२०७६ कार्त्तिक ६ गते

आयोगले सच्यायो प्राविको नतिजा

ईपाटी संवाददाता


काठमाडौं । शिक्षक सेवा आयोगले यसअघि सार्वजनिक गरेको प्राविर्फको नतिजा सच्याएको छ ।


आयोगले सार्वजनिक गरेको दाङ जिल्लाको नतिजा सच्याएको छ । आयोगले एउटा सूचना जारी गर्दै उत्तीर्ण हुनेहरुको नाम थप गरेको छ । यस्तै एकजनालाई वैकल्पिकमा थपेको छ ।


आयोगले उत्तीर्ण हुनेहरुमा रूद्रे नरहरिनाथ,३ कालीकोटका गजेन्द्र बहादुर बुढा, बुढीगंगा,२ बाजुराका रण बहादुर थापा र कुशे,८ जाजरकोटका निरञ्जन आरसीको नाम थप गरेको हो ।


यसैगरी आयोगले वैकल्पिक तर्फ मंगलसेन–११, अछामका प्रमिला कुमारी रावलको नाम थप गरिएको छ ।

Comments: