२०७६ मंसिर २ गते

अनशनरत अस्थायी शिक्षकको स्वास्थ्य अवस्था नाजुक बन्दै


काठमाडौं । आमरण अनशन बसेका अस्थायी शिक्षकहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । विगत पाँचदिनदेखि भद्रकालीमा आमरण बस्दै आएका पाँच जना अस्थायी शिक्षकहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो ।


अनशन बसेका मध्ये केही शिक्षक बोल्नै नसक्ने अवस्थामा समेत पुगेका छन् । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपनि माग पुरा नभएसम्म अनशन नतोड्ने उनीहरुले बताएका छन् ।


बिभेदकारी शिक्षक विज्ञापन खारेज गर्नुपर्ने, हालसम्मका अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने, विगतका विज्ञापनबाटै विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्ने लगायतका माग राख्दै अस्थायी शिक्षकहरुले असार २ देखि आमरण अनशन शुरु गरेका हुन् ।


अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका अध्यक्ष विन्दा कुमार दास चौधरीले जानकारी दिए । अनशनरत अस्थायी शिक्षकहरुको स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक बन्दै गए पनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै आफुहरु मर्न तयार रहेको तर बीचमै आन्दोलन स्थगीत नगर्ने चौधरीले बताए । शिक्षक सेवा आयोगले परीक्षाको मिति सारेपनि त्यो आफुहरुलाई मान्य नभएको भन्दै परीक्षा नै खारेज हुनुपर्ने उनले माग गरे ।

Comments: