२०७६ असोज २ गते

शिक्षकलाई छात्रा बलात्कारको आरोप

 

स्याङ्जा । चापाकोट नगरपालिका– ७ मा रहेको गंगालाल माध्यमिक विद्यालयका शिक्षक रामभक्त आचार्यलाई बालिका बलात्कारको आरोपमा उजुरी परेको छ । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको दाबी गर्दे उनका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि रहस्य बाहिर आएको हो ।

आरोपित शिक्षक रामभक्त आचार्य अहिले सम्पर्क बाहिर रहेका छन् । शिक्षक आचार्यले दुई पटक बलात्कार गरेको आरोप छ । दुई महिनाअघि चैत्त २ गते र वैशाख ३० गते बलात्कार गरेको उल्लेख छ ।

चैत २ गते परीक्षाको समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगेर ललाईफकाई जबरजस्ती करणी गरेको पीडित पक्षको भनाइ छ । वैशाख ३० गते पुनः बलात्कार गरेपछि घटना बाहिर आएको हो ।

पीडित परिवार न्यायका लागि प्रहरी चौकी चापाकोट हुदै मुद्धा दर्ताका लागि वडा प्रहरी कार्यालय वालिङ् आएका छन् । आरोपित शिक्षक आचार्यको खोजी कार्य भैरहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । जिल्ला अदालत स्याङ्जामा रामभक्त आचार्य बिरुद्ध जबरजस्तीकरणीको आरोपमा सोमबार मुद्दा दर्ता भएको छ

अन्नपुर्णपोष्टमा खबर छ । ।

Comments: