२०७६ असोज २९ गते

अखिल क्रान्तिकारीका सचिवलाई कुट्ने एकजना पक्राउ

अन्तैबाट

काठमाडौँ । पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनालमाथि कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

नेकपाको कार्यालय (तत्कालिन माओवादीको केन्द्रीय कार्यालय) पेरिसडाँडाबाट फर्कने क्रममा सोमबार तीनकुनेमा आक्रमण गर्ने सङ्ग्राम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी हिरासतमा लिएको हो ।

पेरिसडाँडाबाट फर्किएर पैदल हिंडिरहेका खनालमाथि दुई अज्ञात व्यक्तिले पछाडिबाट हेलमेटले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न तामाङ पक्राउ परे पनि अर्का अझै फरार छन् ।

आक्रमणब टाउकोमा गहिरो चोट लागेका खनालको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । क्रान्तिकारीले आफ्ना नेतामाथिको आक्रमणकारी पक्राउ गर्न माग गर्दै महानगरीय प्रहरी वृत्त तीनकुनेमा उजुरी दिएको दिएको थियो ।

अन्नपूर्णपोष्टमा खबर छ ।

Comments: