२०७६ कार्त्तिक २९ गते

स्नातकोत्तर तह दोस्रो वर्ष प्राइभेट फाराम भर्ने म्याद एक साता थप

अन्तैबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षमा प्राइभेट परीक्षा दिने विद्यार्थीको फाराम भर्ने म्याद एक साता थप गरेको छ।

फाराम भर्ने म्याद कात्तिक एक गतेसम्मका लागि मात्र तोकिएको थियो। फाराम भर्ने विद्यार्थीको चाप बढेकाले एक साता समय थपिएको पनिकाले जनाएको छ।

नयाँ तालिका अनुसार कात्तिक ८ गतेसम्म फाराम भर्न सकिने छ। स्नातकोत्तर तह अन्तर्गत प्राइभेट फाराम भर्ने विद्यार्थीले जन प्रशासन र राजनीतिशास्त्र विषयमा परीक्षा दिन पाउँछन्। प्रयोगात्मक परीक्षा दिन नपर्ने हुनाले यी विषयमा मात्र फाराम भर्ने व्यवस्था मिलाइएको हो।

प्राइभेट फाराम भर्नेले घरैमा बसेर पढेपछि परीक्षा दिन पाउँछ। त्रिविले यही वर्षदेखि प्राइभेट परीक्षा प्रणाली बन्द गर्ने तयारी गरेपनि विद्यार्थीको दबाबमा अन्तिम पटक भन्दै यो वर्षलाई मौका दिएको हो।

सूर्यप्रसाद पाण्डेले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: