२०७६ असोज २ गते

विद्यार्थी संगठनद्वारा शिक्षा विभागमा तालाबन्दी

भक्तपुर । निजी विद्यालयले गरेको चर्को शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनले शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

 शिक्षा विभागले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडो उलंघन गर्दै निजी विद्यालयले चर्को शुल्क असुलिरहेका बेलापनि शिक्षा विभाग मौन बसेको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) लगायत विद्यार्थी संगठनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् । सामान्य नागरिकका सन्तानले पढ्नै नसक्ने गरी शुल्कवृद्धी गरिएकाले तालाबन्दी गरिएकाे अनेरास्ववियुका सचिव अारसी लामिछानेले बताए ।

आन्दोलनरत विद्यार्थी संगठनले बुधवार प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

राससको खबर नयाँपत्रिकाबाट

 

 

Comments: