२०७६ कार्त्तिक ६ गते

कक्षा ११ को परीक्षाफल आज ११ बजे प्रकाशन गर्ने तयारी, बोर्डको बैठक बस्दै

अन्तैबाट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल आज बिहान ११ बजेभित्र प्रकाशित गरिने जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार १० बजे बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिए । विद्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न सक्नेछन् ।

बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो । यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

विद्यार्थीहरुले नतिजा www.neb.edusanjal.com मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो विद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र  हेर्न सकिने छ ।

Comments: