२०७६ असोज १ गते

अन्तर्वार्ता अघि परीक्षामा असफल अस्थायी शिक्षक नहट्ने

ईपाटी संवाददाता


भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुविधा रोजेका तथा परीक्षामा असफल अस्थायी शिक्षकहरु तत्काल बिदा नहुने जनाएको छ । लिखित परीक्षाको सम्पूर्ण नतिजा आइसकेपछि पनि प्रयोगात्मक परीक्षा  र अन्तवार्ता  नहुञ्जेलसम्म अस्थायी शिक्षकहरुलाई सेवाबाट  बिदा नगरिने केन्द्रले स्पष्ट पारेको छ ।


केन्द्रले शिक्षा मन्त्रालयले मंसिर १७ गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसार अन्तर्वार्ता अघि कुनैपनि अस्थायी शिक्षकलाई सेवामा बाधा नपुर्याउन ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाई र ५ वटै शिक्षा विकास निर्देशनालयहरुलाई निर्देशन दिएको हो ।


Comments: