२०७६ कार्त्तिक २७ गते

विश्वविद्यालयको आन्दोलन फिर्ता

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयविरुद्ध विद्यार्थी र प्राध्यापकले गरेको आन्दोलन फिर्ता लिएका छन्। विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी र प्राध्यापकबीच आइतबार र सोमबार छुट्टाछुट्टै सहमति भएपछि आन्दोलन फिर्ता भएको हो। विद्यार्थी र पदाधिकारीबीच १० बुँदे र विश्वविद्यालय सुधार समितिबीच २० बुँदे सहमति भएको छ।

सहमतिपछि विद्यार्थी र प्राध्यापकले गरेको आन्दोलन फिर्ता लिएका छन्। विद्यार्थी र पदाधिकारीबीच परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य प्रकाशित गर्ने, सेमेस्टर परीक्षा ६ महिना र वार्षिक प्रणालीको परीक्षा एक वर्षभित्र सार्वजनिक गर्ने, प्रयोगात्मक सामग्रीको व्यवस्थाका लागि अविलम्ब खरिद गर्न विभागलाई निर्देशन दिने सहमति भएको छ।

विभागीय प्रमुख नियमानुसार तीन दिनभित्र नियुक्त गर्ने, सवारीसाधनमा विश्वविद्यालयको लोगो राख्ने, विश्वविद्यालय पदाधिकारीले सूचना अधिकारीलाई जानकारी दिएर मात्रै बाहिर जाने र बढी समय केन्द्रीय कार्यालयमै बस्ने, परीक्षा नियन्त्रक जतिसक्दो छिटो नियुक्त गर्नेलगायतका सहमति भएको छ। विश्वविद्यालयका पदाधिकारीबीच सहमति भएपछि सोमबारदेखि नै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको आन्दोलनरत अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र विष्टले जानकारी दिए। गत माघ २८ गतेदेखि विद्यार्थीले विश्वविद्यालयका सवारीसाधन नियन्त्रण तथा कार्यालयका फर्निचर बाहिर निकालेर आन्दोलन सुरु गरेका थिए।

सुप विश्वविद्यालय र सुधार समितिका पदाधिकारीबीच २० बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको समितिका संयोजक उपप्राध्यापक वीरबहादुर सिंह (ठकुरी)ले जानकारी दिए। सहमति कार्यान्वयन भए विश्वविद्यालयले नयाँ फड्को मार्ने उनको भनाइ छ।

अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: