२०७७ जेष्ठ १६ गते

शिक्षा पद्धति र विशेषता

राजेश घिमिरे


                                            
एकतिर विश्व कोभिड–१९ अर्थात कोरोनाबाट त्रसित छँदै छ । नेपाल पनि कोरोना नियन्त्रणमा लाग्दै गर्दा अन्य मुलुकभन्दा केहि फरक शैलीमा अगाडि बढेको देखिन्छ । हाम्रो समाजमा अहिले कोरोना भन्दा अन्य दुई विषयहरुले बढी महत्व पाएको देखिन्छ । चाहे सामाजिक सञ्जाल होस् वा अनलाइन समाचार पत्र सर्वत्र नेकपा भित्रको शक्ति संघर्ष र  शिक्षा प्रणाली ।


कुरा गरौं शिक्षाको, प्रणालीलाई अधार मान्ने नै हो भने नेपालमा तीन किसिमका प्रणालीहरु प्रचलनमा छन परम्परागत, गुरुकुलीय तथा आधुनिक शिक्षा प्रणाली ।

अत्यन्तै व्यापक रुपमा प्रचलित यो शिक्षा प्रणाली  शिक्षक केन्द्रित शिक्षा प्रणाली हो यसले शिक्षकलाइ नै सर्वाेपरि महत्व दिन्छ । शिक्षकको निर्देशन पालना गर्नु, एउटा निश्चित पाठ्यपुस्तकमा मात्र सीमित हुनु र नितान्त कण्ठस्थ गर्ने कार्यलाई यसले प्रश्रय दिएको पाइन्छ ।


गुरुकुलीय शिक्षा पद्धतिको आफ्नै विशेषता छन् । यद्यपी यसलाई समयानुकुल राष्ट्रिय शिक्षा नीति अनुकुल परिमार्जन गरिएको पाइन्छ । तथापि आधुनिक शिक्षा प्रणाली भन्दा केहि भिन्न रहेको देखिन्छ ।

आधुनिक शिक्षा प्रणाली अन्य शिक्षा पद्धतिभन्दा अलि भिन्न छ । यो सिकारुमा केन्द्रित भएर गरिने पद्धति हो यसले सिकारुको रुचि, विशेषतामा ध्यान दिन्छ । यसले डरले नभइ रहरले पढन सिकाउँछ । आधुनिक शिक्षण पद्धतिमा सिकारुले सैद्धान्तिक रुपमा ज्ञान मात्र प्राप्त नगरि व्यवहारीक सीप का साथै प्रविधिको पनि उचित प्रयोग गर्ने क्षमता वृद्धि गराउन सहयोग पुर्याइन्छ ।

शिक्षक, शिक्षक मात्र नभएर सहजकर्ता को भुमिकामा रहने पद्धति नै आधुनिक शिक्षा पद्धति हो । अहिलेको अवस्थामा सिकाइका विभिन्न माध्यमहरु छन् । साँच्चै भन्ने हो भने त आजका बालबालिकाहरुले शिक्षक विना नै सिक्न सक्छन् ।

अहिलेको प्रविधिको युगमा केहि कुरामा शंका लाग्दा हामी आफै (जो २० औ शताब्दिका हौं) युट्युब, गुगल आदिको सहयोग लिन्छौँ भने २१ औँ शताब्दीमा जो प्रविधीसँगै हुर्कन्छन् उनीहरुलाई शिक्षकको नभई सहजकर्ताको आवश्यकता पर्दछ ।


त्यहि सहजकर्ताको भुमिका शिक्षकले निर्वाह गर्न सक्नु पर्दछ र यो नै आधुनिक शिक्षा प्रणालीको प्रमुख मान्यता हो । कक्षाकोठा सिकारु मैत्री हुनुपर्दछ । शिक्षक र शिक्षार्थी्बिचको सम्बन्ध अत्यन्तै विश्वासिलो हुुनुपर्छ किनकी बालबालिकाको लागि प्रमुख आदर्श व्यक्ति भनेको शिक्षक नै हुन् र यो आधुनिक पद्धतिको विशेषता पनि हो ।

शिक्षा भनेको पाठ्यपुस्तक रट्ने नभइृ पाठ्यक्रमले निर्देश गरेका उद्देश्य प्राप्त गर्ने हुनुपर्छ भन्ने दृष्टिकोणले पुस्तकलाई सन्दर्भ सामग्रीको रुपमा यसले लिन्छ यसो गर्दा पुस्तक भनेको ज्ञान आर्जनको साधन मात्र हो साध्य होइन भन्ने बुझ्न सजिलो पनि हुन्छ ।

प्रविीध् सँग सहकार्य गरिने हुँदा विद्यालय बन्द गर्नुपर्न अहिलेको जस्तो बाध्यात्मक परिस्थितिलाइ सम्बोधन गर्न पनि सघाउ पुग्छ । हुन त विकासोन्मुख देशमा विभिन्न समस्या उत्पन्न नहुने होइन तर अहिलेको पुस्ताले इमान्दारीका साथ भावी पुस्ताको उज्ज्वल भविष्यको लागी शैक्षिक क्षेत्र सुधारमा लाग्यौं भने असल संस्कार निर्माण गर्न सफल हुनेछौं ।

Comments: