२०७६ चैत्र २२ गते

एक शिक्षकको कविता : मेरो देश र तिम्रो भाईरस

अर्जुनप्रकाश भुसाल
एक शिक्षकको कविता : मेरो देश र तिम्रो भाईरस
 
मेरो देश,
वीरताले रंगिएको,
गौरवपुर्ण गाथाले भरिएको,
ईतिहासहरूको फगत विस्कुन मात्र होइन
सगरमाथारूपी दृढ आत्मविस्वास पनि हो।
तिमीहरूले जन्मायौ,
प्लेग, हैजा, स्पेनिस फ्लु , सार्स र ईवोला,
बनायौ करोडौ मानिसहरूको जीवनलिला,
देखायौ कथित आणविक युद्दको ताण्डव नृत्य
तर,
कहिल्यै झुकेन मेरो देश, लत्रिएन मेरो देश ।
हराएकै त हो ती विश्व युद्दाका माहारथिलाई,
भगाएकै त हो देशको सिमावाट ज्यानको वाजीलगाई,
देखायौ त पटक पटक अमानविय नग्न नृत्य,
तर ,
झुकेन मेरो देश ती नरपिचास भक्षकसॅग,
जहाॅ थिए वीर वलभद्र देश भक्त रक्षकहरू
पृथ्वीनारायण शाहको विस्तारको पथमा
भक्ति थापा अमरसिहं थापा जस्ता सपुतहरू
भोक प्यासै लडी कुमाउ गढवाल र टिष्टासम्म
बचाएको मेरो देश,
तिमीहरूको कुकर्मको वृष्टि भइरहँदा मेरो देश
जानकी र पशुपतिनाथलाई सगरमा राखी साक्षी बनेको छ
गौतम बुद्दको अथाह दुर दृष्टि मार्गनिर्देशमा ।
सक्दैन कसैले भाईरस पठाउन यहाॅ
यो देश पृथ्वीनारायण शाहले एकिकरण गर्दा भूगोल मात्र गरेनन्
वीर नेपालीको मन सम्वन्ध र विश्वाश पनि गरे र आज पनि
मेरो देश ईतिहासको फगत विस्कुन मात्र होइन......
वर्तमानको अटल एकता देशभक्तिको सूचक पनि हो
हाम्रो विश्वाशको सगरमा छुन सक्दैन कसैले
मेरो देश र तिम्रो भाईरस हुन सक्दैन कसैले ।
 
(कोरोनाको त्रासदिपूर्ण वातावरणमा एक शिक्षकको आइसोलेसनमा आएको भावना )

Comments: