२०७६ असोज १ गते

१ कक्षामा भर्नामध्ये ३७ प्रतिशतले मात्रै एसईई दिँदै


काठमाडौं । शिक्षा विभागका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ३७ प्रतिशत विद्यार्थी मात्रै १० कक्षाको एसईई परीक्षामा सहभागी हुँदैछन् । ०६५ मा कक्षा १ मा भर्ना भएका विद्यार्थी यसपालि कक्षा १० को परीक्षामा सहभागी हुँदैछन् ।

विभागका अनुसार ०६५ मा कक्षा १ मा १४ लाख ८५ हजार ३ सय ९५ जना भर्ना भएका थिए । अहिले तिनै विद्यार्थीमध्ये ४ लाख ५२ हजार ७ सय ८१ विद्यार्थी अर्थात् ३०।४८ प्रतिशत विद्यार्थीले मात्रै परीक्षा दिँदैछन् । भर्ना भएका विद्यार्थीमध्ये १० लाख ३२ हजार ६ सय १४ जना ९ वर्षमा बीचैमा गायब भएका छन् ।

कतिपय जिल्लामा भर्ना भएका एक तिहाइ विद्यार्थी पनि कक्षा १० मा पुग्न सकेका छैनन् । विद्यालय भर्ना भएका विद्यार्थीलाई टिकाउन सरकारले विभिन्न योजना अघि सारे पनि सफल हुन नसकेको यो तथ्यले देखाएको छ ।


कान्तिपुरमा खबर छ ।

Comments: