२०७६ मंसिर २ गते

अस्थायी शिक्षकहरु फेरी आमरण अनशन बस्ने


काठमाडौं । भर्खरै गठित अस्थायी शिक्षक दबाब संघर्ष समितिले तत्काल सबै अस्थायी शिक्षकहरुलाई प्रक्रिया पुर्याइ स्थायी प्रक्रियामा नलगे  पुनः आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।


यसअघिको संघर्ष समितिले अन्दोलन शिक्षक महासंघ र शिक्षा मन्त्रालयमा बुझाएको आरोप लगाउँदै पुनर्गठित भएको दबाब संघर्ष समितिले शिक्षा मन्त्रालय, शिक्षा विभाग र शिक्षक सेवा आयोगमा मंगलवार ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो ।


दबाब संघर्ष समितिले प्रमुख दलका प्रमुख सचेतकहरुलाई समेत ज्ञापन पत्रबुझाएको समितिक अध्यक्ष प्रविण न्यौपानेले जानकारी दिए । अस्थायी शिक्षक संघर्ष समिति र आन्दोलन परिचालन समितिका नेतृत्वले अस्थायी शिक्षकहरुलाई धोका दिएर आन्दोलन स्थगित गरेकाले आफुहरुले पुनः अन्दोलन अगाडी बढाउनुपरेको न्यौपानेले स्पष्ट पारे ।


अब नेपालमा मेरो नेतृत्व बाहेकको अस्थायी शिक्षकका अन्य कुनै संघर्ष समिति छैन । उनले भने । यहि दबाब संघर्ष समितिले नै अस्थायी शिक्षकहरुलाई न्याय दिलाएरै छाड्छ ।


मुलुकमा एकैप्रकारका अस्थायी शिक्षकहरु मात्रै रहेकाले प्रतिशत, प्रकार र समयका आधारमा विभाजन गर्न नहुने न्यौपानेले दावी गरे । अब यति प्रतिशतलाई खुला र यति प्रतिशत अस्थायी शिक्षकलाई आन्तरिक भन्ने विषय आफुहरुलाई मान्य नभएको उनले जिकिर गरे ।


देशभरका अस्थाय िशिक्षकहरुलाई आफ्नै दरवन्दीमा शत्प्रतिशत दरवन्दीमा आन्तरिक प्रतिस्पर्धा गराई परीक्षामा असफल हुनेहरुलाई सुविधा दिनुपर्ने न्यौपानेले  माग गरे ।


'अब यो माग पुरा नभएसम्म अस्थायी शिक्षक अन्दोलन जारी रहन्छ । हामी छिट्टै कडा आन्दोलन घोषणा गर्दैछौं ।' न्यौपानेले भने –'अस्थायी शिक्षकले न्याय नपाएसम्म आन्दोलन रोकिदैन ।'


 

Comments: