्तिक मसान्तसम्म भर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसइइमा सहभागी हुनका लागि रजिष्ट्रेशन फारम खुलाएको छ । बोर्डका अनुसार असोज ५ देखि कार्तिक मसान्तसम्म फारम भर्न सकिने छ । नेपाल सरकारराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०सानोठिमी, भक्तपुर माध्यमिक शिक्षा परीक ...

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?
२०७६ असोज ४ गते २३:५०

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा भएको मौकामा उनीहरुलाई सार्वजनिक शिक्षा सुधार्नका निम्ति समीक्षा गर्न सुझाब दिएका छन् ।   यही ४–५ असोजमा चल्नेगरी आज ललितपुरमा आयोजित नेपाल शिक्षक महासंघको प्रथम ...

सामाजिक अध्ययन तथा अनुसन्धान नेपालको अध्यक्षमा विष्ट निर्वाचित
२०७६ असोज ४ गते २१:२७

सामाजिक अध्ययन तथा अनुसन्धान नेपालको अध्यक्षमा विष्ट निर्वाचित

काठमाडौं । सामाजिक अध्ययन तथा अनुसन्धान नेपालको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युराज दुलालले अधिवेशनको उद्घाटन गरेका थिए । देशभरीका सामाजिक अध्ययन विषयसँग सरोकार राख्ने विश्वविद्यालयका प्रध्यापक, शिक्षा मन्त्रालयका कर्मचारी, विषय विज्ञ तथा विद्यालयतह ...

शिक्षक महासंघको ऐतिहासिक ‘प्रथम राष्ट्रिय परिषद’ शुरु
२०७६ असोज ४ गते १९:१२

शिक्षक महासंघको ऐतिहासिक ‘प्रथम राष्ट्रिय परिषद’ शुरु

काठमाडौं । नेपाल शिक्षक महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय परिषद ललितपुरको जावलाखेलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय परिषदको शनिवार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताए । शिक्ष ...

बढ्यो इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब
२०७६ असोज ४ गते १८:०६

बढ्यो इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब

बिर्तामोड   ।  न्यून तलब सुविधामा काम गर्दै आएका सामुदायिक विद्यालयका बाल विकास शिक्षक र कर्मचारीलाई झापाका दुइटा पालिकाले श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक दिने निर्णय गरेका छन् । मासिक ६ हजार रुपैयाँ मात्रै पाउँदै आएका बाल विकास शिक्षक तथा कर्मचारीलाई बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँ ...

आएन संघीय शिक्षा ऐन
२०७६ असोज ४ गते ०९:१५

आएन संघीय शिक्षा ऐन

काठमाडौँ । संघीय संसद्बाट अघिल्लो हिउँदे अधिवेशनमा संघीय शिक्षा ऐन जारी गरिसक्नुपर्ने थियो । तर बर्खे अधिवेशनमा समेत पारित गराउन शिक्षा मन्त्रालय असफल भएको छ । विधेयकको मस्यौदासमेत तयार नहुँदै बिहीबारदेखि बर्खे (बजेट) अधिवेशन सकियो । शिक्षा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयले पहिले न ...

कर्णालीका थप २२ वटा विद्यालय डिजिटल बन्दै
२०७६ असोज ४ गते ०८:०२

कर्णालीका थप २२ वटा विद्यालय डिजिटल बन्दै

कर्णाली प्रदेश सरकारले थप २२ वटा विद्यालयलाई डिजिटल विद्यालय बनाउन लागेको छ । विद्यार्थीलाई सूचना प्रविधिको ज्ञानको विकास गराउन तथा नमूना विद्यालयको रुपमा चिनाउने लक्ष्यका साथ प्रदेश सरकारले डिजिटल विद्यालयको अवधारणा ल्याएको छ । प्रदेशका १० वटा जिल्लामा रहेका २२ वटा मावि तहका विद्यालयलाई डिजिटल विद् ...

संविधान दिवसः शिक्षाका संवैधानिक अधिकारको पुन: स्मरण
२०७६ असोज ३ गते १७:११

संविधान दिवसः शिक्षाका संवैधानिक अधिकारको पुन: स्मरण

  काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा शक्रबार  विशेष कार्यक्रम गरी संविधान दिवस  मनाइएको छ ।संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन् ...

 शिक्षक लाइसेन्स विज्ञापन खारेजी मुद्दाको फैसला सुनाउन अदालतलाई सकस, पेशी पुन: सर्यो
२०७६ असोज १ गते १२:५६

शिक्षक लाइसेन्स विज्ञापन खारेजी मुद्दाको फैसला सुनाउन अदालतलाई सकस, पेशी पुन: सर्यो

काठमाडौं । बहस सकिएर फैसला मात्रै सुनाउन बाँकी शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको पेसी पुन: सरेको छ । भाद्र ३१ गते तोकिएको पेशी पुन: असोज  ५ गतेलाई सरेको हो ।बहस सकिएर फैसला अन्तिम फैसला असोज  ५ हुने भएको छ । फैसला ३१ मा हुने भनिएको  असोज  ५ गतेलाई सरेको हो । मा ...

विद्यालय तहको नयाँ पाठ्यक्रम मन्त्रिपरिषदबाट पारित
२०७६ असोज १ गते १०:५१

विद्यालय तहको नयाँ पाठ्यक्रम मन्त्रिपरिषदबाट पारित

काठमाडौं । सरकारले विद्यालय तहको नयाँ पाठ्यक्रम पारित गरेको छ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको विद्यालय तहको नयाँ पाठ्यक्रम भदौ २० गतकोे मन्त्रीस्तरीय बैठकले पाठ्यक्रम पारित गरेको हो। कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डल ...

गरिब बालबालिका पढ्ने विद्यालय नै 'गरिब'
२०७६ भदौ ३१ गते २०:३५

गरिब बालबालिका पढ्ने विद्यालय नै 'गरिब'

सुर्खेत । दुर्गमका विद्यालयहरु आवश्यक पूर्वाधारलगायतको कमीका कारण गरिब हुनुपर्ने हो, तर यहाँ त प्रदेश राजधानीकै एक विद्यालयको अवस्था कुनै दुर्गमको विद्यालयभन्दा कम्तीको गरिब छैन ।कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरभित्रकै नेपाल बालमन्दिर प्राथमिक विद्यालयको अवस्था कुनै दुर्गमको विद्यालय भन्दा फरक छै ...

अस्थायी शिक्षकहरुसँग घुस खाने कर्मचारी विरुद्ध मुद्दा दर्ता
२०७६ भदौ ३१ गते १९:३९

अस्थायी शिक्षकहरुसँग घुस खाने कर्मचारी विरुद्ध मुद्दा दर्ता

काठमाडौं । अस्थायी शिक्षकहरुसँग गोल्डेन ह्याण्डसेकको रकममा घुस खाने कर्मचारी विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय शिक्षक किताबखाना काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्रकुमार के.सी. विरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको हो । ...

चिकित्सा शिक्षा अन्तर्गतका  स्थगित प्रवेश परीक्षाको मिति तय
२०७६ भदौ ३० गते २३:२७

चिकित्सा शिक्षा अन्तर्गतका स्थगित प्रवेश परीक्षाको मिति तय

काठमाडौं । स्थगित गरिएको चिकित्सा शिक्षा अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा हुने मिति तय भएको छ । चिकित्सा शिक्षा अध्ययन संस्थानले एक निर्णय गर्दै प्रवेश परीक्षाको मिति तय गरेको हो ।संस्थानको सोमवार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले प्रवेश परीक्षाको मिति तय गरेको जानकारी प्राप ...

शिक्षक दरबन्दी संघबाटै मिलान
२०७६ भदौ ३० गते ०९:०८

शिक्षक दरबन्दी संघबाटै मिलान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलाउन गृहकार्य थालेको छ । मन्त्रिपरिषद्ले दरबन्दी मिलान गर्ने मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएपछि मापदण्ड, कार्यविधि तय गर्नेलगायत तयारीको काम सुरु भएको हो । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स् ...

हिस्टुनको मुद्दा सरेको सर्यै, अस्थायी शिक्षककै नियति हुनेमा शंका
२०७६ भदौ २९ गते १९:५१

हिस्टुनको मुद्दा सरेको सर्यै, अस्थायी शिक्षककै नियति हुनेमा शंका

काठमाडौं । शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भाद्र ३१ गते मंगलवार हुने भएको छ । आज हुने भनिएको फैसला ३१ गतेलाई सरेको हो । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले  शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा ...

यसरी गर्ने प्रवेशपत्र प्रिन्ट, फोटो टाँसेर सिधै परीक्षामा सहभागी हुन पाइने
२०७६ भदौ २८ गते १९:०५

यसरी गर्ने प्रवेशपत्र प्रिन्ट, फोटो टाँसेर सिधै परीक्षामा सहभागी हुन पाइने

काठमाडौं । शिक्षक लाइसेन्स परीक्षाका परीक्षार्थीहरुले प्रवेश पत्र आफै प्रिन्ट गर्न पाउने भएका छन् । शिक्षक सेवा आयोगले शुक्रवार एउटा सूचना जारी गर्दै प्रवेश पत्र आफै प्रिन्ट गर्न मिल्ने र त्यसमा परीक्षार्थी आफैले फोटो टाँस्न मिल्ने जनाएको हो । यसअघि आयोगले अनलाइनबाट प्रवेश पत्र हेर्न मिल्ने बनाएर गल ...

निरन्तर शिक्षाविनाको साक्षरता अभियान निरर्थक
२०७६ भदौ २८ गते ११:३०

निरन्तर शिक्षाविनाको साक्षरता अभियान निरर्थक

रमाकान्त शर्मा जुन समाज ज्ञानमा आधारित भयो, त्यही समाज विकासमा फड्को मार्न सफल देखियो । शिक्षाको माध्यमबाट नै नागरिकको पोषण, स्वास्थ्यको अवस्था राम्रा पार्न, भौतिक सुविधा सम्पन्न हुन तथा तीब्र आर्थिक वृद्धि गर्न सफलता मिल्ने हो ।  शिक्षालाई महत्व दिएका समाज तथा देशहरु नै विकासमा अग्रस्थानमा पु ...

विश्वविद्यालय शिक्षामा हुनुपर्ने शुद्धिकरण
२०७६ भदौ २८ गते १०:३९

विश्वविद्यालय शिक्षामा हुनुपर्ने शुद्धिकरण

   केदारभक्त माथेमा नेपालको विश्वविद्यालय  शिक्षा संसारकै कान्छोमध्येमा पर्छ । वि.स. २०१५ सालसम्म नेपालमा विश्वविद्यालय नै थिएन । नेपालमा २०१५ सालमा विश्वविद्यालय स्थापना भयो जुन भारतमा अंग्रेजहरुले विश्वविद्यालय स्थापना गरेको एक सय वर्षपछि मात्रै सम्भव भएको थियो ।   अंग्रेजले म ...

‘सर्वहारा पार्टीको सरकार हुँदा विद्यालय कर्मचारी र इसिडि शिक्षक भोकभोकै मर्नुपर्ने हो ?’
२०७६ भदौ २७ गते १७:५५

‘सर्वहारा पार्टीको सरकार हुँदा विद्यालय कर्मचारी र इसिडि शिक्षक भोकभोकै मर्नुपर्ने हो ?’

कठमाडौं । राष्ट्रिय सभाका सदस्य चक्रपसाद स्नेहीले सरकारमा सर्वहारापार्टीको नेतृत्व भएपनि  विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको अवस्था भने दिनदिनै दयनीय हुँदै गइरहेको बताएका छन् । बिहिवार  राष्ट्रिय सभामा आफ्नो धारणा राख्दै सांसद स्नेहीले उमावि शिक्षक, इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुक ...

जागिरै खान अरु नै क्षेत्र छन्, अब हिजोको घोकन्ते सिकाइले हुँदैन : शिक्षामन्त्री
२०७६ भदौ २७ गते १६:४२

जागिरै खान अरु नै क्षेत्र छन्, अब हिजोको घोकन्ते सिकाइले हुँदैन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको एक दशक सार्वजनिक शिक्षा सबलीकरणमा सरकार रहेको र विद्यार्थीको ‘सिकाइमा क्रान्ति’ ल्याएपछि मात्र त्यो सम्भव हुने बताएका छन् । शिक्षामा काम गरिरहेका देशभरीका ३५४ संघ–संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान ( ...

विज्ञानमा उत्कृष्ट सातै प्रदेशका विद्यार्थी पुरस्कृत हुँदै
२०७६ भदौ २७ गते १३:११

विज्ञानमा उत्कृष्ट सातै प्रदेशका विद्यार्थी पुरस्कृत हुँदै

काठमाडौं । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट  विद्यार्थीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । आगामी असोज १ गते परेको विज्ञान दिवसमा अवसरमा हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एकरएक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको हो । दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम ...

४५ औं दीक्षान्त समारोहमा सहभागी हुनका लागि त्रिविले खुलायो आवेदन
२०७६ भदौ २७ गते १०:४८

४५ औं दीक्षान्त समारोहमा सहभागी हुनका लागि त्रिविले खुलायो आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४५ दीक्षान्तमा सहभागी हुन चाहने विद्यार्थीहरुसँग आवेदन माग गरेको छ । २०७५ जेठ १८ गतेदेखि २०७६ जेठ ३१  गतेसम्म सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका तथा सोही अवधिभित्र विद्यावारिधि पुरा गरेक ...

सरकारले थप्यो  ९ सय दरबन्दी, शिक्षामा कति ?
२०७६ भदौ २७ गते ०९:४७

सरकारले थप्यो ९ सय दरबन्दी, शिक्षामा कति ?

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना र कार्यक्रमका लागि स्थायी र अस्थायी गरी करिब ९ सय कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ वटा दरबन्दी सिर्जना गरेको छ । राजपत्रांकित स्थायी ८ सय ५३, राजपत्रांकित अस्थायी १५ ...

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का
२०७६ भदौ २६ गते २२:३५

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का

काठमाडौं। सरकारले जिल्लान्तर सरुवा रोक्का गरेको छ । अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले  निर्देशन जारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भाद्र २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा नगर्न नगराउन निर् ...

शिक्षक लाइसेन्स परीक्षाका परीक्षा केन्द्रहरु सार्वजनिक
२०७६ भदौ २५ गते १४:२५

शिक्षक लाइसेन्स परीक्षाका परीक्षा केन्द्रहरु सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।  आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच कि ...

अस्थायी शिक्षकका माग पुरा गर्न २ दिने अल्टिमेटम, २९ गते देखि निर्णायक आन्दोलनको धम्की
२०७६ भदौ २४ गते २२:४३

अस्थायी शिक्षकका माग पुरा गर्न २ दिने अल्टिमेटम, २९ गते देखि निर्णायक आन्दोलनको धम्की

काठमाडौं । अस्थायी शिक्षकहरुले विगतको सहमति कार्यान्वयन गर्न २ नम्बर  प्रदेश सरकारलाई २ दिने अल्टिमेटम दिएका छन् । विगतमा भएको प्रदेशबाट एक जना पनि अस्थायी शिक्षकलाई विस्थापित हुन नदिने मौखिक सहमति पालना गर्न भदौ २६ गते सम्मको अल्टिमेटम दिइएको हो । मंगलवार अस्थायी शिक्षकहरुले २ नम्बरका मुख्यमन् ...

शिक्षा विधेयक  संसदमा, केही प्रावधान प्रति सांसदहरुको आपत्ति
२०७६ भदौ २४ गते २०:५६

शिक्षा विधेयक संसदमा, केही प्रावधान प्रति सांसदहरुको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक माथि प्रतिनिधि सभामा छलफल भएको छ । विधेयक माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विधेयकमा धेरै प्रश्नहरु उठाएका छन् । कांग्रेस सांसदहरुले विधेयकमा उल्लेख गरिएको विश्वविद्यालय सभा ...

शिक्षक विज्ञापनको खारेजी मुद्दाले मंगलवार पालो पाएन, भाद्र २९ गते  फैसला हुने
२०७६ भदौ २४ गते १७:४८

शिक्षक विज्ञापनको खारेजी मुद्दाले मंगलवार पालो पाएन, भाद्र २९ गते फैसला हुने

काठमाडौं । शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला आज हुने भनिएपनि पालो नआएपछि भदौ २९ गतेका लागि सरेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले  शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।आज दोस् ...

शिक्षा दिवसमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित
२०७६ भदौ २४ गते १२:१२

शिक्षा दिवसमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

कपिलवस्तु । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिवराज नगरपालिका कपिलवस्तुले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । जिल्लाको चन्द्रौटामा आयोजित एक भव्य समारोहबीच मावि तह कविता प्रतियोगिता, आधारभूत तहमा चित्रकला प्रतियोगिता तथा २०७५ ...

शिक्षामा नीतिगत सुधारको आवश्यकता
२०७६ भदौ २४ गते १२:०९

शिक्षामा नीतिगत सुधारको आवश्यकता

कपिलवस्तु । शिक्षामा न्यायोचित वितरण भएमात्र शैक्षिक गुणस्तरमा सुधार आउने एक कार्यक्रमका सरोकारवालाहरुले जोड दिएका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षामा नीतिगत सुधार गर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् । कपिलवस्तुको चन्द्रौटामा सम्पन्न ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय ...

संस्थागततर्फ राष्ट्रकै उत्कृष्ट विद्यालय बन्यो रिलायन्स एकेडेमी
२०७६ भदौ २४ गते ११:५८

संस्थागततर्फ राष्ट्रकै उत्कृष्ट विद्यालय बन्यो रिलायन्स एकेडेमी

काठमाडौं । नेपालभरिका संस्थागत विद्यालयलाई पछि पार्दै रिलायन्स इन्टरनेसनल एकेडेमी भाद्र २२ गते ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित समारोहमा नेपाल सरकारद्वारा प्रदान गरिने उत्कृष्ट विद्यालय सम्मानद्वारा विभूषित भएको छ । कार्य ...

गण्डकी प्रदेशमै उत्कृष्ट बनेका शितलादेवी,  गणेश र विन्ध्यवासिनी मावि पुरस्कृत
२०७६ भदौ २३ गते १८:५४

गण्डकी प्रदेशमै उत्कृष्ट बनेका शितलादेवी, गणेश र विन्ध्यवासिनी मावि पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका उत्कृष्ट विद्यालयहरु पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा ति विद्यालयहरुलाई पुरस्कृत गरेको हो । सामुदायिक विद्यालयतर्फ प्रदेशमै पहिलो बन्न सफल शितलादेवी मा.वि., दोश्रो स्थान हासिल गर्न सफल बाग्लुङको गणेश मा. ...

हेर्नुहोस्, सरकारले पुरस्कृत गरेका मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरु
२०७६ भदौ २३ गते १७:४८

हेर्नुहोस्, सरकारले पुरस्कृत गरेका मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरु

काठमाडौं । सरकारले मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  सामुदायिक विद्यालयका ७७,  संस्थागत विद्यालय र नेपालस्काउट ...

अब साधारण विद्यालय शिक्षालाई सरकारले धेरै ध्यान दिँदैन– उपप्रधानमन्त्री पोखरेल
२०७६ भदौ २३ गते ११:३३

अब साधारण विद्यालय शिक्षालाई सरकारले धेरै ध्यान दिँदैन– उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेलले साधरण शिक्षा भन्दा प्राविधिक शिक्षाको विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । सरकारको  मुख्य ध्यान प्राविधि तथा व्यवसायिक शिक्षा विकासमा भइरहेको भन्दै पोखरेलले साधरण शिक्षा कम गर्दै प्राविधिक शिक्षालाई बढाउदै लगिने स्पष्ट पारे । ४० ...

शिक्षा दिवसको अवसरमा उत्कृष्ट विद्यालय र क्याम्पसहरु पुरस्कृत
२०७६ भदौ २२ गते १९:००

शिक्षा दिवसको अवसरमा उत्कृष्ट विद्यालय र क्याम्पसहरु पुरस्कृत

  काठमाडौं । सरकारले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरेको छ । आइतवार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित भव्य समारोहकाबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उत्कृष्ट विद्यालयहरुलाई शिल्ड, ध्वजा, प्रमाणपत्र र नगद स ...

शिक्षक लाइसेन्स विज्ञापन खारेजी मुद्दाको अन्तिम फैसला भदौ २४ गते हुने
२०७६ भदौ २२ गते १७:२३

शिक्षक लाइसेन्स विज्ञापन खारेजी मुद्दाको अन्तिम फैसला भदौ २४ गते हुने

काठमाडौं । शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भदौ २४ गते हुने भएको छ । आइतवार दुवै तर्फको बहस सकिएको छ । बहस सकिएपनि फैसला लेख्न ढिलाइ भएको र फैसला भदौ २४ गते सुनाइने अदालतले जनाएको हो । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको ...

सरकार आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्न प्रतिवद्ध– प्रधानमन्त्री
२०७६ भदौ २२ गते ११:०६

सरकार आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्न प्रतिवद्ध– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्न प्रतिवद्ध रहेको बताएका छन् । चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिलाई उपयोग गर्दै आगामी दिनहरु ...

सार्वजनिक विद्यालयको सवलीकरण सरकारको मुख्य प्राथमिकता–शिक्षामन्त्री
२०७६ भदौ २२ गते १०:५९

सार्वजनिक विद्यालयको सवलीकरण सरकारको मुख्य प्राथमिकता–शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक विद्यालयको सवलीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पाखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको स ...

आगामी २ वर्षभित्र नेपाल साक्षर बनेर छाड्नेछ–शिक्षा सचिव
२०७६ भदौ २२ गते १०:५९

आगामी २ वर्षभित्र नेपाल साक्षर बनेर छाड्नेछ–शिक्षा सचिव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका महेशप्रसाद दाहालले  सार्वजनिक शिक्षा प्रणालीमा रहेका  कमी कमजोरीको पहिचान  गरी शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रि ...

तीनैतहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण– महानिर्देशक पौडेल
२०७६ भदौ २२ गते १०:५८

तीनैतहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण– महानिर्देशक पौडेल

काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले  संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण गरिने बताएका छन् । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक सार्वजनिक अपिल जारी गर्दै महानिर्देशक पौडेलले शिक ...

एनसिई नेपालको अध्यक्षमा सुवेदी र सचिवमा सिग्देल निर्वाचित
२०७६ भदौ २२ गते ००:१९

एनसिई नेपालको अध्यक्षमा सुवेदी र सचिवमा सिग्देल निर्वाचित

काठमाडौ । शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई) नेपालको दशौ साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ । डिल्लीराम सुवेदीको नेतृत्वमा चयन भएको १७ सदस्यीय कार्य समितिमा उपाध्यक्ष राजेन्द« पहाडी र सान्त्वना देवकोटा केसी, महासचिव लाल बहादुर ओली, सचिव सुदर्शन सिग्देल र कोषाध्यक्ष टिकाराम आचार्य र ...