२०७६ कार्त्तिक २७ गते

यी बालबालिका हुन्, खाली कागज या काँचो माटो होइनन्

आलोक कुमार मिश्र

आलोक कुमार मिश्र हाल दिल्लीको एक सरकारी विद्यालयमा सामाजिक विज्ञान विषयका शिक्षक हुन् । उनले एउटा अनुभव लेखेका छन् । जसले शिक्षाको क्षेत्रमा त्यो मान्यतालाई चुनौती दिन्छ  जो बालबालिकालाई खाली कागज मान्यताको हिमायती छन् । यस मान्यतालाई तर्कको आधारमा परख्ने कोशिश गरेका छन् उनले यस लेखमा ।


आलोक लेख्छन्– त्यसो त धेरै शिक्षाविदहरु इस्तो मान्यताहरुलाई तार्किक आधारमा खारेज गरिदिएका छन् जसले साना बालबालिकालाई खाली कागज सम्झन्छन् या काँचो गिलो माटो, जसमा शिक्षक, अभिभावक या अन्य ठूला मान्छेले जे लेख्छन् त्यो अंकित हुने गर्छ । उनीहरुलाई जसरी ढालिन्छ  त्यसैगरी ढल्छन् ।


बालबालिकालाई खाली कागज मान्नु किन गलत छ ?
उनी अगाडि भन्छन् यसमा स्ययं उनीहरुको प्रयासहरु, अन्तर्निहित क्षमताहरु, या सहज रुपले उपलब्ध परिवेशको भुमिका  गौण नै रहन्छ । आजसम्म पनि यो हाम्रो शिक्षा व्यवस्थामा यही मान्यताको प्रभाव पाइन्छ । विद्यालयमा किताबी ज्ञानलाई नै अन्तिम ज्ञान मानी त्यसैलाई रटाउने प्रयासमा जुटिरहेको देखिन्छ ।  


बालबालिका यस प्रचलित मान्यता भन्दा पर आफ्नो समृद्ध उपस्थिति दर्ज गराउँछन् । उनीहरु आफ्ना गतिविधिहरु, कुराकानी तथा सहज मेधाले यो सिद्ध गर्न लाग्छन् कि उनीहरुको दिमाग कुनै खाली कागज सम्झनु गलत हो ।


बालबालिकाहरु आफ्ना सामाजिक–सांस्कृतिक सन्दर्भहरुको अनुरुप अनुभव तथा बुझाइले पूर्ण हुन्छन् । औपचारिक रुपले सिक्न उनीहरुले शून्य बाट कदापी शुरु गर्दैनन् । जन्मिए पछि  तथा विद्यालयमा प्रवेश गर्नुअगाडिसम्मको बीचमा बालबालिकाहरु भाषा, शारीरिक कौशल एवम् संस्कृतिको सरल सुत्रहरु क्ेही हदसम्म आत्मसात गरिसकेका हुन्छन् । उनीहरु आफ्ना केही विशिष्ट क्षमताहरुलाई कच्चा रुपमा नै सही अवसर मिल्नसाथ प्रदर्शित गर्न थाल्छन् ।


वास्तवमा अगाडिका औपचारिक वा सुनिश्चित यात्रामा त्यो गाह्य तथा अन्तक्र्रिया गर्न यी विशिष्टता धेरै महत्वपूर्ण हुन्छन् । यसलाई आधार बनाएर सिकाइको प्रक्रियालाई रुचिकर तथा अझ सरल बनाउन सकिन्छ । तर, विद्यालयहरुमा विद्यालय बाहिर सिकेका अनुभव या ज्ञानलाई महत्व दिने संस्कृति अझैपनि धेरै कमजोर पाइन्छ ।


असमानता तथा भेदभावको उदाहरण
मलाई आफ्नो छैटौं कक्षामों ‘असमानता तथा भेदभाव’ को संकल्पना बालबालिकाको स्तरानुरुप बनाउन उपर्युक्त उदाहरण खोज्न मुस्किल परेको थियो । पाठमों जातीय, धार्मिक, लैंगिक तथा आर्थिक आधारमा हुने भेदभावको उदाहरण दिएको छ । तर, म शुरुवात स्वयं बालबालिकाहरुद्वारा अनुभवबाट बुझ्ने परिस्थितिका वर्णनबाट गर्न चाहन्थे । कुराकानीका क्रममा यसमा मलाई सहयोग एक कक्षा ९ मा पढ्ने एक विद्यार्थीबाट मिल्यो ।


उसले भन्यो कि–‘हामी बालबालिका जब दोकानमा कुनै समान लिन जान्छौं तथा यदि कोही ठूलो मान्छे हामी पछि केही किन्न आउछ भने प्रायः दोकानदार हामीहरुलाई सामान नदिएर पहिला उसलाई दिन्छ । उसको नजरमा हामी बालबालिकाको समयको कुनै मूल्य नै छैन । यो उमेरको आधारमा हुने भेदभाव हो ।’ यस अनुभवमा आधारित उदाहरणले कक्षामा त्यस संकल्पनालाई खोल्नमा शुरुवाती आधारको काम धेरैराम्रोसँग गरिदियो । बालबालिकाको आफ्नो अनुभव जब किताबी ज्ञानसँग जोडिन्छ तब सिकाइलाई जीवन्त बनाउछ ।


बालबालिकाबाट मिल्यो ‘अनौठो सिकाइ’
बालबालिका हामी ठूलामान्छे या शिक्षकलाई पनि धेरै पटक नयाँ या अनौठो सिकाइ मिल्दछ । त्यसैले बालबालिकालाई स्वतःस्फूर्तरुपमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्ने अवसर दिनु आवश्यक देखिन्छ । मेरो एक छात्राले त मलाई एक वाक्य बोलेरै बडो ठूलो सिकाइ सिकाइन । उनी मसँग केही कुरा सोध्न चाहन्थिन्, तर मैले मासिक रजिष्टरमा काम पुरा गर्ने सिलसिलामा उनलाई काम सकिएपछि आउन भने ।  


उनले रजिष्टर तर्फ हेर्दै भनिन्, ‘म भन्दा जरुरी अरु कुन काम हुन सक्छ ?’ उनको यस कथनले मेरो चेतनालाई खल्बलाइदियो । मलाई यस्तो लाग्यो कि समस्त शैक्षिक दर्शन तथा ज्ञानमीमांशाको वर्षा उनले एकैपटक म माथि गरिदिइन् । प्रष्ट छ म निरुत्तर हुँदै उनी तिर ध्यान दिन विवश भएँ ।


बालबालिकालाई बालबालिका नै सम्झनु त पर्छ तर बालबालिकाको मतलव अनाडी होइन । भन्नुको मतलव यो हो कि उनीहरुलाई हामीले जीवन्त सामाजिक–सांस्कृतिक इकाई मानेर अगाडि बढ्न आवश्यक छ । एक यस्तो इकाई जो आफ्नो अवलोकन, अवसरको दोहन, गल्तिहरु त्था प्रयासबाट निरन्तर सिकिरहेका हुन्छन् ।


सिकाइको यो प्रक्रिया समता, स्वतन्त्रताको पूर्ण वातावरणमा सम्पन्न गर्नु आवश्यक छ । आत्मविश्वास तथा लोकतान्त्रिक मूल्यका पूर्ण इकाईहरुबाट नै न्याय तथा बन्धुत्वमा आधारित सामाजिक समष्टिको निर्माण हुन्छ जो आजसम्म विषमता, वर्चस्व तथा अन्यायमा टिकिरहेको छ ।


साभारः एजुकेशन मिरर
भाषानुवादः रोशन गाउँले

Comments: