२०७६ मंसिर २ गते

आजदेखि चार दिनसम्म सबै शैक्षिक संस्था बन्द


काठमाडौं । स्थानीय तहको दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरुमा आजबाट चारदिन सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको शिक्षा विभागले जनाएको छ ।


मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन निर्वाचन आयोगले गरेको आग्रह अनुसार शिक्षा विभागले विद्यालय बन्द गर्ने सुचना जारी गरेको हो ।


मतदानको दिन असार १४ गते भने सरकारले सार्बजनिक विदा दिने निर्णय गरिसकेको छ । मतदानको दिन सबै सरकारी, अर्धसरकारी तथा सार्बजनिक संस्थानहरुमा सार्बजनिक विदा हुनेछ ।


शिक्षा विभागले शुक्रवार सुचना जारी पाँचै क्षेत्रिय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय तथा सम्पुर्ण विद्यालयहरुलाई चार दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो । विभागले सो बन्दको अवधिलाई हिउँदे, बर्षे वा अन्य बिदाबाट समायोजन गर्न समेत आग्रह गरेको छ ।


दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरुमा असार १४ गते स्थानीय तहको चुनाव हुँदैछ । पहिलो चरणमा भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते चुनाव भएको थियो । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

Comments: