२०७६ कार्त्तिक २७ गते

विव्यस अध्यक्ष बन्न स्नातक अनिवार्य

अन्तैबाट

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता तोकेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावलीमा माध्यमिक तहको विद्यालय सञ्चालक समिति अध्यक्ष बन्नका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समिति अध्यक्षका लागि उच्च मावि उत्तीर्ण गर्नु पर्ने प्रावधान राखेको छ ।


नगर शिक्षा समितिका संयोजक एवं नगर प्रमुख नरेन्द्र गुप्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय सञ्चालक समिति अध्यक्षको भूमिका महत्त्वपूर्ण भएकाले शैक्षिक योग्यता तोकिएको बताए । शैक्षिक योग्यताका आधारमा वडा शिक्षा समितिबाट सिफारिस भएर आएका तीन जनामध्ये नगर शिक्षा समितिले एक जनालाई विद्यालय सञ्चालक समितिको अध्यक्ष बनाउनेछ ।

कान्तिपुरमा खबर छ ।

Comments: