२०७६ असोज २ गते

तत्काल अस्थायी शिक्षक परीक्षाको मिति तय गर्न शिक्षक महासंघको माग


काठमाडौं – नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुको स्थगित परीक्षाको मिति तत्काल तय गर्न सरकार सँग माग गरेको छ । महासंघले तत्काल परीक्षाको मिति तय गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।


शनिवार महासंघको कार्यालय राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा बसेका कार्यदलीय बैठकले स्थगित गरिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तोक्न तथा गिरफ्तार गरिएको अखिल नेपाल शिक्षक संगठनका पदाधिकारी सदस्यहरुलाई तत्काल रिहाई गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।


बैठकले स्थानीय तहमा शिक्षामा देखिएको अन्यौलता र अराजकताको स्थिततिको अन्त्य गर्न तथा शिक्षकका पेशागत क्षेत्रमा देखिएका वर्तमान समस्यहरुको यथासिघ्र समाधान गर्न शिक्षा मन्त्रीलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र बुझाउने निर्णय गरेको  महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले जानकारी दिए ।


दुवाडीका अनुसार महास.घ बैठकले विद्यालय तहका शैक्षिक तथा पेशागत समस्याहरु र समाधानका उपायहरुका वारेमा सरोकारवाललाई जानकारी गराउन प्रमुख राजनितिक दल, विद्यार्थी संगठन, अविभावक संघ, विद्यालय व्यवस्थापन समिति महासंघ, पेशागत संघ संस्थाहरूको प्रतिनीधित्व हुने गरी वृहत अन्तरक्रियात्मक कार्यक्रमको आयोजन गर्ने निर्णय समेत गरेको छ ।


बैठकले विगतमा शिक्षा मन्त्रालयमा गठन गरिएको शैक्षिक सम्वाद समितिलाई सकृय बनाई शिक्षकका पेशागत समस्याहरु र शैक्षिक समस्याहरुको छलफल परिपाटीलाई निरन्तरता दिन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । महासंघले सञ्चालन गर्ने आन्दोलन तथा अन्य शैक्षिक एवम् पेशागत कार्यक्रमहरुका वारेमा आवश्यक छलफल गरी योजना निर्माण गर्न ५ जेष्ठ २०७५ मा कार्य सम्पादन समितिको बैठक बस्ने निर्णय गरेको छ ।


महासंघको अधिवेशन हुन बाँकी सबै स्थानीय तह (गाउँपालीका, नगरपालीका र जिल्ला) समितिको अधिवेशन सम्पन्न गर्ने राष्ट्रिय समितिको तर्फबाट निर्देशन जारी गर्नु पर्ने भएकोले महासंघको राष्ट्रिय कार्यलयबाट सबै स्थानीय तहलाई निर्देशन जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Comments: