२०७६ भदौ ५ गते

स्थायी नहोउञ्जेलसम्म आन्तरिक परीक्षा गरिरहन अस्थायी शिक्षकको माग

ईपाटी संवाददाता


काठमाडौं । अस्थायी शिक्षकहरुले आफूहरुलाई विस्थापित नगरी स्थायी नहाउञ्जेलसम्म निरन्तर आन्तरिक परीक्षा गरिरहन सरकारसँग माग गरेका छन् ।


मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै अस्थायी, करार शिक्षक केन्द्रिय समितिले यस्तो माग गरेको हो । यो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने समितिले चेतावनी दिएको छ ।


समितिका अध्यक्ष हेमनाथ चौलागाइले परीक्षामा अनुत्तीर्ण गराएर राज्यले अस्थायी शिक्षकहरुको बेइज्जत गरेको आरोप लगाए । अयोग्यको बिल्ला भिराएर राज्यले अस्थायी शिक्षकहरुको आत्मसम्मानमा चोट पुर्याएको भन्दै चौलागाईले अकाशको पत्र बुझ्दा देशभर ४ जना अस्थायी शिक्षकहरुको ह्दयघातबाट मृत्यु भएको जानकारी दिए ।


म्यादी करार शिक्षकले अस्थायी शिक्षक विस्थापित गर्न नसक्ने भन्दै अध्यक्ष चौलागाईले अस्थायी शिक्षकको आन्तरिक परीक्षामा खुला विज्ञापनको प्रश्न सोधेकाले धेरै फेल भएका दाबी गरे ।


४/५ हजार अस्थायी शिक्षकलाई जागिरमा निरन्तरता दिँदैमा आकाश नखस्ने भन्दै चौलागाईले ६० वर्षसम्म निरन्तर सेवागर्न  दिन सरकारसँग माग गरे ।
नेपाल सामुदायिक शिक्षक युनियनका अध्यक्ष सूर्य तिवारीले सरकारले १२ अर्ब खर्च गरेर अस्थायी शिक्षकलाई बेरोजगार बनाउन लागेकोमा धन्यवाद दिए ।

एकातिर रोजगारको नारा लगाउने अर्कोतर्फ भएको रोजगार खोस्ने काम सरकारले गरेको भन्दै सर्वोच्चको संवैधानिक इजलाशमा जारी मुद्दाको टुंगो नलागेसम्म सरकारले एकजना पनि अस्थायी शिक्षकलाई विस्थापित गर्न नसक्ने स्पष्ट पारे । पूर्व सरकारले परीक्षा पछिको सुविधाको व्यस्था गरेको भएपनि वर्तमान सरकार गठन भएको एकवर्ष नबित्दै अस्थायी शिक्षक घरबारवीहिन हुन पुगेको तिवारीको आरोप थियो ।


अस्थायी शिक्षक आन्दोलन समितिका सह–संयोजक जीवन सुवालले सरकारले सेटिङ मिलाएर परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्दा अस्थायी शिक्षकहरु स्थायी हुनबाट बञ्चित भएका आरोप लगाए ।


१८ वर्ष विज्ञापन गर्न असफल शिक्षक आयोग सर्वोच्च अदालतले थातीराख भन्दाभन्दै विज्ञापन गर्न हातारिएको भन्दै सुवालले परीक्षा, नतिजा, पुनर्मूल्यांकन सबैमा आर्थिक चलखेल भएको हुनसक्ने आशंका व्यक्त गरे ।


३ घण्टे परीक्षाले अस्थायी शिक्षकको सही मूल्यांकन गर्न नसक्ने भन्दै यदि अस्थायी शिक्षकलाई विस्थापित गर्ने काम नरोकीय ७७ जिल्ला र ७५३ वटै स्थानीय हमा आन्दोलनको आधीबेहरी सिर्जना गर्ने चेतावनी दिए ।


संघर्ष समितिले बैशाख ११ र १२  गते शिक्षा मनत्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, शिक्षक सेवा आयोगलगायतमा ध्यानाकर्षण पत्र बुझाउने र १३ गते शुक्रवार देशभरबाट शिक्षक उतारी भद्रकालीबाट बानेश्वरसम्म विशाल प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

Comments: