२०७६ कार्त्तिक २७ गते

नयाँ पाठ्यक्रम पढेका साढे ४ लाखले एसईई दिँदै

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले चैत दोस्रो सातादेखि लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ पाठ्यक्रम पढेका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।

 गतवर्षदेखि लागू भएको नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत ८ देखि परीक्षा लिन लागेको हो । २०५७ मा सुरु भएको कोर्षको परीक्षा गतवर्षसम्म सञ्चालन गरिएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार विद्यार्थी सहभागी हुँदैछन् । कक्षा १० को एसईईको यो परीक्षा संरचना र पूर्वाधार विकास भएमा अर्को वर्षदेखि प्रदेशले लिन सक्छ ।

कार्यालयले प्रदेश ६ र ७ का लागि आवश्यक प्रश्नपत्रसमेत ढुवानी सुरु गरिसकेको छ । यसपालि अनिवार्य विषयको गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक व्यवस्था गरिएको छ ।

कार्यालयले ७५ पूर्णाङको २ घण्टा १५ मिनेटको मात्रै परीक्षा लिँदै छ । एक्जाम्टेडसहित ४ लाख ८५ हजार ५ सय ६६ विद्यार्थीका लागि १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सञ्चालन गर्ने अवधिसम्म जिल्ला शिक्षा कार्यालय रहे पनि चैत २८ देखि खारेज हुने भएपछि उत्तरपुस्तिका प्रहरी कार्यालयमा थन्कने छ ।

त्यसलाई कसले परीक्षण गराउने र परीक्षण भइसकेको उत्तरपुस्तिका र नम्बर राष्ट्रिय परीक्षा बोर्डसम्म कसले पठाउने भन्ने अन्योल कायमै छ ।

कान्तिपुरमा खबर छ ।

Comments: