२०७६ असोज ३ गते

निजी विद्यालयको चर्को शुल्काका विरुद्ध प्याब्सन/एन-प्याब्सन कार्यालयमा ताला

काठमाडौं । निजी विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनहरूले वुधबार देशभरका प्याब्सन र एन प्याब्सनका कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।

डिल्लीवजार स्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोल स्थित एन प्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको अखिल(क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए। त्यस्तै देशभरका प्याब्सन /एन प्याब्सनका जिल्ला कार्यालयहरुमा पनि आजै तालाबन्दी गरिएको उनले बताए।

विद्यार्थी संगठनहरुले सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडै उल्लङ्गन गरि निजी विद्यालयले मनपरि शुल्क असुलेको आरोप लगाउँदै आएका छन्। अनेरास्ववियु,नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैठौं) लगायतका विद्यार्थी संगठन संयुक्त आन्दोलनमा छन्। उनीहरुले बिहिबार शिक्षा विभागमा तालाबन्दी र जिल्ला तहमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रममा घोषणा गरेका छन्।

नागरिक दैनिकमा खबर छ ।

 

Comments: