२०७७ जेष्ठ १७ गते

विद्यालयबाट फर्किदै गरेका बालक बाढीले बगाएर बेपत्ता

इपाटी संवाददाता

नुवाकोट । नुवाकोटको पश्चिमी भेगमा रहेको भाल्चेमा बाढीसहितको खोलाले बगाउँदा एकजना स्कुले बालक वेपत्ता भएका छन्। किस्पाङ गाउँपालिका-१ भाल्चेस्थित सामरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १० वर्षीय सरोज घले वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

स्थानीय होलिजोन बोर्डिङ स्कुलको कक्षा ३ मा अध्ययनरत घले सोमबार बेलुकी विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको थियो।विद्यालयबाट फर्केका तीनमध्ये घलेलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ ।

वडाध्यक्ष आइतबहादुर घलेका अनुसार बाढीले बगाएर बेपत्ता बालकको खोजि भइरहेको छ।यस्तै चट्याङ लागेर नुवाकोटकै बुङताङ गाविस-४ पारीगाउँका सुकुराम तामाङको गोठमा पालेको एक हल गोरु र एउटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Comments: