२०७६ असोज २ गते

मावि शिक्षक बन्न स्नातकोत्तरमा प्रथम श्रेणी हुनुपर्ने, योग्यता र तालीम बढाए सुविधा नि बढ्ने

ईपाटी संवाददाता


काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले अबदेखि माध्यमिक तहको शिक्षक बन्न स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याएकै हुनुपर्नेे व्यवस्थाको प्रस्ताव सहितको प्रतिवेदनको मस्यौदा तयार गरेको छ ।


स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याएका व्यक्तिलाई शिक्षक लाइसेन्स नभएपनि एकमहिने शिक्षण तालीम लिएको भए प्रधानाध्यापकले सोझै रिक्त दरबन्दीमा नियुक्ति गर्न सक्ने नीतिगत व्यवस्थाको प्रस्ताव मस्यौदा प्रतिवेदनमा गरिएको छ ।


कुनैपनि शिक्षकले आफ्नो शैक्षिक योग्यता र शिक्षक तालीम बढाएमा उसको तलव सुविधा पनि स्वत्तः बढ्ने प्रस्ताव मस्यौदा प्रतिवेदनमा गरिएको छ ।


आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनु अघि आयोगले बिहीबार गरेको राष्ट्रिय शिक्षा सम्मेलनमा वितरित प्रतिवेदनको मस्यौदामा कुनैपनि द्यिालयमा एकजना शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने त्यसपछि स्वत्तः सरुवा हुने प्रस्ताव गरिएको छ ।


शिक्षक पदमा महिलालाई विशेष ग्राह्यता दिइने साथै दलित बस्ती सघन भएको हरेक विद्यालयमा एकजना दलित शिक्षक अनिवार्य हुनुपर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।


कुनैपनि खालको विद्यालयमा स्थायी शिक्षकको नियुक्तिको सिफारिस संवैधानिक कानूनी  हैसियत प्राप्त स्वतन्त्र र स्वयत्त राष्ट्रिय वा प्रादेशिक शिक्षक सेवा आयोगले मात्र गर्ने नीति अवलम्वन गर्ने र संधिान संशोधन नभएसम्मका लागि यसलाई संघीय शिक्षा ऐन मार्फत स्तन्त्र र स्वयत्त आयोग बनाउने प्रस्ताव मस्यौदामा गरिएको छ ।



Comments: