२०७६ कार्त्तिक २९ गते

विद्यालयमा अझै छुवाछुत : दलित विद्यार्थीले छोएको पानी चल्दैन

राजन रावत/हुम्ला

 


सरकारले छुवाछुत मूक्त गरिसकेको छ । यो अब कानूनी दायरामा आउने भएको छ । तर, सिमकोट गाँउपालिकाको वडा नम्वर २ को रामदेव माविमा भने अझैपनि छुवाछुत विद्यमान रहेको छ ।

दलित विद्यार्थी र अन्य जातिका विद्यार्थीहरु सँगै बसेर खाजा त के पानी पनि  नखाँदा अहिलेको जमानामा पनि छुवाछुताले निक्कै ठूलो रुप लिएको हो ।

घरबाट करिब १५ मिनेट टाढाको विद्यालयमा विद्यार्थीहरुले खाजा बोकेर विद्यालय मै ल्याउने गरेको तर अन्य जातिका विद्यार्थीले दलित छोएको खाजा नखाने सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत् छात्रा शान्ति परियारले बताइन् । खाजा खाने समयमा छुट्टै बसेर खानु पर्ने अवस्था अन्य जातिका विद्यार्थीले सृजनागर्ने गरेको छात्रा परियारले बताइन् ।

यसरी छुवाछुत भएको कारण दलित विद्यार्थीहरुको विद्यालयमा उपस्थिती दैनिक रुपमा घट्दो क्रममा रहेको विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेले बताए ।

 विद्यार्थीलाई सहज होस भनेर शिक्षकहरुले दलितसँगै बसेर खाजा खाने गरे पनि अन्य जातिका विद्यार्थी दलितले छोएको खाजा खाना नमानेको उनले बताए ।  विद्यालयमा निक्कै प्रयास गरिए पनि हालसम्म सफल हुन नसकेको उनले स्पष्ट पारे ।               
             
           
शान्ति परियार
कक्षा आठ
 कक्षामा अझै पनि छुवाछुतको अवस्था रहेको छ । विद्यालयमा दलित विद्यार्थीले ल्याएका नास्ता अन्य सहकर्मीहरुले पनि नखाने बरु शिक्षकहरुले खाने गर्नुभएको छ । दलित माथि भेदभाव अहिले पनि हुने गरेको छ ।
       
    
                            




Comments: