२०७६ मंसिर २० गते

हेर्नुहोस्, मावि र निमावि तहको विद्यालयगत परीक्षा केन्द्र

इपाटी संवाददाता

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र  सार्वजनिक गरेको छ ।

मंगलवार आयोगले निमावि र मावि तहको  परीक्षा केन्द्र  सार्वजनिक गरेको हो । आयोगले यसअघि नै प्राथमिक तहको विद्यालयगत परीक्षाकेन्द्र सार्वजनिक गरिसकेको थियो ।

शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।  आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।

आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ ।

नोटः फेसबुकबाट खोलेको लिंकमा परीक्षा केन्द्र नदेखिएमा डाइरेक्ट साइट खोलेर हेर्दा देखिन्छ ।

माध्यमिक तहको


निम्न माध्यमिक तहको

Comments: