• आर्दशसौल माविको एसइइ नतिजा, १६ जनाले ल्याए ३.६ माथिको जीपीए
    (ईपाटी संवाददाता)

  • ललितपुर । ललितपुर सैंबु स्थित आदर्शसौल युवक माविले माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।

    विद्यालयबाट एसइइ परीक्षामा सहभागी १६५ विद्यार्थी मध्ये १६ जनाले ३.६० देखि ४.० जीपीए, ४३ जनाले नै ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।

    यसैगरी, ४४ जनाले २.८० देखि ३.२० र ३७ जनाले २.४० देखि २.८० जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले जानकारी दिए । उनका अनुसार २.० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या २३ रहेको छ ।


    यसैगरी, १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या जम्मा २ रहेको प्रअ आचार्यले जानकारी दिए ।