२०७६ भदौ ३० गते

अस्थायी शिक्षक र मन्त्रालय बीचको पाँच घण्टे छलफल निस्कर्ष वीहिन,भोलि शिक्षामन्त्रीसँग वार्ता


काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको छलफल निस्कर्ष वीहिन भएको छ । नेपाल शिक्षक महासंघको समेत सहभागीतामा पाँचघण्टा सम्म चलेको छलफल बिना निस्कर्ष टुंगीएको हो । भोलि शिक्षामन्त्रीसँग वार्ता गर्नेगरी बैठक टुंगिएको छ ।


छलफलमा मन्त्रालयले अस्थायी शिक्षकहरुलाई अमरण अनशन तोडेर परीक्षामा सहभागी हुन आग्रह रेको भएपनि अस्थायी शिक्षकहरुले त्यसलाई अस्वीकार गरिदिए पछि छलफल निचोडमा पुग्न सकेन ।


छलफलमा शिक्षा मन्त्रालयले आन्दोलन छाडेर परीक्षाको प्रक्रियामा सामेल हुनुपर्ने साथै,  अस्थायी शिक्षकहरुले परीक्षा नै खारेज हुनुपर्ने अडन राखेपछि छलफल कुनैपनि टुंगोमा पुग्न नसकेको हो ।


शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले अस्थायी शिक्षकहरुलाई आन्दोलन छाडेर सुविधा र परीक्षाको प्रक्रियामा  सहभागी भए औषधी उपचार र बिरामी बिदाको सुविधा दिन सकिने बताएको थियो ।


तर, आयोग खारेज नभईकन आन्दोलन नछाड्ने अडान अस्थायी शिक्षकहरुले लिएपछि छलफल बिना निस्कर्ष टुंगिएको छलफलमा सहभागी अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका अध्यक्ष विन्दा कुमार दास चौधरीले जानकारी दिए ।

Comments: