२०७६ असोज ३ गते

बहुभाषिक परिवेशमा साक्षरता

अन्तैबाट

काठमाडौं । नेपाल बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा वीरगंजका पंकज श्रेष्ठले खिचेको फरक क्षमता नामक तस्बिर पहिलो भएको छ। युनेस्को नेपाल र मानव स्रोत विकास केन्द्रको सहकार्यमा फोटोपत्रकार क्लबद्वारा आयोजित यो प्रतियोगितामा अटिजमका विद्यार्थी पढाउँदै गरेको तस्बिर पहिलो भएको हो ।

यसैगरी सुनिता डंगोलले खिचेको तस्बिर दोस्रो भएको छ। डंगोलको तस्बिरले जिवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउँदै गरेको अवस्थालाई वर्णन गर्छ।

संकेतिक भाषा प्रयोग गरेको अवस्थालाई वर्णन गर्ने अनिश रेग्मीको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै सुजन श्रेष्ठ र प्रतिक गुरुङको तस्बिरले सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ तस्बिर प्राप्त भएका थिए। निर्णायक चरणबाट विजेतासहित उत्कृष्ट ५४ वटा तस्बिरहरु छानिएका छन्। देशभरबाट प्राप्त तस्बिरहरुले देशको वर्तमान शिक्षाको स्थिति, विद्यार्थी, स्कुल र शिक्षकबीचको सम्बन्ध झल्काउँछन्।

पहिलो भएको तस्बिरले ७० हजार रुपैयाँ पुरस्कार पाउने छ। त्यस्तै उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउँने छ। त्यसैगरी अन्य दुई सान्त्वना विजेता तस्बिरले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

विजेताहरुलाई यही भदौ २२ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ। विजेता सहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी भदौ २२ गतेदेखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद ) बबरमहलमा गरिने फोटोपत्रकार क्लबले जानकारी दिएको छ।

अन्नपूर्णपोष्टमा खबर छ ।

Comments: