• शिक्षा बजेट अपुग भएपछि अन्य शिर्षकको बजेटबाट शिक्षकलाई तलब !
    (इपाटी संवाददाता/हुम्ला)

  • चालु आर्थिक वर्षमा शिक्षा बजेट अपुग भएपछि एउटा गाउँपालिकाले अन्य शिर्षकबाट शिक्षकलाई तलब खुवाएको छ ।

    हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षा बजेटमा शिक्षक तलब र छात्रवृत्तिको रकम अपुग भएपछि अन्य शिर्षकबाट रकम झिकेर विद्यालयलाई निकासा दिएको छ ।

    केन्द्रबाट उक्त शिर्षकमा आउनु पर्ने अपुग बजेट नआए पछि गाउँपालिकाले अन्य शिर्षकको रकमबाट भए आर्थिक बर्षको अन्त्यमा आएर विद्यालयलाई निकासा दिएपछि बल्ल विद्यार्थीले छात्रवृत्ति र  शिक्षककर्मचारीहरुले तलब भत्ता खान पाउने भएका हुन ।

    गाउँपालिका भरिका विद्यालयहरुका लागि तेस्रो चौमासिक अवधीका लागि तीन करोड दश लाख २३ हजार २२६ रुपियाँ निकासा गएको गाउँपालिकाका लेखा प्रमुख प्रेम बुढाले  जानकारी दिए ।

    शिक्षा बजेट अपुग भएको र उक्त अपुग रकम नआएकै अवस्थामा शिक्षाको समस्या समधान गर्न अन्य योजनाको पैसाबाट बिद्यालयमा निकासा दिइएको बुढाले स्पष्ट पारे  ।

    यो पनि पढ्नुहोस्:     गाउँपालिकाको शिक्षा बजेटः शिक्षकको तलब नै अपुग, सिकाइ सुधार कसरी ?


    विद्यालयहरुका लागि एक करोड २६ लाख ७७ हजार अपुग रकम अन्य विकासे योजनाहरु झिकेर  हालिएको हो । उक्त निकासा गएको रकमबाट गाउँपालिकाका सबै २३ वटा विद्यालयहरुमा बालविकासका सहयोगी कार्यकर्तादेखि विद्यालय कर्मचारी र शिक्षकहरु गरि १८१ जनाले तलब भत्ता खाना पाउने पालिकाको शिक्षा शाखाका संयोजक गंगा प्रसाद भट्टले जानकारी दिए ।

    त्यसैगरी छात्रा र दलित विद्यार्थीहरुले पनि तेस्रो चौमासिक छात्रवृत्ति पाउने भट्टले बताए । बजेट अपुग हुने भएपछि गाउँपालिका भरिका शिक्षकले तलब खान नपाउने समचार एजुकेशन पाटी डटकमले सार्वजनिक गरेको थियो । लगत्तै गाउँपालिकाले अन्य शिर्षकको बजेटबाट शिक्षक तलब र छात्रवृत्तिको व्यवस्था गरिदिएको हो ।