२०७६ असोज २ गते

शिक्षकको सुविधा निजामति कर्मचारी भन्दा १० % बढाइने,शिक्षकबाटै शिक्षा अधिकारी बनाउने प्रस्ताव

ईपाटी संवाददाता


काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालयका शिक्षक पदमा मेघावीहरुलाई आकर्षण गर्न शिक्षकको वेतनमान र सुविधालाई सोही योग्यताको सरकारी कर्मचारीले पाउने  भन्दा १० प्रतिशतले बढाउने प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।


अहिलेको विविध प्रकारका माध्यमिक शिक्षक दरबन्दी व्यवस्था गरी स्थायी र अर्को अस्थायी(एक वर्षे आवधिक करारकारुपमा) मात्र व्यवस्था गर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ । युद्धस्तरमा विषय शिक्षक दरबन्दी आपूर्तीको सम्पूर्ण खर्च जुटाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले ७०ः१५ः१५ प्रतिशतको अनुपातमा स्रोत जुटाउने नीति अवलम्वन गर्ने प्रस्ताव मस्यौदा प्रतिवेदनमा गरिएको छ ।


आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय शिक्षा सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा शिक्षकको वृत्ति विकासका लागि उसको पदोन्नति भएर कुनैपनि श्रेणीसम्म जानसक्ने, शिक्षा निरिक्षक, शिक्षा अधिकारी वा शिक्षा सम्बन्धी नीति निर्णय गर्ने सरकारी पदमा जाने बाटो कानूनतः खुल्ला गरिने प्रस्ताव गरिएको छ ।

Comments: