२०७६ कार्त्तिक २९ गते

कर्णालीका विद्यालय अपांगमैत्री नहुँदा विद्यार्थीलाई सास्ती

प्रभा रावत/सुर्खेत


कर्णाली प्रदेशमा अपांगमैत्री विद्यालय नभएको पाइएको छ । जसका कारण विद्यार्थीलाई सास्ती हुने गरेको छ ।  कर्णालीमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको तथाङ्क संकलनका क्रममा यस्तो पाइएको हो । कार्यक्रममा दैलेख र जाजरकोटमा गरी ४ वटा विद्यालयको स्रोत कक्षामा अनुगमनक्रमा अपांगमैत्री विद्यालय नभएको अनुगमनका क्रममा भेटिएको छ ।


अपांगता भएका बालबालिकालाई शिक्षा दिनुपर्ने भएपनि घरपरिवार, विद्यालय र स्थानीय निकाय पनि जिम्मेवार नहुँदा बालबालिकालाई समस्या हुने गरेको बताएका छन् । १० जना अपांगता भएका बालकालिकाहरु भएको स्थानमा एउटा विशेष खालको कक्षा सञ्चालन गर्न पाउने व्यवस्था भएपनि  यो सुविधा नहुँदा धेरै स्थानमा विद्यार्थीहरु शिक्षा लिनबाट बन्चित भएका छन् ।


कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका लोकबहादुर विष्टले विषेश कक्षा सञ्चालनका लागि १० वटा जिल्लामा २ करोड रकम मन्त्रालयले छुट्याएको बताए । हाल नेपालमा प्राथमिक तहमा ९६ प्रतिशत बालबालिका भर्ना भएको भन्दै बाँकी भएका ४ प्रतिशत मध्ये २ प्रतिशत अपांगता भएका बालबालिका भएको बताए ।


Comments: