२०७६ कार्त्तिक ५ गते

ठडिए सुविधायुक्त स्कुल भवन

अन्तैबाट

सिन्धुपाल्चोक  । भूकम्प गएको चार वर्षपछि गाउँगाउँमा महलजस्तै सुविधा सम्पन्न विद्यालय ठडिन थालेका छन् । सरकारी र गैरसरकारी संस्थाको सहयोगमा सुविधासम्पन्न विद्यालयको भवन बनेका हुन् ।


जापान राजदूतावासको आर्थिक र टुकी संघको समन्वयमा झन्डै २ करोड रुपैयाँको लागतमा सुनकोसी गाउँपालिका–३ मा विद्यालय भवन बनेको छ । ‘गाउँमा भव्य भवन ठडिएपछि यहाँको रौनक बढेको छ, बालबालिका पहिलेभन्दा नियमित बन्दै गएका छन्,’ कालिका जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद खनालले भने । जापान राजदूतावासकी प्रतिनिधि युमिको युसिनोसहित उपप्रमुख लक्ष्मी पौडेलले बुधबार भवनको उद्घाटन गर्दै विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

अपांगमैत्री शौचालय, धारादेखि पुस्तकालयसम्म सुविधा सम्पन्न भवन पाएपछि बालबालिका दंग छन् । टाटा ट्रस्ट र सिप्रदियन सहायता संस्थाको ३ करोड ९७ रुपैयाँमा बलेफी–६ मा महलजस्तै भवन बनेको छ ।


सुनकोसी नदीपारिको माथिल्लो गाउँ सुनकोसी–४ यमुनाडाँडामा बनेको गणेश माध्यमिक विद्यालयको भवन पनि नयाँ बनेको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: