• बिएड तेस्रो वर्षको नतिजा प्रकाशित
    ()

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षा तर्फको स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।

    गत जेठ महिनामा सञ्चालित बिएड तह तेस्रो वर्षको परीक्षाको नतिजा त्रिविले सार्वजनिक गरेको हो ।

    पनिका बल्खुका अनुसार कुल परीक्षार्थीमध्ये ३६.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । सिम्बोल नम्बर टाइप गरेर नेपाल टेलिकमबाट ४९४९ मा म्यासेज गरेर नतिजा हेर्न सकिने त्रिविले जनाएको छ ।

     

    नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।