• शिक्षक महासंघ खारेजीको मुद्दामा आइतवार पुनः बहस हुँदै
    (ईपाटी संवाददाता)

  • काठमाडौं । नेपाल शिक्षक महासंघ खारेजीको मुद्दामा सर्वोच्च अदालतमा आज आइतवार पुनः बहस हुने भएको छ ।

    दिपेश कार्की समेतका शिक्षकहरुले नेपाल शिक्षक महासंघ खारेज गर्न भन्दै २०७१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा आइतवार पुनः हुने भएको हो ।  

    शिक्षकहरु राज्यकोषबाट तलवभक्ता पेन्सन खाने वर्ग भएकाले शिक्षकहरुलाई विधान बनाई संघ/संगठन/परिषद/मञ्च बनाउने अधिकार नभएको हुँदा विधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

    यसअघि नै सवोच्च अदालतको पूर्ण ९५ जना न्यायधीश० इजलाशले विधान कानून नभएकाले सरकारी कोषबाट तलवभक्ता खाने वर्गले विधान बनाउने अधिकार नहुने भनी गरेको फैसलाको नजीर रहेको मुद्दामा जिकिर गरिएको छ ।

    यसअघि नै साविक शिक्षक युनियन अवैध संस्था भएकाले उक्त युनियनले २०६८ माघ २२, २३, २४ र २५ गते लाई तोकेको काम रोक धर्ना कार्यक्रमलाई पुनरावेदन अदालत पाटनले २०६८ माघ १९ मा अन्तरिम आदेशबाट रोक लगाएको थियो ।

    शिक्षक महासंघले २०७२ भाद्र २० गतेलाई तोकेको कामरोक धर्ना कार्यक्रमलाई पूनः पुनरावेदन अदालत पाटनले २०७२ भाद्र १७ मा आन्तरिम आदेशबाट रोक लगाएको थियो ।

    सोही मुद्दा लडिरहेका अधिवक्ता कोषराज काफ्लेले शिक्षकका पेशासँग सम्बन्धीत महासंघलगायत कुनैपनि शिक्षकका संघ संगठनहरु वैध नभएका बताए । शिक्षा ऐनमा महासंघ गठनको व्यवस्था भएपनि विधान बनाएर महासंघ गठनलाई कि त नियमावलीमै व्यवसथा गर्नुपर्ने या निर्देशिका बनाएर व्यवस्था गर्नुपर्ने काफ्लेले स्पष्ट पारे ।