२०७६ असोज ३० गते

छोरीबुहारीलाई पढाउन अभियान

अन्तैबाट

उदयपुर । छोरीबुहारीलाई गाउँमै उच्चशिक्षा दिने उद्देश्यले रौतामाई गाउँपालिकाको मुर्कुची बजारस्थित रौता क्याम्पसले छोरीबुहारी भर्ना गर्ने भएको छ । पढ्नका लागि शसहर केन्दि्रत हुने विद्यार्थीलाई रोक्न क्याम्पसले 'छोरीबुहारी राष्ट्रसेवक भर्ना अभियान' चलाएको हो ।


उच्च शिक्षा हासिलका लागि स्थानीय विद्यार्थी गाउँघरभन्दा सहर वजार केन्दि्रत हँुदै गएका छन् । स्थानीय विद्यार्थी बाहिरिएपछि क्याम्पसमा विद्यार्थीको संख्या कम हुँदै गएको छ । त्यसैले विद्यार्थी संख्या बढाउने उद्देश्यले 'छोरीबुहारी राष्ट्रसेवक भर्ना अभियान सुरु गरिएको क्याम्पसले जनाएको छ ।आर्थीक अभावमा रहेका विद्यार्थी पनि अन्य व्यवसयासँगै उच्च शिक्षा हासिल गर्न सहर केन्द्रत हुने गरेका छन् । त्यसैले क्याम्पसले छोरीबुहारी भर्ना अभियान चलाएको हो ।

विद्यार्थीलाई गाउँकै क्याम्पसमा पढ्ने वातावरण तयार गरिने क्याम्पस प्रमुख माधव राउतले बताए । 'गाउँका विद्यार्थीलाई गाउँकै क्याम्पसमा पढाउने उद्देश्य छ,' क्याम्पस प्रमुख राउनले भने, 'त्यसैले विद्यार्थी संख्या पनि बढने छोरीबुहारी र राष्ट्रसेवकले पनि उच्च शिक्षा हासिल गर्ने भएकोले अभियान थालिएको हो ।' छोरीबुहारी राष्ट्रसेवक भर्ना अभियान वर्षभरि नै चलाइने उनले बताए ।


उच्च शिक्षा हासिल गर्ने इच्छा हुँदा हँुदै पनि घर बाहिर गएर पढन नसक्ने छोरीलाई उच्चा शिक्षामा सहभागी गराउने क्याम्पसको अभियान हो । छोरीबुहारी र सरकारी सेवामा प्रवेश गरेका कर्मचारीका परिवारलाई उच्च शिक्षामा सहभागी गराउने मुख्य उद्देश्य रहेकेा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अम्बरबहादुर रायामाझीले बताए ।

'छोरीबुहारीलाई उच्च शिक्षासँगै विद्यार्थी अभावमा क्याम्पस बन्द हुने अवस्थालाई रोक्न पनि अभियान ल्याइइएको हो,' अध्यक्ष रायमाझीले भने, 'अभियानले क्याम्पस पनि सञ्चालन भइरहने छोरीबुहारीले उच्च शिक्षा हासिल गर्न पाउने संवैधानिक व्यवस्था पनि आत्मसात गर्नेछ ।' छोरीबुहारीको पढाइसँगै क्याम्पस दीर्घकालीन रूपमा सञ्चालन हुने विश्वासका साथ काम गरिएको उनले बताए ।


मुर्कची बजारमा क्याम्पस नहुँदा स्थानीयले अढाई घण्टाको लगायर सदरमुकाम गाईघाट आउनुपर्ने बाध्यता थियो । घरबाठ अढाई घण्टाको बस यात्रा गरेर पढन समस्या हुने गरेको स्थानीयले वताए । 'गाउँमै क्याम्पस भएपछि उच्च शिक्षा हासिल गर्न सजिलो भएको छ,' स्थानीय टीका मगरले भनिन्, 'झन छोरीबुहारीका लागि अभियानै ल्याएपछि अझै सजिलो हुनेछ ।' क्याम्पस अभावमा पढन नपाएर घरभित्रै बस्न बाध्य छोरीबुहारीले पनि अब अवसर पाउने उनले बताइन् ।

क्याम्पसले ल्याएको यो अभियानले छोरीबुहारीलाई सजिलो भएको स्थानीयले बताए । भर्ना अभियानसँगै छोरीबुहारीलाई अन्य सेवासुविधा दिँदा क्याम्पसलाई दीर्घकालीन फाइदा हुने समेत स्थानीयले बताए । घर बाहिर जाँदा बसाइसँगै अन्य समस्या हुने भएकाले दर्जनांै छोरीबुहारी उच्च शिक्षाबाट वञ्चित हुने गरेकेा व्यवसथापन समिति अध्यक्ष रायमाझीले बताए ।


पछिल्लो समय श्रीमान् वैदेशीक रोजगारमा गएका बुहारीहरू छोराछोरीलाई विद्यालयमा पढाउने र आफू उच्च शिक्षाका लागि क्याम्पस आउने गरेको उनले वताए ।

क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायको अध्ययन हुन्छ । त्यसैगरी चाँडै प्राविधिक, व्यावहारिक र रोजगारमूलक शिक्षा विषय ल्याउने तयारी भइरहेको क्याम्पसले जनाएको छ । त्यसैगरी मावि मुर्कुची विद्यालय परिसरभित्रै रहेको क्याम्पसका निम्ति भौतिक निर्माणमा विशेष ध्यान दिइएको अध्यक्ष रायामाझीले बताए ।

डिल्लीराम खतिवडाले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: