• ८ हजार अस्थायी शिक्षकको जागिर जाँदा शिक्षक महासंघ किन चुप ?
    (ईपाटी संवाददाता)


  • काठमाडौं । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले अहिले ८ हजार बढी अस्थायी शिक्षकहरु परीक्षामा फेल हुँदा समेत शिक्षक महासंघले कुनै विरोध नजनाउनु सकारात्मक भएको बताएका छन् ।


    शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्राडा कोइरालाले शिक्षक महासंघका नेतृत्वलाई हामीले गरेका रहेनछौं भन्ने महसुस भएको दावी गरेका हुन् ।


    'महासंघको नेतृत्वलाई हाम्रा शिक्षकहरु कमजोर रहेछन् । अब शिक्षकलाई तिखार्नुपर्छ भन्ने महसुस भएको पाएँ । यसले एउटा विस्वासको आधार निर्माण गरेको छ साथै सुधारको संकेत पनि' –  कोइरालाले भने ।


    शिक्षक, कर्मचारी, विद्यार्थी सबैमा दलियकरण हुँदा शिक्षा कमजोर बनेको समेत कोइरालाको आरोप थियो ।


    'अहिले ८ हजार अस्थायी शिक्षक फेल हुँदा पनि शिक्षक महासंघले विरोध गरेन । शिक्षकका कुनैपनि भातृसंगठनहरुले पनि विरोध गरेनन् । उनीहरुमा अब साच्चै गर्नुपर्छ भन्ने चिन्तन बनेको देखिन्छ' – प्राडा कोइरालाले भने,  'यो सकारात्मक सुधारको संकेत हो  ।'


    शिक्षकमा पछिल्लो समय अब साच्चै गर्नुपर्छ भन्ने चिन्तन बढेको देखिएको कोइरालाको भनाइ थियो । 'यसरी हेदा कमजोरलाई पनि कांध हाल्ने दलीय तथा तिनका भातृसंगठनका वुद्धि फिर्न थालेको देखिन्छ । अर्थात अब साच्चै गर्नुपर्छ भन्ने चिन्तन बनेको देखिन्छ ।' कोइरालाले भने ।


    आयोगले अस्थायी शिक्षकहरुका लागि २२ हजार ७६ पदमा  आन्तरिक विज्ञापन गरेकामा २३ हजार ३ सयले आवेदन दिएका थिए । तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका थिए । लिखित परीक्षामा ८ हजार बढी शिक्षकहरु असफल भएका थिए । कानूनतः परीक्षामा असफल भए सुविधा सहित अवकाश हुनुपर्नेछ । यसरी हेर्दा एकसाथ ८ हजार बढी कार्यरत अस्थायी शिक्षकहरु विदा हुने भएका हुन् ।