२०७६ कार्त्तिक ५ गते

अस्थायी शिक्षकहरुसँग घुस खाने कर्मचारी विरुद्ध मुद्दा दर्ता

ईपाटी संवाददाता


काठमाडौं । अस्थायी शिक्षकहरुसँग गोल्डेन ह्याण्डसेकको रकममा घुस खाने कर्मचारी विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय शिक्षक किताबखाना काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्रकुमार के.सी. विरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको हो ।

अस्थायी शिक्षकले अवकाशपछि गोल्डेन हेण्डसेक बापत पाउने रकमको सिफारिस गरे वापत सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले पराजुली र केसीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले पराजुली र के.सी.लाई अवकाश पश्चात पाउने सेवासुविधाको रकम भुक्तानीको सिफारिसपत्र तयार गरेवापत घुस मागेको सूचनाको आधारमा पक्राउ गरेको थियो ।

Comments: